Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कागजी कम्पनी किन बनाइन्छ? नेपाललाई थाहै नदिई एनसेल एक खर्ब ४५ अर्ब रुपैयाँमा बिकेको देखेपछि थाहा पाइन्छ

Posted on April 12, 2016 by Salokya

axiata

टेलियासोनेराले हिजो र मलेसियाको एक्जियटाले आज विज्ञप्ति जारी गरी एनसेलको खरिद बिक्री प्रक्रिया पूरा भएको बतायो। अब एनसेलको मालिक युरोपेली कम्पनी टेलियासोनेरा हैन, मलेसियाको एक्जियटा हुनेछ। १.३६५ बिलियन डलर अर्थात् एक खर्ब ४५ अर्ब रुपैयाँमा यो खरिद बिक्री सकियो तर नेपालले अहिलेसम्म सुको पनि त्यसवापत् कर पाएको छैन। कसरी यो सम्भव भयो त ? कागजी कम्पनी अर्थात् शेल कम्पनीको कारोबारबाट।

सजिलो भाषामा बुझाउँ है त। एनसेल भनेको २०५८ असार ७ गते नेपालको उद्योग विभाग अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो। यो कम्पनीले नेपालमा व्यवसाय र कारोबार गर्छ। यसको २० प्रतिशत सेयर नेपाली नागरिकसँग र ८० प्रतिशत सेयर विदेशीसँग छ।

विदेशी को त ?

रेनल्ड होल्डिङ्ग्स नामको विदेशी कम्पनीसँग। यो कम्पनी ट्याक्स हेभन सेन्ट किट्समा दर्ता भएको हो। सेन्ट किट्स भनेको वेस्ट इन्डिजको दुई वटा टापु भएको देश हो।

वर्षमा ६० अर्व रुपैयाँभन्दा बढीको कारोवार गर्ने २२ अर्बभन्दा बढी मुनाफा कमाउने नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयरको मालिक कम्पनी रेनल्डस् होल्डिङ्स लिमिटेडसँग कुनै कर्मचारी नै छैन। यो कागजी कम्पनीका बोर्ड अफ डाइरेक्टरलाई कुनै तलब पनि दिइँदैन।

हेर्नुस् प्रमाण
statement1

सन् २०१४ को डाइरेक्टर्स स्टेटमेन्टमा कम्पनीको मुख्य सम्पति एनसेलको ८० प्रतिशत स्वामित्व रहेको र यसमा कुनै कर्मचारी नरहेको स्पष्टै उल्लेख छ। त्यसैले यो एनसेलको कारोबार गर्नलाई र कर छल्नलाई बनाइएको कागजी कम्पनीमात्रै हो।

statement2

खासमा एनसेलको स्वामित्व संरचना यस्तो थियो। नेपालको कागजातमा देखिने ८० प्रतिशत रेनल्ड्स र २० प्रतिशत एनजिएसमात्रै हो। एनजिएस भनेको निरजगोविन्द श्रेष्ठ हो।

त्योभन्दा माथि यसको १०० प्रतिशत स्वामित्व टिएस नर्वे नामको नर्वेमा दर्ता भएको कम्पनीसित छ। त्यसभन्दा माथि टिएस एसिया नामको कम्पनी छ।

यो टिएस एसिया नामको कम्पनीमा चाहिँ ७५.५ प्रतिशत सेयर टिएस युटिएसित छ जो टेलियासोनेराको शतप्रतिशत स्वामित्वमा छ। टिएस युटिए डच कानुन अनुसार नेदरल्यान्डसमा दर्ता भएको कम्पनी हो। बाँकी २४.५ प्रतिशत स्वामित्व चाहिँ एसइए टेलिकम नामको कम्पनीसित छ।

एसइए टेलिकम नेदरल्यान्डसको कानुन अनुसार ३० जुलाई २००८ मा दर्ता भएको कम्पनी हो जसको स्थापना र व्यवस्थापन भाइजर ग्रुपले गर्छ। भाइजर ग्रुपमा को-को छन्, कुनै पनि सार्वजनिक कागजातमा खुल्दैन। सार्वजनिक कागजातमा लेखिएको हुन्छ- एसइए टेलिकमका अल्टिमेट बेनेफिसियल ओनरहरु हाइ नेट वर्थ भएका व्यक्तिहरुको समूह हो, जसको सम्बन्ध लामो समयदेखि भाइजर ग्रुपसित छ।

परिचय नखुल्ने यस्तै कम्पनीहरुका वास्तविक मालिकहरुको पहिचान खुल्ने कागजातसहितको दस्तावेज पनामा पेपर्समार्फत् लिक भएपछि अहिले विश्वभर हङ्गामा मच्चिएको हो।

अब चैँ के गरियो त ?

after

अब यस्तो हुने भो। हेर्नुस् है यहाँ नेपाली कागजातमा हुने परिवर्तन २०% को सुनिभेरामात्र हो। यसको कर हिजो सोमबार २८३ करोड रुपैयाँ तिरिसकिएको छ।

बाँकी ८० प्रतिशत रेनल्डससँग छ। रेनल्ड्सको सेयर भने बाहिरबाहिरै १.३६५ बिलियन डलर अर्थात् एक खर्ब ४५ अर्ब रुपैयाँमा खरिद बिक्री भएको हो। रेनल्डस् नामको यो कर्मचारी एक जना पनि नभएको कागजी कम्पनीको १०० प्रतिशत सेयर AIL अर्थात् Axiata Investments (UK) Limited. ले किनेको हो। त्यसको स्वामित्व मलेसियाको एक्जियटासँग छ। यसरी कागजी कम्पनीको सेयर किनेर एनसेलको माउ कम्पनी परिवर्तन भएको हो।

२० प्रतिशत सेयर किनबेचको कर त आयो देशलाई तर कानुनका नौ सिङको व्याख्या गरेर ८० प्रतिशत सेयर किनबेचको अर्बौँ कर किन तिर्नुपर्‍यो र, देशबाहिरको कम्पनी किनबेच भएको हो, नेपालले कर लिन पाउँदैन भनेर नेपालीहरुले नै कूतर्क गरिरहेका छन्। नेपालले नियम अनुसार पाउनु पर्ने कर पनि पाउनु पर्दैन भनेर तर्क गर्नेहरुको नियत के हो भनिरहनु पर्छ र?

अफसोर देशहरुमा किन कम्पनी खोलिन्छ र कसरी कर छलिन्छ त्यसको एउटा उदाहरण अहिलेको एनसेल केसले देखाउँछ।

 

6 thoughts on “कागजी कम्पनी किन बनाइन्छ? नेपाललाई थाहै नदिई एनसेल एक खर्ब ४५ अर्ब रुपैयाँमा बिकेको देखेपछि थाहा पाइन्छ”

  1. nisan says:
    April 22, 2016 at 2:54 pm

    देश लाइ कर नदिए पनि बेक्ती लाइ त दिएको होलानी तेसैले पो एस्तो भयो त अब त्यो बेक्ती लाइ जेल मा हाल्नु पर्यो कुरो फुत्किन्छा नि

    Reply
  2. Rishav says:
    April 15, 2016 at 3:36 am

    This deal can only be legal in the following scenario:
    1. NCell is 100% Nepali owned by NGS only, meaning that the overall 20% shareholding of NGS is actually the 100% ownership in the Nepalese company.; AND
    2. The foreign shareholding is not in Nepal AND was not declared during incorporation of the Nepalese company or amendments of articles of association

    If both conditions are met, the capital gains of the Nepalese company can only be taxed.

    However, if (1) is not true, and/or for (2), if the foreign shareholding is not in Nepal but was declared during incorporation, capital gains would extend to both local and foreign entities under Nepalese Income Tax Laws.

    The memorandum and articles of association of NCell Nepal can quickly clear all doubts.

    Reply
  3. Jagaruk Nepali says:
    April 12, 2016 at 10:56 pm

    नेता, कर्मचारी हरु सबै NCell को पैसा मा बिके. त्यसैले अब हामी सबै देशभक्त नेपालीले NCELL लाई बहिस्कार गरौ .

    Reply
  4. eklavya says:
    April 12, 2016 at 4:13 pm

    The whole countries in the world are trying to investigate and search the culprit one in panama leaked papers meanwhile in our pride nation one company did that in front of government and then nothing has come out what else we can be proud of that constitution where law and orders are worthless. This might be the symbol of most corrupted country … being nepali i never felt nothing upgrade and change in any sector after the so called infamous constitution.

    Reply
  5. sushil says:
    April 12, 2016 at 2:56 pm

    कर नतिरे सम्पति जफत गर्नुपर्यो.
    फेरी नर्वे कनेक्सन रहेछ, क्रान्तिकारीहरुको विरोध आउने होला….

    Reply
  6. Gyan Narayan Singh says:
    April 12, 2016 at 1:42 pm

    आतंकबादी पार्टी र त्यसका कार्यकुत्ता हरुले कति कुम्ल्याय होला त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme