Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेल पर्दापछाडिको खेल : ७५ रुपैयाँको कम्पनीले ५ अर्बको सेयर किन्दै

Posted on January 1, 2016April 4, 2016 by Salokya

ncell-local एनसेलको प्रवेशै पर्दापछाडिका विभिन्न खेलबाट भएको थियो। हेर्नुस् त्यसबारे यो ब्लग। अब टेलियासोनेराले एनसेल छाडेर जान लाग्दा पनि त्यस्तै खेल भइरहेका छन्। एनसेलको ८० प्रतिशत सेयर मलेसियाको कम्पनी एक्जियटाले र २० प्रतिशत सेयर नेपाली नागरिकको हुनुपर्ने कानुनी प्रावधान अनुसार भावना सिंह श्रेष्ठले लिने गरी सम्झौता केही दिनअघि भएको थियो। तर नेपालमा तिर्नुपर्ने करबाट जोगिनका लागि पर्दापछाडिका खेल गर्ने क्रममा एक सिङ्गापुर डलर (७५ रुपैयाँ) को कम्पनी हतारहतारमा खोलेर त्यसैबाट ५ अर्बको भुक्तानी गर्दै सेयर किन्ने तयारी भएको देखिएको छ।

टेलियासोनेराले डिसेम्बर २१< २०१५ मा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली साझेदार भावना सिंह श्रेष्ठ र सम्बन्धित पार्टीहरुको ड्यु डेलिजेन्स र ब्याकग्राउन्ड चेक गरेको भनिएको थियो- telia

तर यो दावी गलत भेटिएको छ।

टेलियासोनेरासँग २१ डिसेम्वरमा सम्झौता गर्नुभन्दा जम्मा ९ दिन अघि मात्रै सिंगापुरमा सुनिभेरा क्यापिटल भेञ्चर दर्ता भएको रहेछ। त्यो पनि जम्मा एक सिंगापुर डलरको एक सेयर भएको कम्पनी रहेछ।

हेर्नुस् प्रमाण-
Sunivera-Capital-1
Sunivera-Capital-2

किन यसो गरिएको त ?

खासमा तपाईँ हामीले सोचे जस्तो अहिलेको एनसेलको २० प्रतिशत सेयर निरजगोविन्द श्रेष्ठले अर्का नेपाली भावना सिंह श्रेष्ठलाई नामसारी गर्ने होइन।

निरजगोविन्द श्रेष्ठको सेयर टेलियासोनेरा युटिए होल्डिङ्ग्समा धितो छ। अब यही एक डलरवाला कम्पनी सुनिभेरा क्यापिटल भेन्चरले चार करोड ८० लाख अमेरिकी डलर अर्थात् झण्डै पाँच अर्ब टेलियासोनेरा युटिए होल्डिङ्ग्सलाई तिर्नेछ। त्यसपछि निरजगोविन्दले लोकल पार्टनरको २० प्रतिशत सेयर भावना सिंह श्रेष्ठलाई नामसारी गरिदिनेछ। त्यसका लागि काठमाडौँमै दर्ता भएको सुनिभेरा क्यापिटल भेन्चर प्रा लि भन्ने अर्को कम्पनी भावनाको नाममा दर्ता छ।

अब यहाँ हेर्नुस् है। भावनाले सीधै पाँच अर्ब तिरेर किन्न लागेको होइन यो २० प्रतिशत सेयर। रकमको कारोबार देश बाहिर हुनेछ। अर्थात् सिंगापुरको भावनाको एक डलरवाला कम्पनीले रकम तिर्छ। अनि यता नेपाली कम्पनीलाई नामसारी हुन्छ।

यो चार्टबाट तपाईँ थप प्रष्ट हुनुहोला-
ncell-local
ncell-local1

भावना सिंह श्रेष्ठको नेपाली कम्पनी पनि हतारमा दर्ता भएको हो। नेपालमा सुनिभेरा क्यापिटल भेञ्चर प्रालि मंसिर ७ अर्थात एक्जियटा, टेलियासोनेरा, निरजगोविन्द श्रेष्ठ र सुनिभेराबीच एनसेलको सेयर खरिद बिक्री सम्झौता हुनुभन्दा एक महिना अघि मात्रै कम्पनी दर्ता भएको हो।

यो एकल सेयरधनी भएको सुनिभेरा भेञ्चर क्यापिटललाई पनि सनग्लोरी इन्भेष्टमेन्ट प्रालिले होल्ड गर्छ। भावना सिंह सनग्लोरीका तर्फबाट प्रतिनिधि मात्रै हुन्।

सनग्लोरी पनि कात्तिक १९ गते मात्रै दर्ता भएको कम्पनी हो। सनग्लोरी दर्ता भएको १८ दिनपछि मात्रै सुनिभेरा क्यापिटल भेञ्चर दर्ता गरिएको हो।

सनग्लोरीमा भने कसको कम्पनी हो थाहा हुन सकेको छैन।

4 thoughts on “एनसेल पर्दापछाडिको खेल : ७५ रुपैयाँको कम्पनीले ५ अर्बको सेयर किन्दै”

  1. ekraj says:
    January 5, 2016 at 4:23 pm

    What can expect in a country fraud, corruptions and thuggy and tax evation are the prime goal of following groups from highest to lowest in order:
    1. Ministers are the most corrupt, manage organise crimes and lives on criminals earning.
    2. Judiciary body just a part of ogranised crime of political criminal gangs
    3. So called successful business people are tax evaders and pay bribe to politicians.
    4. Police are just a mob of thugs and mostly work for the interest of very corrupts boses and their boses work for the interest of politician instead of law enforcement, punishing the criminals.
    5. Anti corruption headed Lokman Sign is another hypocrat organisation is never interested to investigate, Prachanda, Oli, Ram Saran Mahat, Bhim Rawal, Gacchhedar, Pokharel Brothers and several other rotten corrupt politicians.

    Reply
  2. madan bajracharya says:
    January 3, 2016 at 1:04 am

    धमिजाले पनि यस्तै यक पाउन्डको पुंजी देखायर दर्ता गरेको कम्पनि स्थापना गरेर निगमको युरोपको जियसय बनेर देखिने गरि ५५ करोड नदेखिने गरि अरवौं ठगेको थियो/

    धमिजालाई य्जेंत बनाउनु अघि जर्मनको यजेंट (कुजाता को आफन्त को?) लाई निगमको जियसय बनाउन लागेको थियो/ त्यो यजेंट सिट आग्रिमेंट गर्न निगमको अर्थ निर्देशक र बजार ब्यबस्था विभागको निर्देशक जाने ब्यबस्था मिलायको थियो/ तर अर्थ निर्देशकले उ नजाने भनेर उसको ठाउ मा मलाई पठाउने निर्णय गरेर जर्मन जाने आदेश पत्र र मैले पाउने भत्ता बुझ्ने पत्र साथमा राखेर मलाइ खवर गरे/ तेत्रो अग्रिमेंट गर्ने अनि निर्देशकको स्थानमा म जस्तो जावो बरिस्ठ अधिकृतलाई पठाउने ब्यबस्था गरेकोमा मलाई छक्क लाग्यो/ तत्कालिन अर्थ निर्देशक बडो चाकरी वाज र धुर्त प्रकारको व्यक्ति थियो र उअस्ले मलाई पटक्कै मन पराउन्दैन्थ्यो/ तेस्तो व्यक्तिले उ जाने ठाउमा मलाइ किन पठाउन लाग्यो भनेर मलाई खुल्दुलिन लाग्यो/ तव मैले त्यो निर्देशकलाई भेटेर म नजाने भने तर उसले निर्णय भैसकेकोले जाने पर्ने भने/ तव मैले त्यो एजेन्ट सिट गरिन लागेको आग्रिमेंट को कपि मागेर पहिला पढ्ने र उचित लागे मात्रै जाने भने/ उसले त्यो अग्रिमेंत्को कपि दिन बडो आनाकानी गरे/ तर दिय/ मैले त्यो अग्रिमेंट पढे/ त्यो अग्रिमेंट एजेन्सी दिने अग्रिमेंट थियन निगम लुटाउने अग्रिमेंट थियो/ त्यो अग्रिमेंटमा २२ ठाउँमा निगमलाई नोकसान हुने एजेन्टलाई मात्रै फाइदा हुने बुंदाहरु थिय/ तव मैले त्यो निर्देशकलाई ती बुंदाहरु देखाउंदै म तेस्तो अग्रिमेंट गर्न जान्न भनेर ठाडै भने/ तव त्यो निर्देशकले मलाई गिरिजाको नाम नलियर “बालुवाटारको ठाडो निर्देशन छ मदनजी खुरुक्क जाने आफुलाई चित नबुझेको कुरा अंग्रेजीमा नभन्ने नेपालीमा बजार ब्यबस्था विभागको निर्देशकलाई भन्ने” भनेर मलाइ नगय कार्यवाही हुने संकेत गरे/ म मात्र बरिस्ठ अधिकृत भयकोले अर्थ निर्देशकको आदेश अनुसार जर्मन जाने पर्ने देखियो तर मैले जे पर्ला पर्ला नजाने नै भनि दिय/ पछि त्यो कुजाताको आफन्त काम गर्ने जर्मनको यजेंट आयताको यजेंट भयकोले निगमको जियसय बन्न नपाउने भयकोले धमिजालाई यक पाउन्डको पुंजी भयको कम्पनि स्थापना गर्न लगायर युरोपको जियस दियको थियो/ धमिजाले गरेको धाँधलीको बलियो प्रमाणहरु मैले लिखित रुपमै पेस गरेको थिय/ धमिजाले गरेको धाँधलीको सबै भन्दा बलियो प्रमाणमा उसले २२ वटा टिकटहरुको निगमलाई बुझाउने कपि र यात्रुलाई दिने कपिमा फरक फरक सेक्टर देखिनु र धमिजाले जर्मनको शेर्पा ट्राभेल मार्फत धाँधली गरेर ४०० भन्दा बढी टिकटहरु बेचेको प्रमाण थिय; ति प्रमाणहरु मैले प्रमाण सहित लिखित रुपमै पेस गर्दा उल्टै मलाइ धमिजाले गरेको गलत कार्य हेर्ने समिति बात निकालियो/ ती मध्य कुनै पनि प्रमाण अदालतमा पेस गरेको भय धमिजा जेलमा जान्थ्यो र उसको कम्पनि सिज हुन्थ्यो/

    माथि उल्लेखित कम्पनि पनि धमिजाकै कम्पनि जस्तो त् हुने होला नि/

    Reply
  3. Tuyu Bhaju Udaas says:
    January 2, 2016 at 3:56 pm

    अब अरु के भनौं यहाँ –
    लथालिङ्ग देशमा भताभुङ्ग चाला
    जोजसको मुख ठुलो उसले घिच्दै जाला
    तर प्रकृतिको नियम हो अति जसले खाला
    लाग्ने छ उसैको जिउमा निलेको झैं भाला !

    Reply
  4. sushil says:
    January 2, 2016 at 8:11 am

    देशभित्रै समातिएकाहरु त प्रमाण पुगेन भनेर छुट्छन्, बाहिर बाहिरै प्रमाण नै बाँकी नराखी काम गरेकालाई कसले समात्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme