Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार-चार दिन एटिएम बन्द

Posted on January 17, 2016 by Salokya

nepal-bank एटिएमको अर्थ अटोमेटेड टेलर मेसिन भए पनि यसलाई एनी टाइम मनीको रुपमा पनि चिनिन्छ। तर नेपालको बैँक हो भने चाहिँ एटिएमको यो अर्थले काम नगर्ला।

एक त लामो लोडसेडिङका कारण तपाईँले चाहेको बेला तपाईँको एटिएमले पैसा झार्न नसक्ने स्थिति हुनसक्छ। अर्को बैँक आफैले सूचना निकालेर एक दिन हैन, दुई दिन हैन, चार-चार दिन एटिएम बन्द हुने सूचना दिँदा पनि अनौठो नलाग्ने स्थिति हुँदो रहेछ।

nepal-bank

नेपालका पुराना बैँकहरु मध्ये एक नेपाल बैँङ्क लिमिटेडले सिस्टम माइग्रेसनका नाममा माघ १ गतेदेखि ४ गतेसम्म एटिएम बन्द हुने र बैँकले जारी गरेका एटिएम र डेबिट कार्डले काम नगर्ने सूचना जारी गरेको हो।

माघ १ गते माघीको र २ गते शनिबार विदा भइहाल्यो। यो दिन कसैलाई अत्यावश्यक परेर पैसा निकाल्नु परेको भए न बैँक खुल्ने, न एटिएमले काम गर्ने- बिजोगै हुने स्थिति आउँथ्यो। यो दुई दिनपछि पनि थप दुई दिन एटिएम सेवा बन्दै हुने रहेछ।

टोकन सिस्टमबाट रकम झिक्नुपर्ने बैँकले एटिएम सिस्टम चलाउनु नै ठूलो कुरा हो, चार दिन बन्द हुनुलाई ठूलो कुरा नमानौँ भनेर सकारात्मक सोच राख्ने भए कुरा अर्कै, नत्र चार-चार दिन बन्द हुँदा यसले पार्ने असर कति होला?

6 thoughts on “चार-चार दिन एटिएम बन्द”

  1. Vimal says:
    January 19, 2016 at 10:12 pm

    यो त पुरानो समस्या नै होनी ! यसमा नया केनै छ र ?

    Reply
  2. Durga Adhikari says:
    January 17, 2016 at 7:47 pm

    सुबिधा जे जस्तो भयपनि नाफा भने नेपाली बैंकहरुले मनग्य गर्छन/ जनताको बाल मतलब/

    Reply
    1. Bindu says:
      January 19, 2016 at 5:35 am

      ह्या ! चुपै लाग्दिम न त
      हाम्लाई पनि त बालै भेन नि
      पैसा तिरेको पिउने पानिले त्यो धुने हरु
      बिचरा बल्ल बल्ल मुख सम्म धुन्छ अनि नुहाउने कुरा त झन् कैले कैले
      उल्लाई त बाल मत्लम्ब नभई’रा बेला हाम्लाई के को ?!
      lets see n watch until when he/she can —-
      lets them to feel ————
      as long as they dotn feel —
      imposible to ————–

      Reply
  3. Sunil, London says:
    January 17, 2016 at 1:40 pm

    के नया कुरो भो र ATM बन्द हुदा ? सबै तिर बन्द नै त छ नि !!! अब देश नै “बन्द” हुन धेरै कुर्नु नपर्ला जस्तो छ !!!

    Reply
  4. bbk says:
    January 17, 2016 at 11:51 am

    It is extremely ridiculous. In today’s world banking system should be able to ensure zero downtime no matter what they are doing. No business in Nepal really care about the customer service, they can give any stupid reason and put the system down for many days.

    Reply
  5. Salik says:
    January 17, 2016 at 9:56 am

    नेपाल बैंक लिमिटेड मा हाल कायम दुईवटा सफ्टवेयर लाई हटाई एउटामात्र CBS सिस्टम लागू गर्नुपर्दा यस्तो अबस्थाकाे सिर्जना हुनपुगेको हाे।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme