विप्लव माओवादीले बिहीबार नेपाल बन्द गर्दा दुई साताअघि फाइनान्सबाट चर्को ब्याजमा ऋण लिएर ट्याक्सी किनेका एक जनाको ट्याक्सी तीनकुनेमा बिहानै जलाइदिए। रविभवनदेखि दरबारमार्गसम्म जाँदा बाटोमा एक जना बन्दकर्ता नदेखिए पनि सँधै जाम हुने सडक खाली थियो। कस्तो देखियो त सडक? गोप्रोबाट खिचेको भिडियो र केही फोटो हेर्नुस्
यो कालिमाटीको सडक हो। केही महिनापछि यो ठाउँ यस्तो हुने छैन। सडक विस्तारका कारण दुवै छेउका घरहरु भत्काउनु पर्नेछ।
सोल्टी होटल बनाउने क्रममा पनि सडक विस्तार गर्न जग्गा अधिग्रहण बायाँतिरका घरहरु भत्काइएका थिए। अहिले फेरि घरहरु भत्किने भएका छन्। त्यतिबेला मुआब्जासहित घर भत्काइएका भए पनि अहिले पनि बिना मुआब्जा घर भत्काइँदैछ।
यो कालिमाटी चोकको शालिकभन्दा परको विष्णुमति नदीमाथिको पुल। यहाँ नजिकै अर्को पुल बन्दैछ।
शहीदर शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको टेकुको रुख।
छेउमा धरहरा देख्नुभो? फुच्चे धरहरा
भिडियो हेर्नुस्-
सर, धन्यवाद इन्फो/अपडेट गरिएकोमा मज्ज्ज्जाले हेरें! ड्राइभ स्लोलि! धेरै चेंजेस हुनै बाकि, के का पैसाले बनेका लड्नै आटेका घर..नियम विपरित ड्राइभ, मार्किन्ग्स, चलन, बन्द.. ओह मेरो जन्मभूमि!
भिडियो हेर्दा रमाइलो लाग्यो | तर त्यसरी ठोकूँला झैँ गरि चलाउने हो? फेरि स्पीडीङ्गपनि गरेको जस्तोपनि छ | डर लाग्दो हँकाइ रैछ | हैट, टिकट दिनुपर्ने | 🙂