Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रु ५ अर्बको एनसेलको २० प्रतिशत सेयर किन्ने श्रीमति भावना सिंह श्रेष्ठबारे थाहा भएका र नभएका तथ्य

Posted on December 23, 2015 by Salokya

satish नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो डिलका रुपमा एक खर्ब ४० अर्ब भ्यालुएसन गरी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्ने सम्झौता भएको छ। युरोपेली कम्पनी टेलियासोनेराबाट ८० प्रतिशत सेयर मलेसियाको कम्पनी एक्जियटाले राख्नेछ भने नेपालको कानुन अनुसार नेपाली नागरिकले राख्नुपर्ने २० प्रतिशत सेयर श्रीमति भावना सिंह श्रेष्ठको हुनेछ। को हुन् त भावना सिंह श्रेष्ठ? अहिलेसम्म थाहा भएका र थाहा नभएका केही तथ्य यस्ता छन्-

थाहा भएका तथ्य
-भावना चिकित्सक आइएल आचार्यकी बुहारी हुन्।
-भावना टेलिकम लगानीकर्ता सतिशलाल आचार्यकी श्रीमति हुन्। सतिश आइएलका जेठा छोरा हुन्।
-सतिशका भाइ सचिनलाल आचार्य स्मार्ट टेलिकमका चेयरम्यान हुन्।

-सतिशलाल आचार्य अफशोर बिजनेसका नामी खेलाडी हुन्। अफशोर भनेको के भन्नुहोला। सजिलो गरी बुझिने भाषामा यो भनेको कर तिर्नबाट बच्न वा कम कर तिरे पुग्ने गरी करका मामिला कम कडाइ भएका देश वा क्षेत्रहरुमा कम्पनी दर्ता गरेर त्यताबाट गतिविधि गर्नुलाई अफशोर भनिन्छ। बर्मुडा, ब्रिटिस भर्जिन आइल्यान्ड, केमन आइल्यान्ड यस्ता गतिविधि हुने प्रमुख ठाउँ हुन्। हङकङ र सिंगापुर जस्ता साना देशमा पनि यस्तै गतिविधि हुन्छ। खोजी पत्रकारिता गर्ने संस्था आइसिआइजेले लिक गरेको अफशोर डाटाबेसमा सतिशलाल आचार्यको पनि नाम छ। उनको जालो यस्तो देखिन्छ-
satish
satish1
-स्मार्ट टेलिकममा स्वायर नेटवर्क प्रालिको २० प्रतिशत, लाल साहु डिस्ट्रिब्यूसन, सिंगापुरको ७० प्रतिशत र जिलेट सेटेलाइट नेटवर्क, इजरायल १० प्रतिशत सेयर रहेकोमा लाल साहुले पछि जिलेटको पनि १० प्रतिशत खरिद गरेको थियो। लाल साहुका मालिक सतिश हुन्।

थाहा नभएका तथ्य
-आचार्यकी श्रीमति कसरी ‘सिंह श्रेष्ठ’ भइन्? ‘मरिचमान सिंह श्रेष्ठ’ जस्तो सिंह श्रेष्ठ माइतीको थर र आचार्यसँग बिहे भएको हो?
-टेलियासोनेराले २० प्रतिशत सेयर सिंगापुरमा दर्ता भएको सुनिभेरा भेन्चर्सकी मालिक्नी श्रीमति भावना सिंह श्रेष्ठको हुने र त्यो कम्पनीलाई मलेसियाको एक्जियटाले लोकल पार्टनरको रुपमा छानेको बताएको छ। सिंगापुरमा दर्ता भएको कम्पनीले कसरी नेपालको लोकल पार्टनरको प्रावधान पूरा गर्न सक्छ।
-स्मार्ट टेलिकमको स्वामित्व भएको सतिशकी पत्नी नै भावना हुन् भने एकै परिवारले दुई वटा टेलिकम कम्पनीमा कसरी लगानी गर्न सक्छ? क्रसहोल्डिङ गर्न नपाइने नीति नेपालमा छ।

6 thoughts on “रु ५ अर्बको एनसेलको २० प्रतिशत सेयर किन्ने श्रीमति भावना सिंह श्रेष्ठबारे थाहा भएका र नभएका तथ्य”

  1. Alikhit says:
    December 23, 2015 at 10:39 pm

    आई एल आचार्य नेवार हुन् (आचार्य थरका पनि नेवार हुने रैछन) |

    Reply
    1. Vishal says:
      December 23, 2015 at 11:38 pm

      खासमा भन्ने हो भने कोहि कोहि गुरुवाचार्यहरुले आचार्य थर लेख्ने गर्छन |

      Reply
  2. kumar sapkota says:
    December 23, 2015 at 10:24 pm

    आई एल अाचारय अाफै नेवार जातिका आचारय हुन

    Reply
  3. Avash Thakuri says:
    December 23, 2015 at 12:48 pm

    Deep Analysis……great thoughts //

    Reply
  4. Bhima says:
    December 23, 2015 at 3:38 am

    Is Satish and his daughter in law are Neplease cirizen or belongs to different nation ? Info tech\Telco are huge assest for intelligeance agency whic they can aquire by creating shadow company and they have been doing this . This deal smells fishy . Hope to read more on this .

    Reply
  5. Gobinda Yadav says:
    December 23, 2015 at 1:00 am

    I love your blog for these kinds of news/info/researched articles

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme