Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कात्तिक १४ : देशले दोस्रो उपराष्ट्रपति र चीनको पेट्रोल पाएको दिन

Posted on November 1, 2015November 1, 2015 by Salokya

12202428_1056949930995531_1788194564_n
अनौठो संयोग भएको छ। देशले नयाँ राष्ट्रपति पाएको दिन अर्थात् कात्तिक ११ गते चीनको राजधानी बेइजिङमा भारतको चार दशक लामो एकाधिकार अन्त्य हुने गरी कूल आयातको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने गरी सम्झौतामा हस्ताक्षर भयो। अनि कात्तिक १४ गते देशले उपराष्ट्रपतिका रुपमा नन्दबहादुर पुन पाएको दिन चीनको पेट्रोल पहिलो पटक नेपाल भित्रियो। आउनुस् हेरौँ कात्तिक १४ को यो महत्त्वपूर्ण दिनलाई केही फोटोमा

12200627_1056847181005806_526063098_n

सत्तारुढ गठबन्धनले साझा उम्मेदवारका रुपमा उठाएको भएर नन्दबहादुर पुनको विजय सुनिश्चित थियो। तर गठबन्धनभित्रै उम्मेदवार अर्कै बनाउनु पर्ने भन्दै असन्तुष्टि पनि जनाइएको थियो। त्यही भएर बिहानै सत्ता गठबन्धनको बैठकमा केपी ओलीले इमान्दारीमा दरिद्रपन नदेखाउन निर्देशन जारी गरेका थिए।

12200758_1056847241005800_321758281_n
प्रधानमन्त्रीसमेत लाइनमा बसेर मतदान गरेका थिए।

12188442_1056847104339147_1537270624_n
बिचरा पहिलो दल कांग्रेसले कुनै पनि पद पाएन।

माधव नेपाल
माधव नेपाल
रामचन्द्र पौडेल
रामचन्द्र पौडेल
झलनाथ खनाल
झलनाथ खनाल
कमल थापा
कमल थापा
सुवास नेम्वाङ
सुवास नेम्वाङ

12204733_1056847867672404_63074634_n

12177835_1056847437672447_15621887_n

यी हुन् अमियकुमार यादव। कांग्रेसका उपराष्ट्रपति उम्मेदवार
यी हुन् अमियकुमार यादव। कांग्रेसका उपराष्ट्रपति उम्मेदवार
अनि यी सत्ता गठबन्धनका उम्मेदवार। यादव सांसद भएकाले उनले आफूलाई मतदान गर्न पाए। तर पुन सांसद नभएकाले आफैलाई मतदान गर्नबाट वञ्चित भए।
अनि यी सत्ता गठबन्धनका उम्मेदवार। यादव सांसद भएकाले उनले आफूलाई मतदान गर्न पाए। तर पुन सांसद नभएकाले आफैलाई मतदान गर्नबाट वञ्चित भए।
मत परिणाम घोषणा हुनुअघि उपराष्ट्रपतिले चढ्ने गाडी ल्याइयो
मत परिणाम घोषणा हुनुअघि उपराष्ट्रपतिले चढ्ने गाडी ल्याइयो
मत परिणाम घोषणा हुनुअघि उपराष्ट्रपतिले चढ्ने गाडी ल्याइयो
मत परिणाम घोषणा हुनुअघि उपराष्ट्रपतिले चढ्ने गाडी ल्याइयो
यसरी सजाइयो संसद परिसर
यसरी सजाइयो संसद परिसर

12030783_1056941177663073_1235990564_n
निर्वाचन परिणाम घोषणा गर्दैगर्दा पुन माथिल्लो तल्ला अर्थात् दर्शक दीर्घामा थिए।

12200526_1056941244329733_1903557014_n
उनलाई मर्यादापालकले घेरिसकेका थिए।

परिणाम यस्तो आयो
12202516_10153814583915962_1510783591_n
विद्या भण्डारीले राष्ट्रपतिमा पाएको भन्दा यो २ मत कम थियो। यसपटक १० मत बदर भएका थिए। राष्ट्रपति निर्वाचनमा ८ मत मात्रै बदर भएको थियो।

12188483_1056941194329738_2019446976_n
विजयी भएको घोषणा गर्ने बित्तिकै उनलाई बधाई दिन त्यहाँ माथि कोही सांसद थिएनन्। ऋषि धमलाले प्रोटोकल मिचेर बधाई दिन जाँदा मर्यादापालकले समातेर उचाल्दै टाढा पुर्‍याएर छाडिदिएछन्।

12188332_1056949987662192_866390413_n

12188685_1056949970995527_731858583_n (2)
देशको मर्यादा क्रममा दोस्रो उच्च पदका व्यक्ति भएकोले स्वभावतः सुरक्षा व्यवस्था कडा हुने नै भइगयो।

12200707_1056949947662196_1987733182_n

उनी विजयी हुँदा प्रचण्डलाई पनि खादा लगाइदिए।
उनी विजयी हुँदा प्रचण्डलाई पनि खादा लगाइदिए।

12188778_1056949927662198_1317708943_n

12204641_1056949910995533_120668739_n

त्यहाँबाट सोझै उनी प्रचण्ड निवास र त्यसपछि कपनस्थित छाप्रोमा गए।
त्यहाँबाट सोझै उनी प्रचण्ड निवास र त्यसपछि कपनस्थित छाप्रोमा गए।

IMG_1186
अनि आजै अर्को ऐतिहासिक दिन। पहिलो पटक चीनबाट तेल भित्रियो।

IMG_1202
यस्तो अप्ठेरो बाटो हुँदै शुक्रबार काठमाडौँबाट गएका १२ ट्याङ्कर रसुवागढी पुग्यो। त्यहाँबाट तीन ट्याङ्कर केरुङ पुगी तेल लिई राति पौने १० बजे भन्सार कटेर नेपाली भूभागमा आइपुगे।

IMG_1275

IMG_1279

3 thoughts on “कात्तिक १४ : देशले दोस्रो उपराष्ट्रपति र चीनको पेट्रोल पाएको दिन”

  1. Jeevan Rai says:
    November 2, 2015 at 6:36 am

    मलाई त ऋषि धमलाले प्रोटोकल मिचेर बधाई दिन जाँदा मर्यादापालकले समातेर उचाल्दै टाढा पुर्‍याएर छाडिदिएको खबर बेस लाग्यो । यो हेडलाईन समाचार हुन पर्थ्यो ।

    Reply
  2. Lokendra Singh Bista says:
    November 1, 2015 at 10:20 am

    अादरणीय उपराष्ट्रपतीका रुपमा नन्दबहादुर पुन पाएकोमा नेपाली जन्ता एकदमै हर्षीत भएको छ, निजले अागामी दिनमा राष्ट्र प्रति बफादार रहि अाम नेपालीका अपेक्षित चाहाना लाई पुरा गर्ने र वैदेशिक सम्बन्ध समेत दिगो रुपमा कायम राख्दै शान्ति सु्रक्षालाई कायम राख्दै विद्भमान समयमा देखा परेका समस्या समाधान गर्न अदितीय भुमिका निर्वाह गर्ने अाशा राखेका छन । उहाँको विजयको ऐतिहासिक दिनलाई कायम राखिरहन उहाँले अागामि दिनमा खेल्ने भुमिका समयले हेरिरहनेछ । हेराै अाफुमा भएको कौशललाई कायमै राख्न कति सक्षम रहनु हुन्छ त्यो पनि भावि समयले नै बताउनेछ …….. ।

    Reply
  3. Rohini says:
    November 1, 2015 at 2:05 am

    चीनबाट तेल ल्याउने ब्यापारिक सम्झौता भैसकेको अबस्थामा अब बाटो चौडा अनि पक्कि बनाउनु पर्ने देखिन्छ| सम्बन्धित पक्ष्यको ध्यान जानु जरुरि छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme