Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Breaking : पूर्व प्रम सुशील कोइरालाको मृत्यु

Posted on February 9, 2016February 9, 2016 by Salokya

koirala
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति साढे १२ बजे मृत्यु भएको छ। एकाबिहानै यस्तो अप्रत्याशित खबर सुन्नुपर्‍यो। खबर सुन्ने सबैलाई यो अप्रत्याशित नै लाग्यो। किनभने कोइराला सिकिस्तै बिरामी भएको खबर कसैले सुनेका थिएनन्। उनकै भतिज तथा स्वकीय सचिव अतुल कोइरालालाई पनि हेक्का थिएन। उनका अनुसार दुई दिनदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो। सामान्य समस्या भन्ठानेर कोइराला आफै पनि अस्पताल गएका थिएनन्। दम र फोक्सोको पुरानै समस्या थियो। उनी सोमबारको उनैले उद्घाटन गर्ने भनिएको काठमाडौँ जिल्ला अधिवेशनमा अनुपस्थित थिए। तर एक्कासी मृत्युको खबर आयो। हार्दिक श्रद्धाञ्जलि !

9 thoughts on “Breaking : पूर्व प्रम सुशील कोइरालाको मृत्यु”

  1. kedar says:
    February 9, 2016 at 5:06 pm

    बैकुण्ठ बासको कामना सहित हार्दिक श्रद्धान्जली र सोकाकुल सबैलाई इश्वरले सहन शक्ती प्रदान गरुन |

    कती मरेपछि गुण गान मात्रै गाउने ?

    देशलाई गुण त यिनले धेरै लगाएर गए तर सत्ता र शक्ती लिप्ताताको अबगुण पनी छोडेर गए | प्रजातान्त्रिक पार्टीमा स्वस्थ प्रतिष्पर्धाले अरु कोही उक्लिन खोज्दा कोइराला परिवारको गुण सम्झ भनेर एउटा पारिवारको पार्टीमा सिमित गर्न खोजे कांग्रेसलाई | मन्त्रि परिसद्मा मन्त्रीले पनी हेप्ने प्रधानमन्त्रीको छाप छोडेर गए | अन्त्यमा भारतको गोटी बनियेरा छोडे |

    Reply
  2. सन्त मान श्रेषठ says:
    February 9, 2016 at 8:53 am

    हार्दिक श्रद्धाञ्जली ।

    Reply
  3. Michael says:
    February 9, 2016 at 7:18 am

    जिन्दगी भर बिहे गरेनन , बुडेश काल मा पनि फुटबल खेलेर गोल गरेका थिए , पद मा बस्न भनेपछि हुरुक्क हुने , काम चै गर्न नसक्ने खालका सोजो व्यक्ति थिए |
    हार्दिक श्रद्दान्जली

    Reply
  4. Dev says:
    February 9, 2016 at 6:28 am

    एक जना ईमान्दार राजनितिग्यको अन्त्य। आत्माको बैकुण्ठबासको कामना गर्दै हार्दिक स्राधान्जली तथा संवेदना।

    Reply
  5. जहान सिँह श्रेष्ठ says:
    February 9, 2016 at 6:04 am

    मृत्यु कहिलयै सुखद हुदैन। यसले निःसन्देह परिवार समाज तथा देशलाइनै शोकाकुल बनाउछ तथापि मृत्यु साश्वत सत्य पनि हो।

    मान्छेको गुण र दोष त भइहाल्छ। उमेर अनी उनले प्राप्त गरेको पद हैसियत हेर्ने हो भने उनले पाउन बाँकी केही छैन। तर समाज र देश प्रति कति योगदान रह्यो त्यो चाही महत्वपूर्ण हुदोहो। उनको सादा जीबन शैली र सम्बिधान जारी गर्न खेलेको भूमिका प्रति नेपालीहरू अनुग्रहित नै हुनु पर्छ। तर आन्तरिक पार्टी राजनीतिमा नया पुस्तालाई अगाडी आउनै नदिने, समयको मागलाई बुझेर निर्णय लिव नसक्ने र पारिटीलाई पारीवारीक रुपमै वा गूटगत रुपमै चलाइरहनु उनको कम्जोरी नै होला।

    मृत्यु दुखद नै भए पनि अब देशले अनी सबै पारटीहरुले युबा नेत्रृत्व पाउन। त्यसको निम्ति श्रद्धेय सुशिलदाले कम्तिमा पनि कांग्रेसबाट २, एमालेबाट ३, सबै राप्रपाबाट ६ र अरु सबै साना ठूला झिंगा मसिना पार्टीहरूबाट १।१ जना उमेर पुगेकाहरूलाई माथी स्वर्गमै राजनीति गर्न यथासक्य छिटो लाने काम गर्नु भो भने उहाँको निम्ति बैकुनठ बास पक्का।

    दुखद क्षणमा उहाँको परीवारजन तथा सबै काग्रेसबृत्तमा समबेदना।

    Reply
  6. madan bajracharya says:
    February 9, 2016 at 5:34 am

    मात्रिका र बि पी जिपिकै खलक को भयर पनि उनीहरु भन्दा नितान्त फरक देखियो सुसिल/ अरुले जस्तै प्रधान मन्त्रि हुना साथ् भारतको टिका थाप्न पनि गयन/ उसको पालामा कुनै रास्त्रघाती सम्झौता पनि भयन र संबिधान बनाउँदा भारतको दवाव पनि मानेंन/ मलाइ लाग्थ्यो सुसिलले यमाले सिट भयको सहमति पनि मान्थ्यो र मान्न नसकेको कारण उसैको होला जस्तो लाग्दैन/ सुसिल नेपालको राजनीतिमा ठुलै सम्मान पाउन सक्ने देखिन्थ्यो तर उसैको दल भित्र होचा पुड्का जीपीहरु अझै बलियो भयको कारणले तेसो हुन् पायन/ जीपीले त् तराइलाइ मधेसीको मधेश बनाउने कुनै प्रयास बाकि राखेको थियन तर सुसिल ले तेसो हुन् दियन/ यसैले उसलाई मोदीले टेलिफोन मा पनि कुरा गर्न चाहेन/ भारत सिट नझुकेर संबिधान बनाउन सफल भूमिका निभाउने सुसिलालाई उसैको दलकाले सम्मान गरे जस्तो लाग्दैन तर नेपालीले सम्मान गर्छ भन्ने बिस्वास गर्छु/ नेपालमा भारतको हस्तछेप लाद्ने कोईरालाको कांग्रेसमा अपबाद बनेको सुसिल दिवंगत भयकोमा दुख व्यक्त गर्दै उहा बित्नु भयकोमा मनैले दुख मान्नेहरु प्रति हार्दिक सहानुभूति तक्राउन चाहन्छु/

    Reply
    1. Devendra Basnet says:
      February 9, 2016 at 7:14 pm

      मदन जी, सुशील ले पनि रस्त्रघाती सम्झौता गर्न भ्याए . संसार कै सस्तो जलबिधूत आयोजना भनिएको अपर कर्णाली भारतीय कम्पनि GMR लै .सुम्पन भ्याए . प्रचण्ड र ओली को बलमा सम्भिधान भने घोसडा गर्ने जसपाए.

      Reply
      1. madan bajracharya says:
        February 12, 2016 at 1:00 am

        देवेन्द्र ज्यु
        माफ गर्नुस मलाई त्यो कुरो थाह भयन/ रास्ट्रको श्रोतमा सन्धि गर्दा नेपालले आधा फाइदा पाउनु पर्ने सदन बात अनुमोदित हुनु पर्ने प्रावधान भयको २०४८को संबिधान खारेज गर्दै भारतको स्वार्थमा बाधक नबन्ने नेताहरुको मिलिजुली हुकुमी शासन चलेको बेला, नेपालमा भारतको हस्तछेप लाद्नेहरुको भिड अझै बलियो भयको कांग्रेसको सुसिल यक जनाले चाहेर पनि केहि नहुने र भय गरेमा के गरिने भन्ने कुरा प्रमाण बनेको छ सुसिल/ सुसिल इमान्दार पनि हो निरह पनि हो/ सकिन्छ भने २०४८को संबिधान खारेज भय देखि नया संबिधान लागु नहुन्जेल रास्ट्रको श्रोताहरुमा भारत सिट भय गरेका सबै सन्धिहरु को बारे सदनमा गहन छलफल हुनु पर्छ र गलत देखियको सबै खारेज गर्नु पर्छ र रास्ट्रिय श्रोतहरुलाइ प्रदेशको अधिकार भित्र होइन केन्द्रको अधिकार छ्य्त्र भित्र पार्नु पर्छ.

        Reply
  7. Uttam says:
    February 9, 2016 at 5:33 am

    RIP

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme