Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारले अन्तरिम संविधान खारेज भइसकेको पत्तै पाएनछ !

Posted on February 5, 2016February 5, 2016 by Salokya

lokman
बिहीबार अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासमा भेटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझाए। भ्रष्टाचार नियन्त्रणका लागि गठित आयोगले नेपाललाई भारत र चीनको ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्नुपर्नेदेखि काठमाडौँमा फ्लाइओभर, मेट्रो रेल र मोनो रेल चलाउनसम्मको असम्बन्धित सुझाव समेटिएको प्रतिवेदन वास्तवमा उनले पुरानो संविधान अनुसार राष्ट्रपतिलाई बुझाउने भए विद्या भण्डारीलाई भेट्न पर्दैन थियो, रामवरण यादवलाई भेट्न जानु पर्थ्यो। असोज ३ गतेदेखि लागू भइसकेको नयाँ संविधानमा अख्तियारले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनु पर्ने प्रावधान त छ तर कुन धारामा छ भनेर खोज्न गाह्रो भए जस्तो छ। त्यसैले राजा ज्ञानेन्द्रको पालाका मुख्य सचिव लोकमानसिंह कार्कीले खारेज भइसकेको अन्तरिम संविधानको धारा कोट गर्दै प्रतिवेदन बुझाएको वक्तव्य सार्वजनिक गरेर जग हँसाउने काम गरे।

ciaa1
अख्तियारले फेसबुकमा राखेको विज्ञप्ति जसमा खारेज भइसकेको अन्तरिम संविधानको धारा उद्‍धृत गरिएको छ। असोज ३ गते लागू भएको नेपालको संविधानको धारा ३०८ ले नेपालको अन्तरिम संविधान २०६३ लाई खारेज गरेको छ। अतः कुनै पनि निकायले खारेज भइसकेको संविधान अनुसार काम गर्न मिल्दैन। संवैधानिक अंगले त झन् मिल्दै मिल्दैन।

संविधानको पालना र संरक्षण गर्नुपर्ने मुख्य कर्तव्य रहेको राष्ट्रपतिले समेत यस विषयमा हेक्का राखिनन्। खारेज भइसकेको संविधानको प्रावधान अनुसार अख्तियारको प्रतिवेदन बुझ्दै अख्तियार टोलीसँग फोटो सेसन गर्नमा उनी व्यस्त रहिन्।

नयाँ संविधानमा पुरानो संविधान जस्तै अख्तियारलाई नै तोकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनु पर्ने लेखिएको छैन। तर संविधानको धारा २९४ मा संवैधानिक निकायले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने प्रावधान भने राखिएको छ।
294

12512569_593030680846252_4147897268743832307_n

12647127_593030627512924_363794277822493969_n

(नयाँ संविधान अनुसार अख्तियारले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नै नपर्ने भनी यसअघि लेखिएकोमा संविधानको धारा २९४ को प्रावधानलाई हेरेर यो ब्लग सच्याइएको छ)

9 thoughts on “अख्तियारले अन्तरिम संविधान खारेज भइसकेको पत्तै पाएनछ !”

  1. XYZ says:
    February 5, 2016 at 5:47 pm

    Why Mysansar is trying to outfox CIAA? The submitted report must have been made for the fiscal year 2071/72 when the current constitution have not come into force. ali dimag lagau bhai.

    Reply
  2. devendra says:
    February 5, 2016 at 4:22 pm

    hahahahahah kati hasnu haserai marne ve baa ….

    Reply
  3. XYZ says:
    February 5, 2016 at 2:43 pm

    There are only six people in the team, where is Mr Kesav Baral, he is there or missing deliberately?

    Reply
  4. डा. सुरज श्रेष्ठ says:
    February 5, 2016 at 8:00 am

    अख़्तियार दुरुपयोग गरी आफ्नो अधिकार नाघेको यस कदमकोलागी अख़्तियार दुरुपयोग अनुसंधान आयोगलाई कस्ले कारवाही गर्ने ?

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  5. Mk says:
    February 5, 2016 at 7:55 am

    रुवाउने काम कुरो भन्दा त् हस्सउने काम कुरो नै राम्रो हो नि त् .

    Reply
  6. Ramchandra upadhyay says:
    February 5, 2016 at 5:43 am

    मिहिनत परिसरम नगरी हुकुम बक्से बमोजिम पदबहाल गर्नेहरुको awastha

    Reply
  7. Michael says:
    February 5, 2016 at 4:30 am

    IT seems to me like they are playing children game ” king and queen.”

    Reply
  8. Ekraj says:
    February 5, 2016 at 2:59 am

    Very strange. A mob of thugs, corrupt, irresponsible, careless and intlectually disabled people can be only a laughing stuff and can not be useful for anything.

    Reply
  9. dor Prasad says:
    February 5, 2016 at 2:51 am

    अकित्यर को कमजोरी – येति पनि न थाहा पौने ले अरुले कानुन दुरुपयोग गरेको के थाहा पाउने …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme