Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जेएनयु विवादले तातिएको भारत

Posted on February 19, 2016February 19, 2016 by Salokya

DCIM100GOPROGOPR0141. भारत अहिले जेएनयु विवादले तातिएको छ। छिमेकी देशको राजधानी भ्रमणको क्रममा हिजो बाह्रखम्बा रोडस्थित नेपाली दूतावास जान खोज्छु त प्रहरी र प्रदर्शनकारीको भिड पो देखियो। लौ न हाम्रै दूतावासबाहिर यस्तो? के भएछ ! हाम्रो लैनचौर दूतावास वरपर त कयौँ मिटरसम्म प्रदर्शन गर्नै दिइन्न। यता के पारा हो भनेर अघि बढेर हेरेको त दूतावासको गेटै बाहिरको सडकमा प्रदर्शनकारीको भिड थियो। उनीहरु जवाहरलाल नेहरु युनिभर्सिटीका एक विद्यार्थी नेतालाई पक्रेर राज्यद्रोहको अभियोग लगाएको विरोध गर्दै थिए।

दिल्ली प्रहरी घेरा हालेर तम्तयार बसेको थियो। ब्यानर र प्लेकार्डहरुसहित प्रदर्शनकारीहरु घाँटी सुक्ने गरी नारा लगाउँदै थिए- ‘आ…वाज दो, हम ए…क हैँ’

घोक्रो सुकाउँदै नारा लगाइरहेका प्रदर्शनकारीहरुलाई ब्याकग्राउन्डमा राख्दै टेलिभिजन संवाददाताहरु ‘पिटिसी’ दिनमा व्यस्त थिए। केही प्रदर्शनकारीहरु ‘कोट’ दिनमा व्यस्त थिए। नेपाली दूतावासका कर्मचारीहरु भने बेग्लै चिन्तामा थिए। भोलि पनि यस्तै प्रदर्शन भयो भने प्रधानमन्त्री ओलीलाई अप्ठेरो पो हुने भो त। दूतावासका कर्मचारीहरुको चिन्ता सुनेर विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा लागेको केही समयमै खबर आयो, दूतावास नजिकै झडप पो भएछ। प्रहरीले लाठिचार्ज गर्नुपर्‍यो। कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अल इन्डिया स्टुडेन्ट्स फेडेरेसन र अखिल भारतीय विद्यार्थी परिषद्का विद्यार्थीहरु जेएनयु विद्यार्थी युनियनका सभापति कन्हैया कुमारको गिरफ्तारीको विरोधमा निकालेको जुलुस नेपाली दूतावासबाहिर बाह्रखम्बा रोड नजिकै रहेको भारतीय जनता पार्टीनजिकै पुगेर पार्टी विरोधी नारा लगाउने बित्तिकै झडप सुरु भएको थियो। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको बतायो।

केही फोटो खिच्न भ्याएँ। कति नेपालको आन्दोलनका मात्र फोटो हेर्नुहुन्छ, हेर्नुस् छिमेकी देशको आन्दोलनका फोटोहरु
https://www.youtube.com/watch?v=cy9U-ojaEbo

DCIM100GOPROGOPR0123.

DCIM100GOPROGOPR0141.

DCIM100GOPROGOPR0138.

DCIM100GOPROGOPR0136.
यो हो नेपाली दूतावास

DCIM100GOPROGOPR0134.

DCIM100GOPROGOPR0133.

DCIM100GOPROGOPR0131.

DCIM100GOPROGOPR0130.

DCIM100GOPROGOPR0128.

DCIM100GOPROGOPR0126.

DCIM100GOPROGOPR0125.

DCIM100GOPROGOPR0122.

DCIM100GOPROGOPR0121.

DCIM100GOPROGOPR0120.

DCIM100GOPROGOPR0119.

DCIM100GOPROGOPR0118.

DCIM100GOPROGOPR0117.

DCIM100GOPROGOPR0115.

DCIM100GOPROGOPR0114.

4 thoughts on “जेएनयु विवादले तातिएको भारत”

  1. sushil says:
    February 20, 2016 at 7:51 am

    देश टुक्र्याउने चाहना राख्नेहरु पालेर राख्दा कस्तो हुन्छ भनेर बल्ल थाहा पाउँदैछन्. यो भिडिओ हेर्नुहोला.
    https://www.youtube.com/watch?v=h2wxkdTD2dY

    Reply
  2. Niranjan Aryal says:
    February 20, 2016 at 1:02 am

    यो सब वाहियात हो | यिनीहरु सी के राउत प्रवृतिका मानिस हुन् | कम्युनिस्ट शिक्षाले सधै जातिबाद र बिखन्डनकारी नारा लगाउछ | नेपालमा सत्ता प्राप्ति को लागि जातिबाद को बिउ रोप्ने पनि यिनै जे एन यु उत्पादित कम्युनिस्टहरु हुन् | भारतले गरेको नाकाबन्दीको रिशमा हामीलाई भारतमा हुने यस्ता आन्दोलन रमाइलो लाग्नु ठिकै हो तर यस्ता प्रतिगामी प्रवृतिलाइ समर्थन गर्नु मुर्खता हो | यसको आगो फैलिदै भोलि नेपाल भित्र पनि पस्न सक्छ | देशप्रेम भन्ने कुरा कम्युनिस्टको चरित्र हैन | भारतीय कम्युनिस्टहरु त झनै अगाडी छन यस्तो कुरामा | चिन-भारत को हामी नेपालीले चिन लाइ समर्थन गर्नु अथवा भारतलाइ समर्थन गर्नु भिन्दै कुरा हो तर भारतीय कम्युनिस्टहरुले खुलेआम चिनको समर्थन गरेका थिए जुन प्रवृति कुनै पनि देशका लागि घातक हो | भोलि नेपालले सी के राउतलाइ कारबाही गरेको खण्डमा वाक स्वतन्त्रता को दुहाइ दिदै यिनै तत्वहरुले बिषयलाइ अन्तराष्ट्रिय कारण गर्नेछन | भारतको हेपाहा प्रवृति बिरुद्ध अवाज उठाउनु जरुरि छ तर अरुको रिशमा आफ्नै देशमा बिखण्डनकारीलै निम्तो नदिउ |

    Reply
  3. Nibedan Baidya says:
    February 19, 2016 at 11:06 pm

    हाम्रो प्र म ले जोडदार रुपमा बिद्यार्थीको हक को कुरा उठाउनु परेन त अब

    Reply
  4. Michael says:
    February 19, 2016 at 5:08 pm

    जे यन यु ले पनि २ थरि शिक्ष्या दिन्छ कि के हो ? नेपालि बिद्द्यार्थी लाइ चै आफ्नै देश को टावर भत्काउने , पुलिस मार्ने , भौतिक संरचना ध्वस्त पार्ने , टायर बाल्ने , बस बम ले उडाउने, गरिब लाइ सुराकी भन्दै गिड्ने शिक्ष्या दिने , इन्डियन बिद्द्यार्थी चै आन्दोलन हुँदा गाडी समेत न जलाउने , खै तोड फोड़ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme