Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मतगणना सकियो, मतपरिणाम घोषणा ५ बजे

Posted on October 28, 2015October 28, 2015 by Salokya

अपडेट : मतगणना साढे दुई बजेदेखि सुरु भएको छ। ४४५ मा मतपरिणाम सभामुखलाई बुझाइनेछ भने ५ बजेको संसद बैठकमा घोषणा हुनेछ।
दोस्रो राष्ट्रपति चुन्न मतदान सुरु, सांसदहरु लाम लागेर भोट हाल्दै
12179707_1055540051136519_568771171_n
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चुन्न मतदान सुरु भएको छ। बिहान ११ बजेदेखि सुरु भएको मतदानका लागि सांसदहरु लाम लागेर भोट खसाल्दैछन्। तीन वटा लाइन बनाइएको छ। राष्ट्रपति छान्न मतदान प्रधानमन्त्री छानेको जस्तो नभएर गोप्य मतदानबाट हुने हुनाले कसले कसलाई मत दियो थाहा पाइन्न। भोट दिने तरिका पनि ठ्याक्कै हामीले सांसद चुन्न भोट हालेको बेला जस्तै हो। मतदाता नामावली अनुसार मतपत्र लिने, मतपत्रमा कुन उम्मेदवारलाई मत दिने हो, त्यसमा चिह्न लगाउने र मतपेटिकामा खसाउने।

12188445_1055539424469915_386283382_n

मतपत्र चाहिँ यस्‍तो रहेछ-
12185710_10207980710064967_2079266010_o

12188319_1055543161136208_1141361453_n
मतपेटिका यस्तो छ।

नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा छन्। मतदान बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ। मतदान सकिएपछि अपराह्न २ः३० बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयले निर्वाचन कार्यतालिका बनाएको छ।

1 thought on “मतगणना सकियो, मतपरिणाम घोषणा ५ बजे”

  1. ekraj says:
    October 28, 2015 at 4:55 pm

    If we live long-enough, we will be able to see all sort of idiotic dramas, actors and shameful results of polical game and eventually a disgracefull situation for the people of Nepal and the country.
    This is just a another serial drama and it will is not going to produce any fruitful outcome either to the country or for the law and order situation in Nepal. They will continuously betray people’s aspiration and people will be left with no choice but just be ruled by the most ediots of all.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme