Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणतन्त्र दिवसमा नेपाललाई दुई देशले मात्र शुभकामना सन्देश पठाए : एउटा चीन, अर्को कुन? किन लुकाइयो?

Posted on May 30, 2016May 30, 2016 by Salokya

जेठ १५ गते गणतन्त्र दिवस। २०६५ सालमा पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको दिनलाई नेपालले राष्ट्रिय दिवसका रुपमा गणतन्त्र दिवस मनाउँदै आएको छ। तर यो दिवसमा मात्र दुई देशले नेपाललाई शुभकामना सन्देश पठाए। त्यसमध्ये एउटा देशको बारेमा त नेपालमै पनि समाचार आयो, धेरेलाई थाहा पनि भयो। तर अर्को देशको भने लुकाइयो। कुन थियो त त्यो देश? किन लुकाइयो? रोचक जानकारी फेला पारेको छु, पढ्न भित्र क्लिक गर्नुस्।

एउटा देश थियो चीन। चीनका प्रधानमन्त्रीले आफ्ना समकक्षी केपी ओलीलाई र चीनका राष्ट्रपतिले विद्या भण्डारीलाई शुभकामना सन्देश पठाएको खबर नेपाली मिडियामा पनि आयो।

अर्को देश भारत थिएन। उत्तरी छिमेकीले हामीलाई गणतन्त्र दिवसको शुभकामना दियो। तर दक्षिणीले दिएन न अमेरिका, बेलायत जस्ता देशले नै शुभकामना सन्देश पठाए। किन हो कुन्नि।

एउटा देशले भने सम्झिएर शुभकामना पठाएको थियो, तर त्यो सार्वजनिक नै गरिएन। कुन थियो त त्यो देश?

उत्तर कोरिया।

हजुर, उत्तर कोरियामात्रै त्यस्तो अर्को देश थियो जसले नेपाललाई जेठ १५ को दिन शुभकामना सन्देश पठाए। उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएले यसबारे समाचार यसरी दिएको छ-

Greetings to Nepalese President
Pyongyang, May 28 (KCNA) — Kim Yong Nam, president of the Presidium of the Supreme People’s Assembly of the DPRK, Saturday sent a message of greeting to Bidhya Devi Bhandari, president of the Federal Democratic Republic of Nepal, on the occasion of its national day.
The message wished the president and people of Nepal successes in their work for achieving prosperity and development of the country by concerted efforts of the nation, expressing hope that the long-standing relations of friendship and cooperation between the two countries would develop at a higher stage in various fields. स्रोत

किन होला त उत्तर कोरियाको यो सन्देश चाहिँ सार्वजनिक नगरिएको? तीन सम्भावित कारण

१) सन्देशमा हेर्नुस् त, गणतन्त्र दिवस भनेर नै लेखिएको छैन। नेसनल डे मात्रै भनिएको छ। केको शुभकामना दिने हो नै थाहा नभएकोले दिएको शुभकामना के प्रचार गर्ने भनेर हो कि।

२) प्रोटोकल मिलेन। हेर्नुस् त हाम्री राष्ट्रपतिलाई समकक्षीको रुपमा त्यहाँका राष्ट्रपतिले पो शुभकामना पठाउने हो त। शुभकामना त त्यहाँको संसदको सभामुख जस्तो हैसियत भएकाले पो पठाएका छन्।

३) त्यसै पनि देश उत्तर कोरिया जस्तो भइसक्यो भनेर मान्छेले आलोचना गर्ने गरेका छन्, त्यसैले पो हो कि।

2 thoughts on “गणतन्त्र दिवसमा नेपाललाई दुई देशले मात्र शुभकामना सन्देश पठाए : एउटा चीन, अर्को कुन? किन लुकाइयो?”

  1. BS says:
    May 30, 2016 at 6:10 pm

    Not only two countries sent greetings to Nepal, Belarus also sent greetings.
    see the link:
    http://president.gov.by/en/news_en/view/greetings-to-president-of-the-federal-democratic-republic-of-nepal-bidhya-devi-bhandari-13725/

    Reply
  2. sushil says:
    May 30, 2016 at 9:45 am

    ए! नर्वेले पनि शुभकामना दिएनछ? राजतन्त्र हटाउँदा त हान्निएर आएर प्रचण्डलाई बधाई दिएका थिए त.
    कम्युनिस्ट सरकार भएर हो कि? तिनलाई के थाहा हाम्रा कम्युनिस्ट तिनी भन्दा खतरा गैरकम्युनिस्ट हुन् भनेर.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme