Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिले बिना आरएबाट दिल्ली

Posted on February 19, 2016February 19, 2016 by Salokya

RA205 (4)
दिल्ली जानका लागि आरए (शाही नेपाल वायुसेवा निगमको नामबाट शाही हटाइसकिए पनि इन्टरनेसनल कोड अझै आरए नै छ) को टिकट पाएपछि नै अलि शंका लागिसकेको थियो। कति घण्टा डिले गर्ने हुन्, प्लेनभित्र आरएका कर्मचारीहरुको व्यवहार आदिबारे अनेक कुरा सुनिएका थिए। आरएनएसीको नामै रोयल नेपाल अल्वेज डिले एन्ड क्यान्सिल्ड भन्ने व्यङ्ग्य त निकै फेमस पनि छ।

तर बिहीबार बिहान ८ बजे काठमाडौँबाट दिल्ली उड्दा अनुभव अलि फरक नै रह्यो। डिलेको समस्या त अझै पनि हुन्छ रे भन्ने सहयात्रीहरुबाट थाहा भयो। तर हिजो भने फ्लाइट एकदमै ठीक टाइममा उड्यो।

डिले हुन्छ नै भन्ठानेर म अलि ढिला नै पुगेको थिएँ विमानस्थल। तर मलाई भन्दा बढी हतार त्यहाँका सुरक्षाकर्मीलाई देखेर म आफै छक्क परेँ। बेला भइसक्यो छिटो जानुस् भनेर उनले पहिलो चेकिङ नाघेर ब्याग एक्सरे गर्ने ठाउँमा सीधै पुर्‍याए। जबकि म त्यहाँ एक सामान्य यात्रुका रुपमा मात्रै थिएँ। काठमाडौँ विमानस्थलबारे अनेकन किस्सा सुनेको मलाई यो चाहिँ फरक अनुभव भयो।

बोर्डिङ पास लिनेदेखि सगरमाथा नाम राखिएको एयरबस चढ्दासम्म कुनै समस्या भएन। निगमले वर्षदिन अघि भित्र्याएको सगरमाथा र लुम्बिनी दुई एयरबसले अहिले निगमलाई राम्रै गरिरहेको छ।

जहाज राम्रै रहेछ। आठ बजेको फ्लाइटमा भेज र ननभेज सोधीसोधी नास्ता र कफी तथा कोल्डड्रिङ्क्स दिइने रहेछ जुन सुविधा भारतका अरु बजेट एयरलाइन्समा हुँदैन। ‘प्लेनभित्र कफी खान पाउनुको मज्जै बेग्लै हुन्छ नि’, जहाजमा यात्रा गरिरहने मेरो सिट छेउमा परेका एक सहयात्री भन्दै थिए।

ध्वजाबाहक र नेपाली भाषामा गरिने अनाउन्समेन्टले पनि आफ्नोपना बोध गराउँथ्यो। एयरहोस्टेज अरु कम्पनीहरुको जस्ता आकर्षक नभए पनि बोलीवचन र व्यवहारमा कुनै समस्या कम्तिमा मैले अनुभव गरिनँ।

नास्तामा भने नजिकैका सहयात्री कम्प्लेन गर्दै थिए- चिकेन देला भनेर ननभेज मागेको त ससेज पो दियो। ठीक छैन नास्ता।

आरएबाटै फर्कनु पर्नेछ। आशा छ फर्कने दिन आरएले मेरो मनमा बसेको सुधारिएको छविलाई धूमिल गर्ने छैन। भन्न त साथीहरुले भनेका छन्- आरएको भर छैन।

जहाजको ‘इ’ रोमा सिट परेको र त्यहाँ इमर्जेन्सी डोर भएकोले केही सामान राख्न मिल्दैन भनी एयरहोस्टेसले सतर्क गराएका कारण मैले आफ्नो ब्यागबाट क्यामेरा झिक्न पनि पाइनँ। पछि उठेर क्यामेरा निकालिरहन मन लागेन। मोबाइलबाटै ‘सगरमाथा’ जहाजको झ्यालबाट खिचेका केही फोटोहरु

RA205 (1)

RA205 (2)

RA205 (3)

RA205 (5)

RA205 (6)

RA205 (7)

13 thoughts on “डिले बिना आरएबाट दिल्ली”

  1. ashis says:
    February 22, 2016 at 11:54 am

    safety, अचानक केहि भयो भने न आत्तिइकन यात्रुहरुको सुरक्षाको बन्दोबस्त गर्ने, आदि इत्यादि अनुभव भएका लाई पहिलो प्राथमिकता दिइन्छ . अनुहार लाई हैन .

    च्वाक ऐर होस्टेस हुदै मा यी kaam garna sakdinan ra.

    Reply
  2. poudel says:
    February 21, 2016 at 11:46 pm

    राम्रो खबर हो यो मेरो लागि किन कि देश को एक चिन्तक भयको ले …

    Reply
  3. madan bajracharya says:
    February 21, 2016 at 7:48 am

    निगमले दिल्लीको उडान बन्द गर्न बाध्य भयो/ कारण पछि लेखुन्ला/ अहिले निगमको दिल्ली उडान समयमै हुँदा यसरि कमेन्ट गरियो कि मानौं निगमले कहिले पनि कुनै उडान समयमा उदायाकै थियन/ हो निगम भित्र धेरै कमि कमजोरोहरु थिय/ फताह घुस्याह पनि धेरै थिय/ तर तिनीहरु भन्दा निगमा इमान्दार कर्मचारीको संख्या धेरै भयकै कारणले सरकारको ३० लाख मात्रै लगानी भयको निगमले ५०सौ अरवको सम्पति जोड्न सफल भयको थियो/ निगमा भ्रस्ट काम गर्नेहरुमा धेरै जसो बिना प्रतिस्पर्धा नेता मन्त्रीको सिफारिसमा नियुक्त भयाकाहरु नै अत्यन्त तितो सत्य कुरा हो/ नेताको सिफारिसमा नियुक्त भयाकामा गलत कार्य गर्ने सानो तह देखि ठुला तहकालाइ नियन्त्रण गर्न सकियन भानु भन्दा तेस्तालाई कार्यवाही गर्ने दियन भन्नु उपयुक्त हुन्छ/ तर यहि कारणले मात्रै निगमको उडान समयमा नभयको चाहि होइन भन्ने कुरा निगमको दिल्ली उडान बन्द गर्न लागाय पछि दिल्ली उडान गर्ने अरु बायु सेवा कम्पनीहरुको उडान सेवा पनि कस्ता थिय भन्ने कुरा सम्झे स्पस्ट हुन्छ/

    निगमलाई असफल बनाउन भित्रको भन्दा बाहिरको शक्तिले नगरेको काम केहि छैन/ पर्यटन ब्यबशायामा लागेको व्यक्तिहरुलाई स्पस्ट थाह छ कि नेपालमा पर्यटन गर्न आउने युरोप अमेरिकाको अधिकांस पर्यटकहरु दिल्ली बा भारत भयर नेपाल आउन चाहँदैन सिधै नेपाल आउँन चाहन्छन/ नेपाल बा भारत बा दुवै मुलुकमा घुम्न चाहने तेस्रो मुलुक बात आउने पर्यटकहरु सिट सिमित दिनहरु र सिमित पैसा हुन्छ/ तिनीहरु सिट भयको घुम्ने दिनहरु र घुम्न गोजीमा भयको पैसा उनीहरु जुन देसमा बढी बितायो तेही देसले उनीहरुको पर्यटन बात बढी आम्दानि गर्छ/ यहि मुद्दामा नेपाल र भारतको पर्यटन नीति आपसमा प्रतिस्पर्धा हुँदै आयको छ/ पर्यटकहरु भारतमा बढी दिन बितायो भने भारतले कमाउँछ तर तिनीहरु सिधै नेपाल गयो भने भारतले केहि पनि कमाउन सक्दैन/

    निगमले पेरिस लन्डन फ्रेंक्फोर्ट उडान बन्द चल्दै गरेको बेला भारतलाइ ठुलै घाटा भयको थियो भने निगमले पेरिस लन्डन फ्रेंकफोर्ट र जापान उडान बन्द गरे पछी सिधै नेपाल आउने पर्यटकहरु भारत हुँदै नेपाल आउँ बाध्य भयो/ फेरी निगमले दिल्ली बम्बे उडान पनि बन्द गर्दा ती मुलुकहरु बात सिधै नेपाल आउन चाहने पर्यटकहरुको पर्यटन भारतमै सिमित भयो/ नेपालको पर्यटन उद्द्योग असफल भयो भने भारतको परेय्तन उद्द्योगलाइ फाईदा हुन्छ/ निगमको ब्यबस्थापनमा अयोग्य हावी भयो भने तेस्रो मुलुकहरु बात नेपाल आउने उडान मात्रै अनिमियत हुँदै नेपाल आउने भाडा पनि महँगो हुन्छ ( के महँगो बनायको छैन र? अमेरिका युरोप बात नेपाल आउने भाडा भारत आउने भाडा भन्दा बढी हुन् नसक्ने कुरा पर्यटन व्यवसायमा रहेकाले बुझ्छ/ तापनि किन अमेरिका युरोप बात भारत आउने भाडा भन्दा नेपाल आउने भाडा अत्यन्त अस्वाभाविक तरिकाले महँगो भयो भनेर कसैले सोचेको समेत देखिंदैन/ कारण के होला?

    भारतको उत्पादन सिट प्रतिस्पर्धा गर्न सक्ने नेपाली उद्योगहरुको ब्यबस्थापनमा अस्वाभाविक कमि कमजोरी देखिनु र तेस्तो नेपाली उद्योगहरु बन्द हुँदै आयको सबैले देखे बुझेकै कुरा हो/ भारतको उत्पादन सिट प्रतिस्पर्धा गर्ने उद्योगहरुमा नेपाल बायु सेवा निगम सबै भन्दा ठुलो नेपाली उद्द्योग हो/ निगम लाइ घाटा हुने कार्य गर्ने नेता मन्त्रि हरु कस्ता थिय यो सम्झे धेरै बुझिन्छ कि प्रगति गर्न सक्ने निगमले किन प्रगति गर्न सकेन/

    Reply
  4. Bijaya says:
    February 21, 2016 at 5:31 am

    संसारका सबै बायुसेवा कम्पनीहरुका उडानहरु ढिला हुने गर्दछन/ हामि कहाँ ढिला भएपछी गरिने ब्यबस्थापन राम्रो हुदैन त्यसैले यात्रुहरुले पछि सम्म पनि आफुले पाएका दुख सम्झी रहन्छन/ फरक त्यति मात्र हो/

    Reply
  5. Gaurav says:
    February 19, 2016 at 8:38 pm

    ए साँचै हो र? जमाना बदलियो कि के हो!

    Reply
  6. डा. सुरज श्रेष्ठ says:
    February 19, 2016 at 7:26 pm

    नेपाल बायु सेवाको सेवामा सुधार आएको पढदा खुशी लाग्यो । अझ राम्रो सेवा भविष्यमा देओस् भन्ने आशा गर्दछु । मैले यस राष्ट्रीय ध्वजावाहकमा यात्रा गर्न न पाएको दुई दशक नाघी सक्यो । उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  7. Sunil says:
    February 19, 2016 at 6:34 pm

    “डिले हुन्छ नै भन्ठानेर म अलि ढिला नै पुगेको थिएँ ”

    this is one of the reasons of flight delays in Nepal.

    Reply
  8. TENZING GABA says:
    February 19, 2016 at 3:09 pm

    कुरोमा कुरो आउदा नि,

    अस्ति ७-८ दिन अगाडी म पनि त्येही सगरमाथा नाम गरेको जहाज चढेको थिए,
    ओहो !!! जहाज त ठ्याक्कै सगरमाथाको अगाडीबाट उड्यो
    कम्ता राम्रो लागेन हिमाली शृंखलाको त्यी दृश्यहरु,
    फोटो खिच्न कम्ता मन लागेको होइन,
    फोन पनि खल्तीमा नै थियो
    तर क्यार्नु ?!?!?
    जहाज भित्र छिर्न साथ् चालकदल ले सूचना प्रबाह गरि हाले
    “स्वास्थ्य सम्बन्धि उपकरण बाहेक सबै खालको electronic उपकरणहरु यात्रा अबधि भरि प्रयोग गर्न पाइने छैन ” अनि मन मारेर खिस्रिक्क परेर बसे
    —————————————————————–
    मलाई मात्र त्यो नियम लागेको हो कि ?
    सालोक्यजीलाइ चाही त्यो नियम नलागेको हो कि ? बुझ्नै सकिएन बा /

    लौ जदौ !!!

    Reply
    1. Michael says:
      February 21, 2016 at 2:45 pm

      पत्रकार लाइ बिसेस छुट हुन् सक्छ , वा हिम्मत देखाएर परिआये फेस गरौला भन्न पनि सकिन्छ |

      Reply
  9. NABIN says:
    February 19, 2016 at 9:54 am

    jasle j bhanos america ko airlines ko bhudhi airhostess bhanda nepal ko hostess /service dherai ramro

    Reply
    1. Diwas K says:
      February 19, 2016 at 12:34 pm

      नवीनजी जस्ता पिछडिएका सोचाई भएका महापुरुष हरु पर्याप्त छन् अझै . Airhostess भनेर कसैले पनि भन्दैनन् आज . Flight attendant भन्छन् . अनि flight attendant हुनका लागि नि नबिन मित्र , मुख राम्रो मात्र हैन , तपाईं जस्तालाई खाना टक्र्याउन र फ्री बियर र रक्सी टक्र्याउन मात्र हैन , safety, अचानक केहि भयो भने न आत्तिइकन यात्रुहरुको सुरक्षाको बन्दोबस्त गर्ने, आदि इत्यादि अनुभव भएका लाई पहिलो प्राथमिकता दिइन्छ . अनुहार लाई हैन .

      Reply
      1. Prakash D Tuladhar , New York says:
        February 21, 2016 at 6:55 am

        सही जवाफ

        Reply
  10. bman says:
    February 19, 2016 at 9:31 am

    back in the days the service would make you clench your teeth
    silver lining over the dark clouds

    I hope this level of service will be maintained

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme