Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

९५ वर्षअघि महोत्तरी र सर्लाहीमा काठमाडौँमा भन्दा बढी घर, मान्छे बढी धनकुटामा

Posted on January 7, 2016January 1, 2016 by Salokya

Gadhimai (19) नेपालमा गरिएको दोस्रो जनसंख्या थियो ९५ वर्षअघि विक्रम संवत् १९७७ मा गरिएको जनगणना। हालैका जनगणना हेर्ने हो भने काठमाडौँमै सबैभन्दा बढी घर र यहीँ सबैभन्दा बढी जनसंख्या भए जस्तो लाग्ला। तर त्यतिबेला गरिएको जनगणनामा काठमाडौँमा भन्दा बढी घर महोत्तरी र सर्लाहीमा देखिएको छ।

काठमाडौँका तीन सहरमा ६४ हजार ४ सय ४० घर धुरी रहेकोमा पाल्पा र गुल्मीमा ६६ हजार ६ सय १५ घरधुरी रहेका देखिन्छ। त्योभन्दा बढी ७१ हजार २७९ घरधुरी महोत्तरी र सर्लाहीमा थिए।

काठमाडौँको जनसंख्या ३ लाख ५ हजार ५ सय ८० भए पनि महोत्तरी र सर्लाहीमा ४ लाख ७० हजार ९ सय थियो।

एउटा जिल्लाको मात्रै हिसाब गर्ने हो भने त सबैभन्दा बढी जनसंख्या धनकुटामा देखिन्छ- ३ लाख ४९ हजार ८ सय १८। यहाँको घरधुरी पनि ५८ हजार ७ सय ८४ थियो।

पछिल्लो जनगणना हेर्ने हो भने धनकुटामा घरधुरी र जनसंख्या दुवै घटेको देखिन्छ। अहिले यहाँको घरधुरी संख्या ३७ हजार ६ सय ३७ मात्र छ भने जनसंख्या १ लाख ६३ हजार ४ सय १२ मात्र।

त्यतिबेलाको काठमाडौँका तीन सहरको घरधुरीलाई अहिले भक्तपुरमात्रै घरधुरीले जितिसकेको छ- ६८ हजार ६ सय ३६।

हेर्नुस् ९५ वर्षअघिको जनसंख्या कस्तो थियो-
IMG_4397-001
IMG_4398

हेर्नुस् अहिलेको जनसंख्या
2011census1

2011census2

2011census3

2011census4

2011census5

5 thoughts on “९५ वर्षअघि महोत्तरी र सर्लाहीमा काठमाडौँमा भन्दा बढी घर, मान्छे बढी धनकुटामा”

  1. paras says:
    January 12, 2016 at 12:06 am

    ७५ रै जिल्ला को मान्छे हरु काठमाडौँ मा केकेनै खान पाइन्छ भनेर थुप्रिए पछि यस्तै
    गति हुन्छ. काठमाडौँ “अमरावती कान्तिपुरी नगरी” बाट नर्कपुरी मा जारी सक्यो. अब के गर्ने. फेरी गाउँ फर्का अभियान चलाउनु पर्यो

    Reply
  2. madan bajracharya says:
    January 10, 2016 at 6:43 am

    उपत्यकाको हालको जनसंख्या ठुलो देखिनुको कारण अन्य जिलाहरु बात अत्याधिक बसाइ सरेकोले नै हो/ यसको प्रमुख कारण प्रमुख तीनवटा छन्:
    ०१.आफ्नो घर जिल्लामा फर्केर पनि नहेर्ने उपत्यकामै रमाउने नेता छानिनु/
    ०२.उपत्यका बाहिर आफु तथा आफ्नो दललाई समर्थन नगर्नेलाई लखेट्नेको राज चले/
    ०३. बिहार बात पसेका मधेसी भनेर स्वागत गरिनु पहाड हिमाल बात आयकालाई बिदेशी भनेर लखेटिनु/

    माथि उल्लेख गरेको ०१ नम्बरको कारणले उपत्यका बाहिर अभाव भयो अवसर पायन त् बिबस भयर उपत्यकामा बसाई सर्न बाध्य भयो/ नम्बर ०२ र ०३को कारणले उपत्यका बाहिरको नागरिकहरु अनागरिक जस्तै बन्न बाध्य भयो त् आफ्नो जिउ ज्यान जोगाउन उपत्यकामा बसाई सर्न बाध्य भयो/ त् उपत्यकामा धान्ने नसकिने गरि जनसंख्या बढ्यो/

    Reply
  3. Limbu HarataraH says:
    January 9, 2016 at 4:58 pm

    म जुन ठाउंमा (धनकुटा) जन्मे, हुर्के, त्यहाँ १०० वर्ष अघिको कुरा देखेर विश्वास लागेन! ४ दशक त्यहाँ मैले पनि बिताएँ! हुन सक्छ/सक्दैन ?!! त्यो जनसंख्या र घरधुरी कहाँ गए ???

    Reply
  4. sujan maharjan says:
    January 9, 2016 at 12:06 am

    यो कन्द्रांग र सोनार भन्ने ठाउं अहिले को नेपाल मा कहाँ पर्दो रहेछ !!!

    Reply
  5. dor Prasad says:
    January 7, 2016 at 10:01 pm

    के सहि हो ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme