Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वतन्त्र र अटल…पुग्ने बित्तिकै काटियो राष्ट्रगानको धून…उद्‍घोषकले सकियो भनेर धन्यवाद पनि दिए तर खेलाडी आफैले गाएर पूरा गरे

Posted on February 16, 2016February 16, 2016 by Salokya

फुटबलमा भारतलाई उसकै भूमिमा हराएर साग च्याम्पियन भएको रात मेडल सेरेमोनीमा नेपालको चन्द्र सूर्य झण्डा सबैभन्दा अग्लो ठाउँमा र दायाँ रजत पदक पाउने भारत र बायाँ कास्य पदक पाउने बंगलादेशको झण्डा थियो। झण्डा माथि तान्ने क्रममा नेपालको राष्ट्रगानको धून बज्यो। तर जानाजानी हो कि प्राविधिक गल्तीले हो, धून राम्रोसँग बजाइएन।

वीरहरुका रगतले स्वतन्त्र र अटल…पुगेपछि धून काटियो। नेपालको राष्ट्रगान त्यति मात्र कहाँ हो र। धून रोकिए पनि खेलाडीहरुले चिच्याइचिच्याइ गाइदिए, ‘अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल’। उद्घोषकले यत्तिकैमा थ्याङ्क यु लेडिज एन्ड जेन्टलम्यान भन्दै रोक्न खोजे। तर स्वर्ण जितेका खेलाडीको जोश कहाँ सेलाउनु। राष्ट्रगान नसकिएसम्म रोकिने कुरै थिएन।

उनीहरुले अझै अगाडि गाउँदै गए-

बहुल जाति भाषा धर्म
संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो
जय जय नेपाल

जय जय नेपाल नभनी कसरी सकिन्छ नेपालको राष्ट्रगान ?

यो गल्ती किन भयो? के यो नियोजित थियो? यसबारे खासै ध्यान गएन किनभने हामी भारतलाई भारतमै हराएर स्वर्ण जित्दा मख्ख थियौँ।

हेर्नुस् भारतीय दूरदर्शनमा देखिएको यो दृश्य-

10 thoughts on “स्वतन्त्र र अटल…पुग्ने बित्तिकै काटियो राष्ट्रगानको धून…उद्‍घोषकले सकियो भनेर धन्यवाद पनि दिए तर खेलाडी आफैले गाएर पूरा गरे”

  1. bman says:
    February 18, 2016 at 11:23 am

    good work lads
    thanks for the moment

    made everyone proud

    Reply
  2. KABIN says:
    February 18, 2016 at 7:20 am

    NIYOJIT NAI GAREKO JHAI ;AGYO

    Reply
  3. kamal says:
    February 17, 2016 at 11:25 pm

    पहिले अंग्रेजको पालामा Indiens & Dogs are not alloud भन्थे !!!

    Reply
  4. ईश्वर says:
    February 17, 2016 at 6:22 pm

    त्यो ठाउंमा कुनै नेता भएको भए यस्तो गर्दैन थ्यो ।

    Reply
  5. suman says:
    February 17, 2016 at 11:55 am

    it is loosing mindset of indian not technical mistake.

    Reply
  6. Shankar Khatiwada says:
    February 17, 2016 at 11:43 am

    यसको जवाफ अायोजकले देअाेस् ।

    Reply
  7. sushil says:
    February 17, 2016 at 7:19 am

    प्राविधिक गल्ति भएको भए त उद्घोषकको माइक पनि नचल्नुपर्ने हो. भैयाहरुले हेप्न पायो भने कस्तो हेप्छन. यिनीहरुमा भएको पूर्वीय सभ्यता अंग्रेजले ध्वस्त पारे, तर पश्चिमी सभ्यता सिक्न सकेनन. त्यसैको परिणाम हो न अरुलाई सम्मान गर्न जान्दछन, न सम्मान कमाउन जान्दछन.

    Reply
  8. Sandip says:
    February 17, 2016 at 4:02 am

    तर नेपाली खेलाडीले पुरा गीत् गाईदिएको सारै राम्रो लाग्यो.

    Reply
  9. eklavya says:
    February 16, 2016 at 10:00 pm

    Dhotis are dying of jeolousy they dont know how to stop these guys ‘kaatdalo, dhodalo, chirdalo, faaddalo’ but beta these are gorkhalis so aadat dalo. Actually this game was dedh arab vs 3 crore if u figure it out it was just unbelievable task. Jay gorkhas!!!!

    Reply
  10. घले तामांग says:
    February 16, 2016 at 9:14 pm

    प्राविधिक गल्ति हो भन्ने लाग्छ यद्यपि सामान्य चाहि भन्न मिल्दैन| उद्घोषकले अर्का राष्ट्रका राष्ट्रिय धुन रोकीदां समाप्त भयो भन्ने लागेको हुनसक्छ तर थाहा पाएपछि तुरन्तै क्षमा याचना गरेको भए कुरा त्यहि टुङ्गिने थियो होला| हामी क्षमाशील र fair minded नेपालीले तुरन्तै स्वीकार गर्ने थियौ|
    जे होस् यसमा हाम्रा खेलाडीहरु डबल बिजेता भए| पैले फाइनल जिते र त्यसपछि बिदेशी भूमिमा राष्ट्रिय गान अधुरो हुन् नदिई गाएर जिते|
    जसले नेपालको शिर माथि राख्छ, त्यस्तालाई यो नेपालीको हृदय देखि श्रद्धा र सलाम|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme