Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुर चिप्लिँदा उसकै पछि लागेर कुन-कुन मिडिया चिप्लिए? हुँदै नभएको स्विस लिक्स ‘सार्वजनिक’ गरिदिए

Posted on May 10, 2016May 11, 2016 by Salokya

panama_papers_kantipur खासमा हुने केही होइन तर विश्वभर हङ्गामा मच्चाएको भनेपछि नेपालीलाई पनि ठूलै चासो थियो पनामा पेपर्समा। ठूलै मान्छेहरुको नाम आउला भन्ने थियो। आयो पनि- उपेन्द्र महतो र चौधरीहरुको। अरु देशमा जस्तो नेताको, कलाकारको नाम जोडिएन। महतो र चौधरी जस्ता शक्तिशालीलाई गर्न सक्ने केही होइन नेपालीले। यही पनामा पेपर्सको नाम सार्वजनिक भएको प्रकरणमा एउटा मिडियाले गलत लेख्दा सबै मिडिया उसकै पछि लागेर गलत लेखेर पाठकलाई झुक्याएको प्रसंग तपाईँहरुलाई पनि रोचक लाग्न सक्छ।

राति पौने १२ बजे बल्ल सार्वजनिक भए पनि यो पनामा पेपर्स लिक्सलाई कान्तिपुरले पहिलो पेजमै स्थान दियो (हेर्नुस् सँगैको पत्रिकाको इपेपरको स्क्रिनसट वा यहाँ क्लिक गर्नुस्) त्यसमा नवाङ डोल्माको नाम नवयुग डोल्मा लेखिएको छ। यो त नामको गल्ती भयो, फ्याक्टको गल्ती हुने गरी त्यसमा लेखिएको छ – ‘यो लिक्समा सन् २०१३ को स्विस लिक्सका व्यक्तिहरूको नाम पनि समावेश छ। १२ जनाको पुरानो नामलाई पनि यस पटकको सूचीमा अफसोर लिक्स भनेर समावेश गरिएको हो।….उनीहरूको नाम स्विस लिक्स भनेर पुन: सार्वजनिक गरेको हो।’

यो गलत हो। गलत भनेर थाहा पाउन कान्तिपुरकै प्रमाण तेर्स्याउँदा हुन्छ। नाम बिनाको स्विस लिक्स सार्वजनिक हुँदा कान्तिपुरले नै माघ २७, २०७१ मा लेखेको समाचार यस्तो छ –

8 nepali
त्यतिबेला कान्तिपुरले नै ८ नेपाली रहेको लेखेकोछ भने अहिले १२ जना नेपाली कसरी हुन्छन्? कान्तिपुरले अहिले सन् २०१३ को स्विस लिक्स भनेको छ त्यसो भए २०७१ साल अर्थात् सन् २०१५ मा मात्रै यो बासी समाचार कान्तिपुरले छापेको हो त ?

के हो सत्य ?

फ्रेन्च पत्रिका ले मोन्डेबाट प्राप्त कागजातका आधारमा अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था आइसिआइजेले ४५ देशका पत्रकारहरुको संयुक्त टोलीको अनुसन्धानपछि फेब्रुअरी ८, २०१५ मा सार्वजनिक गरेको दस्तावेज स्विस लिक्स हो। यसमा स्विस बैँकमा गोप्य रुपमा खोलिएका बैँक खाताहरुको विवरण छ। यहाँ क्लिक गरी पढ्नुस् साइटमा आधिकारिक विवरण

स्विस लिक्स सम्बन्धी आइसिआइजेको आधिकारिक साइटमा आठ ग्राहक नेपालसँग जोडिएको र त्यसमध्ये ३८ प्रतिशतसँग नेपाली नागरिकता वा पासपोर्ट रहेको उल्लेख छ। (यहाँ क्लिक गरी हेर्नुस्)
8 nepali1

यी ८ जनाको नाम अहिलेसम्म सार्वजनिक भएको छैन। नेपाल राष्ट्र बैँकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले संसदीय समितिको बैठकमा समेत यो नाम थाहा पाउन नसकिएको बताएका थिए। सार्वजनिकै नभएको नामलाई हचुवा तालमा स्विस लिक्सको नाम भन्न पाइन्छ त तपाईँ आफै भन्नुस् त।

ती नाम के लिक्सको त ?

ती १३ जनाको नाममा धेरै पटक कन्फ्युज भएको छ। नेपाल समाचारपत्रले अप्रिल ७ मा नै फ्रन्ट पेजमा मेन न्युज बनाएको थियो यिनै १३ जनाको नामलाई पनामा पेपर्स कान्डको नाम सार्वजनिक भनेर। यस विषयमा मैले पहिले पनि ब्लग लेखेको छु। यहाँ क्लिक गरी पढ्नुस्।

आइसिआइजेको साइट हेर्नुस् जहाँ अफसोर लिक्स सार्वजनिक भएको मिति जुन १४, २०१३ स्पष्ट उल्लेख छ-
jun14

के हो अफसोर लिक्स?

तीन वर्षअघि सार्वजनिक भएको अफसोर लिक्स झण्डै झण्डै पनामा लिक्स जस्तै विषय नै हो। २५ लाख लिक भएका फाइलहरुमध्येबाट आइसिआइजेले अनुसन्धान गरी खोज्न मिल्ने गरी डेटाबेस सार्वजनिक गरेको हो। यसमा ब्रिटिस भर्जिन आइल्यान्ड्स, केमन आइल्यान्डस, कुक आइल्यान्डस र सिंगापुर जस्ता अफसोर स्थानहरुमा खोलिएका एक लाखभन्दा बढी कम्पनी, ट्रस्ट र फन्डहरुको विवरण खोज्न सकिन्छ। यसमा सन् २०१० सम्मको मात्र तथ्याङ्क छ। अहिले पनामा पेपर्सको लिक्स पनि अफसोर लिक्ससँगै एकै ठाउँमा राखी खोज्न मिल्ने बनाइएको छ।

अफसोर लिक्स र स्विस लिक्स फरक हुन्। किन?

१) अफसोर लिक्समा अफसोर कम्पनीहरुको विवरण छ। स्विस लिक्समा स्विस बैङ्कहरुमा खोलिएका गोप्य खाताको विवरण छ।

२) अफसोर लिक्स २०१३ मा सार्वजनिक भएको हो, स्विस लिक्स २०१५ मा।

३) अफसोर लिक्समा केही नेपालीको नाम सार्वजनिक भएको छ, स्विस लिक्समा अहिलेसम्म भएको छैन।

कान्तिपुरको पछि लागेर चिप्लिएका मिडियाहरु

तथ्य अनुसारको सत्य यो भए पनि कान्तिपुरले लेखेपछि आँखा चिम्लेर पत्याउँदै साथसाथै चिप्लिने मिडियाहरु प्रशस्तै भेटिए। आउनुस् एकछिन रमाइलो हेरौँ-

१) हिमाल खबर- जसले नवाङ डोल्माको नामसमेत नवयुग डोल्मा भनेर कान्तिपुरकै नाम सारेको छ। लिङ्क
himalkhabar

२) नागरिक- पत्रिकामा नछापिए पनि अनलाइनमा सन् २०१३ को स्विस लिक्स नै भनिएको छ। लिङ्क

nagarik

३) रातोपाटी- जो कान्तिपुरकै पछि लागेर सन् २०१३ को स्विस लिक्स लेखेको छ। लिङ्क
ratopati

४) नेपालजापान। लिङ्क
nepaljapan

५) सेतोपाटी । लिङ्क

setopati1
अरु पनि होलान् खोज्नै पो अल्छी लाग्यो। यति धेरैले एउटै कुरा हो भनेपछि नभएको कुरा पनि हो जस्तो लाग्ने रहेछ। तपाईँलाई पनि त्यस्तै लागेको छ भने कुरो के हो एक पटक फ्याक्ट चेक गर्नुस्। अनि तल कमेन्टमा लेख्नुस् मैले गलत लेखेको हो कि अरु मिडियाहरुले?

6 thoughts on “कान्तिपुर चिप्लिँदा उसकै पछि लागेर कुन-कुन मिडिया चिप्लिए? हुँदै नभएको स्विस लिक्स ‘सार्वजनिक’ गरिदिए”

  1. pandey says:
    May 11, 2016 at 3:16 am

    ‘अफसोर’ कि अफशोर ?? ‘स’ र ‘श’ को उच्चारण कहिले शुद्ध बोल्न जान्न होला नेपाली ले ?

    Reply
    1. Lava Bhatta says:
      May 12, 2016 at 1:55 am

      बोल्न कि लेख्न?
      नेपालीहरुले कहिले बोल्नु र लेख्नुको फरक थाहा पाउने होलान् !

      Reply
  2. punya pr sharma says:
    May 10, 2016 at 7:29 pm

    ढाडे बिरालो को घाटी मा कसले घन्टी लगाउने ?

    Reply
  3. sachin says:
    May 10, 2016 at 7:02 pm

    तपाईं लाइ पानामा पेपर्स मा नाम खोज्ने चाहना यहाँ खोज्न सक्नु हुनेछ
    http://www.smh.com.au/business/the-economy/how-to-search-the-panama-papers-20160510-goqgfi.html

    केहि नाम हरु :
    नेपाल प्यासिफिक ग्रुप:
    १. राजेन्द्र ठकुरी
    वर्ल्ड डिस्ट्रिब्युशन नेपाल:
    २. विश्व धर तुलाधर – सिद्धि भवन, कान्तिपथ, काठमाडौँ
    ३. विजेन्द्र जोशी
    ४. बिमल काजि ताम्राकार
    ५. नविन्द्र जोशी
    ६. अरुण श्रेष्ठ
    ७. विश्व वर्सिंह थापा – बालाजु, काठमाडौँ
    अन्य फर्म हरु:
    ८. उपेन्द्र महतो
    ९. प्रोफेसर शतेन्द्र कुमार गुप्ता – काठमाडौँ
    १०. शशि कान्त अग्रवाल – बत्तीसपुतली, काठमाडौँ
    ११. राजेन्द्र कुमार काब्रा – शुक्रपथ, काठमाडौँ
    १२. रेखा काब्रा – शुक्रपथ, काठमाडौँ
    १३. बिजेश कुमार तोडी अग्रवाल – बिराटनगर
    १४. हरिश कुमार तोडी – बिराटनगर
    १५. डा श्याम बहादुर कर्माचार्य – ललितपुर – २
    १६. रिनुका प्रधान – चुनदेवी – ४, काठमाडौँ
    १७. बिनु श्रेष्ठ – थैव, ललितपुर – ७
    १८. नवाङ्ग डोल्मा
    १९. उमा देवी सिंहना
    २०. अरुण कुमार चौधरी
    २१. सुर्वंश कुमार चौधरी
    २२. करण कुमार चौधरी
    २३. शिला चौधरी

    Reply
  4. Mahesh says:
    May 10, 2016 at 2:47 pm

    खै के खै के । के लेख्नु यस्तो वाहियात विषयमा । सूचना सहि हुनु पर्नेमा स्वघोषित सर्वाधिक लोकप्रिय भनाउँदाले आफ्नो लोकप्रियता कसरी कायम गर्लान् ।
    जय होस् ।

    Reply
  5. ramu says:
    May 10, 2016 at 1:03 pm

    यि मध्ये कसैको पनि आफ्नै बिदेशमा संबाददाता छैन शायद बिदेश मात्र हेर्ने सबाददाता त छैन अनि यस्तो हुनु स्वभाबिक हो।
    ति अनलाईनको के कुरा गर्नु सब कपि पेस्ट र पुन लेखन पत्रकारिता हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme