देशको सर्वोच्च पद राष्ट्रपतिले आफ्नो पदको गरिमा आफैले राख्नु पर्छ। राष्ट्रपति कुनै पार्टीको नेता वा मन्त्री होइन। सम्पूर्ण राष्ट्रको एकताको प्रतीकका रुपमा उहाँले आफूलाई व्यवहारमा प्रमाणित गर्नुपर्छ। राष्ट्रपतिको ‘बडी ल्याङ्ग्वेज’समेत त्यही अनुसार हुनुपर्छ। यो पदमा बसेपछि प्रत्येक बोलीको अर्थ हुन्छ। तर वर्तमान राष्ट्रपतिले भने आफ्नो पदको महत्व नबुझेर हो कि सल्लाहकार उचित नभएर हो कि आइएनजिओको कार्यक्रमदेखि लिएर स्कूलको स्वर्ण महोत्सवसम्म भ्याइराख्नुभएको छ।
राष्ट्रपति निर्वाचित भए लगत्तै शपथसमेत नलिएको अवस्थामा निजी निवासबाटै उनले कान्तिपुर टेलिभिजनको टफ टक कार्यक्रमलाई अन्तर्वार्ता दिनुभयो। बधाई दिन आएका कार्यकर्ताहरु बिचरा बाहिरै कुरेको कुर्यै, उहाँ चैँ लामो समय अन्तर्वार्तामै व्यस्त हुनुभयो। शपथसमेत नलिइसकेको अवस्थामा राष्ट्रकै उच्च पदमा निर्वाचित व्यक्तिले मिडियामा बोल्न हतार गर्नु जरुरी थिएन।
त्यसको केही दिनमा नै बिबिसी मिडिया एक्सन नामको विदेशी संस्थाहरुद्वारा फन्डेड आइएनजिओको कार्यक्रम साझा सवालमा टोले नेताहरुले अन्तर्क्रिया गरिरहे झैँ अवस्थामा राष्ट्रपतिलाई टिभीमा देखियो। एनजिओमा राम्रो पकड जमाएको पार्टी एमालेको उपाध्यक्षका रुपमा यस्तो ठीक हुनसक्थ्यो। तर उहाँ त मुलुककै राष्ट्रपति पो त।
फेरि केही दिनमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपति उपस्थित भएको कहिल्यै नदेखिएको दृश्य देखियो। कुलपतिको हैसियतमा प्रधानमन्त्री उपस्थित हुने चलन त थियो। तर यसपालि कुलपतिभन्दा माथिका राष्ट्रपति नै उपस्थित भइदिनुभयो। केही दिनपछि भएको काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा भने कुलपति प्रधानमन्त्री मात्र उपस्थित भएको देखियो।
राष्ट्रपति मेचीदेखि महाकालीसम्मका सबैको अभिभावक पनि हो। तर मंसिर २३ गते उहाँले भोजपुरका विभिन्न संघसंस्थाले गरेको सम्मान थाप्नुभयो। राष्ट्रपतिको पद कुनै जिल्लाको संस्थाले गरेको सम्मान थाप्ने हैन, अरुलाई विभिन्न सम्मान र पदक दिने पद पो हो भन्ने उहाँले भुसुक्कै बिर्सनु भयो।
राष्ट्रपति भण्डारीले काठमाडौँ बाहिरको पहिलो कार्यक्रमका लागि छान्नुभयो- एउटा स्कूलको स्वर्ण महोत्सव। नवलपरासीको जनज्योति नमूना माविको स्वर्ण महोत्सव उद्घाटनका लागि उहाँ मंसिर २६ गते हेलिकप्टर चढेर त्यहाँ पुग्नुभयो। यो स्कूलको के त्यस्तो विशेषता थियो र सरकारका अरु कुनै प्रतिनिधि अथवा विभागीय हिसाबले शिक्षा मन्त्रीसम्म गए पनि पुग्नेमा राष्ट्रपति नै पुग्नुपर्ने भन्ने चाहिँ थाहा हुन सकेन। तर राष्ट्रकै अभिभावक भएको नाताले अब हरेक स्कूलको हक हुन्छ- आफ्नो कार्यक्रममा राष्ट्रपतिलाई बोलाउने। फलानो स्कूलमा जाने फलानो स्कूलमा नजाने भन्नु समानताको हक विपरीत हुन आउँछ। राष्ट्रपति सबैका लागि समान। सबैका अभिभावक।
राष्ट्रपतिको उपत्यकाबाहिरको दोस्रो कार्यक्रम पुस १ गते जनकपुरमा के कस्तो बबाल भयो त्यो त तपाईँले थाहा पाइसक्नु नै भयो।
राष्ट्रपति निर्वाचित भएको दुई महिना पनि पुगिसकेको छैन। त्यसैले उहाँका अझै धेरै कार्यक्रमहरु हामीले हेर्न बाँकी नै छ। हेरौँ आगामी दिनमा कार्यक्रम छनौटमा उहाँको सल्लाहकार टिमले के कति होस पुर्याउने हो।
होइन राष्ट्रपति एउटा त पार्टी बाहिर को राख्नु हुदैन भनेको
बिद्ध्य मेमलाई रास्ट्रपति पद “बुझ्ने लाइ श्रीखंड नबुझ्नेलाई खुर्पाको वेड”
This lady is just wasting government fund and fulfilling her travel desire on government money, perhaps she could not do that on her own money.
It is shame that an intellectually bankcrupt can not she her role in any productive work.
Waste of time of everyone whoever is involved in such gimics.
तीनवटा पोइन्ट राख्न चाहन्छु:
१. रामबरण डा. सा’बलाई आठ बर्ष राष्ट्रप्रति हुँदा कसैले यस्तो अभद्रता देखाएनन| यो पदको गरिमा हो| मधेसीले बुझ्नपर्ने हो तर इन्डियाको बुइ चढेपछि बुझ्ने कुरै आएन| कटुवाललाई निकाल्न नमाने पछि माओवादीले फुइँ लाउदा समेत पनि राष्ट्रपतिलाई सम्मान नै दिए| बरु प्रचंडे आफै फ़ालिए| अब मोदी त् के भारतीय कसैलाई पनि सुरक्षाको दृष्टिले जनकपुर क्षेत्र तिर पठाउन भएन|
२. राष्ट्रपतिको काम के हो? त्यो बिद्या म्यादमलाई पढाउँन पर्यो| काम गरेको नगरेको मापदण्ड के हो, कसले हेर्ने? ओलीले? उनले राष्ट्रपति पदको गरिमा बढाउने होइन थाम्न पनि नसक्ने देखियो|
३. राष्ट्रपतिलाई विदेश भ्रमण कैले र कंहा गराऊँ भनेर सल्ल्हाह्कार र सचिवले जाल बुन्न लागेको होला|
अयोग्य र नालायकलाई राखेपछि खत्तमै पार्यो|पदकै अवमुल्यन भयो| यो सबै ओलीकै करामत हो| नेपाली जनतालाई ओलीको उपहार संझौ| काम छैन राष्ट्रपति भएर सरकारको ढुकुटी रित्ताउनु मात्र हो| अब यस्ता राष्ट्रपतिलाई हटाउने पनि उपाय निकाल्नु पर्यो| भोलि चौतारा उद्घाटन पनि भ्याउन बेर छैन| हामी कैले सम्म नीरिह बनिरहनु?
एउटा कारण प्रचण्ड र बाबुरामको नौटंकीले गर्दा यो सब भएको हो|
She is not a presidential material. In fact, very very few so called leaders have leadership quality. They are all on their posts for personal gain, not to provide leadership to build the nation.
बूझेजानेको भएपो … तेसै मिलेको पद के को मर्यादा को कुरा ….. काध थप्ने के पी र प्रन्चंद छदै छन् बाल मतलव पदीय मर्यादाको ?????????
रामबरण को दाजो मा खै के पुग्लान यिनी – बिहान ले दिन देखाउछ ?? पहिलो महिला राष्ट्रपति ले महिला बर्गकै गौरब राख्नु पर्ने हो … राजनीति बाट माथि उठ्न सक्नु पर्ने हो … बोलाउन त नेपाली बेक्तिगत घर को, बिबाह को , चर्पी को उद्घाटन गर्न बोलौछां क्यारे !!!
रस्त्रप्ति भ्रमण गर्दा देश लै कति खर्च हुन्छ त्योपनि अनिकाल को बेला …ओली का पाच पाण्डब उप हरु कहाँ छन् – तिनको के काम !!!
स्याललाइ बाघको छाला ओधाउदैमा बाघ हुने भए भैहाल्थ्यो। का. मदन भण्डारीको नाममा पार्टीमा विभिन्न पद र सहुलियतको लोभमा राजनीतिको र पनि नजानी हाम्फालेका यिनी र जनताको आँखामा छारो हाल्ने एमाले …। गए गुज्रेको नेता भनाउंदा मान्छेहरुले चलाएका पार्टी र गए गुज्रेका पार्टीले चलाएको देश नेपाल कसरि उँभो लाग्छ ? असफ़ल राष्ट्र बनाउने भारतको चाल र यिनीहरुको व्यवहार ठिक मिल्न आउदैछ। भारतमा गाभे नि के भो र यिनीहरुलाई राज्यको नेता बन्ने यिनीहरु नै हुन् क्या र । देश पो सकिने भो …