Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय विदेशमन्त्री पनि हल्लैमा लागिछिन्, वैवाहिक अंगीकृत नागरिकताबारे सत्य यस्तो छ

Posted on December 7, 2015December 7, 2015 by Salokya

swaraj क्षेत्रमा जस्तै नेपालको संसदमा पनि नाकाबन्दी जारी रहँदा भारतको संसदको माथिल्लो सदन राज्यसभामा भने सोमबार नेपालको विषयमा करिब ३ घण्टा गरमागरम बहस भयो। कहिलेकाहीँ कस्तो उल्टो हुँदो रहेछ भने नि, हामीलाई यहाँ नेपालमा सरकारले नाकाबन्दी भारतले गरेको हो भनेर अन्तर्राष्ट्रिय जगतलाई बुझाउनै सकेन जस्तो लाग्ने, उता उनीहरुलाई भने नाकाबन्दी नेपालीले नेपालीलाई गर्दा पनि भारतले गरेको भन्ने आरोपलाई सरकारले चिर्न नसकेको भनेर लाग्ने रहेछ। बहसमा १४ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको संविधानमा राखिएको व्यवस्थाबारे चलेको हल्लालाई नै वास्तविक ठानेर सुनाइदिइन्। कि त उनले बुझ पचाएका हुन् कि उनलाई ब्रिफिङ गर्नेले झुटो सुनाएका हुन्। उनले आरोप लगाइन्- नेपालको संविधानमा वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था हटाइएको छ। तर वास्तविकता यस्तो हैन। के हो त? पढ्नुस्

हेर्नुस् भिडियो-

उनले राज्यसभामा भनिन्-

पुरानो संविधानमा विवाह गरेर यहाँ (भारत) का केटीहरु बुहारी बनेर जाँदा त्यहाँ वैवाहिक अंगीकृत नागरिकता पाउँथे। तर अहिलेको संविधानमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान समाप्त गरिएको छ।

तर सत्य त्यस्तो होइन।

नेपालको संविधानको धारा ११ को उपधारा ६ मा यस्तो लेखिएको छ-
sambidhan1
स्पष्ट शब्दमा त्यहाँ लेखिएको छ कि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।

त्यसो भए अन्तरिम संविधानमा चाहिँ के लेखिएको थियो त ? यस्तो छ अन्तरिम संविधानको धारा ८ को व्यवस्था
sambidhan2

अब भन्नुस् अन्तरिम संविधान र अहिलेको संविधानमा वैवाहिक अंगीकृत नागरिकताबारे के फरक व्यवस्था रहेछ त?

जहाँसम्म बुहारीलाई हैन ज्वाइँलाई अंगीकृत नागरिकता दिने बारे प्रश्न छ, त्यसमा चाहिँ संविधानमा केही उल्लेख छैन। त्यसो त त्यसबारे अन्तरिम संविधानमै पनि केही लेखिएको छैन। अहिलेको संविधानको मस्यौदा बनाउँदासम्म भने १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गरेमा वैवाहिक अंगीकृत नागरिकता पाउने लेखिएको थियो। तर मस्यौदाबाट संविधान बनाउँदासम्म त्यसलाई हटाएका रहेछन्।

मस्यौदाको व्यवस्था
मस्यौदाको व्यवस्था

5 thoughts on “भारतीय विदेशमन्त्री पनि हल्लैमा लागिछिन्, वैवाहिक अंगीकृत नागरिकताबारे सत्य यस्तो छ”

  1. madan bajracharya says:
    December 8, 2015 at 6:40 am

    भारतको विदेश मन्त्रीले भारतको सदनमा नेपालको संबिधान बनाउने प्रक्रियामा यस्तो भयान उस्तो भयान हामीले त् सल्लाह दियाकै थिय आदि भन्नु पनि त् नेपालको आन्तरिक मामिलामा दखल दियको र स्वतन्त्र नेपालको स्वतन्त्रतामा हमला गरेको हो/

    Reply
  2. madan bajracharya says:
    December 8, 2015 at 6:37 am

    बिरेन्द्रको पालामा गिरिजा मार्फत मधेसीले नेपालमा यक बर्ष भाडामा बसेको भनेमा नेपालको नागरिकता पाउने बनाउन लगायको थियो/ तत्कालिन संबिधान अनुसार कुनै पनि बिधेयक मा बिरेन्द्रले लालमोहर लगाय पछी मात्रै कानुन बन्थ्यो र बिरेन्द्रले उपयुक्त नदेखेमा लालमोहर नलगाउन पनि सक्थे/ तर आर्थिक बिधेयकमा भने बिरेन्द्रले लालमोहर लगाउनै पर्थ्यो/ त् गिरिजाले बिहारी मधिसेलाइ नेपालमा यक बर्ष भाडामा बसे पनि नेपालको नागरिकता पाउने नागरिकता बिधेयकलाइ फट्याई गरेर आर्थिक बिधेयक भनेर बीरेन्द्रलाई लालमोहर लगाउन पठायो/ बिरेन्द्रले बिहारी मधिसेलाई नागरिकता दिलाउन बनेको बिधेयक नागरिकता बिधेयक हो बा आर्थिक बिधेयक हो भनेर सर्वोच्च अदालतमा सोधे/ सर्बोच्च अदालत संविधानको अधिकारिक व्याख्याता पनि हो/ तेसैले बिरेन्द्रले नागरिकता दिलाउने बिधेयक लाइ आर्थिक बिधेयक भनेकोमा सोध्नु जायज नै थियो/ सर्वोच्चले बिहारी मधिसेलाई नागरिकता दिलाउन बनेको बिधेयक आर्थिक बिधयक होइन नागरिकता बिधायक नै हो भने पछि बिरेन्द्रले तेस्लाई अस्विकार गरे/ तेतिबेला नागरिकता विधेयकलाइ आर्थिक बिधायक भनेर राजालाई झुक्याउने प्रयास असफल भय पछि सबै भन्दा ठुलो स्वरमा “हामीले आर्थिक बिधायक भने पछि किन चुपचाप लालमोहर नलगाई सर्वोच्चमा सोद्नु परे त्यो राजालाई” भनेर कुर्लने रामचन्द्र पौडेल थिय/ यो कुराले बिहार बात तराई पसे जत्तिको बिहारी मधिसेलाई नेपालको नागरिकता दिलायर तराइमा नेपालीलाई अल्पमतमा पारेर तराईलाई मधेसीको मधेश बनाउने योजना तथा डिजाईन गिरिजाकै पालामा गिरिजा समेतको संलग्नतामा बनेको देखाउंछ/ सबै सांसद झुके बिके पनि यकल रास्ट्र प्रमुख रास्त्रवादी र अधिकार सम्पन्न भयमा नेपालको तराइमा नेपाली अल्पमतमा परेर कुयोजना सफल बनाउन नसकिने देखेरै हो सायद अहिलेको रास्ट्र प्रमुखलाई यति साह्रो निरह र अधिकार बिहिन बनायको इनिहरुले/

    गिरिजाले सम्पूर्ण तराईलाई मधेसीको मधेश बनाउन दिने भनेर मधेशी सिट सम्झौता समेत गरे/ तराईलाई मधेसीको स्वायत मधेश प्रदेश बनाउने प्रक्रिया संबिधान बनाउने प्रक्रियाकै अंग हो र यकल गिरिजा बा कसैलाई पनि यस्तो सम्झौता गर्ने अधिकार छैन र तेस्तो सन्धि बा सम्झौता सदन बात अनुमोदित नभय स्वत खारेज हुन्छ/ यो कुरा गिरिजाले थाह नभयको त् हुने सक्दैन तैपनि उसले मधेसी सिट तेस्तो सम्झौता गरे बात सम्पूर्ण तराईलाई मधेसीको स्वायत मधेश प्रदेश बनाउन दिने ग्रायण्ड डिजाईन बनाउनेमा उसको पनि संलग्नता भयको देखाउंछ/

    अहिले मधेसीले गिरिजाले गरेको तेही सन्धि अनुसार संबिधान बन्नु पर्ने भनेरै नेपालको ३ करोड नागरिकहरु भोकै र उपचार बिहिन भयर सामुहिक मरण हुने महा हिंसाक नाकाबन्दी गर्दै आयकोहो/ जव कि मधेसीको तेस्तो मागलाई सदनको समेत काम कार्य गर्ने संबिधान सभामा ८९% सांसदहरुले बहुमत बात अस्विकार गरि सके/ त् गिरिजाले उनीहरु सिट के सम्झौता गरे भन्ने कुराको कुनै अर्थनै रहँदैन/ लोकतन्त्र गणतन्त्र अपनायको मुलुकको सदनले बहुमत बात अस्वीकृत गरेको कुरा बलजफ्ती पास गर्न पाउंदैन यो कुरा गणतन्त्र अपनायको भारतलाई थाह नभयको होइन/ तैपनि मधेसीको तेस्तो नाजाजाज माग पुरा गराउन भारत लागि पर्नु बात “मधेसी हारे भारत हार्छ भन्ने मधेसीको माग मधेसीकै माग होइन भारतको माग भयको” स्पस्ट देखाउंछ/ अहिले मरिसकेको गिरिजाको बारेमा बोल्नु लेख्नु ठिक त् होईन तापनि देसमा मधेश्बादिको उत्पात लाइ हेर्दा बिहारमा जन्मे हुर्केको गिरिजाको जन्मभुमिस्व स्वर्गा दपि गरियसी को अर्थ नेपाल होईन उसको जन्म भुमि बिहार्नै भयको देखाउंछ/

    आखिर भारत मधेसीलाई अघि उभ्यायर भारत सिट सिमाना जोडेको तराईको सबै समतल भूभागलाई मधेसीले चाहेमा नेपाल बात अलग्गिने घोसना समेत गर्न पाउने; मधेसिजात्काको छुट्टै सेना समेत हुने, भारत सिट तराइमा भयको श्रोताहरुमा उनीहरुले भारत सिट सिधै सन्धि सम्झौता गर्न पाउने स्वायत मधेश बनाउन दिन चाहन्छ? यसको जवाफ सोच्ने पर्दैन/ नेपालको तराईको अधिकांश भूभागमा भारतले मिचेको छ त्यो फिर्ता दिन भारत चाहँदैन/ तराइको सिमाना मा भारतले अंतर्रास्त्रिय कानुन मिचेर बाटो भन्दै बाँध बनाउंदै आयको छ, त्यो भारत भत्काउन चाहँदैन/

    नेपालको सबै सप्त कोशी नदीहरुको पानि थुनेर नेपालकै भूमिमा भारत बिस्वमै ठुलो २६८ मिटर अग्लो पानि त्याकी बनायर भारतमा पानि आपूर्ति गर्ने योजना बनायको छ त्यो आयोजनाको कार्यालय पनि नेपालमा भारतले स्थापना गरि सकेको छ/. जवकी भारतलाई तेस्तो आयोजना बनाउन दिने कुरामा नेपालको सदनले अनुमोदन गरेकै छैन र अनुमोदन हुने सम्भावना पनि छैन/ यो कुरामा अहिलेको त्यो मधेशबादी उपेन्द्र नेपालको विदेश मन्त्रि हुँदा भारतको त्यो आयोजना बनिने घोसना गरेको थियो/ तेसैले तेस्तो उपेन्द्रको मधेशबादी गुटको माग अनुसार मोरंग सुनसरी झापालाइ मधेसीको मधेशमा भारत गाभ भन्दै आयको हो/

    Reply
  3. Michael says:
    December 8, 2015 at 12:43 am

    कुराकानीको दौरान चै बिहारीहरू हाम्रो देश तिमीहरुको भन्दा निकै धनि छ( आफुलाई अमेरिकी जस्तो ) किन चाहियो तिम्रो गरिब देश को नागरिकता भन्छ |
    उता भारत सरकार चै आफ्नो बढी भन्दा बढी नागरिक लाइ नेपालि बनाएर नेपाल खान मुख आँ गरेर बसेको छ |
    ये झापाली हाल्दे त् सैतान को मुख मा अगुल्टो |

    Reply
  4. Murex says:
    December 7, 2015 at 11:32 pm

    सोलक्य जी,

    येही कुरा तपाइले याहा ब्लग मा मात्र लेख्नु सट्टा यिनी महासय को फेसबुक वा ट्वीतर मा दुवै संबिधान को पेज हुबहु कपी पेस्ट गरिदिए अलि राम्रो हुन्थ्यो कि? अनि दुध को दुध….. पानी को पानी भै हालला नि हैन र?

    Reply
  5. बलु थापा says:
    December 7, 2015 at 11:05 pm

    हल्लै हल्लाको देश मेरो वास्तविकता नबुझी कागको पछाडी लाग्ने भरतिय बिदेश मन्त्री को नियत…..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme