Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गगन थापा : पहिले सबभन्दा बढी मत ल्याएर जित्ने, अहिले सबभन्दा कम मत ल्याएर हार्ने

Posted on March 9, 2016 by Salokya

सोसल मिडियामा एकदमै लोकप्रिय कांग्रेसका युवा नेता गगन थापा अघिल्लो १२ औँ महाधिवेशनमा सबभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यस पटक भने उनले सिधै महामन्त्री पद ताके। त्यो पनि पहिले जस्तो होइन, कृष्ण सिटौलाको प्यानलबाट। ट्विटर र फेसबुकमा उनीबारे लेखिएका कुरा हेर्दा लाग्थ्यो- उनले पक्कै जित्नेछन्। तर महामन्त्री पदका लागि भएको निर्वाचनमा उनी सबभन्दा कम मत ल्याएर हार्न पुगे। उनले ल्याएको मत थियो ५८४ जुन तीन उम्मेदवारमध्ये सबैभन्दा कम थियो।

उनकै ससुरा अर्जुननरसिंह केसी भने क्याम्प चेन्ज गरी देउवाकोमा पुगेका थिए। उनी दोस्रो भए। पहिलो भने वीपी कोइराला पुत्र सशांक कोइराला भए। कोइरालाले १४१७ मत ल्याई केसीलाई ४ सय मत अन्तरले पराजित गरे।

वीपीको विरासतमुखी राजनीतिलाई अन्त्य गर्नुपर्छ, वीपीको छोरा हुनुबाहेक कांग्रेसमा सशांकको केही योगदान छैन भनेर उफ्रिए पनि आखिरमा न अर्जुननरसिंह केसीले उनलाई हराउन सके, न लोकप्रिय युवा नेताको छवि बनाएका गगन थापाले उनलाई रोक्न सके।

सान्त्वना र चित्त बुझाइको बाटो भने छ गगन पक्षधरलाई- सिटौलाभन्दा त बढी मत ल्याए नि, अब अर्को पटक सीधै सभापतिमा उठ्ने हो !

कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा जस्तो कडा प्रतिस्पर्धासमेत महामन्त्रीमा भएन। कोषाध्यक्षमा बरु देउवा प्यानलकी चित्रलेखा यादव र रामचन्द्र पौडेल प्यानलकी सीतादेवी यादवबीच कडा प्रतिस्पर्धा भयो र मात्र ८ मतको अन्तरले सीतादेवी यादव विजयी भइन्।

10 thoughts on “गगन थापा : पहिले सबभन्दा बढी मत ल्याएर जित्ने, अहिले सबभन्दा कम मत ल्याएर हार्ने”

  1. सुरज says:
    March 10, 2016 at 8:04 pm

    १) सशांक कोईराला र गगन थापा पटक पटक सॉसद भए । गगन थापा सॉसदको एक समितिका सभापतिको जिम्मैवारीमा छन्, जबकि सशांक कोईरालाले संसदमा थप ज़िम्मेवारी लिएका छैनन् ।

    २) अर्जुन नरसिंह केसी बिधार्थी जीवनमा २०२६ साल देखि राजनितिमा छन् । गगनको राजनैतिक विधार्थी जीवन पछि जनमानसमा २०६२/६३ देखि आयो । जबकि सशांक कोईराला २०४६ देखि राजनितिमा लागेका हुन् ।

    २) सबै भन्दा गहकिलो कुरा के भने दक्षिण एशीयाली देशहरुमा पारिवारिक विरासतको महत्व कम भएको छैन । जवाहरलाल नेहरु, ज़ुल्फ़िकार भुट्टो, शेख़ मुजीब, ज़ियाउर रहमान, बन्दरानायिका परिवारहरु राजनिति विरासत कायमै छन् । सशांक कोईराला बि.पी. कोईरालाका छोरा हुनु वहॉको पारिवारिक विरासतले धेरै ठुलो मद्दत र सहानुभूतिले काम गरेका छ ।

    ३)संस्थापन पक्षबाट फुटेर गएको सिटौलाको समुह सानों भएको सर्व बिदितै छ । जेहोस् सिटौलाले भन्दा गगन थापाले बढी मत ल्याएकोमा अलि सन्तोष लिने ठाउ छ ।

    ४) तीन जनतामा गगन थापा सबै भन्दा कम अनुभव भएकाले महामंत्री जस्तो महत्वपुर्ण पदको अभिलाषामा हामफालेको महासमितिका सदस्यहरुलाई पचेन ।

    ५) ससुरा र ज्वाई “घैटे” प्रकरणमा लागेकाले !

    सुरज

    Reply
  2. prabhat says:
    March 10, 2016 at 7:44 am

    गगन थापा ले अपराधी घैंटे लै ठुलै समर्थन गरेको थियो होइन?

    Reply
  3. bman says:
    March 10, 2016 at 7:42 am

    this guy is a huge disappointment

    I ‘ve seen some interview of his where he was questioned about his presence with some punks aka. kumar ghaite in various functions

    I couldn’t believe my eyes what he had to say in reply
    he mentioned that since he was a member of the nepali congress
    he couldn’t do anything and the leadership had to take the blame because it had issued him with the membership and he was forced to do what he had to do

    come on mr thapa what do you take us for
    some fools
    you can fool some people all the time, all the people some of the time
    but not all the people all the time

    I will bet my house that if a new election is held
    forget about the maximum majority
    he may win but only by a narrow margin

    Reply
  4. anjeet says:
    March 9, 2016 at 3:54 pm

    नेपाली कांग्रेस मा जित्न वा अघि बढ्न ठुला नेता को पछि लाग्नु पर्थ्यो वा पत्याउनु पर्थ्यो / गगन युवा माझ लोकप्रिय छन् तेही भएर नै सिटौला गुट मध्य बाट सबै भन्दा बडी मत लेराउन सफल भए /
    बिडम्बना के भैदियो भने उनले न त राम चन्द्र गुट बाट मौका पाउन सक्थे न त देउबा ले नै उनी माथि पूर्ण भरोसा राख्न सक्थे / अर्जुन नर्सिङ्ग के सी को समर्थन बाट देउबा गुट बाट उठ्न पाएको भए उनको जित सुनिचित हुन्थ्यो /
    हार्दा हार्दै उनले एउटा कुरो चाहिँ सिद्ध गरे कि नेपाली कांग्रेस को युवा पुस्ता का आँटिला र लोकप्रिय नेता हुन्
    बिडम्बना येदि बलियो गुटमा नलाग्ने हो भने यिनले जिन्दगी भर मौका पाउने छैनन् /

    Reply
  5. ज्ञान नारायण सिंह says:
    March 9, 2016 at 11:40 am

    slaughter house को २५ करोड भ्रस्टाचारको पाप कराएको हो .. अरु केइ होइन ,

    Reply
  6. Durga Adhikari says:
    March 9, 2016 at 8:47 am

    युवा कंग्रेसको यक मात्र बिकल्प गगन हुन्/ उनको आट र जोशलाई मान्नु पर्छ/ अहिलेकै क्रममा अगाडी बढ्दै जाने हो भने गगनको भबिस्य उज्ज्वलछ/ म उनको जोश र जाँगरमा कमि नआवोस भन्न चाहन्छु/

    Reply
  7. makwane says:
    March 9, 2016 at 5:29 am

    I would say that Gagan did right thing. He might have lost but it gives hope for lots of other that the road is open and it all depends on you. I think Nepali Congress should not side lined person like him just because he Challenged the leaders. They should mentor him and let him grow.

    Reply
  8. Rohini says:
    March 9, 2016 at 2:25 am

    चुनाबमा हार जित त भैहाल्छ| चुनाब उठ्ने जित्नको लागि हो हार्न को लागि होइन| देउबा र सशांक लाइ बधाई | यो अधिबेशनमा हार्ने हरु अर्को अधिबेशनमा जित्ने किसिमबाट पार्टी र देश को लागि काम गर्नु|

    Reply
  9. dor rampur says:
    March 9, 2016 at 2:08 am

    कांग्रेश को राजनीति मा गगन थापा बच्चा हुन् ! चार बर्ष अघि त देउबा युवा नेता मनिन्थ्ये ! फेरि प्रयास गर्नु … बिपी को रगत रहे जित्न गारो छ !!

    Reply
  10. Dhruba says:
    March 9, 2016 at 1:22 am

    चुनावमा उठे पछि हार्नै हुदैन भन्ने संकुचित मानसिकतावाट गगन माथि उठेका छन् | गगनले जुन साहसिक निर्णय लिए जुन त्यो एउटा राजनिती कर्मीले बेलामौकामा गर्ने पर्ने निर्णय हो र सबै युवाहरूको लागी प्रेरणा पनि हो | |गगनले सम्मानजनक मत ल्याएका छन् | अब चार संगठन तिर ध्यान दिएर पार्टीभित्र युवालाई संगठित गरेर अर्को पटक सभापतिको पदमा उठे भने जीत निश्चित छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme