Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कनकमणि दीक्षित किन पक्राउ : अख्तियारको कुरो यसरी बुझौँ

Posted on April 22, 2016April 22, 2016 by Salokya

कनकमणि दीक्षित पक्राउ परे। शुक्रबार दिउँसो उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेर हिरासतमा राख्यो। किन पक्राउ परे त उनी? यसबारे अख्तियारका प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट धेरै कुरा थाहा पाइन्छ।

विज्ञप्ति सुरुदेखि अन्त्यसम्म पढ्ने हो भने त्यहाँ लेखिएको भाषाले प्रष्टै बताउँछ- कनकमणिले हाम्लाई नै च्यालेन्ज गर्न थाल्यो। त्यसैले हामीले हाम्रो पावर यसो देखाइदिएका।

पहिला विज्ञप्ति हेरौँ अनि त्यसको भाषा अनुसार विश्लेषण गरी हेरौँ न त-

ciaa-dixit

सबभन्दा पहिला शीर्षक नै हेर्नुस्-

साझा यातायातका अध्यक्षलाई पक्राउ गरिएको सम्बन्धमा।

अरु कारणले उनलाई पक्रन अख्तियारको अख्तियारी छैन। त्यसैले साझा यातायातका अध्यक्ष भन्नुपर्‌यो। संविधानले अख्तियारलाई दिएको अधिकार यस्तो मात्रै छ-



त्यसैले अरुले जतिसुकै जे गरे पनि अख्तियारले अनुसन्धान भने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई मात्रै अनुसन्धान गर्न र पक्रन पाउँछ।

अब यो सार्वजनिक पद धारण गरेको व्यक्ति भनेको चैँ के हो त? अख्तियार ऐन २०४८ यसो भन्छ-



सार्वजनिक संस्था भनेको नि? ऐनले यस्तो व्याख्या गरेको छ-







यसैले अख्तियारले कनकमणि दीक्षितलाई साझा यातायातका अध्यक्षका रुपमा सम्बोधन गर्नुपरेको हो। किनभने साझा यातायात भनेको सरकारका विभिन्न निकायहरुको ५० प्रतिशतभन्दा बढी सेयर भएको संस्था हो। २०६८ देखि उनी यसका अध्यक्ष छन्।

विज्ञप्तिको १८० शब्द लामो पहिलो वाक्यमा विभिन्न आरोप छन् जस्तै

• साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको,
• संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको,
• संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको
• त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र निजका परिवारका नाममा समेत राखेको,
• संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको
• स्वर्गीय मदन शम्सेर राणा र निजकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको (यी उजुरी रे आयोगमा परेको)

यस्ता उजुरीबारे छानबिन गर्न दीक्षितलाई पोहोर मंसिर १७ गते उपस्थित हुन जानकारी गराएको रहेछ अख्तियारले।

दीक्षित २४ गते आयोगमा गएछन् र सम्पति विवरण फाराम लिएर ३० गते बुझाएछन्।

दीक्षितले बुझाएको सम्पत्ति विवरणमा उनको र परिवारका नाममा रहेको चल, अचल सम्पत्ति, बैंक खाता लगायतका विवरणहरु यकिनका लागि अख्तियारले सम्बद्ध निकायहरुमा पत्राचार गरेछ। संकलित कागजात एवं विवरण, दीक्षितले आयोगमा उपलब्ध गराएको सम्पत्ति विवरणसँग मेल खाएको देखिएन रे।

अर्को प्याराग्राफमा अख्तियारको विज्ञप्तिमा लेखिएको छ-

दीक्षितविरुद्ध थप तथ्य एवं प्रमाणहरु प्राप्त हुन आयो। अनि थप स्पष्ट गर्न उनलाई आयोगमा उपस्थितिका लागि सम्बन्धित अनुसन्धान अधिकृतले पटक-पटक टेलिफोन तथा पत्राचार गरी सूचित गरे। तर उनले टेरेनन्।

आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराए।

त्यसबाहेक उनले सर्वोच्च अदालतमा आफूविरुद्धको अनुसन्धान रोक्न अन्तरिम आदेशको समेत माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। यो चाहिँ विज्ञप्तिमा उल्लेख छैन। सर्वोच्चले दीक्षितले माग गरे जस्तो अन्तरिम आदेश त दिएन तर अख्तियारलाई ‘कानुनको अख्तियारी र प्रयोजन नखुलाई अनुसन्धानका नाममा अन्य कुनै कारवाही गर्न नमिल्ने’ भनेको थियो।

अख्तियारलाई चै बोलाउँदा पनि नटेरेकोले रिस उठेको रहेछ भनेर विज्ञप्तिको यो भाषाले प्रष्ट पार्छ-
कानूनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्‍याएको हुनाले, निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानूनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ।

दफा १९(१) को (ग) मा यस्तो लेखिएको छ-



अब अख्तियारको विज्ञप्तिको अन्तिम वाक्य हेर्नस्, झन् यसको नियत स्पष्ट हुन्छ-

आयोगले, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सबै राष्ट्रसेवक तथा सार्वजनिक पद धारण गरेका व्यक्ति एवं पदाधिकारी उपर समान व्यवहार गर्दै आएको विदितै छ। कानूनी दृष्टिमा सम्पूर्ण नागरिक समान रहने हुँदा पहुँच र प्रभावका आवरणमा कानूनको अवज्ञा गर्ने प्रबृत्ति प्रति घोर भर्त्सना गर्दै आयोग, यस्तो दुष्प्रवृत्तिलाई निस्तेज गर्न सर्वथा प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्छ।

अख्तियारको दावी रहेछ – आयोगले सबै राष्ट्रसेवक तथा सार्वजनिक पद धारण गरेका व्यक्ति एवं पदाधिकारी उपर समान व्यवहार गर्दै आएको विदितै छ।

हो, हो विदितै छ। एन्फा अध्यक्ष गणेश थापाको बारेमा के गर्नुभा थ्यो, हामीलाई विदितै छ। अन्तर्राष्ट्रिय संस्था फिफाले भ्रष्टाचारकै कारण उनलाई निलम्बन गरिसक्दा पनि अख्तियारले एक पटक बयान लिनसम्म आवश्यक ठानेन।

अनि आयल निगमका प्रमुख गोपाल खड्का। दुनियाँले उनले भ्रष्टाचार गरेको आरोप लगाइरहँदा अख्तियारले समान व्यवहारै गरेको त मान्नुपर्‌यो।

अहिले एनसेलले ३० अर्बभन्दा बढी तिर्नुपर्ने कर नतिर्न र तिर्नुपर्दैन भन्ने लबिङ गर्न लागेका सार्वजनिक पदाधिकारीहरुलाई अख्तियारले आँखा चिम्म गरेर समान व्यवहार गरेको पनि देख्दै आएका हौँ।

त्रिपाल कान्डमा मन्त्रीलाई छाडेर सानातिना कर्मचारीलाई समान व्यवहार गरेको पनि देख्दै आएकै हौँ।

अनि थप लेखिएको छ विज्ञप्तिमा- कानूनको अवज्ञा गर्ने प्रबृत्ति प्रति घोर भर्त्सना गर्दै आयोग, यस्तो दुष्प्रवृत्तिलाई निस्तेज गर्न सर्वथा प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्छ।

ए भनेसि, आफूले भनेको नटेरेर सर्वोच्चमा मुद्दा हाल्न गएकोले पो अख्तियार रिसाएको रहेछ। अनि समातेर मात्र नपुगेर दीक्षितको प्रवृत्ति प्रति घोर भत्सर्ना समेत गर्नुपरेछ। अनि यस्तो दुष्प्रवृत्तिलाई निस्तेज गर्न प्रतिबद्धता पनि जारी गर्नुपरेको रहेछ।

विज्ञप्तिमा भने अनुसार कानुनको अवज्ञा गर्ने प्रवृत्ति (अर्थात् अख्तियारलाई टेरेर बयान दिन नआएको) लाई निस्तेज गर्न यस्तो कदम चालिएको हो। यो भनेको केही दिन हिरासतमा राख्ने। त्यही भएर शुक्रबारको दिन टाइमिङ मिलाएर पक्रेको।

मुद्दै चलाउन त अख्तियारले आरोप लगाएका यी विषयमा प्रमाण पुर्‌याउन सक्नुपर्छ-

• साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले संस्थाको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको,
• संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको,
• संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको
• त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र निजका परिवारका नाममा समेत राखेको,
• संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको

यो सब साझा यातायातका अध्यक्षको हैसियतले गरेको प्रमाणित गर्न सक्नुपर्छ। नत्र उसको दावी पुग्दैन। अरु विषयमा सम्पति शुद्धिकरण लगायत राज्यका अन्य निकायले अनुसन्धान र मुद्दा चलाउनु पर्छ, अख्तियारले पाउँदैन।

पुरानै रिस
लोकमान र कनकमणिको पुरानो रिस पनि छ। कनकमणि राजा ज्ञानेन्द्रको निर‍ंकुश शासनविरुद्ध लड्दा लोकमान मुख्य सचिव थिए र आन्दोलन दबाउँदै थिए।

यस्ता जनआन्दोलनका दोषी ठहरिएकालाई अख्तियार प्रमुख बनाउन हुन्न भनेर तीव्र लबिङ गर्नेमा नेतृत्वदायी भूमिकामा थिए उनै कनकमणि। राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउन जानेमा अगाडि थिए उनै कनकमणि।

तर माओवादीसहितका प्रमुख दलहरुले मिलेमतोमा उनैलाई अख्तियार प्रमुख बनाए। विरोध गर्नेमा उनै कनकमणि अगाडि थिए

भेला सूचना – लोकमानसिंह कार्कीको अख्तियार प्रमुख नियुक्तिको बिरोधगर्न र रणनीत बनाउन आइतबार भेटम, १० बिहान सिंहदरबार दक्षिण ढोका !

— Kanak Mani Dixit (@KanakManiDixit) May 4, 2013

सि‍ंहदरबारमा धर्ना कार्यक्रमको अगुवाई गरेका कनकमणि दीक्षितले त्यतिबेला बिबिसीलाई भनेका थिए, “देशमा हजारौं योग्य मानिस हुँदाहुँदै जनआन्दोलनका दमनकारी र भष्ट्राचारीलाई किन अख्तियार प्रमुख बनाउने? यसबारे राष्ट्रपतिले पनि सोंच्नु पर्छ।”

उनलाई त्यस्तो बेला अख्तियार प्रमुख बनाइएको थियो जतिबेला स‍‍ंसद थिएन, निर्वाचित सरकार थिएन- चुनावी सरकार थियो खिलराज रेग्मीको। उनले संसदीय सुनुवाई पनि झेल्नु परेन।

अनि अहिले लोकमानले आफ्नो पालो आउँदा किन छाड्थे?

23 thoughts on “कनकमणि दीक्षित किन पक्राउ : अख्तियारको कुरो यसरी बुझौँ”

  1. Pingback: नझुक्किनुस्, कनकमणि-लोकमान ‘प्रोपोगान्डा वार’मा माइसंसारको पुरानो ब्लग खोतलिएको हो « Mysansar
  2. anuj says:
    April 26, 2016 at 11:13 am

    We minion people work hard, pay TAX, no son-in-law of either Kanak or Lok, what to do what to do…. nothing to say nothing to do

    Reply
  3. ramu says:
    April 26, 2016 at 10:00 am

    शायद माओाबादीले आफ्नो रिस पोख्न अख्तियारको उसको जानकारीमा वा जानकारीबेगर वा घुमाएर प्रयोग भएकोमा त शायद दुई मत छैन तर दिक्षित पनि चोखो चाँहि छैनन
    नेपालमा पछ्छिलो समय पत्रकारिताको आवरणमा ब्यवपार गर्ने ठुलो टेन्ड चलेको छ किनकी पत्रकार र संचार भने पछि ठुलाले पनि छुन सक्दैनन वा डराउछन र बिजनेस गर्छन र केहि गय्यो कि प्रेस स्वतनत्रता हनन भयो भन्दछन।त्यसैले शायद दुबै त्यस्तै हुन यस्तो खेलबाट बिचार जनतालाई हर्ष र बिष्मत।
    यो पावर र रिसको खेल हो देशलाई केहि हुने होईन।
    दिक्षित पनि ब्यापारी हुन पत्रकारको आम्दानी करोडमा रे,असली पत्रकारको लागि धब्बा हुन।
    लेखबाट लेखकको “दिक्षित प्रति सहनुभुति” भने प्रस्ट हुन्छ। अहिले नेपालमा यस्तै पत्रकारिता चलि रहेको छ।

    Reply
  4. devendra says:
    April 25, 2016 at 10:31 am

    …भने पछि नेपालको गैर सरकारी संस्थामा आख्तियर ले कारबाही नगर्ने रहेछ

    Reply
  5. bibek dhakal says:
    April 25, 2016 at 2:43 am

    यो कनकमणि/डलरमणि भन्ने मान्छे मलाई कहिले मनपरेको त खासै हैन तर त्यत्रो राणा परिवारसंगै हुर्केर, त्यति सम्मको इज्जत कमाएको मान्छेले आज ५० ६० लाखको लागि आफ्नो इज्जत फालेको सुन्दा अचम्म लागेको छ.

    Reply
  6. Ekraj says:
    April 24, 2016 at 9:08 am

    Well something interesting drama started in a lawless regime of Nepal.
    Lots of this nature of investigations are always have motivation of revenge when a wrong person is in power.
    Why anitcorruption authority has power only for those position holders in any organisation. I thought such agency should have power to investigate anybody in the country whoever is involved in corruption including genreal public, business people, government offices and policians including officers in Anticorruption office:
    Lokman Sing is not an untainted personality. If this guy is serious, he will have to undertake investigation agains most government officers and politians and ministers of Nepal.
    I am 100% sure and confident Lokman is corrupt as well.
    I would like to see people like, Lokman Sing, Kanakmani, Prachande, Hisila Yami, Oli, Ram Saran Mahat, Gacchedar, Bhim Rawal, Khum Bahadur, Sher Bahadur
    Sujata all be investaged for corruption. Who believes any of these guys are not corrupt and they not abused power, done fraud and collected money illegally. Just go and check where they came from, what they did when they were in power, how much money they had before they occupied their position and how much money they collected so far illegally.
    If Nepal is rulled by almost 95%corrupt and criminals how do you distinguish culprit versus no guilty.
    We will see which where this drama will end.

    Reply
  7. BS says:
    April 24, 2016 at 5:25 am

    कनके र लोके दुबै “एकै ड्याङका मूला” हुन् । इमान्दार दुबै छैनन् ।

    Reply
  8. [email protected] says:
    April 23, 2016 at 6:07 pm

    बिना कारण कोहि अख्तियारको आखामा पर्दैन, कैफियत चाहि छ है कनकमणि माथि…..

    Reply
  9. Gaurav Nepali OOdaashin says:
    April 23, 2016 at 5:53 pm

    धेरै दीक्षित भयो भने कि बहिरो हुन्छ कि अन्धो ! भ्रस्टचारी भ्रस्टचारी नै हो, चाहे एक लाखको गरोस या सात करोड को गरोस ! यहाँ लाउडा काण्ड गर्नेहरु महानायक भएका छन् ! ल लेखाक जी लेख पढ्दा लोकमान को तरबार भन्दा लेखक को कलम कति बलियो रहेछ भनेर बुझ्न मा जस्तो अनपढ़लाई पनि त्यति गारो भयान!

    Reply
  10. karbir says:
    April 23, 2016 at 3:30 pm

    I can see people with fake ids supporting Lokmansing Karki everywhere in social networking. I dont know what is the reason behind this but if you check please see these peoples background/IP address, they are generated from the same locations. Who is playing this nonsense ?

    Reply
    1. kalyan says:
      April 24, 2016 at 12:32 pm

      बहुरुपी आबरण धारण गरेर केही मिडिया प्रोपोगन्डा चलाएर मदन सम्सेर को पाटन दरबार मा बसेर कनकमणी को पक्ष मा कथित प्रोक्सी वार चलाएपनी ,बनिबनाउ अदालत लाई प्रभाब मा पारेर उम्के पनि अब कुख्यात अपराधी/धुर्त ब्यापरी माफिया लाई जनताको अदालत ले कुनै हालत मा छाडने वाला छैन।।यो माफिया को कुरुप अनुहार मा अब्स्री कालो पोतिनेछ।

      Reply
  11. Basant says:
    April 23, 2016 at 3:20 pm

    माई संसार ले कनक मणिको मज्जै ले हावा भरेछ तेसैले त आज भोली कमेंट तेति देखिदैन माई संसारमा-
    यहाँ हिजो कस्ले के गरेथ्यो भन्दा पनि जे जति गरेको छ तेस्को सरहना गर्नै बानी बसाल्नु पर्छ दोषी छ छैन त्यो समय ले बताउने कुरा हो

    Reply
  12. somana Tharu says:
    April 23, 2016 at 10:24 am

    नेपालको कानुन , मानव अधिकारको व्याख्या जसले जता लगे पनि हुन्छ / मान्छे मार्ने हत्यारा लाइ अदालतले दोषी ठगर गरेको छ / उसलाई पक्रन अदालतले आदेश पनि गरेको छ / तर हत्यारा निर्धक घुमिरहेको छ / वास्तवमा नेपालमा कानुन छ पनि र छैन पनि

    Reply
  13. बिष्णु says:
    April 23, 2016 at 10:20 am

    लोकमानले गणेश थापालाई कारवाही गरेको खोई? व्यक्तिगत रिसईबीमा चल्ने हो अख्तियार? यो त् लोकतियार भयो| कनकलाई पक्रेर प्रतिशोधको स्वाद लिएर मात्र हुँदैन , हुति र हुर्मत छ भने अदालतमा उभ्याएर लाएका सबै अभियोगमा प्रमाण जुटाएर सजाय दिलाउन लोक्तियार सक्षम हुनपर्छ|
    दुधको साक्षी बिरालो भएर बसेका छन्|
    ओलीको सरकारलाई हेरौ न| लम्पट छ| एयरपोर्टको बाथरुम सफा राख्ने क्षमता छैन, मोबाइल फोन ल्याउने रेजिस्टर गर्ने काम शुरु गरेछन|

    Reply
  14. माधवप्रसाद तिवारी says:
    April 23, 2016 at 9:09 am

    कनकमणि दिक्षित पक्राउ प्रकरणमा लोकमानलाई मात्र दोष दिनु उचित नहोला किनकी लाजिम्पाट दरबारको पनि यसमा केही प्रतिशत हिस्सा छ । नत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो थुनालाई खाली राखेर एमाओवादीका मन्त्रीले नेतृत्व गरेको मन्त्रालय मातहतको गौशलाको प्रहरी खोरमा किन लगियो ? सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको आह्वानमा उजुरीको ओइरो लागेपछि त्यसमा नयाँ लुगा लगाएर माओवादी छाडेका बाबुरामहरु समेत एक भएर बिरोध गर्नु, रणनीतिक योजना बनाउनु यी सबले पनि दिक्षितको पक्राउ प्रकरण अझ रहस्यमय बनाएको छ । अझ माओवादीका समर्थकहरु त डलरमणिलाई पक्राउ गरेर आयोगले ठीक ग¥यो भन्दै खुशी मनाइरहेका छन । स्मरणरहोस केही वर्ष अघि एमाओवादीका सांसदहरुले संसदमै कनक दिक्षितको कनीकनी बिरोध गरेका थिए । (नोटः माथि उल्लेखित कुराले नेपालका प्रचलित कानुन विपरित काम गरेको ठहरेमा नियमअनुसार कारबाही गर्न गराउन प्रतिबन्ध लगाएको मनिने छैन यसमा कानुन हातमा लिएर बसेका सबै निकाय स्वतन्त्र छन ।) तस्बिरः काठमाण्डु पोष्ट । ‪#‎लोकतन्त्र‬ दिवस लेखेरै मनाउन मन लाग्यो

    Reply
  15. भिमसेन says:
    April 23, 2016 at 8:25 am

    कनकमणि एन्ड कम्पनी नेपाल र नेपाली लाई पङ्ग्गु बनाएर ठगी गर्ने गिरोह को नाईके हुन।यिनको नेक्सस धेरै ठूलो छ।।यिनिले ओछ्याय्को जालमा salakyo पनि पर्नु भएछ धेरै दुख लाग्यो।।आफ्नो पहुच देखाएर केहिलाई उल्लु बनाउदैमा आफुलाई खुब जान्ने सुन्ने सम्झने कि फटाहा दिक्षित को पाप अहिले धुरी बाट नकाराएपनी एक दिन अब्स्य कराउछ।।।केही लाई सधै उल्लु बनाउन सकिएला तर सबैलाई सधै उल्लु बनाउन सकिँदैन।।।कननकमणी गिरोहको अरु सदस्री लाई पनि चेतना होस कि तिमिहरु ले जतिसुकै ब्रोडसिट दैनिक चलाएपनी जतिसुकै मेडिया प्रोपोगान्डा मच्चाएपनी।।आखिर गोयबल्स कै हाल्त हुन्छ।।।तिमिहरुको पनि त्यस्को अनुमान गरेर तिमिहरुको गिरोहको नाईके ले त घर घडेरी जोडेछ आमेरिका मा।।।अब तिमिहरु पनि घर जोडन तिर लाग।

    Reply
  16. Shankar says:
    April 23, 2016 at 7:57 am

    यो प्रतिसोधात्मक कारबाही भएको स्पस्ट छ , २०१३ साल को त्वित्तर मा कनके ले लोके कोनियुक्ति को बिरोध गरेको रे छ आज लोके ले दनक दियो |

    कनक मणि बिबादास्पद व्यक्ति भएपनि लोके को पारा पनि ठिक भएँन | अख्तियार साचिकै सक्रिय भए त् प्रचण्ड , बाबुराम लाइ पहिलेइ पक्रिनु पर्ने , भुइचालो जाँदा जस्ता पाटा काण्ड का नाइके लाइ पक्रिनु पर्ने , पार्टी हरु मा हुने ब्यापक भ्रास्ताचार , अनियमितता लाइ रोक्नु पर्ने , तेल बिक्रि वितरण मा भैरहेको येत्रो कालोबजारिया रोक्नु पर्ने गर्ने कुरा कति छ कति |
    कनके ले पक्कै साझा मा धाँदली गर्यो होला , घुस खाएकै हुन् सक्छ , पक्रेको बेठिक हैन , न खाएको भए छुट्ला , तर मेरो भनाइ कनके मात्र किन ?
    खै अरु जुका हरु ?

    Reply
  17. राजन says:
    April 22, 2016 at 11:12 pm

    पहीला माइलोको आसे-पासे अहीले भारतको गुर्गा । लोकेले त नेपलमा गरीखान सबै चटक जानेको रैछ । पहीला माइलो कानुन माथी भए जस्तै अहीले चांहीं लोके कानुन माथी रहेछ । फेसबुकमा ठगी र जालसाजी गरेको भनेर जता बंग्याए पनी मिल्ने बिद्युतिय कारोबार ऐन लगाउनु पर्ने यस्ता भ्रष्ट लाइ ।

    Reply
  18. Gopal says:
    April 22, 2016 at 11:12 pm

    अख्तियार को बिज्ञप्ति जस्तोसुकै होस् कि , तपाई को लेख पद्दा चाई तपाई पत्रकार नभयर कनकमणि दीक्षितको वकिल जस्तो लग्यो /
    यदि कनकमणि दीक्षित निर्दोष नै छन् भने अख्तियार संग किन डराउनु पर्यो ?? खुरुक्क हाजिर किन नभाको ?? पक्कै पनि दाल मे कुछ कला है “

    Reply
  19. nirjan adhikari says:
    April 22, 2016 at 10:56 pm

    मेरो संसार को ब्लग चलाऊने सर नि कनक को पुच्छर भएको अलि सुहाएन कि?

    Reply
    1. Vijay says:
      April 23, 2016 at 11:55 am

      यसरी कमेन्ट गर्ने सर पनि लोकमान को पुच्छर भाको झनै सुहाएन कि? I hope you understand what the sarcasm is.

      Reply
    2. राजन says:
      April 26, 2016 at 2:12 pm

      सार्वजनिक पदको दुरुपयोग गर्दै, प्रष्ट रुपले मान्छे चुनि चुनि प्रतिशोधात्मक कारवाही गर्ने लोके जस्ता निकम्माको समर्थन गर्ने हजुर पनी लोकेकै अर्को एउटा फेसबुक एकाउण्ट हो भनेर कस्ले भन्दीने ?

      Reply
  20. Prakash PM says:
    April 22, 2016 at 10:48 pm

    यदि साच्चै नै भ्रस्टाचार गरेको हो भने एक दम कडा कारवाही हुनु पर्यो l तर एक जनालाई मात्र होइन माथि उल्लेखित सबै भ्रस्टहरु लगायत अन्य ब्रस्ताचारिहरुलाई पनि खोजि खोजि कारवाही गर्नु पर्यो कुनै पूर्वाग्रह नराखी l हुन् त अख्तियार प्रमुख आफ्नै सम्पति बिवरण देको छैन होला ? कि कसो हो गाँठे ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme