Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेसले पनि हसाउँछ, ३ हजारले भोट गर्दा हातले गन्ने, ३ सयभन्दा कमले गर्दा मेसिनले

Posted on April 6, 2016 by Salokya

voting
देशको सबभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेसको अर्को चुनाव हुँदैछ बुधबार। संसदीय दलका नेताको। खासमा यो किन पनि महत्वपूर्ण छ भने संसदीय दलको नेता नै भविष्यमा मौका पाए प्रधानमन्त्री हुनेछ।

यस पटक कांग्रेसले इलेक्ट्रोनिक भोटिङ गर्ने भएको छ। अस्ति नै महाधिवेशन हुँदा ३ हजारभन्दा बढी भोट खसेको थियो। भोट गन्न एक हप्ता लागेको थियो। अहिले २ सय पनि छैन भोट गर्ने। अहिले भने भोटिङ मेसिन प्रयोग गर्ने भएछ।
voting1
त्यसो त अघिल्लो पटक संसदीय दलको नेता चुन्न भएको निर्वाचनमा पनि भोटिङ मेसिनकै प्रयोग भएको हो। त्यतिबेला मेसिन बिग्रेर जात्रा भएको थियो। १७ भोट खसे पनि काउन्टमा भने १६ मात्र देखिएपछि केही समय मतदान नै स्थगित गर्नुपरेको थियो। यस पटक के पो हुने हो !

अघिल्लो पटक सुशील कोइरालाले १०५ भोट पाएका थिए भने देउवाले ८९। १६ मतको अन्तरले कोइराला विजयी भए।

अहिले भने देउवा र रामचन्द्र पौडेल भिड्दै छन्। पौडेल लगातार तेस्रो पटक हार्ने हुन् कि (पहिलो र दोस्रो पटक सभापति निर्वाचनमा- पहिलो राउन्डमा पौडेल हारे पनि देउवाले चाहिने मत पुर्‍याउन नसकेपछि दोस्रो राउन्डको मतदान भएको थियो)

8 thoughts on “कांग्रेसले पनि हसाउँछ, ३ हजारले भोट गर्दा हातले गन्ने, ३ सयभन्दा कमले गर्दा मेसिनले”

  1. Bayan says:
    April 9, 2016 at 9:04 am

    नेपालमा यस्तै मेशिन भन्ने पढेर याँहा आउँदा दुख पाइयो/ मशिन भनौं न हो मशिन/ क्यानाडा आएर साल्ट भनेको पनि बुझ्दैन सल्ट भन्नु पर्ने रहेछ/ ब्याट्री भनेको पनि याँहा बुझेनन् ब्यात्तरी भन्नु पर्ने रहेछ/ क्यारिएर लाई करियेर, अरेन्ज लाई ओरेन्ज, अर लाई ओर, अर्गनैजेशन लाई ओर्गनैजेशन, अर्ग्यानिक लाई ओर्ज्ञानिक/ म त थाकी संके/

    Reply
    1. Bayan says:
      April 10, 2016 at 12:09 am

      आयल त भन्नै पों बिर्सेछ हो सोल्टी/ याँहा त ओयल पो भन्दो रहेछ/

      Reply
  2. Prakash PM says:
    April 8, 2016 at 4:10 pm

    कांग्रेसले पनि हसाउँछ, कहिले रुवाको छ त हो गाँठे ???

    Reply
  3. ram prasad dhital says:
    April 7, 2016 at 10:10 pm

    गाउ ठाउँ बाट आएका सबै प्रतिनिधि प्रबिधि मा पोख्त हुदैनन् आफु मात्र सहि नभन्नुस , आहिले निर्बाचन मा भाग लिने संसद हरु हुन्

    Reply
  4. Ekraj says:
    April 7, 2016 at 4:04 am

    I never understood one thing in Nepali Politics, how the party politics work in any political party in Nepal.
    All the parties have to dig their leaders the grave. Most of these leaders are out dated, highly corrupts, failed several times in politics and in delivering outcome. These so called leaders who were dug from the grave always promoted law and orderless society and promoted corruption and crimes. I still donot understand who enjoys such a low moral leaders who has no vision, courage and motivation, extremely lazy and no desire to deliver anything keep working unethically. All political parties in Nepal are principally gangster of highly organised criminal gangs who just can not produce any legitimate leader.

    Reply
  5. mahesh says:
    April 6, 2016 at 6:19 pm

    राम्चन्द्र पौडेल हार को कती श्रिन्खला पुगे पछी बिश्रम लिन्छन? सधैं अरु लाई नैतीकता को उपदेश दिने उनी लाई नैतीकअता को उपदेश दिने कस्ले हो? अस्ती भर्खर को त्यात्राो अन्तर ले हारेको उनी फेरी कुन नैतीकता ले उठ्हेका हुन? जे होस् जीवन देखी थाकेर आत्महत्या गर्न आटेको मानिस् ले एक चोटि उनी लाई सम्झियो भने मन बुझाएर बिचार परिवर्तन गर्दछ। यो भने साकारआत्मक कुरा हो।

    Reply
  6. Michael says:
    April 6, 2016 at 5:39 am

    भनेपछि नेपालि कांग्रेस टेक्नोलोजी युग मा प्रवेश गर्यो | हार्ने ले भन्ला नि फेरी , जित्न त् मैले नै जितेको , मेसिन को गडबडीले हारें |

    Reply
  7. dor rampur says:
    April 6, 2016 at 2:36 am

    काग्रेश लाइ अघि जिस्काए कति लामो भनेर – लौतनी अब मेशिन प्रयोग गरु भएको पनि जिस्क्याउने कुरै !!! केहि गर्दा ढंग पुगेन है !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme