Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो जोखिमको जिम्मेवार को? कसले दण्डित गर्ने? कहाँ छ राज्य?

Posted on June 3, 2016 by Salokya

-शेखर ढुंगेल-
SONY DSC
यो संसारकै लोभलाग्दो हावापानी भएको स्वस्थ, स्वच्छ, सुन्दर अनि विश्व सम्पदा सूचीमा रहेको नेपालको राजधानी काठमाडौँलाई कसको सराप लाग्यो?किन दिनानुदिन ब्याडबाट वर्स्ट हुँदै गएको?

तल प्रस्तुत फोटोहरु सडक विस्तार कार्य सकिएपछि देखिएका अति कुरूप अनि जोखिमका थोरै प्रतिनिधि उदाहरणहरु मात्र हुन्। यस्ता सयौँ जोखिम अनि शहरका कुरुपताले हाम्रो राज्य, प्रशासक अनि ठेकेदारहरुको विवेकहिनता, गैरजिम्मेवारी अनि निर्लज्ज स्पस्ट पार्छ। विकृति र विसंगति कुन क्षेत्रमा छैन र? तर सडकमा राज्यलाई गिज्याउँदै गरेको यस्तो जोखिमपूर्ण धरापप्रति किन आँखा पुगेको छैन? सडक विभाग, महानगर, ठेकेदार – को हो जिम्मेवार?अनि कसले दण्डित गर्ने ?

SONY DSC
केन्द्रीय अध्यागमन अगाडिको यो फुटपाथ

SONY DSC
सोही कार्यालयको प्रवेश ढोकाको दायाँ

SONY DSC
अनामनगर सडकमा भाँच्चिएको र अडिएको पोल

SONY DSC
घट्टेकुलोको गल्ली बाटो बीचमा रहेको पोल

SONY DSC
कान्तिपथ पहिलो ब्रिटिस काउन्सिल पुस्तकालय (हाल मेगा बैँक) अगाडि रहेको राणाकालीन दमकललाई पानीको लागि बिछ्याइएको पाइपलाइन जुन अनिवार्य हुन्छ। तर प्रयोगमा छैन भने फ्याँक्नु पर्ने होइन?

SONY DSC
त्रिपुरेश्वर जस्तो व्यस्त सडक बीचमा रहेको यो पोल।

SONY DSC
त्रिपुरेश्वर मल अगाडि सडकमा रहेको ट्रान्सफरसहितको यो पोलको खतरा महसुस कसरी हुन सकेन?

SONY DSC
बानेस्वरमा सडक विस्तारपछि सडकमा परेको सँगै दुई पोल ?

SONY DSC
बानेश्वर कै सडकमा ढल्ने अवस्थाको यो पोल

SONY DSC
त्रिपुरेश्वरको बीच सडकमा रहेको पोल

SONY DSC
बानेश्वर कै व्यस्त सडकमा टेलिफोनकै दुई पोल एकै ठाउँमा।

8 thoughts on “यो जोखिमको जिम्मेवार को? कसले दण्डित गर्ने? कहाँ छ राज्य?”

  1. Rekha Ghale says:
    June 10, 2016 at 3:36 pm

    शेखार्जी ले साह्रै राम्रो बिषयलाई समेटेर राख्नु भयो
    हो नि सकरात्मक परिबर्तन भनेको सानो कुराबाट हुन् पर्यो नि हैन र
    यस्ता सानो तिनो कुरो मा ध्यान नाजानाले ठुलो बिकाश मा बाधा पर्छ नि
    यसमा सरोकारवाला को खै ध्यान गाको ?

    Reply
  2. Niraj says:
    June 4, 2016 at 2:53 pm

    जत्ति भने नी सुन्ने होइन| कुरो गर्छ पानी जहाज चलाउने| एयरपोर्टको बाथरुमको निरन्तर सफाई व्यवस्था गर्न सक्ने होइन| लाजमर्नु छ|
    सांसदहरु मौन छन्| तलब भत्ता बुझ्न व्यस्त छन| देखे नदेखे झैँ गर्छन| यो सबैको जिम्मेवारी तुक्के ओलीकै हो| सबैजना ओलीले यस्तो गफ दियो उस्तो टुक्का दियो भन्दै गलल हाँस्या छन| मन्त्रीलाई वास्ता छैन| मुख मात्र बजाए पछि कर्मचारी पनि हाँसेर बसेका छन्| एउटाले अर्को लाई दोष थोपर्यो बस्यो| काम गर्ने होइन| मुख्य सचिव लिलामणिज्यु आफु पदमा हुँदा ड्रास्टिक केहि गर्न सकेनन, खुम्चिएर बसेर अहिले आएर बरबर गरेर के गर्नु? रामेर्श्वर खनाल पनि त्यही ड्याङ्ग्का परेछन| बिमल कोइराला पनि तेस्तै हुन्, पहिले निजामति ढुङ्ग्रोमा पस्दा केहि देखेनन्, अहिले बकबक| भोलि प्रधान मन्त्रीले सल्लहाकार बनाए सब ठिक जस्तो| गर्ने केहि होइनन| निजामति सेवाको आफ्नै अस्पताल, सेनाको पनि पुलिसको पनि| जनताको अस्पतालको हाल हेरी नसक्नु छ|
    अरुको कुरो छाडीदिम, जो जिम्मेवार पदमा छन्, उनीहरु अमेरिका सिंगापुर घुमेका छन्, सेमिनार मीटिंग आदिमा गएका छन्| तर केहि गर्दैनन्| क्यारने? भन्यो हात घुमाएर बस्यो|
    एकजना लाहुरे दाईले यस्तो बेवास्ता देखेर चारैतिर उजुरी दिंदा पनि केहि नभए पछि भन्थे- जसको जिम्मेवारी हो त्यस्तालाई जनताले लात कस्नुपर्छ कि निलम्बन गर्नुपर्छ माथिदेखि तब मात्र काम बन्छ|
    लोकतन्त्रमा यस्तो नसोच्नु पर्ने हो तर हदै भएपछी यस्तो पनि चाहना गर्नपर्ला|
    कुनै दिन यस्तो ग्याङ्ग पनि बनिएला जसले यस्ता सुधार नगर्नेलाई भौतिक कारवाही गर्ला|
    शेखरजीलाई धन्यवाद|

    Reply
  3. Ekraj says:
    June 4, 2016 at 11:49 am

    यी अस्थ ब्यस्थ, कुरुप, सार्जनिक सेवाका लागि बनाएका सुबिधा अथवा येस्ता कुरा हरु लै सेवायुक्त अवस्था मा राख्न नसक्नु र यसको लागि जिम्मेबार को भन्ने को सम्भाभे उत्तर निन्म मात्र हुन सक्तछ|
    १. नेपाल को सरकार जिउदो लाश मात्र हो| यो रगत सोस्ने भास्त्रचारी को समूह मात्र हो यसको देस र जनताको लागि कुनै काम छैन| यो कुरा जुन सुकै थोरै बिबेक भएको मान्छे ले बुझेको र जानेको कुरा हो|
    २. नेपाल सरकारी अड्डाका कर्मचारी हरु देस र जनता मह शत्रु हुन्| यीनि हरुले इतिहास मै काम बिगारेको, घुस खाएको र जनता लाई दुख दिएको भन्दा अरु गतिलो कुरा इनिहरुको बारेमा न देखिएको छ न सुनिएको छ भने यस्ता कर्मचरी केको लागि पाल्नु पर्ने हो|
    ३ नेपालमा अल्छी, घाम ताप्ने र बिना काममा जनता लाई दुख दिएर उल्टो जनता बाटै पैसा असुलेर मोज गर्नेहरु धेरै जस्तो राजनीति दल का दलाल र झोले मात्र हुन् र इनिहरुको कमै छिन.
    ४. एस्तो काम नलाग्ने, शिप र जागर नभएका कुवेको कर्मचारीहरु 50% कटौती गरेर बाटो खन्न फथाये हुन्छा| हेने भने जेल मा हालिदिए हुन्छा| तर समछ्या जेल कमीले भने अबश्य हुन्छा| तेसैले पहिलो विकल्प ठिक होला|
    ५. डाँका, गुण्डा, ज्यानमारा, र भास्त्रचारीहरुले राज गरेको देश सहि उदाहरण हो यो फोटोमा देखिएको दुर्दशा| तसैले अब एसको जिम्मवारी को हो भन्ने जुन देश मा सरकार नै छैन|

    Reply
  4. सिर्जने says:
    June 3, 2016 at 10:37 pm

    शेखरजी ले ठीक कुरा उठाउनुभएको छ, यो कसको जिम्मेवारीमा पर्छ प्रस्ट हुनु पर्यो अनि इनको राम्रो डिजाइन (कुन ठाउमा हुनुपर्ने समेत), जतन र मर्मत हुनु पर्यो / पोल ढलेर आगो लगेपछि वा करेन्ट लागेर मान्छेहरु मरेपछि होइन त्यो हुनबाट जोगाउनु पर्यो /

    Reply
  5. shantanu says:
    June 3, 2016 at 10:19 pm

    म मात्रै मेरो परिवारले मात्रै खाउँ , अझ घिचौं, अघाएपछिपनि भुँडी फुट्ने गरेर अझ घिचौं, सात पुस्तालाई कमाई गरौं – अरु सबै जेसुकै गरुन मरून मलाई के वास्ता भन्ने मानसिकताको परिणाम /

    नेता, व्यापारी, साधारण जनता , जोसुकै हुन् , कसैमा पनि एक रत्ति गर्व भन्ने छैन / आलिशान घरमा बसेपनि, एक करोडको गाडी चढे पनि, अखिरमा काठमाण्डौ को दुषित हावा मा सास त फेर्नै पर्छ (विश्वभरमा सबैभन्दा प्रदुषित हावा भएका दश शहरहरुमा काठमाण्डौ पनि पर्दछ ). जस्तै फेन्सी रेस्टुरेन्ट मा “ज्युनार” गरेपनि फोहर घिनलाग्दो र अँध्यारो सडकमा त केहि पाइला त हिंड्नै पर्छ जुनसुकै नवधनाड्य वा खानदानी रइस हरुले /

    एक करोड कमाउने बैंकर हुन् वा नेता हुन् वा चियापसलमा गफ गर्ने जनता हुन् , कसैमा पनि “ए यो त मेरो पनि शहर हो , मैले मेरो अटेच बाथरुमको मल घरबाहिर सडकमा बगाउनु हुन्न है भन्ने मानसिकता छैन / मन्चमा ठुलो ठुलो भाषण गर्ने मात्रै हुन् सबै/ अनि सडकमा फोहर फाल्ने , नियम मिचेर ढल बगाउने पनि इनै हुन् /

    अनि यसो कसैले झन्डा को कुरा गर्यो वा यसो कुनै बलिउड कलाकारको मुखबाट कुनै मुर्ख कुरा चिप्लियो भने खोक्रो गर्व र राष्ट्रियता पलाउँछ यी सबैमा / टायर बाल्ने, अलिकति भएको सडकको ढुंगा उखेल्ने , बत्ती फुटाउने र सस्तो राष्ट्रियता देखाउने हुन् यी सबै /

    मल र दुषित फोहरमा हिंड्दै (वा साँघुरो, फोहर र महा ट्राफिक जाम भएको सडकमा एक करोडको गाडी चढ्दै ) , प्रदुषित काठमाडौं को हावा मा सास फेर्दै यसो आइफोन निकालेर आधा अंग्रेजी र आधा बनावटी नेपालीमा दरवारी तवरले “गरिस्योस ” “आइस्योस् ” (आजकाल त माओवादी कम्युनिष्ट सर्वहारा नेता का सन्तानले समेत यो बनावटी दरवारिया बोली बोल्न थालिसके) /

    Reply
  6. प्रविण कुमार के‍.सी. says:
    June 3, 2016 at 12:50 pm

    यी त केही नमूना मात्र हुन । बिद्युत प्राधिकरण र नेपाल टेलिकमका पोलहरुमा हाल बर्षा यामका च्याउ उम्रे झै छ्यास्छ्यास्ती उम्रेका केबुल टेलिभिजन र ईन्टरनेट सर्भिस प्रोभाईडरहरुल् जथाभावी रुपमा टाँगेका तार (उदाहरणको लागि नयाँ वानेश्वरस्थित संसदभवनको पश्चिम तर्फ हेर्न सकिन्छ) पैदल यात्रुहरु टाउको सिधा पारेर हिड्न नसक्ने गरी झुण्ड्याएको बर्षौ भई सक्यो । देशको राजधानी त्यो पनि बिकासका ठेकेदारहरु दैनिक ओहाेर दोहोर गर्ने ठाँउमा त यस्तो लापरवाही छ भने अरु के होला । कि त सांसदहरु फुटपाथमा कहिल्यै नहिड्ने भएर नदेखेको होला र ????

    Reply
  7. महेश दाहाल says:
    June 3, 2016 at 11:42 am

    संसारको जुनसुकै सहर पनि कतै राम्रो हुन्छ, कतै, नराम्रो हुन्छ ।
    अबको यहि नराम्रो भनिको सहरको यो भिडियो हेर्नुस् त कति राम्रो छ सहर।
    https://www.youtube.com/watch?v=0cLub-भ्फ७३व

    Reply
    1. Bayan says:
      June 4, 2016 at 3:21 am

      महेश भाई, त्यो पोष्ट गरिएको विडियो त खुल्ने रहेनछ तर पनि कमेन्ट नगरी चित्त बुझेन/ के जे कुराको पनि खण्डन गरि हाल्नु पर्छ र? याँहा राम्रो नराम्रो मात्रै होइन, सेफ्टी को कुरा पनि गरिएको छ/ कि के बिषयमा कुरा को छलफल गर्न खोजिएको छ पढ्दै नपढी बुझ्दै नबुझी कमेन्ट गर्ने बनि छ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme