Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो सस्पेन्स थ्रिलर जस्तो खेल, तर ४-३ को विजयसहित सुखद अन्त्य : नेपाल Vs माल्दिभ्सका ८ मोड

Posted on February 14, 2016February 14, 2016 by Salokya

NepVsMal (24)
साग फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको खेल ज-जसले दूरदर्शनको स्पोर्टस् च्यालनमा लाइभ हेरेका थिए वा सोसल मिडियामा लाइभ अपडेट हेरेका थिए, उनीहरुलाई सस्पेन्स थ्रिलर जस्तो पक्कै महसूस भयो होला।

नेपालले जितिसकेको गेम हार्‍यो भनेर थकथक मानेकाहरु खेलको अन्त्यसम्ममा जित्यो भनेर उफ्रिन भ्याइसकेका थिए। त्यसमाथि नेपाली फुटबललाई नवयुगमा फर्काउने मानिएको नवयुग श्रेष्ठको ह्याट्रिक। यो रोमाञ्चक खेलका आठ मोड यस्ता थिए।

NepVsMal (4)

पहिलो मोड : अन्जन विष्टको अग्रता

खेल १५ औँ मिनेटमा चलिरहेको थियो। विमल घर्ती मगरको पासलाई अन्जन विष्टले पोस्टमा छिराइदिए। सुरुमै अग्रता लिएपछि नेपालको मनोबल अझ उकासियो।

NepVsMal (10)

दोस्रो मोड : नवयुगको गोल

३६ औँ मिनेटमा नवयुग श्रेष्ठले गरेको शानदार गोलपछि मध्यान्तरसम्म नेपालले २-० को अग्रता लियो।

NepVsMal (5)

तेस्रो मोड : माल्दिभ्सको आक्रमण

माल्दिभ्सले ५२ औँ मिनेटमा गोल गर्‍यो। मोहम्मद हाम्जाले प्वाइन्ट ब्लांकबाट गोल ठोके। विकेश कुथु त के संसारका कुनै पनि गोलकिपर त्यस्तो अवस्थामा बल रोक्ने अवस्थामा हुँदैनन्।

NepVsMal (11)

चौथो मोड : रेडकार्ड

माल्दिभ्सको आक्रमण जारी थियो। नेपाली डिफेन्सले धेरै काम पाइरहेका थिए। ६५ औँ मिनेटमा कमल श्रेष्ठले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नु पर्‍यो। नेपाल १० खेलाडीमा सीमित हुन पुगेपछि थप दबाबमा पर्‍यो।

NepVsMal (7)

पाँचौँ मोड : माल्दिभ्सको बराबरी

निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी छँदा माल्दिभ्सका अहमद नसिदले गोल ठोके। 0-२ ले पछि परेको माल्दिभ्स २-२ को बराबरीमा आउन सफल भयो।

NepVsMal (2)

छैटौँ मोड : माल्दिभ्सको अग्रता

थपिएको आधा घण्टा समयमा पहिलो १५ मिनेट बिना गोल सकियो। बाँकी १५ मिनेट सकिन पाँच मिनेट बाँकी छँदा हसन नाइजले गोल गरेपछि माल्दिभ्सले खेलमा पहिलो पटक अग्रता लियो। यो त्यही मोड थियो जहाँ पुरानो युगको नेपाली फुटबलका फ्यानहरु निराश भएका थिए। तर यो नवयुग फुटबल थियो। खेल जित्ने आत्मविश्वास नेपाली खेलाडीको थियो जसलाई बाँकी केही मिनेटमा पुष्टि गर्ने आधार भेटियो।

NepVsMal (16)

सातौँ मोड : नवयुगको बराबरी

माल्दिभ्सको अग्रता दुई मिनेट पनि टिकेन। ११७ मिनेटमा नवयुग श्रेष्ठले गोल गरी खेललाई ३-३ को बराबरीमा पुर्‍याए। अब पेनाल्टी सुट आउटबाट टाइ ब्रेक हुने लक्षण देखा परेको थियो।

NepVsMal (20)

आठौँ मोडमा चमत्कार

निर्धारित ९० मिनेटको खेलपछि ३० मिनेटको समय सकिसकेको थियो। एक मिनेट इन्जुरी टाइम थपिएको थियो। यसैमा भयो चमत्कार। नवयुगले दुई मिनेटको अन्तरालमा अर्को गोल थपे। र, नेपाल ४-३ ले विजयी भयो। स्कोर सुन्दा टाइब्रेकरको जस्तो सुनिन्छ। तर होइन। अब नेपालले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ। महिला फुटबलमा पनि नेपालले भारतसँग नै स्वर्ण पदकका लागि खेल्नेछ।

NepVsMal (23)

साग सेमिफाइनल। नेपाल Vs माल्दिभ्स

साग सेमिफाइनल। नेपाल Vs माल्दिभ्स

Posted by Mysansar on Saturday, February 13, 2016

8 thoughts on “कस्तो सस्पेन्स थ्रिलर जस्तो खेल, तर ४-३ को विजयसहित सुखद अन्त्य : नेपाल Vs माल्दिभ्सका ८ मोड”

  1. Surendra shrestha says:
    February 14, 2016 at 9:41 pm

    नवयुग तिमीलाई हामी सारा नेपालीले हाम्रो पेले भनेर भनन पाउ कहिले पनि जितमा नमात्ति हारमा नातिकन खेल खेलमा हारजित त भैहाल्छ अनि घाइते हुनेगरी कहिले पनि नखेल भोलिको खेलको खेलमा सफलताको कामना छ.

    Reply
  2. Ajaya says:
    February 14, 2016 at 7:50 am

    That was a phenomenon performance by our Nepali boys. Kudos!

    Reply
  3. aneal khadgi says:
    February 14, 2016 at 7:40 am

    “माल्दिभ्सले खेलमा पहिलो पटक अग्रता लियो। यो त्यही मोड थियो जहाँ पुरानो युगको नेपाली फुटबलका फ्यानहरु निराश भएका थिए। तर यो नवयुग फुटबल थियो। खेल जित्ने आत्मविश्वास नेपाली खेलाडीको थियो जसलाई बाँकी केही मिनेटमा पुष्टि गर्ने आधार भेटियो।”
    सहि लाइन
    गेम प्रत्यक्ष हेर्न नपाए पनि हेरे जस्तै भयो !
    बधाई टिम नेपाललाई, अनि फाइनलको लागी सुभकामना

    Reply
  4. eklavya says:
    February 14, 2016 at 4:58 am

    There’s no word to define the emotion at such incredible moment with outstanding come back while everything goes wrong and suddenly a miracle happens. Its like man city winning title at 2012/13 and nawayug is like sergio aguero for us. Now theres no doubt our striker nawayug is the best player of all time in our nepalese football history and time will say in south asia too…

    Reply
  5. abi says:
    February 14, 2016 at 3:45 am

    वास्तवमा नेपाली फुटबल खतरा नै रहेछ नि साला घास खाने गोरुहरुले म्याच फिक्सिङ्ग गरेर पो रहेछ….. बधाई नेपाली टिम एन्ड नेपाली फ्यानलाई
    जय नेपाल जय नेपाली फुटबल

    Reply
  6. dalsinghroka says:
    February 14, 2016 at 3:09 am

    I am so proud of for winning the both male & female football team on the semi-final.Hopefully I wish & pray for win the final turnament also.”Jaya Gorakhnath,Jaya Pashupatinath,Jaya Nepal “

    Reply
  7. Surya says:
    February 14, 2016 at 2:17 am

    खेल त हेरिएन तर सुन्दा सनसनीपूर्ण लाग्यो. अब दुबई पुरुष र महिलाको फाइनलमा भारतलाई पराजित गर्न सकियो भने चाहिं गज्ज़ब नै हुन्छ. बधाई छ.

    Reply
  8. paras says:
    February 14, 2016 at 1:50 am

    ल यसरी नै गरि इंडिया लाइ पनि हराउनु. ले बधाई छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme