Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नौ महिनापछि सुरु भएको पुनःनिर्माण महाअभियान पनि काठमाडौँ केन्द्रित

Posted on January 17, 2016January 17, 2016 by Salokya

pm-prez
हाम्रो देशका नेताहरुको प्राथमिकता पनि गजबको हुन्छ। जुन बेला देशलाई संविधानको खाँचो थियो, त्यो बेला उनीहरुले संविधान दिन सकेनन्। अनि जब भूकम्पले जनजीवन अस्तव्यस्त थियो, राहत र पुनःनिर्माणको खाँचो थियो, त्यतिबेला दलहरु संविधान बनाउनतिर लागे। अनि त भूकम्पपछि बनेको संविधान र त्यही संविधान अनुसारको संक्रमणकालीन नयाँ सरकारले भूकम्पको नौ महिनापछि बल्ल शनिबार पुनःनिर्माण महाअभियान सुरु गर्‍यो। को होलान् कुन्नि यसको डिजाइनर- राष्ट्रपति रानीपोखरीमा र प्रधानमन्त्री बुङ्गमतिमा गएर गरे उद्घाटन। राष्ट्रपतिले बेलुन उडाइन् प्रधानमन्त्रीले मैनबत्ती बाले।


नौ महिनापछि सुरु भएको भनिएको महाअभियानले पनि काठमाडौँ उपत्यका नाघेर जान सकेन। काठमाडौँको रानीपोखरीको मन्दिरमा क्षति भएको त हो तर त्यो यस्तो महाअभियानको सुभारम्भ गर्नुपर्ने ठाउँ भने पक्कै होइन।

राष्ट्रपति भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ बारपाक अनि प्रधानमन्त्री दोस्रो भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ सिन्धुपाल्चोक वा दोलखा पुगेर यो महाअभियानको सुरुवात गरेको भए बेग्लै अर्थ दिन सक्थ्यो। आखिर यो सुरुवात पनि देखावटी मात्र न हो। हिजो त्यहाँको देखावटी उद्‍घाटनपछि आजदेखि त्यहाँ कुनै काम भएको छैन। काम त वैशाखमा बल्ल हुने भनिएको छ।

ल भैगो काठमाडौँबाहिर जान त्यस्तो गाह्रो नै भएको भए पनि काठमाडौँभित्रकै कुनै अर्कै महत्त्वपूर्ण स्थान छान्न सकिन्थ्यो। भूकम्पपछि धरहरालाई साह्रै नै मानिसहरुले महत्व दिएका थिए। त्यहाँ केही कार्यक्रम गरेको भए पनि यसको अर्कै अर्थ हुन्थ्यो। अथवा विश्व सम्पदा सूचीमा सूचिकृत थलो वसन्तपुर दरबार क्षेत्रमा केही कार्यक्रम गरेको भए हुन्थ्यो।

ODZxuB2
काठमाडौँको नाम रहेको मानिएको काष्ठमण्डपमा अहिले भूइँ मात्र छ। काष्ठमण्डप पुनःनिर्माण गर्ने सन्देश दिएर काठमाडौँ पूरै र त्यहाँबाट देशलाई पनि पुनःनिर्माणको बिगुल फुक्न सकिन्थ्यो। त्यति पनि नगरी राष्ट्रपतिलाई ‘रानी’ शब्दसँग जबर्जस्ती जोडेर रानीपोखरीमा शिलान्यास गर्ने कार्यक्रममा लगियो।

6 thoughts on “नौ महिनापछि सुरु भएको पुनःनिर्माण महाअभियान पनि काठमाडौँ केन्द्रित”

  1. jeevan verma says:
    January 19, 2016 at 6:56 am

    Both money and people for whom it is targeted( for so called leaders) are om Kathmandu. Where do you expect that this will go ? Until and unless people wake up and chase away these lootera, that is what will be happening

    Reply
  2. Michael says:
    January 19, 2016 at 5:45 am

    नेपाल मा उद्घाटन देखि उद्घाटन सम्म मात्र त् हो | काम त् हुने हैन , उपत्यका भित्र बाहिर के फरक पर्यो ?

    Reply
  3. ekraj says:
    January 19, 2016 at 2:44 am

    Oli is a con artist and Bidhya Bandari just a disgrace in the name of president.
    In many ways they have proved themselves to be good for nothing and useless. Thy are occupying the positions just to waste money and time of many people in Nepal and what you expect from both of these in reality both of them them are physically and mentally retarded or almost nonfuntional.
    Nepalese people have seen too many of these stupid time wasting dramas of rulers and are really sick of these hypocracies.
    The strange thng is that such non-productive time and money wasting excercises of the responsible positions occupied by most irresponsible individuals have driven everything to its meanest level. Such dramas must stop.

    Reply
  4. dor prasad says:
    January 18, 2016 at 10:21 pm

    समारोह सुबरम्भ किन गर्नु पर्यो, एउटा रास्ट्रपति वा पम ले बक्ताबे वा तुइट निकालेर आज देखि पुन्निर्मन सुरु भने भो नि ! समारोह गर्ने खर्छ ले अरु केहि राम्रो खर्छ गर्न सकिछ | हेलिकप्टर चढेर बरापक जानु बेकार हो !

    Reply
  5. Chetan Nepali says:
    January 18, 2016 at 9:41 pm

    बुद्धि, सोच र भिजन को khaderi परेको सरकार प्रमुख र त्यसका आसे पासे चम्चेहरु बाट के नै ठुलो कुरा आशा गर्न सकिन्छा र !

    Reply
  6. Durga Adhikari says:
    January 18, 2016 at 9:20 am

    यो माहा प्रलयमा मैले पनि घर गुमयाको छु/ तर म भन्दा कम्जोर अवस्था भयका धेरै अरु छन्/ उहाहरुको चाडै राम्रो व्यवस्था होस् भन्दै मैले सरकारी रकम नलिने निर्णय गरेको छु/ मेरो व्यक्तिगत हिसाबमा मलाई सरकारी सहयोग आब्यश्यक नभय पनि मैले मेरो गाउँ भामर्कोट, काभ्रेमा मेरो निजि खर्चमा यौटा देवीको मन्दिर बनायको थिय/ त्यो मन्दिर सखापै भयको छ/ सो मन्दिर निर्माण गर्न मलाई सरकारी अनुदानको जरुरत पर्छ/ हेरौ सरकारी आखा त्यो मन्दिर सम्म पुग्छ कि? पौराणिक धरोहरका लागि धेरै रकम छुटयाको सुनेको छु/ पुनर्निर्माणमा सहयोग पाउनेछु भन्ने बिस्स्वासमा छु/ एसको लागि मेरो तर्फबाट केहि प्रयास गर्नु पर्छ भने साथीहरुबाट सुझाबको आसा गरेको छु/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme