Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कात्तिक २१ का प्रमुख घटना : मधेसी दलहरु संसद फर्कने, औषधि अभावले मानवीय संकट निम्तिने खतरा

Posted on November 7, 2015November 10, 2015 by Salokya

२०७२ कात्तिक २१ गते, शनिबार

आजको सबैभन्दा ठूलो समाचार रह्यो मधेसकेन्द्रित दलहरुले आफ्नो माग पूरा गराउन दबाब दिने उद्देश्यले संसद फर्कन गरेको निर्णय। संसद बहिस्कार गर्दै हिँडेको र संविधानसभाबाट त राजीनामा समेत दिइसकेको राजेन्द्र महतोको सदभावनासमेत संसद फर्केर रोष्ट्रम घेर्ने भएछन्। उपेन्द्र यादवले वक्तव्य निकाल्दै संसद बैठकको कुनै अर्थ नरहेको बताए।

yadav

– केही अघि भारतीय मिडियाको समेत हेडलाइन बन्ने गरी प्रधानमन्त्री केपी ओलीले भारतको नाकाबन्दी युद्धभन्दा पनि घातक बताएका थिए। आज फेरि उनले एउटा कार्यक्रममा गएर कसैले चित्त नदुखाए हुन्छ उत्तरतिरका सबै नाका खुल्दैछन् भने। गफ दिन पाएका उनले किन छाड्थे, एक वर्षमा लोडसेडिङ अन्त्य हुनेदेखि मेट्रो चलाउने र ट्रलिबस चलाउने आश्वासन दिए।

-हु्म्लामा स्थानीयको पहलमा हिल्सा नाकाबाट ३० हजार लिटर चिनियाँ पेट्रोल आउने भयो।

-प्रचण्डले बुटवलमा प्रचण्डले राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा अन्तिम समयसम्म सामना गर्ने प्रतिज्ञा गर्नु सबैको दायित्व भएको बताए। यता एमाओवादीले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भने भारतीय सेनामा कार्यरत नेपाली सैनिकहरुले नाकाबन्दीको विरोध गर्नुपर्ने प्रवक्ता दीनानाथ शर्माले बताए।

– भारतीय दूतावासले उपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाईको खण्डन गर्‍यो।

-भारतीय मिडियाले रुपन्देहीको बेलहिया नाकामा चिनियाँ कस्टम अफिसरलाई देखेर अचम्म मानेको समाचार छाप्यो।

-महँगोमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउने ठेक्का दिने भनी आयल निगमले निर्णय गरिसके पनि विभिन्न कोणबाट आलोचना भएपछि विराट पेट्रोलियम्सले सम्झौता रद्द गरेको घोषणा गर्‍यो। यो कम्पनीले काकडभिट्टामा डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा डेलिभरी दिने र त्यही मूल्यमा निगमले किन्ने निर्णय भएको थियो। वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले यही निर्णय गर्न नमानेको कारण उनलाई अन्नपूर्ण पोस्टले मिडियामा भिलेन देखाउँदै समाचार आक्रमण गरेको थियो। तर अन्ततः मिडिया क्याम्पेनै ब्याकफायर भएपछि अन्नपूर्ण पोस्टमै सूचना छापेर सम्झौता रद्द गर्न बाध्य भयो कम्पनी।

-नाकाबन्दीले तीन सयभन्दा बढी ट्रक औषधि रक्सौलमा फँसेको र बजारमा औषधी अभाव हुन थालेको समाचार सार्वजनिक भयो। युनिसेफले औषधि अभावका कारणसमेत जनाउँदै नेपालमा मानवीय संकट निम्तिन सक्ने खतराप्रति सचेत गरायो-

UNICEF : 'A new humanitarian crisis for the children of Nepal may loom' due to #IndiaBlockadesNepal pic.twitter.com/pGrvPDkzv2

— salokya (@salokya) November 7, 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme