Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई विदेशी भूमिमा उपाधि जितायो

Posted on January 22, 2016January 25, 2016 by Salokya

12625884_10153984012990962_1485469827_n गणेश थापा नभए नेपाली फुटबल खत्तम हुन्छ भन्नेहरु थिए। तर नेपाली टोलीले उपाधि जित्न न गणेश थापा चाहिने रहेछ न सागर थापा। न जुमानु राई चाहिने रहेछ न अनिल गुरुङ। युवा टोली सक्षम रहेछ क्षमता रहेछ जसका कारण २३ वर्षपछि नेपाली फुटबल फ्यानहरुले खुसी हुने मौका पाए। दुई दशकभन्दा लामो उपाधिको खडेरीपछि नेपाली टिमले आज एउटा अन्तर्राष्ट्रिय उपाधि हात पार्‍यो बंगबन्धु कप।

बहराइनको यु २३ टिमलाई ३-0 ले हराएर उपाधि जित्दा नेपालले गरेका गोलहरु दर्शनीय थिए। ध्यान दिएर हेर्नुस् यी गोल जति हेरे पनि चित्त नबुझ्ने खालका छन्।

पहिलो गोल


खेल सुरु भएको चार मिनेट मात्र भएको थियो। विराज महर्जनले दायाँ छेउबाट दिएको क्रसलाई अञ्जन विष्टले पोस्टतिर ताकेर हेड गरे जसलाई गोलकिपरले छेके तर फुत्किएको त्यही बललाई विमल घर्ती मगरले पोस्टमा छिराइदिए। नेपालले अग्रता लियो १-० ले।

त्यही गोललाई अर्को एङ्गलबाट हेर्नुस्-

यही सुरुवाती गोलले नेपाललाई टिकायो। बहराइनका केही डरलाग्दा प्रयासलाई नेपालका गोलकिपर विकेश कुथुले शानदार बचाउ गरे। नेपालको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको साटो खेलेका कुथुलाई नजिकबाट चिन्न यो पढ्नुस्।

दोस्रो गोल


नेपालले दोस्रो गोल गर्न ८७ औँ मिनेट कुर्नुपर्‍यो। यो गोल विशाल राईले गरेका भए पनि बहराइनका डिफेन्डरलाई छलाउँदै सटिक पास दिएका थिए उनै अन्जन विष्टले।

अर्को एङ्गलबाट त्यही गोलल हेर्नुस्-

तेस्रो गोल


दोस्रो गोलसँगै नेपालको विजय निश्चित झैँ भइसकेको थियो। इन्जुरी टाइम ५ मिनेट थपियो। त्यसको पहिलो मिनेटमा नेपालले फेरि अर्को गोल थप्यो। गोल गरे ह्याट्रिक ब्वाई नवयुग श्रेष्ठले। नवयुगलाई सटिक पास मिलाउने काम भने उनै विमल घर्ती मगरले गरेका थिए।

विमलले आफूलाई आएको पासको बल लिएर घातक ढंगले कुदेको देखेपछि बहराइनका गोलकिपर डि एरियाबाट बाहिर आएर उनलाई रोक्न खोजे। विमल आफै गोल गर्ने लोभमा अलमलिएनन्, बहराइन तीन जना डिफेन्डरसँगै रहेका नवयुग श्रेष्ठलाई सटिक पास दिए जसलाई उनले हेड गरेर पोस्टभित्र छिराइदिए।

हेर्नुस् अर्को एङ्गलमा त्यही गोल-

(यो ब्लगको शीर्षकमा विदेशी भूमिमा पछि थपेर सम्पादन गरिएको हो। विस्तृत जानकारी यो ब्लगमा छ- भावुक भइसक्नुभो? अब यथार्थमा आउनुस् – नेपालले २३ वर्षपछि उपाधि जितेको होइन रैछ)

19 thoughts on “जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई विदेशी भूमिमा उपाधि जितायो”

  1. manoj limbu says:
    January 23, 2016 at 7:20 pm

    first of all we must know that this is not an international game and also not sanctioned by fifa it was just a local tournament organized by local organization with the international title,just like aha gold cup, buda subba gold cup etc etc,if nepal was so invincible like we sheep think then they would have shown it in regional competition.and nepal defeated under 23 team of maldives not their national team.

    Reply
    1. Rahar Nembang says:
      January 24, 2016 at 12:55 pm

      Maile pani yahi kura sab lai vanna chaheko thiye tara kasaile le sunchan ra bujchhan jasto lageko thiyena, Manoj ji le bujera comment post garnu vayecha. Khusi lagyo.

      Reply
  2. रमेशकुमार पौडेल says:
    January 23, 2016 at 6:53 am

    सानदार खेल, अस्मरणीय क्षण । जति हेरे पनि मन नअघाउने भन्नु पर्ला । चित्त नबुझ्ने भन्नु भन्दा । सुझाव मात्रै हो यो मेरो ।

    Reply
    1. Salokya says:
      January 23, 2016 at 8:46 am

      सुझावका लागि धन्यवाद। तर नअघाउने लेख्दा पनि खाने कुरा हो र मन अघाउने र नअघाउने भन्नलाई ? भन्ने पनि प्रतिक्रिया आउन के बेर ! जति हेरे पनि चित्त नबुझ्ने भन्नुको अर्थ जति हेरे पनि अझ हेरौँ हेरौँ लाग्छ भन्ने नै हो । नकारात्मक अर्थमा लिइदिन भएन

      Reply
  3. rosi says:
    January 23, 2016 at 4:43 am

    What a impressive pass by Bimal and a superb finish by Nabyug.

    look at what training in Europe did for Bimal. Nepal government should try to send few more players for training in Europe.
    we will be seeing more of Nabyug and Anjan Bista in coming days.

    Good new after a long time.

    Reply
  4. Ishwari says:
    January 23, 2016 at 2:38 am

    जति हेरे पनि “दिल नभरिने” भन्न खोजेको होला, चित्त त किन नबुझ्नु र ?

    Reply
  5. कमल says:
    January 23, 2016 at 1:57 am

    बधाई| साह्रै खुशी लाग्यो|
    गणेश थापा नै रैछ केहि नगर्ने र जित्नमा वाधा हालने| त्यसलाई अब जेल पठाउन पर्छ|

    Reply
  6. beenod says:
    January 23, 2016 at 1:07 am

    All are very good, really and I was impressed with the cross Bimal provides for the 3rd goal. Truly world class and cool cross only to be finished with equal coolness. Hats off guys!!!

    Reply
  7. Surya says:
    January 23, 2016 at 12:24 am

    राम्रो. तात्तो न छारो बिदेसी कोच पनि नचाहिने रैछ. नेपाली आफै सक्षम रैछ.

    Reply
  8. Chhatra says:
    January 23, 2016 at 12:16 am

    सानदार गॊअल

    Reply
  9. ashok sharma says:
    January 23, 2016 at 12:11 am

    मलाई त एकपटक हेर्दै चित्त बुझ्यो त, जति हेरे पनि हेरौ हेरौ लग्यो ! मेरो संसार लाइ किन चित्त बुझेन हो ????

    Reply
    1. Salokya says:
      January 23, 2016 at 8:48 am

      जति हेरे पनि चित्त नबुझ्ने भन्नुको अर्थ जति हेरे पनि अझ हेरौँ हेरौँ लाग्छ भन्ने नै हो, नकारात्मक रुपमा सोच्नु भएन हौ । नकारात्मक रुपमा चित्त नबुझ्ने अर्थ लगाउने हो भने शानदार चाहिँ भनिन्थ्यो नि।

      Reply
      1. dipesh shrestha says:
        January 23, 2016 at 10:49 am

        जति हेर्यो हेरु हेरु लाग्ने सानदार ३ गोल ….. कस्तो होला सर ?

        Reply
  10. Rohini says:
    January 22, 2016 at 11:57 pm

    ल बधाई छ हाम्रा सम्पूर्ण खेलाडी हरुलाई अनि प्रशिछ्यकहरुलाई | अन्जन बिष्टले दोस्रो गोलको लागि निकालेको पास ज्यादै दर्शनीय छ| पछाडी बाट आएर बल नियन्त्रण गरेर गोलको लागि पास मिलाउन सक्ने भाई मा एक उत्कृस्ट खेलाडी मा हुनु पर्ने गुण छ | यसै गरि खेल्दै जाऊ भविष्यमा, तिमीले धेरै उपाधि जित्नुछ नेपालको लागि | भविष्यको सफलताको लागि अग्रिम शुभकामना | बिमल भाई अनि नवयुग भाई येसैगरि खेल्नु है सधै | आसा छ तिमीहरुले म्याच फिक्सिंग लाई अस्विकार गर्ने छौ र सधै नेपालको लागि खेल्ने छौ |

    Reply
  11. Michael Gurung says:
    January 22, 2016 at 11:51 pm

    Bingoooooo..Baddhai chha Nepali team lai… yesari Nai Nispachha tarika le Skill Bhayeka Yuba Haru Lai chance diyo Bhane, World Cup pani Hath parna sakchha. Once again Superrrrr…

    Reply
  12. Sunil, London says:
    January 22, 2016 at 11:50 pm

    गद्दार सागर थापाले पनि खेल हेरेकै होला , केहि सिक अब !!!!!

    Reply
  13. dilip gurung says:
    January 22, 2016 at 11:22 pm

    bahrain le paisa khaayo ki kya ho?

    Reply
    1. sumangurung says:
      January 23, 2016 at 6:01 am

      होइन गोल मात्र खाको हो त्यो पनि तिन !!

      Reply
  14. tashi says:
    January 22, 2016 at 11:07 pm

    congratulations!!! a great day for neplease football fan.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme