Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नेपाली फुटबलमा नवयुग सुरु भएको हो? यस्तो थियो नवयुगको ह्याट्रिक गोल

Posted on January 19, 2016 by Salokya

Nawayug-Shrestha-Nepal-Army-Club नेपाली फुटबल फ्यानहरुले खुसी मनाउन नपाएको धेरै भइसक्यो। त्यसमाथि म्याच फिक्सिङको आरोपमा कप्तानसहितका खेलाडीहरु फँसेका छन्। एन्फा अध्यक्ष गणेश थापा फिफाद्वारा निलम्बित छन्। निराशै निराशाको यस्तो बेला के अब फुटबलको नवयुग सुरु हुन लागेको हो? बंगलादेशमा भइरहेको बंगबन्धु कपको सेमिफाइनलमा नेपाली खेलाडीि नवयुग श्रेष्ठले ह्याट्रिक गरे। विशाल राईको एक गोल पनि जोड्दा नेपालले ४-१ को जित निकाल्यो। १७ वर्षपछि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्यो। के उपाधिविहीन नेपालको यात्रालाई टुङ्गिएला यसपालि? गणेश थापाले १९८७ मा, नरेश जोशीले १९९९ मा नीराजन रायमाझीले २००२ मा र भरत खवासले २०११ पछि नवयुग अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने पाँचौँ खेलाडी बनेका छन्। यस्तो थियो उनको ह्याट्रिक।

पहिलो गोल

विमल घर्ती मगरले पोस्ट ताकेर हानेको बल गोलकिपरले फर्काएपछि पोस्ट चुमाउने काम नवयुगले गरे। यो ३१ औँ मिनेटको कुरा थियो।

दोस्रो गोल

दोस्रो शानदार गोल विशाल राईले गरे ५२ औँ मिनेटमा। रविनले दिएको क्रसलाई अन्जन हुँदै विशालको खुट्टामा पुगेको थियो।

तेस्रो गोल

६२ औँ मिनेटमा विक्रमको पासमा नवयुगले आफ्नो दोस्रो गोल गरे गोलकिपरभन्दा माथिबाट प्रहार गर्दै जाली चुमाएर। यो वर्ल्ड क्लास गोललाई अर्को एङ्गलबाट हेरौँ

अर्को एङ्गलबाट

र यो ह्याट्रिक गोल

९१ औँ मिनेटमा विक्रमकै पासमा नवयुगले गरे ह्याट्रिक गोल।

इलाममा २५ वर्ष अघि जन्मिएका नवयुग आर्मीबाट फुटबल खेल्छन्। उनी राष्ट्रिय लिगमा १४ गोल गरी सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

9 thoughts on “के नेपाली फुटबलमा नवयुग सुरु भएको हो? यस्तो थियो नवयुगको ह्याट्रिक गोल”

  1. Vimal says:
    January 21, 2016 at 9:22 pm

    पुर्बेली ठिटो पो .. ? ल बधाई छ !

    Reply
  2. eklavya says:
    January 20, 2016 at 7:18 am

    The second one is like chip and volley mixed …just amazing!!! His foot moves like luis saurez …well done bro keep it up. Hope u will do this in final too ALL THE BEST ♡♡♡♡

    Reply
  3. Teji Rai says:
    January 20, 2016 at 7:06 am

    कस्को बिरुद्ध खेलेर जितेको भने पनि हुन्थ्यो नि सर. नेपाली राष्ट्रिय टोलीले U-२३ टीम लाई जित्दा नि यस्तो खुशी हजुरलाई ? भोलि baharain का स्कुले बिद्यार्थी लाई जित्दा झन् सार्बजनिक बिदा नै होकी ?

    Reply
    1. eklavya says:
      January 21, 2016 at 1:55 am

      Oh ! Com’on teji don’t be jeolous what do you think U-23 are lollypop boy or teenagers ? They are mature and for your kind information footballers peak ages are used to be normally between 21-30 and they are at their peak. If you are really sorry to those maldivians then show sympathy to them but don’t ever point to our quality bro …so cheer up for our team thats the spirit.

      Reply
    2. Suman Gurung says:
      January 21, 2016 at 6:01 am

      वा कम्मेन्ट वाला कस्तो दृस्टी राखेको !! ल ठिक छ कसको बिर्रुध्ध त लेख्न बिर्से !! तर Maldives को under23 टिम थिएन !! भएपनि Maldives लाई प्रतिनिधित्व गरेको थियो! कम्तिमा राम्रोलाई राम्रो भनौ होइन भने चुपचाप बसौ! जय नेपाल !

      Reply
  4. sushil says:
    January 20, 2016 at 6:25 am

    खड्ग प्रसादको गफ भन्दा पनि दामी गोल.
    जिन्दावाद!!! जिन्दावाद!!!
    अब ओभर नाइनटिनमा पनि येस्तै पर्फर्मेन्स दिन सकुन.
    हार्दिक शुभकामना!!!

    Reply
  5. jitu says:
    January 20, 2016 at 3:56 am

    wow, what a goals for Nepal, thank you salokya ji for news with video footage that runs automatically.

    Reply
  6. Surya says:
    January 20, 2016 at 3:54 am

    नवयुग सुरु भएको हो कि होइन भन्ने कुरो फाइनल पछि मात्र थाहा हुन्छ. तर जे होस् राम्रो खेल्यो नेपालले. बधाई!

    Reply
  7. Roshan says:
    January 20, 2016 at 1:31 am

    Maldives को खिलाडी हरु ले पनि match fix गरे जस्तो छ ………..
    anyway …
    नव युग , बिमल र बाल गोपाल sir लाई धन्यबाद र final मा नेपाली Team जितोस !!!!!!! शूभकामना … best of luck

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme