Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई नेपाली बैँक ह्याक, युजर नेम र पासवर्डसमेत लिक

Posted on May 14, 2016 by Salokya

hackers-leak-data-5-south-asian-banks-showcase_image-8-a-9090
टर्किस ह्याकरहरुको समूह Bozkurtlar को निशानामा दुई नेपाली बैँक परेको छ। सानिमा बैँक र बिजनेस युनिभर्सल डेभलपमेन्ट (बीयुडी) बैँकका संवेदनशील डेटाहरु ह्याकरहरुले अनलाइनमा राखिदिएका छन्।

बीयुडी खासै नाम चलेको बैँक नभए पनि सानिमा त एनआरएनहरुले प्रमोट गरेको बैँक हो। यस्तो बैँक पनि ह्याकरको शिकार भएछ।

डेटा ब्रिच टुडेले जनाए अनुसार मंगलबार तीन वटा बंगलादेशी र दुई वटा नेपाली बैँकको ह्याक गरिएका तथ्याङ्क यो समूहले अनलाइनमा राखिदिएको हो।

के छ लिक भएका डेटामा ?
सानिमा बैँकको डेटा जिप फाइलमा ४७ एमबी मात्रै भए पनि त्यसलाई extract गर्दा ५०० एमबीको छ। बियुडी बैँकको चाहिँ जिप फाइलमात्रै २५१ एमबीको छ।

बियुडी बैँकको डेटामा बैँकका सिनियर म्यानेजमेन्ट र म्यानेजरहरुको इमेल कुराकानी आउटलुक फरम्याटमा रहेको छ। त्यसैगरी यसमा मोबाइल बैँकिङ ग्राहकहरुको विवरण, फोन नम्बर, युजर नेम, इन्क्रिप्टेड पासवर्ड र कस्टुमर आइडी समेत छ। त्यसमा सबैभन्दा पछिल्लो डेटा जनवरी २०१५ को छ।

सानिमा बैँकको डेटामा ग्राहकको नाम, खाता विवरण, कति पैसा राखेको, निकालेको आदि सम्पूर्ण विवरण सहितको स्प्रेडसिट छ। यसमा पछिल्लो डेटा फेब्रुअरी २०१५ को छ।

दुई वटै बैँकले ह्याक भएको बारेमा आधिकारिक कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्, जबकि ह्याक भएको समाचार विदेशी अनलाइनहरुमा छ्याप्छ्याप्ती भइसक्यो।

बैँक जिम्मेवार हुनेछैन
यस्तो ह्याकिङका कारण ग्राहकलाई केही नोक्सानी भयो भने नि? अहँ, बैँक जिम्मेवार हुने छैन। सानिमा बैँकले आई बैँकिङ सेवाका लागि तोकेको शर्तहरुमा यस्तो उल्लेख छ-
sanima

1 thought on “दुई नेपाली बैँक ह्याक, युजर नेम र पासवर्डसमेत लिक”

  1. harihar sharma says:
    May 14, 2016 at 5:20 pm

    कति आनन्द, हामी जिमेवार छुने छैनौ भने छि पुग्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme