Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१५० रुपैयाँ तिर्नुस्, गन्जी लगाउनुस्, भ्रष्टाचारी भगाउनुस् रे

Posted on April 30, 2016April 30, 2016 by Salokya

ChIYsJ0U8AEwDXd
लौ १५० रुपैयाँ तिर्नुस्, भ्रष्टाचारी जेल परुन् लेखिएको गन्जी लगाउनुस्, भ्रष्टाचारी खुरुरु भाग्छन् रे।

पत्याउनु भएन?

नपत्याई भो? बीबीसी नेपालीका रविन्द्र मिश्र, एसएसपी सर्वेन्द्र खनाल, पूर्व मुख्य सचिव लीलामणि पौड्याल जस्ता घघडानहरु यो गन्जीको ब्रान्ड एम्बेसडर भएपछि!

वैशाख १८ गते शनिबार जमल नाचघरमा यो गजबको तमाशा हुँदैछ। जसको प्रचार केही दिनअघिदेखि नै धमाधम भइरहेको छ। यी घघडान व्यक्तित्वहरुको अनुहार देखाएर मध्याह्न १२ बजेदेखि कार्यक्रम हुने रहेछ। त्यसका लागि तिर्नुपर्ने रहेछ १५० रुपैयाँ। अनि पाइने रैछ एउटा गन्जी जसमा ‘भ्रष्टाचारी जेल परुन्’ भनेर छापिएको हुन्छ।
CgQdPytUMAE3N7J
मिश्र र पौड्यालका लागि गन्जी धन्दा कुनै नयाँ होइन। ५ वर्षअघि मिश्रले भ्रष्टाचारीलाई किरा परोस् भन्ने नारा ल्याएका थिए। यस्तो सरापछाप गन्जीको ब्रान्ड एम्बेसडर बनेका थिए त्यतिबेलाका सचिव लीलामणि पौड्याल। पौड‌्यालमात्र हैन नेपाल सरकारका सचिवका हुलै अख्तियारको भवन अगाडि उभिएर सरापछाप गन्जी लगाएर फोटो सेसन गरेर उधुमै गरेका थिए। हेर्नुस् न त्यतिबेलाको फोटो-
sachib

भ्रष्टाचारीलाई किरा परोस् भन्ने नारा र ब्यानर सडक र भित्तामा टाँस्दैमा र त्यस्तो सराप छापिएका गञ्जीहरु लगाएर हिँड्दैमा भ्रष्टाचार कम हुन्छ भन्नु र त्यस्तो सोच्नु असहायपनाको चरम रुप थियो। अरु केही गर्ने आँट नभएका हुतिहाराहरुले लौ न यस्तो भइदिए हुन्थ्यो भनी अलौकिक शक्तिलाई गर्ने कामना थियो। तर विडम्बना, किरा परोस् नाराको पछाडि भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्नुपर्ने जिम्मा बोकेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत त्यतिबेला लाग्यो। आयोगको काम भ्रष्टाचारको छानबिन र कारबाही हो कि लौ भगवान्, हाम्ले केइ गर्न सकेनौँ, प्रभो किरा पारिदेऊ भनेर भन्ने हो ? तर भयो त्यस्तै। यस्तो पाराले हुन्न भनेर चर्को आवाज उठ्न थालेपछि सामसुम भयो यो नारा।

तर आज पाँच वर्षपछि फेरि इच्छावाचक वाक्य पोतेको गन्जी १५० रुपैयाँमा बेचेर भ्रष्टाचार हटाउने अभियान सुरु गर्न लागियो। देशमा अर्बौँको भ्रष्टाचार हुँदैछ- एनसेलको बिक्रीमा देशले पाउनु पर्ने वैधानिक ५० अर्बको कर रकम नपाउने बनाउन अवैधानिक रुपमा व्यक्तिको खल्ती भरिँदैछ। सेटिङहरु धमाधम मिलाइँदैछ। आँखै अगाडि भ्रष्टाचार हुन लागेको देख्दा पनि यी महान व्यक्तिहरु भने भ्रष्टाचारी जेल परुन् लेखिएको गन्जी बेच्नलाई प्रचार गरिरहेका छन्

मिल्यो भने आउनोस् र आयोजकबाट ‘भ्रष्टाचारी जेल परून्’ अंकित टिसर्ट निशुल्क लिनोस् है।
सम्पर्क: कुबेर पाठक, 9843149278 pic.twitter.com/jzGVQZBAGh

— Rabindra Mishra (@MishraRabindra) April 17, 2016

एसएसपी सर्वेन्द्र खनाल र शान्ता चौधरी दुईको अनुहार पनि यसपालि बेच्न खोजिएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख खनाललाई अपराध अनुसन्धानबाट फूर्सद भएर गन्जी बेच्ने कार्यक्रममा जान भ्याउनु भएको हो कि के हो बुझिएन।

एउटा रमाइलो प्रसंग पनि छ यस्तै नाराको बारेमा। एक दशकजति अघि भ्रष्टाचारीलाई प्रवेश निषेध, भ्रष्टाचारमुक्त क्षेत्र, भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ, भ्रष्टाचारीलाई चुला बारौँ जस्ता नारा लेखिएको स्टिकर प्रो पब्लिकले १० रुपैयाँमा बेचेको थियो। भ्रष्टाचारविरोधी स्टिकर टाँस्न चाहनेले १० रुपैयाँ तिरेर स्टिकर किन्नुपर्थ्यो। यो अलग कुरा हो कि एउटा स्टिकरलाई १० रुपैयाँ लिनु नै भ्रष्टाचार भएको गाइँगुइँ त्यतिबेलै सुनिएको थियो। किनभने यी स्टिकर पैसा लिएर बेच्न हैन, निःशुल्क बाँड्न बनाइएका थिए।

एन्टि करप्सन एक्सपर्ट नारायण मानन्धरले पाँच वर्षअघि नै भनेका थिए– ‘भ्रष्टाचारीलाई किरा परोस् वा नयाँ नारा भ्रष्टाचारी जेल परुनले काम गर्दैन। किनभने यो नारा irrational छ, रिसको उपज हो यो नारा, निराशाको उपज हो। तपाईँले rational व्यवहार (भ्रष्टाचार) लाई irrational समाधान (बेइज्जतिपूर्ण नारा) ले चुनौति दिन सक्नुहुन्न। नैतिकता नै प्रभावकारी उपाय भइदिँदो हो त सुरुमा भ्रष्टाचार भन्ने कुरै हुँदैन थियो।

अनि यो लगनपछिको पोते अर्थात् बितिसकेपछिको समाधान हो- यहाँ मान्छेले भ्रष्टाचार गरिसक्यो अनि तपाईँ चाहिँ सराप दिने र यो होस् वा त्यो होस् भनी कामना गर्दै हुनुहुन्छ!

तर नयाँ गन्जी धन्दा धेरै वर्षसम्म चल्ने देखिन्छ। २०७८ सालको समेत प्रचार सामाग्री अहिले नै देखिसकिएको छ-
ChIYsJ0U8AEwDXd
यसको नारा पनि रोचकै छ- युवा जागौँ, भ्रष्टाचारी भगाऔँ। यो नाराले २०५० को दशकको एउटा चर्चित विज्ञापन र त्यसबारे शरच्चन्द्र वस्तीले हाम्रो भाषा किताबमा लेखेको उदाहरण याद आउँछ। विज्ञापन ठ्याक्कै यस्तै छ- कन्डम लगा‌औँ एड्स भगाऔँ। एड्स लाग्छ अनि कन्डम लगाएर भगाउँला भन्ने बुझेका रहेछन् केहीले यो विज्ञापनबाट।

गन्जी लगाएर भ्रष्टाचारी भाग्ने भए यही लगाएर वीर अस्पतालको आइसियु र ट‍ंगालतिर गए हुन्छ। शनिबार मान्छेहरु भागाभाग भए भने अचम्म नमान्नुस्, किनभने भोलि धेरै मान्छेले गन्जी किन्नेछन् र लगाउने छन्। विज्ञापन अनुसार त त्यो लगाएपछि भ्रष्टाचारीहरु भागाभाग हुनै पर्ने हो। यो काठमाडौँमा भ्रष्टाचारी कम्ती त छैनन् होला। बरु गन्जी बेच्नेहरु नै पैसाको हिसाबकिताब नबुझाइ भाग्लान‌् नि- गन्जीको नारा प्रभावले।

26 thoughts on “१५० रुपैयाँ तिर्नुस्, गन्जी लगाउनुस्, भ्रष्टाचारी भगाउनुस् रे”

  1. Rohit says:
    May 7, 2016 at 1:52 pm

    अन्तराष्ट्रिय संस्था बिबिसिले नेपालबाट कार्रयक्रम उत्पादन, प्रशारण, वितरण गरे वापत नेपाल सरकारलाइ शूल्क तिर्रछ कि तिर्रदैन? नेपाली सेवाका कर्रमचारीले नेपालबाट पाउने तलबबाट नेपाल सरकारलाइ अायकर तिरछन कि तिर्रदैनन? नेपाल भित्रिएकाे पैसा कुन प्रकृयाबाट अाएकाे छ? बिबिसिका नाममा नेपाल भित्रिने उपकरण,मेशिनरी अादिमा भन्सार तिरियाे कि तिरियन? संस्था कुन हैसियतमा कसकाे स्वामित्वमा चलेकाे छ। उसले सरकारी नियम, कानून मानेकाे छ कि छैन? अहिलेसम्म बिबिसिका नाममा सरकारले कति राजश्व बुज्याे? यसमा कहिं कतै दाया बायाँ छ भने त्याे पनि भ्रष्रटाचार भयाे है।

    Reply
  2. robyn says:
    May 3, 2016 at 8:49 am

    I read Salokya’s article last year. Same negative vibe!
    If you can’t support, at least please stop circulating negative message!

    I don’t understand, do you mean that everybody has to start another “Jan Andolan” and start ‘Jan Adalat’ and killing “Corrupt” government officers?

    In my understanding, Rabindra Mishra did what he can from his side. Let’s all do what we can from our side. Be proud of him at least he raised those issues in public?

    Unfortunately, in our context, the people in power who has power to control do not raise these issue neither act to eradicate ” corruption”.

    Be positive guys!

    Reply
  3. makwane says:
    May 2, 2016 at 9:39 pm

    Why do we see negative in every thing. No one is forcing to buy it. If you are interested you could go and buy and listen it. We are quietly donating when some political parties comes with head band and one stick in hand and ask more than what we earn in a month and yet we give it to them without a single word. here its your wish. If people trust and wants to listen to them thats their right so respect to all. I think people are willing to buy and listen what they say because they have earned that. We cannot do the same thing if we want as we dont have that trust build over to listen to us.

    Reply
  4. karkotak nag says:
    May 2, 2016 at 3:55 pm

    यो टिसर्ट मैले किनेर ल्याएँ तर शुरुमा घाँटीबाटै छिरेन । बल्ल बल्ल छिर्यो तर पेट पुटुस्स देखियो । स्याला… काँ गएर फिर्ता गर्नी हो यार । मूला हिजो मात्र कनकाइको भ्यागुतो खाइरथें ४ धार्नीजतिको ।

    Reply
  5. Ram Thapa says:
    May 2, 2016 at 12:12 pm

    Hari

    भ्रस्टचारीका छोरी बुहारी बुढी बलात्कारको शिकार होउन
    This is a disgusting and unhuman and jangali comment. You are a sick person. You should not punish other person’s crime on other innocent people. It looks you will rape the wife and daughter of the rapist. Are you?

    Ram

    Reply
  6. Krishna says:
    May 1, 2016 at 6:09 pm

    यो पनि अर्को भ्रस्टाचार हो ! प्रवेश शुल्क ठटाउने मज्जाले अनि free रे !
    जनता ठग्न , बेवकूफ गराउन गार्हो छैन |

    Reply
  7. bibek dhakal says:
    May 1, 2016 at 4:53 pm

    भासन सुन्न भासन पैसा जबर्जस्ति असुलेको हैन. राजनीतिक दलहरु जस्तो हैन जबर्जस्ति चन्दा असुल्यो (सबै पार्टि) अझ जबर्जस्ती ताइ त तुइको भासन सुन्न लाइ उर्दी पनि जारि गर्यो ( कुनै कुनै पार्टी). मानिसहरु स्वफ़ुर्त आएका छन् त्यो पनि भिडम भिड.
    हो टी- शर्ट लाएर भ्रष्टाचार निर्मुल हुने हैन. भ्रष्टाचारी लाइ किरा परोस भनेर सरप्दैमा सराप लाग्ने नि हैन न तर एउटा संदेश भने पक्कै के जान्छ भन्दा खेरि भ्रस्टाचार बिरुद्द देशको एउटा जिम्मेवार वर्ग ( कर्मचारी, सेवानिवृत, पत्रकार, बुद्दिज्जिवी) हरु लागेका छन् है र त्यो पहलमा साथ् दिन आम जनता तयार छन्. त्यो 2 प्लेट बफ मम आउन सक्ने (कति पर्छ ऐले थाहा भएन ) पैसा भासन सुन्न र त्यस्तो अन्फेसनेबल टी शर्ट लिन भएपनि खर्च गर्नु यसको प्रमाण हो. सित्तैमा खुलामन्चमा गरेको भासन भए त संगै रत्नपार्कमा बदाम खाइरहेको रोजगार/स्वरोजगार/बेरोजगार मान्छे पनि के हो भन्दै एसो पुलुक्क नियाल्न आउथे नि. म भएको भए चाही पक्कै जान्थे है

    Reply
  8. Shekhar Acharya says:
    May 1, 2016 at 2:17 pm

    यो तर्कपनी ठिक होला। तर अरु केहिनगरे पनि एउटा भ्रस्टाचारि ले यस्तो गन्जी लगाको मान्छे देख्दा कम्सेकम उसैलाइ भनेको हो कि भनेर आत्म ग्लानि चाइ पक्कै गर्छ । सबैले आ- आफ्नो तह बाट सक्दो काम गर्ने हो। बिदेश मा जस्तो भ्रष्टाचारिलाइ बहिस्कार गर्ने काम समाज बाट थालनी हुनु पर्छ। बिडम्बना हामिकहा धन लाई पुजिन्छ। सोधिदैन त्यो कहा बाट आयो भनेर

    Reply
    1. Rakesh says:
      May 1, 2016 at 8:02 pm

      भ्रस्टाचार गर्ने ले गर्न हुन्न भनेर थाहा नपाएर गर्ने हुन् र भन्या
      जनचेतना जगौछा रे
      चेतना नभएर भ्रष्टाचार गरेको जस्तो के
      गन्जी लगाएर भ्रस्टाचार नहुने भए नेपाल को राष्ट्रिय पोशाक नै येही गन्जी बनौ न
      जहाँ जादा पनि येही लगाउनु पर्ने नियम बनौ न हुन्न ?

      Reply
  9. rajaram says:
    May 1, 2016 at 12:57 pm

    त्यो T-Shirt लगाएर बिर hospital हो कि कुन hospital हो को ICU मा जाउ , अनि तेस्को प्रभावकारिता test गरम, कतै $$$ मणि हरु भागी पो हाल्छन कि !

    Reply
  10. Michael says:
    May 1, 2016 at 9:05 am

    पेट को औसधि टाउकोमा लगाए जस्तो | गन्जी लगाएर बा नाराबाजीले दुनियामा कहिँ भ्रास्ताचार को अन्त भएको छ ?
    यो त् खान पाउने हरु मजाले लाजै न मानि हसुर्ने , खान न पाउने हरु गन्जी लाइयेर ,नाराबाजी गरेर बिज्ञापन मुखी क्रियाकलाप गर्ने |
    स्थिर र बलियो सरकार ले चाहेमा भ्रास्ताचार को कमि ल्याउन सक्छ |
    तर नेपाल मा बलियो सरकार कुन पार्टी र नेताले दिन सक्छ ?आजको मितिमा ?
    कसैलेसक्दैन | आज भारतीय दुतावास ले नेपाल मा समानान्तर सरकार चलाइरहेको स्थिति छ | केहि समय अगि पी यम भएको बाबुराम ले भन्ने गर्थे , नेपाल त् अन्त कतै बाट पो चलेको रहेछ |
    त्यो अन्यत्र भनेको भारत , युरोपियन युनियन र अमेरिकी हरु हो |उनीहरु लाइ नेपाल अगि बढेको , भ्रास्ताचार कम भएको हेर्नु छैन | हरेक नेपालि को जिउ मा फाटेको गन्जी , हात मा ये के फोर्तिसेवेंन हेर्न चाहन्छन तिनीहरु | यो भ्रास्ताचार तिनैको खुफिया योगदान हो नेपाल मा |

    Reply
  11. Rekha Ghale says:
    May 1, 2016 at 2:37 am

    जता बाट नि पैसा असुल गर्‍यो भुन्डी भर्यो ।

    Reply
  12. bhakta says:
    May 1, 2016 at 1:23 am

    उक्त कमेन्ट कारिहरु कतै न कतै बाट आफै , आफन्ती पनि भ्रस्टचारी छन् (धेर थोर ) किनभने नेपालि भकोले ! म पनि.. पस्च्याताप गर्ने अब नगर्ने आइन्दा भने र वा घटाउने !
    आत्मा ग्लानि गरेर घुण्डिएर आत्महत्या गर्ने हो भने नेपालमा अपाङ्ग , दिमाग खुस्केका मात्र बाकि रलान …

    Reply
  13. sunil says:
    April 30, 2016 at 10:59 pm

    येही t-shirt मा भ्रस्टचार हुन्छ अन्तमा

    Reply
  14. Salil says:
    April 30, 2016 at 9:43 pm

    Let’s take it in a positive way. The aim of this campaign is to create awareness. Totally disagreed with your perspective.

    Reply
  15. madan bajracharya says:
    April 30, 2016 at 9:14 pm

    के भ्रस्ताचारको अर्थ मात्र गैरकानुनी तरिकाले धन असुल्ने हो; शक्तिको आडमा पार्टीका भयकोले गर्ने गरेको कुकार्य भ्रस्टाचार होइन? झण्डा बोकेर जस्तो सुकै कुकार्य गरे पनि सजाय नपाउने बा सजाय नदिने जस्तो सरकारी भ्रस्टाचार नै देसमा मौलाउन्दै गरेको भ्र्स्ताचारको प्रमुख कारण हो/ नेपालमा भ्रस्टाचार हुन् नदिने कर्मचारीलाइ भ्रस्टाचार गर्न खोज्ने बाकि नराख्ने अनि सरकारले सुरछ्या नदिने मात्रै होइन उल्टै सजाय दिने गरेको घटना संगालेमा बिउस्व्मै ठुलो पुस्तक बन्छ होला र यस्तो कुरालाई पनि भ्रस्टाचार मान्ने र सजाय दिने हो भने कुन दल र दलका नेता कार्यकर्ता …………..? अहिले यमालेको नेतृत्वमा बनेको सरकार छ यो दल तेही दल हो जसले ट्राफिक नियम पालना नगरी सबारी चलायाकोमा दण्ड दिने प्रहरीलाई उनिफर्म समेत फुकालेर ……..गर्न बाध्य गरेको/ आफ्ना कार्यकर्ता नेताले कानुन पालना नगरेकोमा दण्ड दिलाउन कुनै दल चाहँदैनन र तेस्तैको सरकार बन्ने नेपालमा भ्र्स्ताचारीले दण्ड पाउने कुरा सुने हाँसो उठ्छ/

    Reply
  16. ram k subedi says:
    April 30, 2016 at 8:00 pm

    विचरा ती गन्जी लाउनेहरू मध्ये कसैले त्यो लाउने दिनको बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरे होलान् मेरो पाप चाहीं पखालियोस है भनेर। लिलामणी जीले शुद्ध पार्नु भएको बागमती नदीमा गएर आफूले गरेको कुकर्म पहिले पखाले होला। अनि भने होला,” प्रभू! आज म भ्रष्टाचार विरोधी अभियानको “गन्जी” लगाउँदै छु मलाई त्यो गन्जी लगाउँदा मेरो दुर्गन्ध त्यहाँ नफैलियोस् भगवान!” मलाई सरम र लाज नलागोस् र त्यो असल कार्यको गन्जी मलाई फिट होस् है!” भने होलान्। त्यो गन्जी मेरो अनुभव र विचारमा लिलामणि जी र शान्ता जी बाहेक शायदै कसैलाई फिट होला जस्तो लाग्दैन, कसैलाई सानो होला,कसैलाई ठूलो। कसैलाई बाहुला नमिल्ला, कसैलाई घाँटीमा नछिर्ला र कसैलाई घाँटीमा ठूलो होला।

    Reply
  17. Sharad says:
    April 30, 2016 at 4:53 pm

    I think there is a new political party on pipe line and this could be a fund raising event .This is how political parties raise funds in a civilized world and all the other political parties should be doing this too. Every movement or parties need fund to operate and it should be acceptable as long as they are raised in accordance to the law and there is no abuse of fund. We should rather be point finger at other political parties who have no transparency in regards to how the fund is raised or managed within their parties.

    Reply
  18. sanjay says:
    April 30, 2016 at 2:28 pm

    राम्रै कुरो हो, भ्रस्टाचार कम नभए पनि मान्छे मा चेतना ल्याउन सहयोग गर्ला. आज को भोलि चेन्ज हुने कुरो हैन भ्रस्टाचार. एस्लाई criticize गर्नु पर्छ जस्तो लाग्दैन .

    Reply
  19. पुषपमणी दाहाल says:
    April 30, 2016 at 1:49 pm

    कानुन् र ब्यवस्थालाई कढ़ाई का साथ लागू गर्न सरकार का निकाय हरुलाई घच्घच्याऊने र लागू गर्न नसके कुर्सी बाट लखेटेर सक्षम मान्छे ल्याऊने तिर ध्यान दिन यी सबै ब्यक्तिहरु ले कदम चाल्ने हो भने जनता ले साथ दिने कुरामा दुईमत छैन। जनता लाई कानुनी ब्यवस्था को ईज्जतसाथ पालना गर्ने, प्रत्येक ब्यक्ति अनुशासनमा राख्न पहल गर्ने क्षमता बोकेका देशप्रेमी यी ब्यक्तिहरुले गन्जी बेचेर हिँड़्दै गर्दा आफ्नै ब्यक्तिगत ईज्जत र प्रतिष्ठा लाई गिराऊने काम गरेको अनुभुति हुन थालेको छ ! सालोक्य जी को यसबारे को लेखाई बिष्लेषण मन पर्यो।

    Reply
  20. Satya says:
    April 30, 2016 at 10:50 am

    यी चारै जना महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु / तर, तपाइहरु यसरी खिचडी नबन्नु होस् / आफ्नो आफ्नो पेश संग सम्बधित संस्थाको गतिबिधि के कस्तो अबस्थामा गुजारी रहेका छन् सबै छर्लंग छ / तपाइहरुको आआफ्नो संथाले नै हो भ्रष्टाचार निर्मुल पार्ने हो / आआफ्नो संथामा पारदर्शी बनाउने तिर कोशिश गर्नुस / अधिकांस पुलिस, सचिब, कार्यालय प्रमुख, मन्त्रि , सांसद र पत्रकारहरु जालसाजी, छल छाम, भ्रष्टाचार गर्न दाउ खोजेर बसेका हुन्छन र भ्रष्टाचार गरि रहेका पनि छन् /

    Reply
  21. romeo says:
    April 30, 2016 at 9:37 am

    पुर्व मु.स. लीलामणिको थर पौडेल हो, पोखरेल होइन ।
    रह्यो गन्जीको कुरो , कम से कम त्यो सन्देशले जनचेतना अभिवृद्धि त पक्कै हुन्छ नि हाउ ! सचेत नागरिकले गर्ने काम नै यही होइन र ? भ्रष्टाचारीलाई सिधै समात्न त मिलेन , चेतना त फैलाउं भन्ने उद्देश्य होला । बरु त्यो गन्जी बेचेर कति आम्दानी भयो र केमा खर्च गरिने भन्ने कुरो चैं ‘ क्लियर ‘ हुनुपर्छ नि रविन्दाइ !

    Reply
  22. punya prashad sharma says:
    April 30, 2016 at 8:11 am

    http://nagariknews.com/breaking-news/story/69103.ह्त्म्ल
    खाए सोल्टा खाए कुम्ल्याए मोज मस्ती गर्दै छन् अज भकुर्दै छन् …
    नेपाली भनेको जन्तु नै एस्तो हुदो रैछ … भ्रस्टाचार ठगि गुन्डागर्दी चाप्लुसी अनि सब कला मा पारंगत भएपछि नेतागिरी अनि संसद, मन्त्रि अनि प्रधानमन्त्री — देश को चलन नै एस्तो छ … गर्नी के ?

    यो रबिन्द्र भन्ने बकुल्लो पनि कुन दिन मन्त्रि हुन बेर छैन — एसको पनि सब नौटंकी पर्दाफास हुदै छ …यो रबिन्द्र मिश्र पनि आर्को कनकमणि डोलर मणि त हो नि ! — होस् गर है साथी हो !

    सर्बेन्द्र जी लाइ चै ma truely respect गर्छु.. so far he is doing what he was supposed to do for the country.

    Reply
  23. डा. सुरज श्रेष्ठ says:
    April 30, 2016 at 6:38 am

    प्रयास राम्रो लाग्यो ।
    कमसे कम यौटा नारा जस्ले नेपालको भ्रष्टाचार कम गर्न सक्यो भने सर्वसाधारणहरुले केही राहत पाउने छ ।

    यौटा गजबको बिडम्बना हेर्नुस् :

    सरकारले नाकाबन्दी लगभग समाप्त भएको महीनौ नाघी सक्दापनि नेपालमा पेट्रोल र खाना पकाउने ग्यासको हाहाकार यथावत छ । तर सोही अवधिको पेट्रोलियम पदार्थ बिक्रीबाट नेपाल आयल निगमले नाफा गरी निगमको ईतिहासमा सबै भन्दा बढी रु. २७ अर्ब रृण तिर्न सक्षम भएको रहेछ । क्या ग़ज़ब छ: नेपाल आयल निगमको कारोबार एकदम उच्य बिन्दुमा पुगेपनि सर्वसाधारणले २०७३ सालमापनि सास्ती भोगी रहनु पर्ने ।

    शायद निति निर्माता र राष्ट्र संचालनको अविभारा पाएको नेपाल सरकारलाई नेपाल आयल निगमको कार्य निकै सराहनीय लागेकोले डफ्फा का डफ्फा निगमका राष्ट्र सेवक पुरस्कृत भएका छन् । स्मरण रहोस्, नेपाल सरकारले कामको क़दर गरी नेपाल आयल निगमका सेवा गर्नेहरुलाई यथावत राखेको छ ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  24. Ekraj says:
    April 30, 2016 at 4:20 am

    It is interesting. I think this may be another scamp of making money for some people.
    It is a known facts that many of the biggest corrupts live in Kathmandu and they occupy most of ministries, secreterials, judicial offices, police Department and ministers themselves. More than 50% of buildings in Kathmandu are built from corruption and 80% of car are direct result of Corruption.
    If the slogan in the T-shirt makes any effect, all the above people needs to be jailed or removed from Kathmandu.
    If it works Nepal Government will have to build 100 more jails and possibbly 10-20% of people living in Kathmandu will have to be jailed.

    It these in the T-Shirt believe in what they say, some of them will have to jail themselves voluntarily even before any investigation.

    Reply
  25. hari har sharma says:
    April 30, 2016 at 3:01 am

    यो नाराले केहि हुने वाला छैन / नारा यस्तो हुनु पर्छ, त कि मन मस्तिस्कमा डर हो /
    “भ्रस्टचारीका छोरी बुहारी बुढी बलात्कारको शिकार होउन”
    अनि हेरौ त /
    अन्यथा नलिनुस/ भ्रस्टचारीलाइ केहि चिजले छुने वाला छैन
    माथि को बाक्य प्रति छेमा याचना गर्छु /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme