Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोलीकान्डमा भारतीय दूतावासले हामीलाई यसरी पो मूर्ख बनाएको रैछ

Posted on November 26, 2015November 26, 2015 by Salokya

ray सुनसरीको हरिपुर गाविसमा नेपाली भूमिमा आएर भारतीय एसएसबीले नेपालीहरुलाई गोली ठोकेको विषयमा आज नेपालले औपचारिक रुपमा मुख खोलेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै घटना नेपाल भारत सीमाभन्दा १०० मिटर नेपालको भूभागभित्र भएको बताएको छ। नेपाली भूमिमा छिरेर निहत्था नेपाली नागरिकलाई गोली हानिएकोमा गम्भीर चासो देखाउँदै घटनाबारे छानबिन गर्न र दोषीलाई कारबाही गर्न भारतीय दूतावासमार्फत् भारत सरकारलाई आग्रह गरेको छ।

दुई वटै विज्ञप्ति हेर्दा चलाख भारतीय दूतावासले हामीलाई मूर्ख बनाएको प्रष्ट हुन्छ। कसरी ? ल पढ्नुस् खासमा के चलाखी गरेको छ दूतावासले।

यो पढ्नुस् भारतीय दूतावासको विज्ञप्ति-
india

अनि यो हेर्नुस् नेपालको विज्ञप्ति-
mofa

दुई वटै विज्ञप्तिलाई ध्यान दिएर हेर्नुस् त-

भारतले घटना बिहान ५ बजेर २० मिनेटमा भएको भनेको छ। नेपालको विज्ञप्तिमा नेपाली भूमिमा गोली हानेको घटना बिहान ६ बजेर २० मिनेटमा भएको हो।

भारतले आफ्नो विज्ञप्ति सही हो भनेर अड्डी लिन मिल्ने किन पनि ठाउँ छाडेको छ भने भारतीय भूमिमा तस्करसँग मुठभेड भएको घटना त बिहान ५ बजेर २० मिनेटको हो। त्यतिबेला भारतीय एसएसबीले गोली हानेकोमा कोही नेपाली नागरिक घाइते नभएको हो। त्यतिबेला एसएसबी भारतीय भूमिमै थियो।

भारतीय भूमिबाट नेपाली भूमि छिरेर गोली हान्दा चाहिँ बिहान ६ बजेर २० मिनेट भएको थियो होला। भारतीय दूतावासको कूतर्क हामीले जारी गरेको विज्ञप्ति त बिहान ५ बजेर २० मिनेटको घटनाको पो हो त भन्ने नै हुन्छ होला। नत्र एउटै घटनामा एक घण्टाको फरक किन आयो त? नेपाल र भारतबीच समयको अन्तर त १५ मिनेटको पो हो त। कि कसो?

बाँकी नेपाली भूमिमै आएर गोली चलाएको हो भन्ने कुरा त इन्सासबाट चलाएको गोलीको खोका हरिपुर ७ स्थित बिन्दुला देवी यादवको घर नजिक घटनास्थलमा फेला परेकोबाटै पुष्टि भइहाल्यो नि। फोटो एभिन्युज टिभी संवाददाता सचिन पोखरेलबाट-
ssb

8 thoughts on “गोलीकान्डमा भारतीय दूतावासले हामीलाई यसरी पो मूर्ख बनाएको रैछ”

  1. Pawan says:
    December 3, 2015 at 9:42 pm

    नेपाली लाई को को ले मुखर वनाएका रहेछन् । नेपालका नेताले कि भारतकाले समयले देखाउनेछ ।

    Reply
  2. Michael says:
    November 30, 2015 at 12:55 am

    यो रे पनि चोर नै रहेछ बा |

    Reply
  3. मछिन्द्र says:
    November 27, 2015 at 3:48 pm

    Nepal can claim whether the people were smugglers or not. But how can India say they were surely the smugglers. They could be the common purchasers.

    Reply
  4. Ravi aryal says:
    November 27, 2015 at 9:52 am

    SSB को fullform sashastra seema bal नै हो जुन नेपालले सही लेखेको छ
    http://www.ssb.nic.in/welcome.asp?langid=1

    Reply
  5. sushil says:
    November 27, 2015 at 7:45 am

    अब यो घटना दबाउनको लागि अलि दिन मधेश आन्दोलन मत्थर पारेजस्तो, बार्तामा कुरा मिल्ला जस्तो गराउछ अनि कुरा सेलाएपछि फेरी उही पुरानै मिसनमा फर्किन्छ बेलाइती झड्केलो.

    Reply
  6. bijay says:
    November 27, 2015 at 5:46 am

    Statement from ministry says”requested for early investigation”. It should have been ” demanded for immediate investigation and extradition of the culprits involved” .
    कहिले सम्म इंडियाको अगाडी पानीमा रुझेको कुकुर जस्तो व्यवहार गर्दै बस्ने?

    Reply
  7. bijay says:
    November 27, 2015 at 5:37 am

    छानबिन गर्न ” आग्रह ” गर्ने कि ” माग” गर्ने ? त्यसो त यस यस बि. नेपाल भित्र छिरेर गोलि हानेको भए तिनीहरु आतंकबादी भएन र ? त्यति नै बेला गोलि ठोकेर पठाउनु पर्थ्यो तिनीहरुलाइ .

    Reply
  8. robs says:
    November 26, 2015 at 9:29 pm

    SSB को fullform नेपाल सरकार लाई अहिले सम्म थाहा रहेनछ जस्तो छ. इंडिया ले भनेको छ सिमा सुरक्ष्या बल, नेपाल ले भनेको छ सशस्त्र सिमा बल.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme