Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली नेताका फोटोमा ‘पोज’ को विवाद

Posted on February 3, 2016 by Salokya

12642885_458541961011331_529040668187424490_n
भारतको बिहार राज्यका नेता लालुप्रसाद यादवलाई भेट्न गएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको फोटो सोसल मिडियामा भाइरल भएपछि विभिन्न प्रतिक्रिया आए। सामान्य मानिसका त कुरै छाडौँ, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले समेत ट्विट गरी भने- यो तस्विर देख्दा कुनै पनि स्वाभिमानी नेपाली खुसी हुन सक्दैन।

यो तस्विर देख्दा कुनै पनि स्वाभिमानी नेपाली खुसी हुन सक्दैन pic.twitter.com/xlwmHlv0OK

— Kamal Thapa (@KTnepal) February 1, 2016

उनको यो प्रतिक्रियाले थप क्रिया प्रतिक्रिया जन्मायो। कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखे–

परराष्ट्र मन्त्री थापाले ट्विट गर्दै स्वाभिमानको तर्क पेस गरेर ‘आफू भने सही छु’ भन्ने देखाइरहने कि साँच्चै कूटनीतिक परिपाटी र नियमसम्मत पद्धतिको कुरा गर्ने ? अचम्म के छ भने न प्रधानमन्त्री ओली अथवा न परराष्ट मन्त्री थापाले मधेसी मोर्चा नेताहरूको अनौठो हर्कतबारे कहीं कतै सरोकार नराख्ने निश्चित छ । किनभने यसो भएमा आसन्न भनिएको दिल्ली भ्रमण फेरि रोकिन सक्ने स्थिति आइपर्न सक्छ ।

कान्तिपुरका दिल्ली संवाददाता भट्टराईले अझ थपेका छन्-

इन्धन आपूर्ति लगायत व्यापार सम्झौताको उपाय खोज्न काठमाडौंबाट बेइजिङ पठाइएका परराष्ट्र मन्त्री कमल थापाको ‘हातलागी’ पनि थाहा पाइसकेको दिल्लीले यसको ‘प्रतिक्रिया’ पनि चर्को संकेतसहित दिइसकेको छ । पृष्ठभूमिमा हेर्ने हो भने थापाको विगतको दिल्ली भ्रमण पनि कूटनीतिक समझदारी र सहमति पहिल्याउने मामलामा असफल सावित भैसकेको छ।

त्यसो त थापाका लगातारका दिल्ली भ्रमणका ‘प्रतिबद्धता र उपलब्धि’बीच कुनै तारतम्य नदेखेपछि यसपटक भारतीय विदेश मन्त्री सुषमा स्वराजका तर्फबाट नेपालका अर्थमन्त्री विष्णु पौडेललाई दिल्ली भ्रमणको निम्तो दिइएको छ । कूटनीतिक संकेत बुझ्ने हो भने पदीय समकक्षता र प्रोटोकलका हिसाबमा पनि प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको पूर्वतयारीमा परराष्ट्र मन्त्री थापा दिल्ली आउनुपर्ने हो, तर त्यसो भैरहेको छैन । यसको स्पष्ट अर्थ, हाम्रो कूटनीतिक संयन्त्रलाई जानाजानी पन्छाइएको र अस्वीकार गरिएको संकेतसमेत हो । यस पटक एमाले पार्टीकै नेता एवं ओलीका विश्वास पात्रका आधारमा पौडेल दिल्लीमा सूत्रधार बनेर आउन लागेका हुन्, यसमा कूटनीतिकभन्दा राजनीतिक संयन्त्रले काम गरेको देखिन्छ ।

मिडियामा मात्र हैन सोसल मिडियामा पनि फोटोको पोज बारे बहस छन्। सुभाषचन्द्र साहले लेखेका छन्- यो तस्विर साह्रै स्वाभिमानी नेपालीको। गुड विद्यार्थी ठिङ्ग्रिङ्ग परेर टाउको झारेर चाकरीको स्पस्ट शारीरिक भाषामा उभिनु पर्नेरहेछ नेपाली हुन हगि-
12643038_10153857185480692_7813938925994520291_n

ओलीले भारतीय राजदूत भेट्दा र तत्कालीन प्रम माधव नेपाल पत्नीले भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई भेट्दाको पोजको कुरा पनि उठेका छन्-
pose

तर यी बहस आफ्नो दोष देख्दै नदेख्ने, अरुको मात्र दोष देख्ने प्रवृत्तिबाट ग्रसित भने छन्।

5 thoughts on “नेपाली नेताका फोटोमा ‘पोज’ को विवाद”

  1. Govinda says:
    February 3, 2016 at 6:41 pm

    बिहारी लालुका अघि त एस्तो छ, गुजराती ठालुका अगाडी झन् के गर्दा हुन् नेताहरु?

    Reply
  2. dor prasad says:
    February 3, 2016 at 6:32 pm

    घुक्दै मा कोहि सानु हुदैन … मित्र संग झुक्नु पनि पर्छ , सत्रु संग कोहि झुक्दैन …

    लालु मदेशी ससुरा भएका ले लम्पसार दंदबत गरे पनि फरक पर्दैन … कुरो देश को (घर) को आन्दोलन लागि बिदेशी गुहार्नु राम्रो होइन …

    Reply
  3. sham says:
    February 3, 2016 at 4:23 pm

    It does not become to Kamal Thapa jee He is not different than Madhesi leaders, as also commented above.So pl think over how to solve the Madhesi problem instead of teaching about moral to others.

    Reply
  4. Dinesh KC says:
    February 3, 2016 at 4:13 pm

    This is not valid topics to discuss. Actually respecting other is learned by every person in our culture. The main thing is how our leaders have been dealing with our neighbors. Our bad luck is that we never get any statemensip leaders in our country.

    Reply
  5. bijay says:
    February 3, 2016 at 12:01 pm

    आफ्नो कुर्सि भन्दा माथि केहि नदेख्ने नेताबाट रास्ट्रको स्वाभिमानको अपेक्छ्या गर्नु बेकार छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme