Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पनामा पेपर्स : नेपालका कसको नाम आयो, कसको आएन?

Posted on May 10, 2016May 10, 2016 by Salokya

Untitled-2खोज पत्रकारहरुको संस्था आइसिआइजेले सोमबार राति पौने ११ बजे पनामा पेपर्सका २ लाख कागजातलाई खोज्न मिल्ने डेटाबेस बनाएर सार्वजनिक गर्‌यो। पनामा पेपर्समा नेपालीहरु क-कसको नाम परेको छ भनेर यहाँ पनि निकै चासो थियो। पत्रपत्रिकाले केही वर्षअघि नै सार्वजनिक भएको अफसोर लिक्समा रहेका नेपालीको नामलाई समेत पनामा पेपर्सको नाम भनेर छापे। अख्तियारले पनि हामी छानबिन गरिरहेका छौँ भनेर गफ छाँट्यो। तर नाम अहिले बल्ल सार्वजनिक भएको हो। अब जजसलाई छानबिन गर्नुपर्ने हो गरे हुन्छ। क-कसको नाम आयो त पनामा पेपर्समा र कसको आएन? थप जानकारी भित्र।

उपेन्द्र महतो
यिनी अफसोर कम्पनीमार्फत् धेरै पहिलेदेखि लगानी गरिरहेका छन्। एनसेलमा पनि यिनको लगानी थियो पहिला। पछि यिनले टेलियासोनेरालाई बेचेका हुन्। अहिले पनि ग्रान्डी अस्पतालमा यिनले अफसोर कम्पनीमार्फत् नै लगानी गरेका हुन्। यिनको नाम पनामा पेपर्समा आउने अपेक्षा गरिएको थियो। पनामा पेपर्समा यिनी सेयर होल्डर रहेको दुई कम्पनी देखिएको छ- स्पार्टली भेन्चर्स लिमिटेड र पन्कुर फाइनान्सेज लिमिटेड। दुवैको तार युएईमा जोडिएको छ।

चौधरीहरु
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आफ्नो आत्मकथामा नै नबिल बैँकमा आयरल्यान्डको एनबि इन्टरनेसनलको नामबाट घुमाउरो रुपमा ५० प्रतिशत लगानी गरेको स्वीकारेका थिए। त्यसैले उनीहरुको नाम पनि पनामा पेपर्समा भेटिएला कि भन्ने अपेक्षा थियो। तर विनोद चौधरीको नाम त्यसमा भेटिएको छैन। बरु चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरीको नाम भेटिएको छ। उनी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा रहेका छन्। दस्तावेजमा भएका अरु तीन चौधरीहरु शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरु हुन्।

नाम नसुनिएकाहरु
चार चौधरी र एक महतो भएपछि बाँकी दुई जनामात्रै नेपालका बाँकी रहे। उनीहरुको नाम खासै सुनिएको छैन। नवाङ डोल्माको रजिस्टर्ड ठेगाना ब्राजिलको छ। उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी सेयरहोल्डर छिन्। दुवै कम्पनीको लिङ्क हङकङसित जोडिएको छ। त्यस्तै उमादेवी सिंहानिया ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा रहेकी छिन्। उनीहरु बारे केही जानकारी तपाईँसित भए बाँड्न सक्नुहुन्छ।

सतीशलाल आचार्य
एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर किन्ने भावना सिंह श्रेष्ठका पति सतीशलाल आचार्यको नाम अफसोर लिक्समा सिंगापुर देश अन्तर्गत रहेको छ। टेलिकम कम्पनीहरुमा अफसोर कम्पनीहरुमार्फत् इन्टरमिडियरी बन्दै कमिसन पाउँदै लगानी गर्ने यिनको स्वामित्वमा नेपालमा स्मार्ट टेलिकम पनि रहेको छ।

अजय सुमार्गी
नेता र शक्तिकेन्द्रसँग नजिकिएका कारण विवादमा आउने अजयराज पराजुली (सुमार्गी) को मुक्तिश्री समूहका नाममा ब्रिटिस भर्जिन आइल्यान्डसबाटै आएको साढे तीन अर्ब रुपैयाँ ऋणलाई नेपाल राष्ट्र बैँकले अहिलेसम्म फ्रिज गरिराखेको छ। पनामा पेपर्समा यिनको नाम पनि आउला कि भन्ने अपेक्षा थियो। तर सार्वजनिक नाममा यिनको नाम छैन। मोस्साक फोन्सेका फर्मको सहयोगमा खोलिएका अफसोर कम्पनीहरुको मात्र यसमा विवरण हुने भएकोले अझै कतिपय नेपालीको नाम यसमा रहेको छैन।

ठेगानाहरु
पनामा पेपर्समा नेपालका ठेगानाहरु यस्ता छन्-
address

यीमध्ये पहिलो सिराहाको ठेगाना उपेन्द्र महतोको हो। बाँकी ठेगाना कसको हो थाहा हुन सकेन। तपाईँलाई केही जानकारी पो छ कि ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme