Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मापसे कारबाहीको चार वर्ष : दुर्घटना घट्यो, मृत्यु घटेन

Posted on March 30, 2016March 30, 2016 by Salokya

DUI
चार वर्षअघि ट्राफिक प्रहरीले सुरु गरेको मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्ने अभियान निकै चर्चामा आयो। यसको छोटकरी रुप ‘मापसे’ समेत धेरै प्रयोग हुन थाल्यो। रेस्टुरेन्टका व्यापार र पार्टीहरुमा बियर रक्सीको खपतसमेत कम हुन थाल्यो। ट्राफिक प्रहरीले यो अभियान सुरु भइसकेपछि हालसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसाार मापसेका कारण सवारी दुर्घटना र त्यसमा घाइते हुनेहरुको संख्यामा निकै कमि आएको छ।

पहिलो वर्ष २३६ दुर्घटना भएकामा दोस्रो वर्ष १५५ मात्र दुर्घटना भएका थिए। घाइतेको संख्या पनि उस्तै गरी घटेको देखिन्छ। पहिलो वर्ष २०६ जना घाइते भएकोमा दोस्रो वर्ष यो संख्या १३२ मा घटेको छ। तेस्रो वर्ष १६२ मा बढेको छ।

मृत्यु हुनेको संख्यामा भने खासै कमि आएको देखिन्न। पहिलो वर्ष २३६ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने दोस्रो वर्ष १५५ मात्र दुर्घटना हुँदा पनि ४ जनाको मृत्यु भएको छ। तेस्रो वर्ष १५० मात्र दुर्घटना भए तर मृत्यु हुने तीन जना थिए भने यो वर्ष फागुन २५ सम्म १२२ वटा मात्र दुर्घटना हुँदा पनि ४ जनाको मृत्यु भइसकेको छ।

DUI2

1 thought on “मापसे कारबाहीको चार वर्ष : दुर्घटना घट्यो, मृत्यु घटेन”

  1. Rajendra Adhikari says:
    March 30, 2016 at 9:23 am

    अझै पहिले पहिलेको पनि तथ्याङ्क भएदेखि राम्रो हुन्थ्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme