Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होला त हामीले बोक्ने हरियो पासपोर्टको रङ्ग परिवर्तन?

Posted on December 15, 2015December 15, 2015 by Salokya

passport1 विदेश यात्रा गरिरहनेहरुले माइसंसारमै धेरै पटक कमेन्टमा लेखेका छन्- नेपालको हरियो पासपोर्ट बोक्दा धेरै ठाउँमा हेपाहा व्यवहार भोग्नु पर्‍यो। हरियो रङ्गको पासपोर्ट कै कारण त्यसो भएको हो त?

यो प्रश्नको जवाफ जस्तो भए पनि पासपोर्टको रङ फेर्नेबारे बहस सुरु भएको छ।

कान्तिपुरमा गत साता प्रकाशित समाचार अनुसार परराष्ट्र, अर्थ र गृहमन्त्रालय बीच पासपोर्टको रंग फेर्ने बहस अघि बढेको छ। यो रंग धार्मिक रंगको रुपमा हेरिने भन्दै सरकारले बहसमा ल्याएको समाचारमा उल्लेख छ।


हरियो रङलाई मुस्लिम देशहरुले धेरै चलाउँछन्। नेपालले किन आफ्नो पासपोर्टको लागि हरियो रङ छान्यो कुन्नि। छिमेकी देशहरुमध्ये भारतको र चीनको पासपोर्ट यस्तो छ-

भारतको-
in

चीनको-
cn

नेपालको जस्तो हरियो रङको पासपोर्ट नामिबिया, निजेर, पाकिस्तान, साउदी अरेबिया, सियरा लियोन, उज्बेकिस्तान, भानुआटु,आइभोरी कोस्ट, तुर्कमेनिस्तान आदि देशको छ।
passport

के कुनै देशले कस्तो रङको पासपोर्ट बनाउनु पर्छ भन्ने कुनै नियम छ त?

छैन।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) का विभिन्न स्टायन्डर्ड जस्तै फोटो कस्तो हुनुपर्ने, सुरक्षा के के हुनुपर्ने जस्ता विषयमा नियम बनाएको भए पनि रङ लगायतका अन्य डिजाइनलाई केही भनेको छैन।

तर केही देशहरुले सामूहिक रुपमा आफ्नो रङ निर्धारण गरेका हुन्छन् जस्तै युरोपेली युनियनमा आवद्ध देशका पासपोर्टहरु रातो खालका हुन्छन्।

कुन देशको पासपोर्टको रङ कस्तो हुन्छ? हेर्नलाई यहाँ क्लिक गर्नुस्।

अब नेपालको पासपोर्टको रङ कस्तो हुनुपर्ला त? तपाईँको के सुझाव छ? कफी वा फिका रातो कलर बनाउने कि भन्ने अहिले सोच रहेछ। नेपालको कुटनीतिक पासपोर्टको रङ गाढा रातो छ भने कर्मचारीले गाढा निलो रङको पासपोर्ट बोक्छन्।

[हरियो रङको पासपोर्टका कारण तपाईँले पनि केही समस्या भोग्नु परेको अनुभव छ कि ? आफ्नो कुरा तपाईँ तल कमेन्टमार्फत् बाँड्न सक्नुहुन्छ]

22 thoughts on “होला त हामीले बोक्ने हरियो पासपोर्टको रङ्ग परिवर्तन?”

  1. Prakash says:
    January 24, 2016 at 9:55 am

    मैले अमेरिका, युरोप लगायतका देशरुमा यात्रा गर्दा कहिले समस्या महसुस गरिन त्यसैले मेरो बिचारमा पस्स्पोर्टको रंग परिवर्तन गर्नु भन्दा देसको अवस्तामा विकास गर्नु जरुरि छ!

    Reply
  2. rajshrestha says:
    December 25, 2015 at 7:53 pm

    अब नेपालीहरुको पासपोर्टको रङ खैरो खालको हुनुपर्छ ।

    Reply
  3. LAL BAHADUR GURUNG says:
    December 25, 2015 at 12:13 am

    सबै नेपाली जनता लै मा यो भानु चाहन्छुकी ! हाम्रो पासपोर्ट को रंग फेर्नु भन्दा पहिले हामी सबै नेपाली ले आपनो देश को बिकस मा लगौ, बिकाश गारोऊ .हामी आफै सिक्च्हित होउ ! येति भए पछि हामी लै कसैले हेप्ता पनि हेप्त दैन र हाम्रो पासपोर्ट को रंग आफै बलालिंछा
    मत्लप हामी लै संसार को मान्छे ले नै मंछा वा चिन्छा.
    तेसकारण मा सबै माथि कमिटमेन्ट
    गर्ने साथी हरु लाई पासपोर्ट को रंग होइन आफ्नो विचार बादल नु को लागि सहल्ला दिन्छु.
    धन्नेबत
    लाल बहादुर गुरुङ , संखुवा शभा, बरबिसे

    Reply
  4. Anuroj Shakya says:
    December 20, 2015 at 9:25 am

    Yesterday, my relative was rejected to fly to Italy by Nepal Immigration citing visa period expiry and seeking extension of visa from Italian embassy.
    Date format was misinterpreted and suspected as fake document for the original document.
    They could have just googled and searched for the truth instead of giving unnecessary trouble and frustation to people.
    https://en.wikipedia.org/wi…/Date_and_time_notation_in_Italy
    Another example of illiterate and troublemaker government officials at Kathmandu Airport Immigration. If people aren’t capable to identify and verify original documents, why are they sitting there and giving troubles?

    Reply
  5. Limbu HarataraH says:
    December 16, 2015 at 8:05 pm

    मलाई पनि समस्या पर्या छैन ! “परेको छ त हुने-नहुने सोच्ने, गर्ने, गराउनेलाई.., नेचुरल्ली जन्म्या थोपडा नै त्यहि, फेरि उस्को काम नै चेक गर्ने हो..|”

    Reply
  6. Rohini says:
    December 15, 2015 at 9:04 pm

    नेपालको पासपोर्टको रंग फेर्ने होइन, नेपालको गरिबीको रंग फेरौ| नेपाललाई धनि राष्ट्र बनाउ| नेपाल धनि राष्ट्र भएपछी नेपालको हरियो रंगको पासपोर्टको भाउ तेसै बढ्नेछ|

    Reply
    1. dor Prasad says:
      December 15, 2015 at 10:46 pm

      कुरो सहि !! पासपोर्ट को रंग फेर्न कति सजिलो छ … गरिबी फेर्न कति गारो !!

      Reply
  7. Vinayak Mishra says:
    December 15, 2015 at 7:05 pm

    कफी

    Reply
  8. Navin Rayamajhi says:
    December 15, 2015 at 5:27 pm

    हरियो पासपोर्ट देख्ने बितिकै बिदेसिले हामीलाई अर्कै ग्रह बाट आएको प्राणी हो कि जस्तो गरेर हेर्छन, पासपोर्ट को रंग फेर्नु ठिक छ.

    Reply
  9. Ram says:
    December 15, 2015 at 3:36 pm

    Passport को रंग फेरेर के गर्नु मान्छे त तेही नेपाली हो। कि त passport को रंग फेरेर देशको नाम पनि अर्कै राख्नू पर्यो । जस्तै U S A अथवा U K , नत्र हामी नेपाली ग़रीब देशको मान्छे सदै अरू देशहरू बाट हेप्पी नै रहने छौ तब सम्म हाम्रो देश ग़रीबीको रेखा भन्दा माथी उकाल्न सक्दैनौ ।

    Reply
  10. Govind Belbase says:
    December 15, 2015 at 2:54 pm

    हरियो होइन रातो रंगको पासपोर्ट हुने सांसदले पासपोर्ट दुरूपयोग गरेको हामीले विर्सेकै हो त ? अलग पहिचान सहितको हरियो रंग नराम्रो होइन, यसको इज्जत नेपालीले राख्न नसकेकाे मर्म रंग फेर्दैमा समाधान हुँदैन । हामीले अाफ्नो परिचय स्वावलम्बी, स्वाधीन र इमान्दार भनेर चिनाउन सके हरियो रंगले नै पनि इज्जत दिन्छ । विग्रीसकेका नेता सपार्ने काम अव जनस्तरबाट गर्न सके मात्र हाम्रो इज्जत बच्छ न कि पासपोर्टको रंगले हामीलाइ इज्जत दिने हो । यूएन जस्ता विदेशी नियोग र कहलिएका यूनिभर्सिटीमा प्रोफेसर भएका नेपालीहरूलाइ त हरियो रंगले केही फरक पारेको छैन बरू श्रमजिवीहरू नै विदेशमा पुगेर पाउनासाथ रंग बदलेर पासपोर्ट लिएकाे पाइन्छ । नपाउनेले नलिनु फरक हो अर्को रंगको पासपाेर्ट लिन पाउनेले नेपालको पासपोर्टलाइ माया गर्यो कि गरेन, त्यसमा ध्यान दिनुपर्छ ।

    Reply
  11. bindu says:
    December 15, 2015 at 2:02 pm

    नेपाल भनेर लेखेको देखे पछी पासपोर्ट चेक गर्ने जो कोईले पनि बुझ्छ यो नेपालको नागरिक हो भनेर , त्यस पछी उसले ओल्टाई कोल्टाई गरेर जुम लगाएर हेरे झैँ पासपोट हेर्छ , त्यस पछी पासपोर्टमा भएको मान्छेको अनुहार नाक आँखा निधार सबै तिर पनि ध्यान दिन्छ र खुब गौर गरेर हेर्छ .हाम्रो पासपोर्टको रंग हरियो भएको र ति धार्मिक देशहरुको पासपोर्ट पनि हरियो भएको कारणले मात्रै यसरी हेरेको एउटा कारण हुन सक्छ भने , अन्य कारण पनि छन् , माओबादिले शसस्त्र युद्द गरे देखि यता कति नेपाली रेफ्युजी भएर युरोप अमेरिका छिरे ? त्यस्तै कोई खेलाडीको रुपमा पुगेर उतै काम धाम खोज्ने ,कोई कर्मचारीको रुपमा पुगेर उतै काम धाम खोज्ने , कोई कलाकारको रुपमा पुगेर उतै काम धाम खोज्ने आदि . उबेलाको जस्तो जस्तो ईमान्दार रहेनन् नेपाली , माओबादीले जनयुद्द गरे देखि . माओबादि जस्तै बेईमान हुन पुगे नेपाली . कारण आर्थिक रुपले मुलुक तहश नहाश हुदै जाँदा यसको असर जनतालाई पर्यो , ति जनता बेईमान हुन पुगे . अरबियन देशहरुमा चै दलाल हरुले बेईमानी गरेर ति सोझा नेपालीलाई बेईमान झैँ बनाए . हामीलाई जुम लगाएर हेर्नुको कारण हाम्रो देश गरिब भो , गरिब देशको हामि जनता बेईमानी जस्ता बन्न पुग्यौ , तै भएर हो .
    अब पासपोर्टको रंग बदलेर मात्रै पुग्दैन , नेपाल आमाकै मुहार फेर्न नेपाललाई हाक्ने सारथीकै अनुहार फेर्नअति जरुरि छ . जनतालाई ब्युझाउने जिम्मा मिडियाबर्गको काँधमा आईपरेको छ —–( पासपोर्ट फेरिने नै हो भने निलो रंगमा नेपालको झण्डा छापेर बनाउन सक्ने दामी हुन्थ्यो , हाम्रो देशको झण्डा संसारमै युनिक भए झैँ पासपोर्ट पनि युनिक बन्ने थियो . अनि असल सारथि पाए नेपाल ५ बर्ष भित्रमा उँभो लाग्ने थियो १० बर्ष भित्रमा एशियाको धनि रास्ट्रमा गनिने थियो २० बर्ष भित्रमा संसारकै धनि रास्ट्र मध्येमा गनिने थियो . अपार प्राकृतिक सम्पति अझै छ नेपालमा , मात्र असल देशभक्त सारथिको खाँचो छ यो देशमा )

    Reply
  12. XYZ says:
    December 15, 2015 at 11:48 am

    This is another conspiracy to skim off commissions from changing the color of passport. Imagine the money you can take home? This is similar to periodic changes they introduce in design of your vehicle number plate. Khane mukh laai junga le chhekdaina.

    Reply
  13. shyam says:
    December 15, 2015 at 11:06 am

    RED PASSPORT HOLDERS OF NEPAL IS THE BLOOD-SUCKERS, BLUE PASSPORT HOLDERS ARE SWEAT-DRINKERS AND THE GREEN-PASSPORT HOLDERS ARE THE GRASS EATERS. I LIKE TO DEFINE THUS AND OBJECTED ON THIS KIND OF DISCRIMINATION LONG BACK. WHY DON’T WE ALSO CHANGE THE COLOUR OF PASSPORT FROM GREEN(WHICH COLOR IS USED BY MOST OF THE ISLAMIC NATIONS) TO RED OR BLUE MENTION THE TYPE OF PASSPORT BY NAME ON THE COVER SLEEVE.

    Reply
  14. स्यानु पाईजा says:
    December 15, 2015 at 11:05 am

    स्वाभिमानको कुरा देश र नागरिकको प्रगति सँग जोडिएको हुन्छ। पासपोर्टको रँग सँग होईन। पासपोर्ट युरोप कलर या अमेरिका कलर बोके पनि नेपालको नागरिकले बोक्ने पासपोर्टको राष्ट्रियता बोक्ने नेपाली नै हो।

    कलर अपमानको कारण होईन। रातो पासपोर्ट बेच्ने नेता, दलाल र राष्ट्रियता बेचेर शरणार्थि बन्ने हाईफाई हरुको गरिब सोचले नेपाल र नेपाली लाई हेर्न मानशिकतामा लेबल लागेको हो।

    Reply
  15. अनोज शाक्य says:
    December 15, 2015 at 9:34 am

    पासपोर्टको रङ फेरेर के गर्ने ? नेपालीहरुको नियत र स्वभाव परिवर्तन गर्न सक्नुपर्‍यो । पासपोर्टको रङसँग सरोकार राख्दैन । जहाँ गएपनि लुक्ने, नेपालीहरुको गरीब मानसिकतालाई फेरियो भने नेपालको पासपोर्टको रङ जस्तो भए पनि फरक पर्दैन ।

    Reply
  16. dor prasad says:
    December 15, 2015 at 9:29 am

    नेपालको झन्डा रातो, निलो र सेतो रंग भएको ले नेपाल को पस्स्पोर्ट निलो वा रातो बनाउदा ठिक होला … रातो दिप्लोमटिक पस्स्पोर्ट भएको ले निलो बनाउदा राम्रो होला … अमेरिका को पनि निलो छ … अमेरिका लै १४७ कन्ट्रीमा विसा फ्री छ भने नेपाल को लागि ३८ कन्ट्रीमा !!! कलर परिबर्तन गर्दा केहि फाइदा हुन्छ कि !!

    Reply
  17. Vikash says:
    December 15, 2015 at 9:16 am

    Blue border..red background..corner ma sun moon…somewhat similar to our flag. Yesari unique type banaye kaso hola

    Reply
  18. Lal says:
    December 15, 2015 at 4:27 am

    पासपोर्ट को रङ अबश्य पनि फेर्नु पर्छ हामी गल्फ तिर हैन अरु देश मा जादा लाचार भयेर देश कै बेइजत सुन्नु पर्छ

    Reply
  19. kedar says:
    December 15, 2015 at 3:19 am

    झण्डापनी सबै भन्दा फरक
    धर्म निरपेक्षताको परिभाषा पनि सबैभन्दा फरक
    हुनु खानु केही छैन गिनिज बुकमा नाम लेख्न तछाड मछाड
    भनेसी पासपोर्ट पनि पहेंलो रंगको राखेर अलिक फरक देखिने की
    तेतिभये नेपालको नाम नै पहिलो पहेंलो पासपोर्ट वालामा छापिन्थ्यो होला

    Reply
  20. Manoj says:
    December 15, 2015 at 3:10 am

    यूरोपियन पसस्पोर्ट शैलीको रंगमा बनाउदा सजिलो होला .

    Reply
  21. Ram Chandra Shrestha says:
    December 15, 2015 at 3:02 am

    मैले अहिले समान हरियो पस्स्पोर्ट बोकेको Karan कुनै समस्या. भोग्न परेको छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme