Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नाईँ कांग्रेसलाई खुमबहादुर नै चाहिन्छ

Posted on March 13, 2016March 13, 2016 by Salokya

surya_khadka नाईँ मलाई त्यही केटी चाहिन्छ भनेर मडारिँदै, रुँदै गीत गाउने एउटा रुन्चे मोफसलको ठिटोले धेरैलाई हँसाएको थियो २०५८ : २०५९ तिर। बाउले बिहे गर्देनन् पोहर पनि भत्काईदिन्छु बाख्राको खोर पनि भन्ने प्रकाश ओझा त आफैं खोरमा जाकिएर फर्के। अहिले १३ औं कांग्रेस महाधिवेशनका प्रतिनिधिहरुले खुमबहादुर खड्कालाई नै सबैभन्दा बढी मतसहित जिताएर एउटा सन्देश दिए- नाईँ कांग्रेसलाई खुमबहादुर नै चाहिन्छ। कांग्रेस भनेकै खुमबहादुर हुन्।
जननायक वीपीले भन्थे निर्णय गर्न गाह्रो हुँदा खेतमा काम गरिरहेको किसानलाई सम्झनु तर यसपटक कांग्रेस महाधिवेशनका प्रतिनिधिहरुले नयाँ नेपालको कांग्रेस बनाउदा खुमबहादुर खड्कालाई सम्झेका मात्रै छैनन्, सम्मान गरेका छन्। यो नयाँ नेपालको नयां कांग्रेसी कार्यकर्ताको पहिचान हो शायद यो। त्यसैले अबका जय नेपालपन्थीहरु सोलोडोलो खुमबहादुर नै हुन्। चारतारा भनेको खुमबहादुरकै प्रतिक हुन्।

खुमबहादुर भनेकै कांग्रेस हुन्। सवर्था यो न्यायोचित पनि छ। किनकि महाधिवेशन हो कांग्रेसको। सहभागी हुन देशैभरका चारतारे फ्यानहरु, अगुवाहरु। आफ्नो पार्टीमा कस्तो नेता, नीति र नेतृत्व चाहिन्छ भनी एकीन गर्ने काम १३ औं महाधिवेशनका प्रतिनिधिहरुकै थियो। त्यसैले उनीहरुले गणतन्त्रकालिन देशको खांटी कांग्रेसको लागि चुने खांटी नेता खुमबहादुर दाइ। यसमा कोही कसैले पनि चित्त दुखाउनुपर्ने कारण छैन। अरुका लागि कस्लाई चुन्दा फाइदा हुन्छ भनेर आम मतदाता प्रतिनिधिले भोट हाल्ने हैन। त्यसैले उनीहरुले रोजे प्यारो आदरणीय खुमबहादुर दाइ। यस अर्थमा जिताउने मतदाता प्रतिनिधि धन्यवादका र जित्ने खुमबहादुर बधाईका हकदार छन। किनकि यो अन्तर पार्टी महाकुम्भ थिएन, थियो त केवल कांग्रेस आन्तरिक महाकुम्भ त्यो पनि नेता छान्ने । आफ्नो हात जगन्नाथ गर्न किन नपाउनु त मतादाता कांग्रेसीले?

निश्चय नै नेपाली कांग्रेसको १३ औं महाधिवेशनका अनेकौं बान्कीहरुका बीच एउटा रोचक, घोचक र प्रेरक विजयी कथा, व्यथा र विम्व हुन खुमबहादुर खड्का। आम कार्यकर्ताका प्यारा खुमबहादुर दाइ २०४६ को परिवर्तनपछिको दशकमा पुर्नस्थापित प्रजातन्त्रकालीन देशका एक शिखर कांग्रेस बिम्व हुन् जसका उज्याला र काला पाटाहरुको विराट गाथा र व्यथा छन्। उनले यसपटक केन्द्रीय सदस्यमा भारी मत सहित जितेका मात्रै छैनन्, आफूले रुचाएको टिमलाई जिताएका पनि छन्। एक हिसाबमा खुमबहादुर कांग्रेसका रोलमोडल पात्र बनेका छन, किङमेकर सावित भएका छन्। खुमबहादुरलाई अरुले हैन देशै भरका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले जिताएका छन्। यसअर्थमा उनी कांग्रेसका लोकप्रिय नेता सावित भएका छन्। उनले जुन नारा र माग सहित जिते अनि जस्तो टीम सहित जिते त्यसका आधारमा भन्नै पर्छ कि कांग्रेस भनेकै खुमबहादुर हुन् र खुमबहादुर भनेकै कांग्रेस हुन्। अन्यथा १३ औ महाधिवेशनले जय खुमबहादुर गर्ने थिएन शायद ।

संविधान घोषणा हुनुअघि हिन्दु राज्यको माग गर्दै गरिएको प्रदर्शनमा सहभागी खुमबहादुर खड्का। फाइल फोटो : अंगद ढकाल
संविधान घोषणा हुनुअघि हिन्दु राज्यको माग गर्दै गरिएको प्रदर्शनमा सहभागी खुमबहादुर खड्का। फाइल फोटो : अंगद ढकाल

अख्तियारले भ्रष्ट भनी लगाएको बात अदालतले प्रमाणित गरे पनि , जेल संजायको भागीदार बनाए पनि, खुमबहादुर अब एक्लो दोषी सीमित रहेन्न, उनको दागी विगत मिथ्या थियो भन्ने त आम प्रतिनिधिहरुले खुमबहादुरलाई दिएको अत्याधिक अग्रताले नै सिद्ध गरिदिएका छन । अब पापै थियो भने पनि १३ औं महाकुम्भमार्फत सबै पाप पखालिएका छन खुमबहादुर दाइका आम प्रतिनिधिहरुबाट नै । खुमबहादुरले कति कमाए या कती देशलाई कंगाल बनाए त्यो अब कांग्रेसको चासो चिन्ता र सरोकार हैन तर खुमबहादुरको पथ हिड्न नसक्नु भने आम कांग्रेसीहरुको कमजोरीको उदाहरण हो शायद । त्यसैले त अहिलेका कांग्रेसले खुमबहादुरहरुलाई पुरस्कृत मात्रै गरिरहेको छन नयां संस्करणका खुमबहादुर खड्काहरुको पुर्नजन्मका लागि भगीरथ प्रयत्न पनि गरिरहेका छन । पार्टीको सबैभन्दा ठूलो मञ्चमा खुमबहादुरको पपुलर भोटको यो दिग्विजय हो पनि त्यही ।

नेपाली राजनीतिमा खुमबहादुर न हिजो न आज न त भोलि नै केवल एक पात्र हुन, बरु हुन त एक जब्बर प्रवृति । धेरै कांग्रेसलाई थाहा छ खुमबहादुर प्रवृतिका गुरु र पिता उनै स्वर्गलोक पुगेका गिरीजाप्रसाद थिए । आम कांग्रेसीहरुको भोगाईमा गिरीजा जे सिकाउथे त्यही गर्थे खुमबहादुर, विजय गच्छदार, जेपी गुप्ता र चिरञ्जीवि वाग्लेहरु । अनुहार मात्र हुन्थ्यो खुमबहादुर दाइहरुको रिमोट हुन्थ्यो, रोडम्याप हुन्थ्यो, मार्गदर्शन हुन्थ्यो गिर्जाबाऊहरुकै । तर बिडम्वना के भैदियो भने झ्यालखाना जाने र सजांय काट्ने चाहिर केवल खुमबहादुरहरु मात्रै भए । यो कांग्रेस परिभाषाको इतिहासमा प्रजातन्त्रका मसिहा खुमबहादुरहरुमाथिको घोर अन्याय थियो, न्यायलयको निरंकुशता र पक्षपात थियो । यसको करेक्सन अरुले गर्दिएन्न, गिर्जावाऊ गल्ती नसच्चाई परमधाम भए, त्यसैले त्यो अधुरो कर्म र धर्म पुरा गरेका हुन यसपाला देशैभरका मतादाता प्रतिनिधिहरुले ।यसअर्थमा धन्य हुन महाधिवेशन प्रतिनिधि । र खुमबहादुरमाथि यो तहको न्याय गर्ने प्रतिनिधिहरुलाई कांग्रेसको असली जात र चरित्र पुनः प्रमाणित गरेकोमा पुन इतिहासले धन्यवाद दिनुपर्छ ।

जननायक वीपिका असली अनुयायी हुन खुमबहादुर । यसमा कसैको शंका छैन । गिरिजाका आज्ञाकारी थिए । यो लोकले जानेबुझेको नांगो सत्य हो । तर खुमबहादुरहरुलाई धान खाने मुसो चोट पाउने भ्यागुतो भने उनै गिरीजाहरुले गरे त्यो घोर अन्यायको प्रतिकार पनि हो यो खड्कायुगकको पुनरोदय शायद । विचारमा स्पष्ट छन खुमबहादुर अब उनी लड्ने छन हिन्दूदेशका पक्षमा। आर्थिक जीवनमा उनी उदांगो छन । सबैले डसीसेकी गरिएका पात्र हुन । उनको सर्वाधिक सबल पक्ष नै हो की उनी सबै कार्यकत्र्तालाई भागशान्ति जय नेपाल अर्थात बांडीचुंडी खाने थोरै मध्येका अगुवा नेता हुन । यो उनको गुन भुलेन्न प्रतिनिधिले । समूह लगभग खुमबहादुरपथकै आको छ, कोही आक्रामकm कोही कुटील । उनको विचार महामन्त्री शशांकसंग ट्याक्कै मिल्छ समूह नमिले पनि। त्यसैले १३ औ महाधिवेशनपछि अब खुमबहादुरलाई कांग्रेस वा गैरकांग्रेस कसैले पनि अब भ्रष्ट र अन्य बात लाउनु सोहैआना गल्ती हुनेछ ।अब त उनलाई प्रेरणा पात्र, उर्जास्रोत, पथप्रदर्शक र भविष्यद्रष्टाको रुपमा लोकजनले स्वीकार गर्नु पर्ला है । आखिर किडनी फेरेर पनि उनी विपीकै सपना पुरा गर्न लागेका छन । सडकमा लड्दा वीपिकै नारा लाउछन । जेलबस्दा पनि विपीमन्त्रै जपेकाले त छुटदा क्या ठूलो हर्षबढाई भाकोथ्यो । कांग्रेस महाकुम्भले स्थापित गरेको सत्य हो यो । गैरकांग्रेस भे पनि जात मिल्नुका नाताले म त भएं खुमबहादुरकै फ्यान तपाई पनि हुनेकी ? हुने भे ढिलो नगर्नुस। अब जे गर्छन् कांग्रेसमा खुम बहदुर दाइलेनै गर्छन । त्यसैले जय नेपाल, जय खुमबहादुर ।

9 thoughts on “नाईँ कांग्रेसलाई खुमबहादुर नै चाहिन्छ”

  1. madan bajracharya says:
    March 17, 2016 at 10:54 pm

    मन्दिर समाजमा ढोंगी बाबा नाङ्गा बाबा र अघोरी बाबा भनिनेहरु त् हामीले सुने देखेकै कुराहो /अब राजनीतिमा खुंखार बाबा ज्यानमारा बाबा डाका बाबा अपहरणकारी बाबा नक्कली नेपाली बाबा मोस्ट वान्टेड बाबा आदि भनिनेको नमुनाहरुको माझ अब भ्र्स्ताचारी बाबा भनिने पनि देखियो/

    नागरिकहरुको मत बात चुनेका मात्रै हुनु पर्ने स्थान टिके मत फरिया मत रकमी मत पाउने र अपराधिक बिगत भयकाहरुको घरवार बने/नागरिक निरह; त् सक्नेले यस्तालाई प्रवेस निषेध गरे नेपाल र नेपाली सिखी हुनेछ/

    Reply
  2. bman says:
    March 15, 2016 at 7:04 am

    leave the man alone
    he committed the crime he’s done his time

    Remember that there was a pact between the Indian government led by Nehru, the royal institution led by Tribhuvan and the Nepali Congress party to get rid of the Rana autocracy
    One of the two pillars of the pact was the monarchy / Hindu nation

    As far as I know Mr. Khadga is the only one with influence who stood for this principle
    So I believe a majority of votes for reflects that

    Even GP Koirala was for monarchy until the very last moment

    Reply
  3. Bam bd. khatri says:
    March 14, 2016 at 3:57 pm

    खुमबहादुर जिन्दाबाद ! अब जत्ति सकिन्छ जनता र देश टाट पल्टाएर भएपनि भक्कु लुट्न पाइने भो ! खुम बहादुरले खुल्ला
    आब्हान नै गरेका छन् दुइहातले लुट्ने हज्जार हातले आफ्ना भरौटेहरुलाई बाडने भनेर ! भ्रष्ट र गुण्डाराज जय होस् !

    Reply
  4. Harsha majhi says:
    March 14, 2016 at 3:23 pm

    नेतालाइ के दोष दिनु जनता पनि तेही हो .. नेपाल देसै खातेले भरिएको- आफ्नो पेट भरिए अरु केहि फरक नपर्ने ….

    Reply
  5. sushil says:
    March 14, 2016 at 10:03 am

    सहि विश्लेषण, तर गुदी कुरो अझै छुट्यो कि जस्तो लाग्यो. कांग्रेसमा सभापति, महामन्त्री आदि रोज्दा जसरी रोजे, खुम बहादुर पनि उच्च रोजाइमा पर्नुको अझै कुनै गहिरो कारण हुनुपर्दछ. अब कुनै सरकारी पदमा बस्नै नमिल्ने मान्छेलाई किन धडाधड भोट हाल्थे र?
    खुम बहादुर, काली बहादुर, पानीट्यांकी बहादुरहरु नभई कुनै पनि पार्टी नचल्ने भयो.

    Reply
  6. Dr. Suraj Shrestha says:
    March 14, 2016 at 8:30 am

    Congratulations !

    Dr. Suraj Shrestha
    Nepalgunj

    Reply
  7. Michael says:
    March 14, 2016 at 6:58 am

    यो इन्टरनेट , टि भी ले गर्दा अथवा यो भन्दा अझ पहिले पनि झिङ्गे बाम पन्थीले पनि कुरा गर्दा कमसेकम लेनिन , स्टालिन , माउ को कुरा गर्थे | तेही लाइन मा नेपालि युवा हरु आजकाल जुल्फी पालेका तन्नेरी हरु डोनाल्ड ट्रंप को चुनाबी क्याम हेरेर आफु पनि लग बाग तेही भएको अनुभब गर्छन |इन्डियाको प्रधान मन्त्रि मोदी को नाउ लिंदा समेत पल्लाघरे भैसी पाल्ने माधब प्रसाद जस्तो सम्झिन्छन |
    त् तपाइँ ले केहि बिसय पाउनु भएँन ? के लाग्छ आजको युवा हरु खुम बहादुर , बलबहादुर , सेर बहादुर लाइ आदर्श मानेर बसला ?

    Reply
  8. anup neupane says:
    March 14, 2016 at 1:43 am

    राम्रो र तथ्यपूर्ण लेख.

    Reply
  9. gehendra dangi says:
    March 14, 2016 at 1:23 am

    सहि कुरो हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme