Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारकै प्रवक्ताले स्वीकारे- झुटा मुद्दा लगाइएकै हो

Posted on November 10, 2015 by Salokya

के सरकार आफैले झुटा मुद्दा लाउँदै हिँड्न मिल्छ त?
पक्कै पनि मिल्दैन।
तर सोमबार नेपाल सरकारका नवनियुक्त प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले मधेस आन्दोलनका क्रममा झुटा मुद्दा लगाएको सरकारले स्वीकार गरेको पो बताए। मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा उनले भने, ‘त्यसैगरी झुटा मुद्दाहरुलाई फिर्ता गर्ने प्रक्रिया पनि आरम्भ भएको…’

सुन्नुस् प्रवक्ताले के भने –

सरकारले पनि झुटा मुद्दा लगाउन मिल्छ र? प्रवक्ताले नै स्वीकारे त ! pic.twitter.com/MaGJeW7aPG

— salokya (@salokya) November 9, 2015

वास्तवमा उनी चिप्लिएका हुन्। सरकार आफैले त्यसरी ‘झुटा मुद्दा’ भनेर स्वीकार गर्‍यो भने त सरकारकै कमजोरी देखिने भयो। सरकारले त मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुको माग बमोजिम राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिने काम गर्‍यो पो भन्नु पर्ने त। यहाँ त झुटा मुद्दा भन्दै आफै तल पर्ने काम पो भयो। यसले त आन्दोलनका क्रममा सरकारले मान्छे समात्दै झुटा मुद्दा लगाउँदै हिँड्ने रहेछ भन्ने पो सन्देश दियो त।

3 thoughts on “सरकारकै प्रवक्ताले स्वीकारे- झुटा मुद्दा लगाइएकै हो”

  1. काईंला says:
    November 11, 2015 at 12:57 am

    ए ओली जस्तै एसएलसी फेल पो परेछ? ठिकै भएछ| तारतम्य राम्ररि मिल्ने भयो|
    ओली ले गौतम बुद्ध लाई समेत निरक्षर थिए भनेका छन्| हामीलाई ढुंगा युगमै तुलना गरेको हो त्?
    चोरेर पास गर्ने भन्दा राम्रै छन्|

    Reply
  2. Chetan says:
    November 10, 2015 at 8:35 pm

    त्यत्ति सोच्न सक्ने भएको भए कहाको मन्त्रि हुन पौथ्यो त ?

    Reply
  3. Prabhakar says:
    November 10, 2015 at 7:40 am

    SLC फेल भए पछि त्यस्तै हो
    पछि नेपाल भारतमा छ भने पनि ईस्यु बनाउन हुदैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme