Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँले सुन्नुभयो त विश्वभर हङ्गामा मच्चाउने त्यो आवाज?

Posted on February 12, 2016February 12, 2016 by Salokya

e17_2_medium
तपाईँ डेस्कटप वा ल्यापटप चलाइरहनुभएको छ र तपाईँको कम्प्युटरको साउन्ड भोल्युम ठूलो र ‘अन’ छ भने यो पेजमा तपाईँले एक किसिमको आवाज दुई पटक सुनेको हुनुपर्छ- टुरुक, टुरुक।

यो कुनै सामान्य आवाज होइन। बिहीबार यो आवाज विश्वभर ब्रेकिङ न्युज बन्यो। आइन्सटाइनले सय वर्ष अगाडि गरेको भविष्यवाणीलाई सही बनाउने आवाज थियो त्यो।

पृथ्वीबाट अर्बौँ प्रकाश वर्ष टाढा रहेका दुई ब्ल्याक होलहरु ठोक्किँदाको आवाज हो यो। आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तलाई सही ठहर्‍याउने यो आवाजलाई बिहीबार भौतिकशास्त्रीहरुको एउटा समूहले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।


उनीहरुका अनुसार यो आवाज गुरुत्वाकर्षणीय तरङ्ग (gravitational waves) को पहिलो प्रत्यक्ष प्रमाण हो।

न्युयोर्क टाइम्सले यो आवाजलाई फोनको आविस्कार गर्ने अलेक्ज्यान्डर ग्राहमबेलको ‘मिस्टर वाट्सन- कम हियर’ भनेको र अन्तरिक्षबाट स्पुटनिकको पहिलो बिपको आवाजसँग तुलना गरेको छ।

किन महत्वपूर्ण ?
यो एक शताब्दीकै सबैभन्दा ठूलो एस्ट्रोफिजिकल खोज हो। यो किन महत्त्वपूर्ण छ भने यसले ब्रह्मान्डको सञ्चालन कसरी हुन्छ भन्ने हाम्रो बुझाइलाई मात्रै सुधार गर्दैन, यसको अध्ययनका लागि एउटा नयाँ ढोका खोलेको छ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ता डेभिड ब्लेयरले सजिलो भाषामा सम्झाएका छन्- ‘अहिलेसम्म हामी बहिरा थियौँ। अब हामीले कसरी सुन्ने भन्ने जानेका छौँ। ब्रह्मान्डले हामीसँग बोलिसकेको छ र हामीले बुझिसकेका छौँ।’

Gravitational

कहाँबाट आयो आवाज?
LIGO – the laser interferometer gravitational-wave observatory को मद्धतबाट यो आवाज सुन्न पाइएको ह्यो।

१४ सेप्टेम्बर २०१५ मा Livingston lab जुन Louisiana मा छ त्यहाँको सिस्टममा एउटा ब्लिप सुनियो। त्यसको सात मिलिसेकेन्डपछि ४ हजार किलोमिटर टाढा वासिङ्गटनको हान्फोर्डस्थित अर्को ल्याबमा त्यस्तै ब्लिप सुनियो जुन पृथ्वीबाट गुज्रेको ग्राभिटेसनल वेभको कारण भएको थियो।

अलि लामो समय सुन्नुस् त्यो आवाज-

11 thoughts on “तपाईँले सुन्नुभयो त विश्वभर हङ्गामा मच्चाउने त्यो आवाज?”

  1. Michael says:
    February 13, 2016 at 6:54 pm

    यो किन सुन्ने ? मान्छेले बनाएको अवाज !!हामि नेपालि लाइ के सुन्ने , मनोरन्जनको को कमि छ ?
    कांग्रेस ले सिंगापुर बनाइदिने भन्यो , माउबादिले स्वित्ज़र्ल्यांड , आजकाल ओली र ठुला पार्टी हरु एकातिर भुकम्प पिडित को नाउमा आएको तेत्रो रकम मा र्याल काटेर कसरि चुहावट गर्दैछ आर्को तिर अब काठमान्डू मा मेट्रो रेल , घर घर मा ग्यास को आवाज पनि के ब्ल्याक होल ठोकिएर आएको अवाज भन्दा कम रोचक छ | त्यहा त् अवाज क्वाक क्वाक गर्दै आएको मात्र छ , एता को अवाज त् १८० डिग्री घुम्छ पनि | उत्तर तिर ४-५ नाका , सब नाका खोल्छु ,पहिला चीन जान्छु भन्ने आवाज , अब १८० डिग्री घुमेर परम्परा कायम गर्न पहिले भारत जाने रे ?
    नाका को कुरा त् पहिलेइ डोका मा हलिसके !!

    Reply
  2. sushil says:
    February 12, 2016 at 3:23 pm

    अन्तरिक्ष्यमा त भ्याकुम हुन्छ र त्यहाँ sound travel गर्दैन भनेको होइन र?
    कोही विज्ञ हुनुहुन्छ भने नेपालीमा बुझाइदिनुभए आभारी हुने थिएँ.
    (राजनीतिक नियुक्ति पाउनुभएको सरकारी विज्ञ हुनुहुन्छ भने कष्ट नगर्नुहोला)

    Reply
    1. Rohini says:
      February 12, 2016 at 11:23 pm

      ब्रम्हाण्डमा भ्याकुम हुदैन साथी| भ्याकुम भनिएको ठाउमा पनि हामीले देख्न नसकेका र बुझ्न नसकेका धेरै अणुहरु हुन्छन जसलाई डार्क म्याटर वा डार्क इनर्जी भनिन्छ र
      तेसैको माध्यामबाट हामीले तेती परको अवाज पनि सुन्न सकेउ| बैज्ञानिकहरु डार्क म्याटर को अनुसन्धानमा पनि लागिराखेका छन्|

      Reply
    2. uttam says:
      February 13, 2016 at 8:54 pm

      सुशील जी,
      You are right that for all purpose space has no medium to propagate sound. The sound didn’t literally propagate to us from the billion years old source, so in some sense this is not a real sound of merging black holes, rather is an audio representation of the data they took. The information from the merging black hole propagated as a ripple of gravitation waves and using very sensitive detectors, the ripples were detected as some numbers. Later for making it relatable to general people’s experience the data (literally detectors’ readings) was converted into audio form.

      Reply
  3. SHYAM says:
    February 12, 2016 at 3:14 pm

    WHATEVER THE DISCOVERIES OCCUR IN THE MINDS OF SCIENTISTS IN THE LAB OR IN THE RESEARCH CENTERS ALL OVER THE WORLD NEPALESE ARE STILL STRUGGLING WITH FUEL SUPPLY, LOAD SHEDDING, FOOD, SHELTERS EDUCATION. THIS HARSH REALITY REALLY PINCHES DEEP INSIDE.

    Reply
  4. krishna says:
    February 12, 2016 at 2:08 pm

    it is great discovery and helps to find the Universe mysteries. Opening the door for many discoveries.

    Feeling proud that one Nepali scientist is also there.

    Reply
  5. Sanjeev Ranabhat says:
    February 12, 2016 at 11:11 am

    Salyokaji and all others:
    This is a proud moment for all Nepalese and Nepal too because a Nepali PHd student (at university of Oregon) and scientist Mr. Sudarshan Karki was involved in the discovery.
    Saloykaji please interview him or try to highlight him. You can search him on Facebook. I will message the email address to you.

    Reply
  6. Shirjan says:
    February 12, 2016 at 6:54 am

    होइन भन्या, हामीले लाइन नबसी कहीले तेल पाउछौ भन्या।

    Reply
    1. PradeepMS says:
      February 12, 2016 at 10:48 am

      हो भने !
      अनि साँचै, Loadshedding फेरी बढेको त छैन हो ???

      Reply
  7. Prem says:
    February 12, 2016 at 4:27 am

    Thank you for posting this. This is indeed a great news. For the first time, it crashed the APS journal site. This discovery of gravitational waves will probably get the Nobel prize.

    Reply
  8. binata says:
    February 12, 2016 at 3:48 am

    here is the information
    https://www.theguardian.com/science/2016/feb/11/gravitational-waves-discovery-hailed-as-breakthrough-of-the-century

    Reply

Leave a Reply to SHYAM Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme