Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिजो वार्ता नगरी प्रधानमन्त्री केमा व्यस्त भए?

Posted on December 3, 2015 by Salokya

pm-prez
बुधबार साँझ ६ बजे आन्दोलनरत मधेसी मोर्चा, प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच वार्ता गर्ने तयारी थियो। तर वार्ता हुने समयभन्दा सवा २ घण्टाअघि अर्को बैठक कहिले हुनेसम्म टुङ्गो नलगाई बैठक स्थगित भएको घोषणा प्रधानमन्त्रीले ट्विटरबाट गर्नुभो। खासमा बिहान प्रमुख तीन दल बसेर साझा धारणा बनाएर साँझ मधेसी मोर्चासँग बस्ने भनेर सोमबारको बैठकमा कुरा भएको थियो। देश संकटमा फँसेको बेला वार्ताका लागि बिहानैदेखि तीन दल बस्लान् भनेको त के बस्नु! प्रधानमन्त्री व्यस्त हुनुभयो। केमा व्यस्त? सायद वार्ताभन्दा अति जरुरी काम पर्‍यो उहाँलाई। सबै समाचार हेर्दा उहाँ राष्ट्रपतिसँगको दुई कार्यक्रममा रहेको फोटो देखियो।

digital
एउटा कार्यक्रम थियो राष्ट्रपति भवनमा आयोजित डिजिटल हस्ताक्षर शुभारम्भ कार्यक्रम। राससको यो फोटोमा यो कार्यक्रममा प्रधानमन्त्री ओली पनि सँगै उभिनुभएको देखिन्छ। डिजिटल हस्ताक्षर शुभारम्भ राष्ट्रपतिले गरिसकेपछि त्यहाँ प्रधानमन्त्री उपस्थित भइराख्नु खासै जरुरी थिएन भनेर सोच्ने तपाईँ को? जरुरी भएर त वार्ता सार्ता छाडेर त्यहाँ जानुभएको। हाम्रो राष्ट्रवादी प्रमज्युलाई जेपायो त्यही आरोप नलाउनुस् है।

5nKRrMa
अनि अर्को कार्यक्रम थियो- दशरथ र‍ंगशालामा भएको त्रिभुवन विश्वविद्यालयको ४१ औँ दीक्षान्त समारोह। अंगद ढकालले खिचेको यो फोटोमा पनि राष्ट्रपति ज्यु र प्रधानमन्त्री ज्यु सँगसँगै देखिनुभयो। प्रधानमन्त्री त विश्वविद्यालयका कुलपति भइहाले। त्यसैले दीक्षान्त समारोहमा प्रमलाई पहिलेदेखि प्रमुख अतिथि बनाइन्थ्यो।

तर यहाँ चैँ राष्ट्रपति ज्यु किन उपस्थित हुनुभयो त? राष्ट्रपति पहिलेका दीक्षान्त समारोहमा त कहिल्यै उपस्थित भएको थाहा थिएन त। सरकारी अखबार गोरखापत्रका अनुसार प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिलाई बोलाइएको हो रे।
gorkhapatra

ल हेर्नुस् त, प्रधानमन्त्री ज्यु कति व्यस्त हुनुहुन्छ। उहाँले टाइमै पाउनु भएन वार्ता र सहमतिका लागि। फेरि वार्ता गर्न किन तातो लाग्नु परेको छ र ? भर्खर सय दिन त कट्यो नि आन्दोलन। नाकाबन्द भए पनि काठमाडौँमा सडक जाम हुने गरी गाडी गुडेकै छन्। पावरवालाहरु सबैले तेल र ग्यास पाएकै छन्। पावर नभएकाहरु ब्ल्याकमा महँगो तेल किन्न सक्ने गरी धनी छँदैछन्। बाँकी ती निमुखाको ध्यान ग्यास वा तेलको लाइनमा पालो कसरी मिच्ने भन्ने सोच्नमा नै लागिरहेको छ। अनि किन तातो लाग्नुपर्‍यो? आरामले गरे भइहाल्छ नि वार्ता। कि कसो ?

13 thoughts on “हिजो वार्ता नगरी प्रधानमन्त्री केमा व्यस्त भए?”

  1. chandra says:
    December 11, 2015 at 1:01 pm

    लाज/सरम र नैतिकता नभए पछि कसको के लाग्छ? Under – SLC ले PhD , मास्टर्स र बेच्लोर्स हरुको सर्टिफिकेट हस्तान्तरण गर्दा कस्तो नसुहाएको! के जाति गर्ने लाइ भन्दा देख्ने लाइ लाज भने जस्तो! यो राजनीति होइन यो डाका, दादागिरी, छाडाबाद, JPT हो!

    Reply
  2. max says:
    December 6, 2015 at 7:39 pm

    When I attend a graduation ceremony I got a certificate from Vice Chancellor of University but not from the Pri-minister or President. the person who is getting a certificate either from Masters, Bachelor’s degree or after Ph.D, as I my understanding, the person who is providing certificate must have to be higher education than the person who is getting a certificate.

    But
    Under SLC is providing you a certificate what a shame!!.

    It’s very rare in a developed country, the minister/ parliament member involving such a ceremony.

    currently the Oli and his co- duty is bring a peace in a country but he is worthless. Resign and give the position for younger generation so they can easily settle down the problem. you old ox/buffaloes could not solve the problem.

    Reply
    1. Michael says:
      December 7, 2015 at 2:06 am

      My friend
      you have to change your mind in this regard and think twice before writing any words here. That is showing your ignorance even after getting PhD( probably).
      You can not get Political mind, ability, talent even you graduate from best of the best universities in this world. No Universities produced Obama( law graduate), Modi( like oli) and many dictators like Jangbahadur.
      They get it by birth and proper practice in their line.
      Don’t you forget how you got your Phd?
      I am not a Fan of Mr.Oli, But, why on earth Oli will quit his post and give it to ABC or XYZ? Is he a jogi? or doing public service?
      Did he got PM post as a gift or ”Dakshinaa”?

      Reply
  3. Bikash Tamang says:
    December 6, 2015 at 8:55 am

    सबै कालो बजारी मा दुइ चार हात गर्न पाइराखेका छन् फेरी के को जल्दी खाउँ …भागबन्डा र भोटिंग छेत्र को कुरा त हो जतिखेर मिलाएनी भैहाल्छ संबिधान त हात्तिको देखाउने दांत न हो ..

    Reply
  4. devu says:
    December 4, 2015 at 5:59 am

    घर को यस्तो अवस्था मा त दुश्मन पनि हास्न सक्दैन होला… इनिहरु को ओठ को मुस्कान देखेर सारै रिस उठ्यो …तर के गर्ने… …

    Reply
  5. devu says:
    December 4, 2015 at 5:56 am

    इनिहरु यसैका लागि त प्रधान मन्त्रि बनेका हुन् नि..
    केहि काम नगरी,, हावा गफ दी , जिन्दगि भर देश ले पाल्छ भने अरु के चाहियो…

    यसैको लागि इनिहरु सबै पालै पालो एक एकचोटी प्रधानमत्री भै रहेछन…
    प्रधान मन्त्रि बन्यो, पुग्यो.. सब नेता पालै पालो प्रधान मात्री भएका छन्..
    लुटेर चोरेर खानु भन्दा पनि खतरनाक छ यो पेशा..

    माधव नेपाल ..
    झलनाथ
    ओली
    सुशील
    प्रचण्ड
    बाबुराम
    शेरे
    अब अलि अलि त्यो राम्चंद्रे उफ्रिना थाल्या.. उही होला अर्को प्रधान मन्त्रि…
    पालै पालो … अनि ६०१ ले पार्टी खर्च उठिराखेको छ क्यारे… अरु क चाहियो.. जनता मरोस बचोस के मतलब…

    Reply
  6. punya prashad says:
    December 3, 2015 at 11:24 pm

    थुक्क कस्तो नसुहाएको त्यो गाउन् लगाको हाम्रो के पी ओली एस एल सी प्रधान मन्त्रि लाइ

    Reply
  7. eklavya says:
    December 3, 2015 at 10:03 pm

    जव भित्रै भित्र सबै मिलेका छन् तिनलाई थाहा छ यो बन्द कति महिना चल्छ र कसले चाहे तुरन्त खुल्छ भनेर फेरी वार्ताको औचित्य र ढोंग किन ? सबै कालो बजारी मा दुइ चार हात गर्न पाइराखेका छन् फेरी के को जल्दी खाउँ …भागबन्डा र भोटिंग छेत्र को कुरा त हो जतिखेर मिलाएनी भैहाल्छ संबिधान त हात्तिको देखाउने दांत न हो ..

    Reply
  8. XYZ says:
    December 3, 2015 at 2:41 pm

    There was news about government taking action against public servant suggesting Baluwatar Office and Sital Niwas Office to be merged together to save cost. I suppose he should be rewarded not punished for his suggestion.

    Reply
  9. mahesh says:
    December 3, 2015 at 1:08 pm

    बिद्या कमरेड संग भेट्ने मौका गुमाएर के को बार्ता? कस्तो बार्ता र किन बार्ता?

    Reply
  10. sham says:
    December 3, 2015 at 12:44 pm

    Salokya jee, hamro ultranationalists harule yo kura bujhe hunthyo ni? PM lai kin hatar garnu paryo? PM jyu lai janta bat kunai pressure chhaina.

    Reply
  11. PradeepMS says:
    December 3, 2015 at 12:38 pm

    “पावरवालाहरु सबैले तेल र ग्यास पाएकै छन्। पावर नभएकाहरु ब्ल्याकमा महँगो तेल किन्न सक्ने गरी धनी छँदैछन्। बाँकी ती निमुखाको ध्यान ग्यास वा तेलको लाइनमा पालो कसरी मिच्ने भन्ने सोच्नमा नै लागिरहेको छ। अनि किन तातो लाग्नुपर्‍यो? आरामले गरे भइहाल्छ नि वार्ता। कि कसो ?”

    गाँठी कुरा चै यही हो !!!

    Reply
  12. zekar says:
    December 3, 2015 at 11:07 am

    SlC pani pass navayeko pradhan mantri lai dikshyanta samaroha ma attendence garnu parne ra tato na charo ko kaam ma BG hunu parne hola… barta nagarikana …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme