Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रश्न : सिंहदरबारमा हेर्न पनि पाइन्न? जवाफ : पाइँदैन, फोटो खिच्ने सरकारी मिडियाकै पत्रकार थुनामा

Posted on May 24, 2016May 25, 2016 by Salokya

13232889_10201588077780122_207096287208650265_n सिंहदरबारमा हेर्न पनि पाइन्न?
प्रश्न सन्तोष ओझाको थियो।
उनका अनुसार पाइँदैन भन्ने जवाफ प्रहरीबाट आयो।

सवाल जवाफको अडियो लन्डनमा रहेका पत्रकार अनुप काफ्लेले ट्विटरबाट सार्वजनिक गरेपछि मैले ओझालाई सोधेँ- खासमा भएको के हो ? उनले यसरी आफ्नो कुरा सुनाए।

अडियो-

इसान नामका एक व्यक्ति सरकारी भवनमा रातो रङ्ग छ्यापेर सरकारको विरोध गरिरहेको कुरा तपाईँले थाहा पाउनु भएको होला। हिजो साँझ उनले फेरि सिहदरबार गेटमा रङ्ग छ्यापे। प्रहरीले उनलाई पक्रयो। यो घटना हुँदा म टाढा पैदल यात्रुले बाटो काट्ने ठाउँमा उभिएर हेरिरहेको थिएँ।

एक जना प्रहरी दौडेर आयो र भन्यो- यो पनि हो, समात यसलाई।

उनीहरुले मलाई गेटभित्र लगे। त्यही बेला अर्का एक राससका पत्रकारलाई ल्याइयो। उनको दोष चाहिँ फोटो खिच्नु रहेछ। प्रहरीले उनको मोबाइल खोसे र हामी सबैलाई पुलिस चौकीमा लगे। उनीहरुले मलाई त छाडे तर उनीहरुलाई थुनामै राखेका छन्।

आज दिउँसो ३ बजे उनलाई थुनामा राखिएको ठाउँ सिंहदरबार वैद्यखाना नजिकै रहेको चौकीमा इसानको समर्थनमा केही युवाले प्रदर्शन गरेका थिए।

At Baidhyakhana Police Station pic.twitter.com/a3Cytg6xfh

— Lhamo Y Sherpa (@Lhamo_Y) May 24, 2016

तर प्रहरीले हस्तक्षेप गरी ब्यानर सबै च्यातिदियो।

Police interrupted the movement pic.twitter.com/iWysdDlK2M

— Lhamo Y Sherpa (@Lhamo_Y) May 24, 2016

प्रदर्शनमा सहभागी ल्हामो शेर्पाका अनुसार पक्राउ परेका पत्रकार सरकारी समाचार एजेन्सी राससका पत्रकार शेषनारायण झा हुन्। उनलाई रंग्याइएको गेटको फोटो खिचेकोमा सार्वजनिक अपराधको आरोप लगाइएको छ।

Mr. Shesh Narayan Jha, Journalist fm RSS has been taken to custody n charged with public offense for taking pics of the splashed gate #1

— Lhamo Y Sherpa (@Lhamo_Y) May 24, 2016

शेषनारायण झाले भनेका छन्- मलाई ईशानको बारेमा केही पनि थाहा छैन। म पनि नेपाली हुँ, नेपाली भएर बाँच्ने अधिकार दिनुस्।

Mr. Shesh Narayan Jha's msg to the public-I didn't know anything abt Ishaan, "ma pani Nepali hun, Nepali bhayera bachne adhikar dinus" #2

— Lhamo Y Sherpa (@Lhamo_Y) May 24, 2016

फोटो खिचेको आरोपमा पत्रकार पक्राउ परे पनि कुनै पनि पत्रकारका संस्थाले यसको विरोधमा विज्ञप्ति निकालेका छैनन्।

अपडेट : जेठ १२ गते पत्रकार महासंघले विज्ञप्ति निकालेको छ
jha

के चाहन्छन् त ईशान ?

13254071_1757975637766432_3208487551933543650_n
इसानले २२ मेमा आफ्नो फेसबुकमा यस्तो लेखेका थिए-

विषय – स्वदेश बचाउनका लागि निर्जल वर्तवारे सार्वजनिक आग्रह।
मूलद्वारमा रक्तिम रङ्ग छर्की सिंहदरवारको वास्तविक चरित्र उदाङ्गो गर्दै मैले आज निर्जल वर्त प्रारम्भ गरेको छु। स्वयंले मात्र नभई मेरो समाज र राज्यबाट जानअञ्जान ढङ्गले गरिएका अनेक विभेद र हिंसाका घटनाका लागि मैले प्रायश्चित्त गर्दैछु। स्वयं र सबैको लागि क्षमा माग्दैछु।
केही महिनाअघि हुलाकीमार्ग मार्फत गरिएको महाकालीमेची पैदलयात्राको क्रममा मैले हजारौं मधेशवासी नेपालीहरूसङ्ग अन्तर्क्रिया गर्नपाएको थिएँ। दमनहिंसा र उपेक्षाको शृंखलाका कारण उक्त भेगमा नेपाल राष्ट्रप्रति निराशा बढ्दै गएको छ। नेपाल सरकार र शीर्षदलका अगुवाले तत्काल स्थितिको गम्भीरता बुझी असन्तुष्ट पक्षलाई पूर्णसम्मानसहित समेट्ने इमान्दार प्रयास नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्त्व सङ्कटमा पर्ने प्रष्ट छ। त्यसैले यो निर्जल वर्त स्वदेश बचाउनका लागि आग्रह हो।
सरकार र असन्तुष्ट पक्ष समक्ष म यी सार्वजनिक आग्रह राख्नचाहन्छु।
– हिंसा दमन र विभेदको साटो सहानुभूति करूणा र भाइचारालाई शासनको नयाँ आधार बनाउने प्रतिबद्धतासहित थारू, मधेशी, आदिवासीजनजाति, महिला, दलित, मुसल्मान लगायत अन्य उपेक्षितसोषित जनसमुदायसङ्ग राज्य एवं वृहत्तर नेपाली समाजद्वारा गरिएका सम्पूर्ण ऐतिहासिक विभेद दमन तथा भूलत्रुटीका लागि राज्यको तर्फबाट राष्ट्रप्रमुख र सरकारप्रमुखद्वारा क्षमा मागियोस् भनि आग्रह गर्दछु।
– राष्ट्रिय मेलमिलाप सुनिश्चित र सुदृध गर्ने उद्देश्यले आन्दोलनरत तथा संविधानसङ्ग असन्तुष्ट दलपक्षको सम्मानजनक सहभागितासहित संविधानमा आवश्यक संशोधन सुनिश्चित गर्ने गरी अधिकार सम्पन्न समिति गठन गराईयोस् भनि आग्रह गर्दछु। नेपालका आन्तरिक समस्या नेपालीहरूलेनै मिलेर सुल्झाउने राजनीतिक संस्कृति स्थापित गरियोस्।
– उच्चस्तरीय छानबिन समिति गठन गरी मधेश आन्दोलन लगायत संविधान र संविधान निर्माण प्रकृयाको विरोधमा भएका समस्त सङ्घर्ष एवं राज्यपक्षबाट गरिएका दमनज्यादती तथा त्रुटीकमजोरीलाई सार्वजनिक गरियोस्।
समस्त आन्दोलनरत दलका अगुवा एवं असन्तुष्ट जनहरूलाई भद्रअवज्ञा गर्दै शान्तिपूर्ण सत्याग्रहमा सहभागी हुन आग्रह गर्दछु।
……………………
ईः (ईशान)
स्वतन्त्र
काठमाडौँ, नेपाल

उनले आइतबार राति १० बजे प्रधानमन्त्री निवास बालुवाटारको तेस्रो द्वारमा रातो रङ्ग छर्केपछि कमलपोखरी प्रहरी वृत्तमा हिरासतमा राखिएको थियो। दिउँसो साढे ३ बजे हिरासतमुक्त भएका उनले अब पुनः भद्र अवज्ञा गर्नेछु भनेका थिए। उनले फेसबुकमा हिजो लेखेका थिए– सार्वजनिक आग्रह सम्बोधन नभएसम्म मेरो निर्जल वर्त जारी रहनेछ। देश बचाउनका लागि सबैलाई भद्रअवज्ञा गर्दै सत्याग्रह गर्न आग्रह गर्दछु।

1 thought on “प्रश्न : सिंहदरबारमा हेर्न पनि पाइन्न? जवाफ : पाइँदैन, फोटो खिच्ने सरकारी मिडियाकै पत्रकार थुनामा”

  1. राजन says:
    May 25, 2016 at 12:08 pm

    ज्ञानेको नयां चम्चा त परेन ? सार्बजनिक सम्पत्ति नष्ट गर्दैदै हीड्ने ?
    विरोध गर्न सजिलो हुन्छ तर गरेर देखाउन गाह्रो ।
    विरोध गर्न सजीलो किनकी नेपाली जनता बर्तमान ब्यवस्था संग संधै असन्तुषट हन्छन् र नेताले जहीले त्यस्को फाइदा उठाउंछन् ।
    राणा शासन संग असन्तुष्ट भए बहुदलीय ब्यबस्था ल्याए ।
    महन्द्रले असन्तुष्टीको फाइदा उठाए, निरंकुश पंचायती ब्यबस्था ल्याए ।
    नेताले असन्तुष्टीको फाइदा उठाए, अर्ध प्रजातन्त्र ल्याए ।
    माइलोले असन्तुष्टीको फाइदा उठायो, फेरी निरंकुश तन्त्र ल्यायो ।
    नेताले असन्तुष्टीको फाइदा उठाए, फेरी पुर्ण प्रजातन्त्र ल्याए।
    अब फेरी माइलोले असन्तुष्टीको फाइदा उठाउन खोज्दै छ ।
    ज्ञानेतन्त्रमा न त उस्ले चुनाब जित्नु पर्थ्यो न त जनता ।
    बिरोध गर्नेलाइ भैरबनाथ, भजन गर्नेलाइ सिंहदरबार । सांच्चै भन्ने हो भने हाम्रो स्मरण शक्ति अति कमजोर छ ।
    ब्यवस्था परीवर्तन होइन प्रजातन्त्रमा अधिकर सदुपयोग गर्न सिकौं। बर्तमन ब्यवस्थामा शन्तिपुर्ण विरोध गर्ने अधिकार छ । सही ब्यक्ति चुन्ने अधिकार छ र ज्ञानेलाई प्रधानमन्त्रीमा उठ्ने अधिकार छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme