Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी कर्मचारीलाई ७३ सालमा घाटैघाटो, धेरै विदा शनिबार पो परेछन्

Posted on April 2, 2016 by Salokya

संभवतः विश्वमै सबैभन्दा विदा पाउने नेपाली सरकारी कर्मचारीलाई यो वर्ष अलि घाटा पर्ने भएको छ। (यो ‘संभवतः’ लेखेपछि एकदम सजिलो क्या, हो कि होइन भनेर खोजेर पुष्टि गरिरहनु नपर्ने, त्यसैले धेरैले आफ्नो समाचारमा यो शब्द राख्ने गर्छन्, मैले पनि ब्लगमा राख्देको 🙂

यो वर्षको विदाको सूची हेर्दा अल्छी सरकारी कर्मचारीहरु टाउकोमा हात राख्दै होलान्- हरे, यो विदा पनि शनिबार, त्यो विदा पनि शनिबार। घाटो, घाटो!! त्यसो त यो वर्ष अरु विदा पनि काटिएका छन्। जस्तै नेपालमा डेमोक्रेसी डे नै दुई वटा मनाइन्थ्यो- प्रजातन्त्र दिवस र लोकतन्त्र दिवस। यसपालि चाहिँ लोकतन्त्र दिवसको विदा हटाइएछ। तर सट्टामा संविधान दिवस त थपिएको छ नै।

सरकारी कर्मचारीलाई घाटा हुने गरी यो वर्ष घटस्थापना, कोजाग्रत पूर्णिमा र फूलपाति तीनै दिन शनिबार परेको छ। दशैँमा घटस्थापना, फूलपातीदेखि द्वादशी र कोजाग्रत पूर्णिमाका दिन विदा दिने व्यवस्था छ। तर दशैँमा असोज २२ शनिबारदेखि असोज २७ बिहीबारसम्म विदा र २८ गते शुक्रबार एक दिन अफिस खुलेपछि २९ गते शनिबार फेरि विदा हुने भएकोले शुक्रबार अफिसमा कति जना उपस्थित हुने हुन् कुन्नि।

फागुन ७ गतेको प्रजातन्त्र दिवस र जेठ १५ को गणतन्त्र दिवस दुवै शनिबार परेका छन्। सार्वजनिक विदा हुने उभौलि पर्व पनि जेठ ८ गते शनिबार नै परेको छ।

माघ १ को माघी पर्व र माघ १५ को सोनम ल्होसार पनि शनिबार नै परेको छ।

अन्तर्राष्ट्रिय अपांग दिवस पनि शनिबार नै परेको छ भने बुद्ध जयन्ति पनि जेठ ८ गते शनिबार नै परेको छ।

bida1
bida2
bida3
bida4

12 thoughts on “सरकारी कर्मचारीलाई ७३ सालमा घाटैघाटो, धेरै विदा शनिबार पो परेछन्”

  1. सिर्जने says:
    April 4, 2016 at 11:00 pm

    आम्मामामा येत्तिका कुरो गरेर सबैलाइ रनभुल्लमा पार्नुभन्दा “शनिबार बाहेक कर्मचारिलाइ दश दिन चाडपर्ब मनाउन छूट्टी, आफुलाइ मन लागेको दिन लिन पाउने अनि आधा दिन पनि लिन पाउने” भनेर भनेदेखुन भैगो नि, के को टिकी ट्याँस ट्याँस?

    Reply
  2. sushil says:
    April 4, 2016 at 7:18 am

    दिवस विदा सप्पै अनावस्यक छ जस्तो लाग्यो.

    Reply
  3. Gyan Narayan Singh says:
    April 3, 2016 at 12:01 pm

    सरकारी अफिसमा काम गर्ने पाखेपार्टी कार्यकुत्ता हरुलाई टेन्सन हुने भो , पेन्सन बर्बाद .. हा ह हाहा हाह

    Reply
  4. walla says:
    April 3, 2016 at 11:21 am

    असोज २८ गते पर्व विदा लिनुपर्ला।

    Reply
  5. निर्मल says:
    April 3, 2016 at 12:34 am

    हाम्रो मुलुकमा कुनै दिन जंग बहादुर होइन, बिष्णु अवतार होइन तर कुनै दिन कोहि हनुमान आउँला र तपसिल बमोजिम गर्ला:

    वर्षमा सरकारी कर्मचारीलाई १० दिन विदा तोकिदिने र बाँकी घ. बि. र क्या. बि. बात लिए हुन्छ|

    हरेक जात्रामा विदा हुन् पर्दैन| फलाना तेलाना दिवसहरु मर्ज गरेर एकै दिन मनाए हुन्छ| दशैं तिहारमा तीन दिन भन्दा बढी विदा दिन हुँदैन| घ बि र क्या बि के को लागि हो? कुन मुलुकमा छ किरिया विदा दिने चलन? संचार र ट्रान्सपोर्टको सुबिधा पृथ्वी नारनको पालाको जस्तो छैन|
    सरकारी कर्चारीहरु अल्छे र घाम तपुवाहरु हुन्| घुसखोरीको कुरै नगरम| कसैको बाबु आमा नाता सरकारी जागिरमा छन् भने कति दिन काम गर्छन र गफ लाएर मात्र बस्छन भन्ने थाहा भएकै हो| छोरा छोरी र आफन्त हरु सरकार एफ़िसिएण्ट भएन, भ्रष्टचार भयो भनेर कराउछन तर आफ्नै घर आफन्तलाई रोक्न सक्दैनन्| झन् जो अमेरिका अष्ट्रेलिया युरोप गएका छन् उनीहरु सामाजिक संजालमा त्यतिकै चित्कार गर्छन जब कि आफै घुसको धनले वा अनैतिक कदमले बाहिर गएका छन्| सयकडा १० प्रतिशत हदै भए होला समयको सदुपयोग गरेर काम गर्ने| कार्यकुशलता भनेको के चिज हो थाहा छैन| जुन देशको श्रेस्ता, खस्ता र दस्तामा अल्झेको व्यवस्था अझ सुधार हुन् बाँकी छ, त्यस्ता देशको अर्थ मन्त्रीलाई पश्चिमाहरुले सर्बश्रेष्ठको तक्मा हो कि पुच्छर जोडिदिन्छन| नेपालीको बिडम्बना भनेको यही हो|
    अर्कोतिरबाट भन्नु हो भने सरकारी कर्मचारीलाई दुई महिना विदा दिए पनि केहि फरक पर्दैन| भन्सारका कर्मचारी किन ओभर्टाइम गर्न खोज्छन र बिदाका दिनमा पनि अड्डामा आउछन त्यो सबैलाई थाहा भएकै हो|
    नेपाली सरकारी कर्मचारीलाई बर्षे भरि बिदै बिदा|
    हालको सरकारी कर्मचारी ६०% घटाएर कार्यकुशलता बढाए हुने हो|

    Reply
  6. सङ्कल्प पोख्रेल says:
    April 2, 2016 at 3:46 pm

    हिजो पोष्टिन पर्ने कुरो आज पोष्टिए पछि लेख्नु पर्दैन त स‌ंभवत!!! 😉

    Reply
  7. Michael says:
    April 2, 2016 at 1:41 pm

    नेपालि को रास्ट्रिय खाना गुन्द्रुक ,ढिडो| माछा ,मासु खान दसैँ कुर्नु पर्ने स्थिति |
    यो अबस्थामा प्राय जसो अफिस का कर्मचारी प्रोटिन को कमीले दिउसै उघिरहेका भेटिन्थे |
    उनीहरुले गर्ने काम राजाको मात्र थ्यो , जनताको हैन | तेसैले राजाको काम कैले जाला घाम भन्थे |तेसैले बिदा लामो दिने चलन थ्यो |

    अब राजा गयो | त् बिदा किन गएँन अझै ??

    Reply
    1. bibek dhakal says:
      April 3, 2016 at 5:08 pm

      गुन्द्रुक मा भटमास(प्रोटिन को राजा) हालेर पकाइन्छ र ढेडो (कोदो को) मा पनि कम प्रोटिन हुदैन

      Reply
      1. Michael says:
        April 4, 2016 at 4:30 am

        उसो त् मस्यौरा पनि हालिन्छ , तर रास्ट्रिय खानामा आउदा नाउ गुन्द्रुक ढिडो को आउछ |
        पिठो मा फाइबर ज्यादा हुन्छ | फेरिपनि यी कुरा प्रासंगिक मात्र को , यथार्थ त् समग्र खानामा प्रोटिनको , फलफुल को कमि नै हो |

        Reply
  8. राजन says:
    April 2, 2016 at 1:21 pm

    मुसलमान धर्म हो कि जनजाति ? म हिन्दु बाट क्रिश्चियन र मुसलमान हुन सक्छु तर राई वा लिम्बु हुन सक्दिन । ईदमा किन सार्वजनिक बिदा ? नेपाली जनजातिको चाडको बिदा मासेर कीन ईदमा बिदा ? उसोभए क्रीसमसमा किन बिदा छैन ?
    अंगुठाछापले देश चलाएपछी यस्तै हुन्छ ।

    Reply
    1. bibek dhakal says:
      April 3, 2016 at 5:11 pm

      प्रतिशत हेरेर होला. धर्म निरपेक्ष भएपछी एउटा धर्मको चाडमा बिदा र अर्को मा नदिने गर्न भएन तेसैले टप ३ धर्महरुको मुख्य मुख्य चाडमा बिदा दियिएको होला जसमा क्रिसमस परेन

      Reply
  9. Durga Adhikari says:
    April 2, 2016 at 9:09 am

    असोज २८ गते छड्के गर्नु पर्ने भयछ/ सम्पूर्ण प्रसासनिक निकायहरु लाई मेरो अनुरोध/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme