Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतलाई मन्त्रीहरुको भनाई खण्डन गर्दैको हैरान

Posted on November 7, 2015November 7, 2015 by Salokya

नेपालस्थित भारतीय राजदूतावासलाई अहिले भ्याइनभ्याइ छ। सबतिर हेर्‍यो, सब मन्त्रीहरुले के बोलेका छन् रिपोर्ट लियो, अनि खण्डन विज्ञप्ति निकाल्यो। भारतले नाकाबन्दी लगाए यता विज्ञप्तिको बाढी नै लगाइसकेको छ। यो ह‌प्ताका सात दिनमा उसले चार वटा वक्तव्य निकालेको छ। दुई वटा वक्तव्य वर्तमान मन्त्रिपरिषद्का मन्त्रीहरुको भनाईको खण्डन हो। आजै अर्का एक उपप्रधानमन्त्रीले बोलिसके। त्यसको पनि खण्डन भोलि आउने होला।

भारतले बिना वर्दीका सेना पठाउन खोजेको छ भनेर एमालेबाट मन्त्री भएका सत्यनारायण मण्डलले अस्ति नै विराटनगरमा बोलिदिए। त्यसको खण्डन गर्दै मंगलबार उसले यस्तो विज्ञप्ति निकाल्यो-

EMBASSY OF INDIA, KATHMANDU
PRESS RELEASE
November 3, 2015
The attention of the Embassy has been drawn to certain comments about India by Mr. Satya Narayan Mandal, Minister without portfolio in Government of Nepal, at a press conference in Biratnagar on 2 November 2015.
The comments are provocative, baseless and ill-intentioned. Coming from a responsible person holding the post of Minister in Government of Nepal, the comments are even more disconcerting and have the potential to adversely affect the cordial relations between India and Nepal.
The Embassy strongly condemns these comments, and urges all responsible persons to refrain from doing or saying anything that may negatively impact on the age-old ties between India and Nepal.
India seeks peace, stability and prosperity for people of Nepal. India has consistently supported the government and people of Nepal in their efforts to attain these objectives, and shall continue to do so.

एउटा मन्त्रीको भनाईको खण्डन निकालेको चार दिनमै फेरि अर्को मन्त्रीको खण्डन आज शनिबार निकाल्नुपर्‍यो भारतले। यसपालि त मन्त्री मात्र हैन उपप्रधानमन्त्रीको कुरा। आजको विज्ञप्ति यस्तो छ-

PRESS RELEASE
The attention of the Embassy has been drawn to certain comments about India by Mr. Chitra Bahadur KC, Deputy Prime Minister and Minister for Poverty Alleviation, Government of Nepal, in an interview to the Himalaya TV on 6 November 2015.
The Embassy condemns the comments made by Mr. Chitra Bahadur KC, which are completely baseless and provocative, aimed at vitiating the age-old historical, familial and civilizational ties between the people of India and Nepal. The Embassy expects the Government of Nepal to distance itself from these comments.
India seeks peace, stability and prosperity for the people of Nepal. India has consistently supported the government and people of Nepal in their endeavours to make a peaceful, stable and prosperous Nepal and will continue to do so.
November 7, 2015

कतिलाई त पहिलो पटक मन्त्री भएका उपप्रम केसीले के भनेका थिए भन्ने थाहै थिएन। भारतको विज्ञप्ति आएपछि मात्रै के हो भन्दै खोज्न थाले। यसरी केसीको प्रचार त स्वय‍ं भारतले गरिदियो। यस्तो भनेका थिए उपप्रम केसीले-

चित्रबहादुर केसीको भनाई जसलाई भारतले खण्डन गर्‍यो

चित्रबहादुर केसीको भनाई जसलाई भारतले खण्डन गर्‍यो

Posted by Mysansar on Saturday, November 7, 2015

भारतको यो खण्डन वक्तव्य आउँदै गर्दा फेरि अर्का उपप्रधानमन्त्री सिपी मैनालीले तराईलाई नेपालबाट टुक्राउने र भारतमा जोड्ने रणनीति रहेको धमला क्लबमा आयोजित कार्यक्रममा बताए। अब यसको पनि खण्डन भोलि आउने होला। यसो भनेका थिए मैनालीले-

अब त भारतले एउटा रेडिमेड ड्राफ्ट बनाएर राखे हुने भयो। त्यसमा मन्त्रीको नाममात्र खाली छाड्ने बाँकी व्यहोरा एउटै। अनि कुनै मन्त्रीले केही बोल्ने बित्तिकै खाली राखिएको मन्त्रीको नाम भर्ने र जारी गरिहाल्ने !

17 thoughts on “भारतलाई मन्त्रीहरुको भनाई खण्डन गर्दैको हैरान”

  1. madan bajracharya says:
    November 10, 2015 at 1:47 pm

    मित्रहरु
    भारतले नेपाललाई हेप्न पेल्न मिच्न सकेको मूल कारण सन् १९५०को सन्धि नै हो/ सन् १९४७मै कास्मिर कब्जा गरेको लगतै सरदार बल्लभ भाइ पटेलले नेपाल पनि कास्मिर जस्तै सेना प्रयोग गरेर कब्जा गर्न नेहरूलाई लिखित रुपमै सुझायाको थियो/ तर सेना प्रयोग गरेर कास्मिर कब्जा गरेकोलाई संयुक्त रास्ट्र संघ लगायत बिस्व्ले मान्यता दियन/कास्मिर कब्जा गर्दा भारत पाकिस्तान युद्ध भयो/ नेपाल कब्जा गर्न खोजेमा चीन सिट राम्रो भयको नेपाललाई कास्मिर जस्तै कब्जा गर्न भारतले चीन सिट युद्ध गर्नु पर्ने अबस्था आउँन सक्ने भयकोले मात्रै भारतले नेपाल कब्जा गर्ने आँट गर्न सकेन तर नेपाललाई आफ्नो कब्जामा कुनियत चाहि त्याग्न सकेन/ तेही कुनियत अन्तर्गत नै भारतले सन् १९५०को सन्धि नेपाल माथि लादेको अब स्पस्ट भयको छ/ भारतको यस्तो कुनियत बुझेरै चीनको प्रधान मन्त्रीले नेपाल माथि कुदृस्टी नराख्न भारतलाई चेतावनी दियको थियो/

    जनसंख्याको हिसावले हेर्ने हो भने नेपाल घैटो हो भने भारत तलाउ हो/ घैटोको पानि तलाउमा खन्यायो भने तलाउको अस्तित्वमा केहि पनि असर हुँदैन तर घैटोमा तलाउको पानि खान्यायो भने घैटोको अस्तित्वनै मित्छ/ त्यो १९५०को सन्धिमा नेपालको भन्दा ५० गुणा बढी जनसंख्या भयको भारतको नागरिकहरु नेपालमा बसोबास गर्न पाउने प्रावधान राख्नुको सिधा अर्थ घैटोमा तलाउको पानि खन्याउने जस्तै हो/ तेसकारण अब हामीले नेपाल र भारतको सिमाना यसरि खुला राख्नु र करोडौं भारतीयहरुलाई यसरि नेपालमा बसोबास गर्न दिनु रास्ट्रिय अस्तित्वको निमित नै खतरा हुने देखियो/

    नेपालमा जस्तै भारतीयहरुलाई श्री लंकाले पनि बसोबास गर्न दियकोले श्री लंकाको दच्छिन भूभाग जाफ्नालाइ पनि भारतीय तामिलहरुले झन्दै श्री लंका बात तुक्रायाको थियो/ श्री लंकाको जाफ्नाको कुरा र अहिले नेपालको तराईलाई मधेसीको मधेश बनाउने कुरामा किही भिन्नता देखिंदैन/ सानो देसमा अत्याधिक भारतीयहरुलाई हुल्न दिंदा श्री लंका फिजी मा जस्तै नेपालमा हुन् सक्ने दुर्घटना रोक्न पनि अब नेपालले भारत सिटको सिमाना नियन्त्रित गरेर भारतीयहरुलाई नेपालमा बस्न भिसा लिनु पर्ने ब्यबस्था गर्न अब ढिलो गर्नु हुँदैन/

    बिहार बात तराइमा बसाइ सरेका बिहारीहरुले नेपालको नागरिकता लिंदा उनीहरुले आफ्नो भारतीय नागरिकता त्यागेको प्रमाण दियर नेपालको अंगिकृत नागरिकता लियको हो बा छल कपट गरेर नेपालको बंसज बा जन्म सिद्ध नागरिकता लियको त्यो कुरामा अब गहन छानबिन हुनु पर्छ/ छल कपट गरेर ढाटेर बा भारती नागरिकता लुकायर नेपालको नागरिकता लियको बिहारिहरुको सर्वस्व हरण गरेर कमसेकम १० बर्ष शश्रम कैद हुने कानुन पनि तत्काल बनाउनु पर्छ/ तव न राजेन्द्र महतो जस्ता तह लाग्छ/ राजेन्द्र महतो बिहारमा जन्मेको बिहारिनै हो/ उसले पाउँ सक्ने भनेको नेपालको अंगिकृत नागरिकता मात्रै हो जन्म सिद्ध बा बसज नागरिकता होइन/ तर उसले नेपालको अंगिकृत होइन बसज्को नागरिकता लियको कुरा निक्लेको छ/ राजेन्द्र महतोको बुबाले राजेन्द्र महतोले भन्दा पछी मात्रै नेपालको अंगिकृत नागरिकता लियको हो त् राजेन्द्र महतोले बन्सज्को नागरिकता कसरि पायो? यो कुरामा उहिलेनै अख्तियारले छानविन गर्न खोजेको पनि थियो/ अहिले पुन राजेन्द्र महतो को नागरिकता को बारेमा छानबिन मात्रै थालेमा नेपालमा नाका बन्दि गर्ने छोटा बडा राजेन्द्र महतोहरू बिहार भाग्छन/

    नेपाल; नेपाली र नेपालको संबिधान कानुन मन नपराउने अंगिकृत नागरिकता लियका बिहारी आफैले नेपालको अंगिकृत नागरिकता त्यागेर बिहार नफर्केमा तेस्ताको अंगिकृत नागरिकता खोसेर बिहार फर्काउनु पर्छ/ अरु देसमा अंगिकृत नागरिकता लियाकाले त्यो देसको संबिधान कानुन र समाज नमाने तेस्ताको अंगिकृत नागरिकता खारेज गरिन्छ/ नेपालले पनि अब तेस्तै गर्ने कानुन बन्नु पर्छ/ तराइमा बिहारी मधिसेले नेपालको जन्म सिद्ध नेपाली नागरिक मधिसे समुदाय हक अधिकार र अवसर खोसेको छ/यसलाई तत्कालै रोक्न राज्यमा उपलब्ध हुने कुनै पनि अबसरमा नेपालको जन्म सिद्ध नागरिक भयको मधेशीले प्रथमप्राथमिकता पाउने कानुनि ब्यबस्था गर्नु पर्छ/

    Reply
  2. Pingback: कात्तिक २१ का प्रमुख घटना : मधेसी दलहरु संसद फर्कने, औषधि अभावले मानवीय संकट निम्तिने खतरा « Mysansar
  3. Kailash says:
    November 9, 2015 at 10:42 pm

    शिवरात्रिमा पकेटमार र पकेट मारिने पनि उही ठाउँ बाट आउंथे भने जस्तो भयो|
    खण्डन र बिखन्डन पनि उही तर्फ बाट आयो|

    Reply
  4. Kamal says:
    November 9, 2015 at 2:05 am

    नम्बर वान कुरो, भारतीय राजदुत र राजदुतावासको दृष्टिकोण र गराई पजिटिभ भएको भए सम्बन्ध यति खराब हुने थिएन|
    मोदीले विहारमा चुनाव नराम्रो संग हारे| नेपालमा हिन्दुराज्य पनि स्थापित गर्न सकेनन| मोदी सरकारको नेपालमा हिन्दु राज्य स्थापित गर्ने चाप नदिएको भए सायद नेपाली जनताले आफैले मान्ने थिए|
    अब मधीसेले बुझ्ने भए मोदीको इरादा|

    Reply
    1. Surya says:
      November 9, 2015 at 11:52 pm

      मैले नबुझेको कुरा – नेपाललाई हिन्दु राष्ट्र बनाएर भारतलाई फाइदा के?

      Reply
  5. Shree... says:
    November 8, 2015 at 8:52 pm

    लौ यो onlinekhabar लै पनि हेर्नुस, के नौटंकी गर्दैछ.. मेरो कमेन्ट त प्रकाशी गर्दैन येस्तै मोदी को भरौटे हरु को इन्तेर्विएव प्रकाशित गर्छन! यो प्रोपगंदा बाहेक केहि होइन.. facing saving गर्न खोज्दैछ चुनाब हारेपछि..मुख्य कारण नेपालको नाकाबन्दी गर्नु

    http://www.onlinekhabar.com/2015/11/348077

    एक छिन लाइ माने यो नाकबन्दि स्थनिय प्रसासन ले गर्द भाको रे॥ अनि जेनेवा को बिरोध पनि नितिश र लालु ले गरेको हो? अनि सुश्मा सग को भेत र मोदि सग को भेत अनि त्यो मुल्ला के जाति सचिब को कुरा अनि यो हम्रो देस्को लाजिम्पात पनि नितिश र लालु लाइ सप्पोर्ट गर्छन हो? कु तर्क दिने? अलि धिलो आयो यो प्रोपोगान्डा! मोदि को नेपाल कार्ड, नाकबन्दि किन भन्यो भने यो नाकबन्दि होइन भन्ने अनि फेरि भरौते हरु लगायेर यो नाकबन्दि त नितिश र लालु ले गर्दा भाको भन्ने॥। मोदि कि दिन गन्ति सुरु गर्दा हुन्छ अब! कहिले सचिवलाई दोस दियेको छ्​, अब फेरि नितिश र लालु रे॥। हैन बि बि सि मा पनि मोदि को भरौते छ्न कि क्या हो?

    Reply
  6. shiva says:
    November 8, 2015 at 3:47 pm

    अहिले नेताहरु भारत बिरोधि कुरा गरेर आफु खुब देशभक्त भएको देखाईराछन् तर यी त्यहि नेता हुन् जो पहिले भारतको बुइ चढेर आज सत्तामा पुगेकाछन l रास्ट्रबाद देखौनलाइ इंडियालाइ जे मन लग्यो त्यहि भनेर हुदैन बरु आफ्नो देशलाई आत्मनिर्भर बनाउन खोज्नुपर्छ र देशको समस्या सुल्झाउने तर्फ़ ध्यान दिनुपर्छ l नेताहरुले जे जस्तो बोले पनि समस्या आज उनीहरुलाई होइन हामी जनतालाई परिराछ l रात रातभर पेट्रोल ग्यासको लागि उनीहरु होइन हामी लाइन बस्नु परेकोछ l त्यसैले खोक्रो रास्ट्रबाद देखौनलाई इन्डियनलाई गाली गर्ने होइन आफु सहि हुनु पर्यो l कुरामात्रै होइन काम गरेर देखाउन पर्यो l नाकाबन्दीको अगाडी घुडा नटेके पनि जनताले आफुले पाउनु पर्ने समान को व्यवस्था गर्नु पर्यो र बजारमा भैराखेको कालोबजारी र भ्रस्टाचार रोक्न अग्रसर हुनु पर्यो नत्र येस्तै ताल चल्दै गयो भने अब केहि दिन पछि जनताले हाम्रो देशको यी खोक्रो रस्त्रबदी भएका नेताको धज्जी उडाउन बेर लगाउदैनन l हामी नेपाली जनता कसैका अगाडी झुक्न जानेका छैनौ र अत्याचार र दुराचार पनि सहदैनौ l

    Reply
  7. Michael says:
    November 8, 2015 at 2:52 pm

    प्यारा देशबासी हरु
    खुला सिमाना र बाढी झैँ ओइरिएका बिहारी हरु ले कुनै दिन यो समस्या खडा गर्ने निश्चित प्राय थ्यो | विश्व को दोस्रो ठुलो जनसंख्या सग एस्तो निर्बाध खुला सिमाना राख्नु आफैमा खतरा को घन्टी थ्यो , अब बज्न थाल्यो |
    हरेक काम कुराको समय हुन्छ , यो अब भाइचारा र सहमति देखाउने बेला हैन |दुश्मन हरुले दसैँ तिहार न भनि , यत्रो भुकम्प पिडित नेपालि माथि घोर अन्याय गरेका छन् , देश को अर्थ तन्त्र ध्वस्त बनाएका छन् |
    दुश्मन ठुलो र बलियो छ सन्धि सम्झौता को बिकल्प हुन्न त्यो महाभारत , पुराण मा लेखेको असल दुश्मन सग ब्यबहार गर्दा को लागि हो |
    खराब दुश्मन ( जस्तो कि मोदी र भारत ) सग सम्झौता गर्न जाउ कसौडिमा पकाएर तरकारी बनाएर खाइदिञ्छ |
    हुन् त् ओली हिजो मन परेका नेता हैनन् | तर देश लाइ संकट परेका बेला जन्मेको नेता हो | देश लाइ पी यच डि नेता हरु काम लागेन चार पास ओली र ओन्सारि हरु नै संकट को बेला काध थाप्न आए |

    यो युद्द कालिन मन्त्रीमंडल हो , संकट को घडी भएकोले ओली ले सोच्ने टाउको बढाउनु
    एकदम जायज छ | लुतिखोरे सुशील भन्दा पनि निकै अगि नेपाल ले यो कदम चाल्नु पर्ने |*(मन्त्रि मण्डल बढाउने हैन भारत सग स्ट्याण्ड लिनुपर्ने )|

    सी पी मैनाली , चित्रबहादुर, पासाङ्ग हरु देश भक्त रहेछान यो संकट को बेला काध थाप्न जो आए | सधै मन्त्रि भएर लुट्न आए भन्न पनि मिल्दैन |

    मधेस हाम्रो हो , मदिसे नेपालि हुन् , तर बिहार मा बसेर नेपाल मा ढुंगा हान्ने नेपालि हैनन् |जिन्दगि भर कोइ जिम्बेबारी न लिएका साथ् मा काजुको को कतौरा लिएर कम्प्युटर कि बोर्ड मा कम्मेन्ट हान्ने नेपालि भन्दा चुनाब लडेर आएको नेपाल सरकार धेरै बुद्दिमान छ | यो कुरा बुझौ दिन मिल्ने र सम्झौता गरेर हुने कुरा नेपाल ले दी इ सक्यो |
    इन्डिया ले मुटु , कलेजो मागेकोले यो अबस्था आएको छ |

    काम गर्छ गर्दैन त् हेर्नु नै छ तर ओली को भनाइ हरु कर्ण प्रिय छन्
    १) चीन सग को सबै नाका खुल्छ अब
    २) काठमान्डू दक्षिण काली मेट्रो , सोलार बस , ट्रली बस के के

    तल मदन जी को कम्मेन्ट अरु जानकारी मुलक छ |

    Reply
  8. ललित कुमार तामाङ्ग says:
    November 8, 2015 at 1:42 pm

    मधेश आन्दोलनमा भारतीय घुसपैठ को बकाइदा प्रमाणहरु देखे यसले मधेश आन्दोलन मा भारतीय रिमोट भएको प्रस्ट्याउछ | भारतले नेपाल प्रति गरेको व्यवहारले गर्दा सर्वसाधारण जनताले पनि सोच्न सक्ने कुरो हो कि नेपाल छुट्टै एक देश हो कि भारतको उपनिवेश हो ?
    अब भने भारतको अघोषित नाका बन्धिले हाम्रा नेताहरुको आँखा खुलेको जस्तो लाग्यो | यदि गोर्खाली विरहरु आफ्ना मातृभूमिको लागि भोको पेट नभनी पानि सम्म नपीइ दुश्मनहरुको बिरुद्द अन्तिम स्वास सम्म निरन्तर लडेर विस्व सामु नेपाल आजाद देश हो भन्ने एक इतिहास छाडेर जानु भएको हो भन्ने साचो हो भने हामीले आफ्नो व्यक्तिगत स्वार्थीको लागि दुश्मनहरु संग कुनै कुरामा सम्झौता गर्नु हुदैन | अहिले सम्म कर्मचारी तह देखि माथिल्लो ठुल-ठुला नाइकेहरु सम्म पनि आफ्नो स्वार्थी प्राप्तिका लागि बिकेका थिए र त्यस्तै राष्ट्रलाई घात हुने कु-कर्महरु गरेरै आज् नेपाली जनताहरुले यस्तो विषम परिस्थितिको सामना गर्नु परिरहेको हो | विस्वमा रहेका कुनै पनि देश हाम्रा लागि एक सच्चा साथीको रुपमा रहोस हामीलाई चाहिदैन कसैको रोटि बेटिको सम्बन्ध वा ठुल्दाइको सम्बन्ध | एक भुपरिबेश्ठित देशले पाउनु पर्ने हाम्रा अधिकार को सुनिस्चित होस त्यसैमा सन्तुष्ट हुनु पर्दछ | तर देश विकाशको सम्बन्धमा, राजनीति सम्बन्धमा वा कुनै पनि आन्तरिक मामिलामा कुनै पनि देशको कुनै किसिमको हावी नहोस हामि आफै चाहिदो योग्य छौ यदि हामि जन्मिदै स्वाभिमानी भएर जन्मिन्छौ भने | अब त्यस्तो नेताको खोजि गर्नु पर्दछ जसले आज सम्म भारत संग भएको सबैखाले असमान सन्धिहरुको तत्काल खारेज गर्ने कदम चलावस | यदि अङ्गगिक्रित नागरिकता बाहकले राष्ट्रलाइ घातक हुनेखालको क्रियाकालाप गर्दै हिड्छन भने सरकारले त्यस्ता व्यक्तिहरुलाइ तुरुन्त देश निकाला गरिनु पर्दछ |

    Reply
  9. dave says:
    November 8, 2015 at 6:45 am

    अहीले काे समस्या काे फाइदा उठाइ इ नेताहरू भारत बिरूद जसरी बाेल्दैछन, त्याे बिल्कुल राम्राे हाेइन।। मधेश हरू संग कुरा गनु बेकार थान्ने इ नेताहरूलाइ, मधेशी हरू पनी नेपाली हुन भनेर थाहा छैन र भन्या।। नेपाली जनतालाइ अल्मल्ल् पारी खुरू खुरू सत्ता बाडफाँडमा ब्यस्त नेता हरू ।। यसरी जथाभावी बाेल्नु भन्दा । याे समस्या लाइ सधै काे लागी कसरी निवारण गनु भन्ने कुरा गनु छाेडेर सबै दाेष भारत लाइ लगाएर अाफु हिराे बन्न खाेजीरहेका छन् । भारत काे दाेष छ तर त्यस्लाइ काेटयाएर बसी के याे समस्या समाधान हुन्छ ।।। नेपाली हरू जागाै । र समस्या समाधान तिर लागाैं ।। समस्या बढाउन हाेइन ।।।

    Reply
  10. XYZ says:
    November 8, 2015 at 6:19 am

    In the list you may add:

    1. Comrade Prachanda committing his last stand, fight to death in case of confrontation with India.

    2. Maoists Spokesman Dinnath Sharma inciting Gurkhas in Indian army to revolt against India imposed nakabandi.

    Are we going for a war with India? Mr Tukke Neta has already said that this kind of nakabandi will not happen even during war times. Here is my single way out from current stand-off: Kick out this stupid government of Mr Oli. The longer he stays in power, more suffering for Nepali people. Just watch my words.

    Reply
  11. ekraj says:
    November 8, 2015 at 5:28 am

    There are too many mean mouths within the government who do not understand that people of Nepal are sick of their hetorics and useless speaches and that does not produce anything or solve nothing.
    These lazy thugs who are looting the people and the country just misleading people needs to stand up from their sticky arse and start working form their buts if they are of any worth.
    Don’t waste our time for your foul mouth.

    Reply
  12. madan bajracharya says:
    November 8, 2015 at 4:29 am

    माथि मन्त्रीहरुले तेतिकै बोलेको होइन आधार जान्न उत्सुक हुनेले गुगल गर्नुस “unmaking nepal through madhes”./ हिमाल पहाड तराइ समेटेको नेपाललाई संयुक्त रास्ट्रसंघको सदस्य बनाउंदा सन् १९५६मै तराइ नेपालको भूभाग नभयको भनेर रास्ट्र संघमा बिरोध गर्दै तराइलाइ नेपाल बात अलग्याउन भारतको सहयोग पाउन भारतको सदन अगाडी दिल्लीमै धर्ना बस्ने रघुनाथ ठाकुरलाई ई मधेशबादीहरुले आफ्नो महान नेता तथा सहिद मान्छन/ बाबुरामको सरकार हुँदा ई मधेश्बादिहरुले त् सदन र मन्त्रालयको पदमै रहेर रघुनाथ ठाकुरको जयन्ति समेत मनायको थियो/ रघुनाथ ठाकुरले तराइ अलग्याउन खोलेको मधेशबादी दललाई नै पुन खोलेको हो इनिहरुले/ उहिलेको त्यो रघुनाथ ठाकुर र अहिलेको सिके बिचमा केहि पनि फरक छैन/ अनि मावोबादी सिट दिल्ली सम्झौता भयको लगतै मावोबादी बात अलग्ग भयर तराइ बात नेपाली लखेट्ने र तराइ लाइ नेपाल बात अलग्याउने भनेर हतियार उठाउने जय ज्रिष्ण गोइतलाई भारतले बिहारमा बसेर नेपालमा शसस्त्र आत्नक मच्चाउन दिनु र अहिले मधेशबादी दललाई भारतको प्रहरीहरुले नेपालमा नाकाबन्दी गर्नमा सहयोग दिनु बीच पनि केहि फरक छैन/ नेपालमा भारतको बिरोध गरे भनेर जमिम शाहलाई नेपालमै आयर गोलि हान्ने भारतको लखनउको प्रहरी भयको कुरा प्रमाण सहित सार्वजनिक नै भयको थियो/ नेपालले तेस्को बारेमा भिम रावल ग्रिह मन्त्रि हुँदा लेखेको पत्रको जवाफ समेत दियन भारतले/ नेपालको भूमिमा भारत बिरोधि अवाज नउठून भन्ने भारतले नेपाल र नेपालीको बिरोध गर्नेको ससस्त्र समुहलाई नै बिहारमा आश्रय प्रसय दिनु र नेपालमा नाकाबन्दी गर्न दिनु को अर्थ अब सबैले बुझेको छ कि भारत के चाहन्छ भनेर/

    तराइ नेपाल बात अलग्ग्याउनै नसके पनि भारत तराइमा भारतले लुते मिचेको बारेमा केहि पनि बिरोध नगर्नेको राज स्थापित होस् भनेर चाहन्छ भन्ने कुरा मा अब कसैले संखा गर्नु पर्दैन/ मेची देखि महाकाली सम्म तराइको भूभाग मिचेको छ भारतले/ तराइ मधेसीको मधेह बनेमा भारतले ती भुमि छोड्नु पर्दैन/ मेची देखि महाकाली सम्म अंतरारास्त्रिय कानुन मिचेर tनेपालको नदीहरु थुनिने सडक रुपी बाँध बनायको छ/ तराइमा मधेसीको बने त्यो भत्काउनु पर्दैन भारतले/ १९९ बर्ष पछि कोशी बाँध पनि नेपाललाई फर्काउनु पॉर्दैन भारतले तराइ मधेसीको बने/ तराइमै भारतले समस्त सप्तकोसी नदीको पानि लाइ नेपालको ४० गाउँ बिस्थापित गरेर बिस्व मै ठुलो २६८ मिटर अग्लो बाध बाधेर भारतमा पानीको ब्यबस्था गर्ने योजना बनायको छ/ उपेन्द्र यादव विदेश मन्त्रि हुँदा भारतलाई त्यो बाध बनाउन दिने पनि भनेको थियो/ तराइमा यस्तै उपेन्द्रको राज चले त्यो बाँध बन्छ र नेपालको पानी नेपालकै भुमिमा थुनेर भारतमा पानिको ब्यबस्था गर्न पाउँछ भारतले/ त् तराइ त् चाहिन्छ्नै भारतलाई चाहे त्यो आफुलाई भारत बादी भन्ने मधेश्बादिको नाममा होस् बा सिक्किम जस्तै आफ्नै नाममा होस्/ तराइमा पेट्रोलियमको भण्डार छ भन्ने कुरा भारतलाई राम्रै थाह छ र भारतकै दवावमा नेपालले त्यो पेट्रोल निकाल्न नसकेको हो/ सायद त्यो पनि चाहिन्छ नै होला भारतलाई/

    Reply
    1. XYZ says:
      November 8, 2015 at 1:10 pm

      कुनै एउटा महिला माथि मोज गर्न पाय सम्म किन कसले बिबाह गर्छ? येति पनि नाबुज्ने ले किन लम्बे तान कमेन्ट?

      Reply
      1. madan bajracharya says:
        November 10, 2015 at 12:40 pm

        महिला माथि मोज गर्न पाय सम्म बिबाह नगर्ने संस्कार ओली आफ्नो प्रधान मन्त्रि होइन भन्ने बिहारीको बिहारमा छ ओली हाम्रो प्रधान मन्त्रि हो भन्ने नेपालीको नेपालमा छैन/

        Reply
  13. Surya says:
    November 8, 2015 at 2:17 am

    त्यति त गर्नै पर्यो नी. अरु देशलाई नाकाबन्दी गर्न र अरु देशको प्राकृतिक श्रोतमा आँखा लाउन त्यति सजिलो त कहाँ हुन्छ र. आउँदा दिनहरुमा यो झन् चर्को हुँदै जान्छ.

    तर जे होस् एउटा कुरामा चाहिं हामीले भारतलाई धन्यबाद पनि भन्नु पर्छ. यो नाकाबन्दीकै कारणले नेपालमा राष्ट्रियताको भावना उर्लिएर आएको छ, चीन संग ब्यापारिक समझदारी कायम भई भारत संगको एकलौटी सम्बन्ध तोडिएको छ, भारतको मित्रता के हो भन्ने छर्लंग देख्यौं, हाम्रो आँखा साचै नै खुलेको छ, विकल्प सोच्न गम्भीर भएका छौं र सारा नेपाली एकै आवाजले बोलिरहेका छौं.

    Twitter account हुनेहरुले मोदी र भारतीय embassy लाई धन्यबाद भनिदिनु होला. मोराहरुको bheja fry हुन्छ.

    Reply
  14. eklavya says:
    November 7, 2015 at 11:07 pm

    होइन यी झोले नेताहरुलाई के को राष्ट्रवादले ब्युताइरहेको छ हिजो सम्मन देशको समस्यामा झारो तार्नेहरु आज भारत बिरोधि कुराहरु उग्ररुपमा ओकेलिरहेका छन् र यसो गर्दैमा देशभक्त देखिने त पक्कै होइन खुरुक्क मोर्चालाई वार्तामा ल्याउने अनि मधेशमा सम्बोधन गरे ढिलो चांडो मिल्ने कुरालाई यति राजनीतिक जटिलता बनाई देखाई अझ नानाथरी बोलेर मलजल दिने काम गर्दै छन् देश कति नाजुक अवस्थामा पुगिसके जनता कति पिडित छन् तेस्बारे कुनै चासो नलिई एकोहोरो फलाक्दै छन् भाषण दिदै छन् कहिले सम्मन …?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme