Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समुद्रको छेउमा उभिएर कोर्रा हान्दैमा आँधी आउँदैन भन्न सकिन्न : यो ओलीको भाषण होइन, नसोचेको ठाउँमा भेटिएको टुक्का

Posted on March 30, 2016April 1, 2016 by Salokya

“कुनै सहंशाहले समुद्रको छेउमा उभिई समुद्रतिर फर्किई कोर्रा हान्दैमा आँधी आउँदैन भन्न सकिन्न। आँधी आउनु छ भने आउँछ आउँछ।”

भारतबाट फर्किएपछि किन हो प्रधानमन्त्री केपी ओलीका फन्नी उखानटुक्का वा भाषण सुन्न पाइएको छैन। चीनबाट फर्किएपछिका दिनमा सुन्न पाइएला कि नपाइएला थाहा छैन। ओलीको रमाइलो बोली सुन्न नपाइरहेको बेला एउटा रमाइलो वाक्य सुन्न पाइएको छ। ‘समुद्रमा कोर्रा हान्दैमा आँधी आउँदैन भन्न सकिन्न’ वाहवाह, क्या गज्जबको कुरा।

तपाईँलाई थाहा छ, यो साता कसले यस्तो रमाइलो कुरा सुनायो? शायद् तपाईँले अनुमान पनि गर्न सक्नुभएन होला। खासमा यो सर्वोच्चको फैसलामा भेटिएको टिप्पणी हो।

२०६९ सालमा तत्कालीन न्यायपालिका प्रमुख खिलराज रेग्मी कार्यपालिका प्रमुख हुन गए। मिल्दै नमिल्ने यो कुरा मिलाउन र फेरि संविधान सभाको निर्वाचन गराउन बाधा अड्काउ फुकाइयो। यसैलाई चुनौति दिँदै त्यतिबेलै सर्वोच्चमा रिट दायर भयो।

त्यसको तीन वर्षपछि यो हप्ता बल्ल सर्वोच्चले फैसला गर्‍यो- अब यो विषय सान्दर्भिक छैन, रिट खारेज हुन्छ। खारेजसँगै टिप्पणी दिने कुरामा भने सर्वोच्चको पूर्ण संवैधानिक इजलास २ का विरुद्ध ३ गरी मत बाझियो। प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र भावी प्रधानन्यायाधीश सुशीला कार्कीले त्यसो गर्न हुँदैन थियो भन्ने टिप्पणी गरे भने उनीहरुलाई अल्पमतमा पार्दै बाँकी तीन न्यायाधीशहरुले रिटै खारेज गरिसकेपछि किन टिप्पणी गरिराख्नु भनेर फरक मत राखे।

ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो भन्ने महावाणी भए पनि सर्वोच्चको इतिहासमा यस्ता थुप्रै उदाहरण देखिन्छन्। तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालको उमेर विवादबारे परेको रिटमा पनि उनले अवकाश पाइसकेपछि बल्ल निर्णय भयो। राष्ट्रपतिले प्रधानसेनापतिलाई थमौति गर्दाको मुद्दामा पनि विषय असान्दर्भिक भइसकेको बेला बल्ल निर्णय भयो।

अहिले पनि उस्तै हो। बाधा अड्काउ फुकाएर, चुनाव भएर, नयाँ संविधान बनिसकेपछि बल्ल बाधा अड्काउ फुकाउनु ठीक थियो कि थिएन भन्ने मुद्दाको फैसला।

तर फैसलामा रमाइला कुराहरु छन्। श्रेष्ठ र कार्कीको रायलाई चुनौति दिँदै बाँकी वैद्यनाथ उपाध्याय, ओमप्रकाश मिश्र र गोपाल पराजुली तीन न्यायाधीशले लेखेका हुन्-
samudra

अर्को लाइन यस्तो छ-
arko

अल्पमतमा परेको राय भने यस्तो थियो-
alpamat

५६ पेजको यो फैसला पूरै पढ्ने जाँगर कसैलाई छ भने पिडिएफ डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्

5 thoughts on “समुद्रको छेउमा उभिएर कोर्रा हान्दैमा आँधी आउँदैन भन्न सकिन्न : यो ओलीको भाषण होइन, नसोचेको ठाउँमा भेटिएको टुक्का”

  1. prashant says:
    April 1, 2016 at 2:00 pm

    सालोक्य जी को अरु को लेख तथा रचना हरु मा सानो खोट हरु पनि पत्ता लगाउने खुबी सारै राम्रो लाग्थ्यो.

    आज चै मैले नि सल्क्यो जी को एउटा गल्ति वेताए लेख मा . यो सर्बोछा पूर्ण इजलाश ले गरेको फैसला नावाई संबैधानिक इजलाश ले गरेको निर्णय थिओ.

    कृपया मिल्छ वने एस्लाई सचाउनु होला .

    Reply
    1. Salokya says:
      April 1, 2016 at 8:03 pm

      धन्यवाद गल्ती औँल्याउनुभएकोमा। असावधानीका कारण गल्ती भएकोमा माफी माग्दै सच्याइएको छ।

      Reply
      1. prashant says:
        April 2, 2016 at 1:31 pm

        धन्यबाद सालोक्य जी…

        Reply
  2. Saroj says:
    March 30, 2016 at 3:29 pm

    उखान टुक्का Ta होइन, jokes चाहि सुरु भैसक्यो. ‘दुई वर्ष भित्र देशमा विजुली छ्यालब्याल हुने, दुई वर्षपछि चाहिए जति विजुली आउँछ त्यसपछि हिटर बाल्नु होस, फ्रिज चलाउनुहोस जे गर्ने हो गर्नुहोस’, प्रधानमन्त्री ओली

    Reply
  3. Michael says:
    March 30, 2016 at 12:43 pm

    जो मान्छे गजल , सायरी सुन्छ उसले एस्तो भासा लेख्छ
    १) एक गज जमिन हि सहि , अपनी मिल्कियत तो हे
    ये मौत तु ने मुझे जमिन्दार कर दिया |

    २)साली ने भेनासे कहा , ”जिजाजी मे पास हो गई , मिठाइ खिलावो ”
    जिजाने कहा” जरुर खिलाउङ्गा , और पास हो जावो ”

    यी सब इन्टरनेट मा भेटिने सायरी हुन् | त्यो भासा अझ उर्दु ,हिन्दि बाट न भै अरब तिर बाट हुन् सक्छ | त्यहा कोर्रा र समुद्र को कुरा जो छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme