Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विद्या भण्डारीलाई शितल निवास, पासाङलाई बहादुर भवन

Posted on October 26, 2015October 26, 2015 by Salokya

prez-vp
अब रातारात चलखेल नहुने हो भने विद्या भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा शितल निवासमा र माओवादी जनसेनाका पूर्व डेपुटी कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ दोस्रो उपराष्ट्रपतिका रुपमा बहादुर भवनमा विराजमान हुने निश्चित भएको छ।

प्रमुख तीन दलमध्ये सुशील कोइराला एकातिर परे पनि मुख्यतः केपी ओली र प्रचण्डको गठबन्धन कायमै रहेकोले बुधबार हुन लागेको निर्वाचनमा यी उम्मेदवार जित्ने निश्चित देखिएको हो। यद्यपि सहमतिको प्रयास जारी रहेकोले भोलि र पर्सिसम्ममा परिवर्तन हुने सम्भावना पनि नभएको भने हैन।

एमाले स्थायी समितिको बैठकले सोमबार बिहान विद्या भण्डारीलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो भने एमाओवादीको बैठकले नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति उम्मेदवार।

भण्डारीलाई उम्मेदवार बनाउने प्रस्ताव केपी ओलीले गरेका थिए भने समर्थन झलनाथ खनाल र माधव नेपालले गरे।

तीन दलबीच भएको भद्र सहमति अनुसार संविधान जारी भएपछि एमालेले प्रधानमन्त्री र का‍ं‍ग्रेसले राष्ट्रपति पाउने चर्चा थियो। तर प्रधानमन्त्रीमा सहमतिविपरीत का‍ं‍ग्रेसले उम्मेदवारी दिएपछि राष्ट्रपति कांग्रेसलाई दिन नसकिने तर्क एमालेले गर्दै आएको छ। सुरुमा राष्ट्रपतिमा दावेदारी खुला भएको बताए पनि प्रचण्डले पछि भने यसमा कुनै अडान राखेको देखिएन।

अघिल्लो पटक राष्ट्रपतिकै कारण आफूहरुलाई धेरै व्यवधान भएको देख्दादेख्दै पनि एमाओवादीले एमालेका अगाडि राष्ट्रपतिमा अडान कायम राखेनन्। बरु उपराष्ट्रपति र सभामुखका लागि दावेदारी पेश गरे। सभामुखमा एमाओवादीका ओनसरी घर्ती निर्वाचित भइसकेकी छिन्।

सहमतिका लागि भन्दै कां‍ग्रेसले सभामुख र उपसभामुखमा कुनै उम्मेदवारी दिएको थिएन।

भोलि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने समय भइसक्दा पनि अहिलेसम्म राष्ट्रपति र उपराष्ट्रपति पदका एक एक उम्मेदवारको मात्रै औपचारिक निर्णय भएको छ। दुवैमा उम्मेदवारी दिने भनेको का‍ंग्रेसले भने यो ब्लग लेख्दासम्म उम्मेदवार तय गर्न सकेको छैन। मधेसी मोर्चा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भनिएको छ।

खिलराज रेग्मीको नाममा भारतको समेत सहमति हुने भन्दै दलहरुबीच सहमति प्रयास भइरहे पनि सहमति नभएमा र सत्ता गठबन्धन कायम रहे विद्या भण्डारी शितल निवासमा र पासाङ बहादुर भवनमा पस्ने निश्चित छ। एमाओवादीले सहमति नभए विद्या भण्डारीलाई राष्ट्रपतिमा भोट हाल्ने निर्णय गरिसकेको छ।

तर अघिल्लो पटक चौथो ठूलो दल फोरम र पहिलो दल माओवादीबीच राष्ट्रपति उम्मेदवार रामराजालाई जिताउने सहमति हुँदाहुँदै पनि मतदानको समयमा नयाँ समीकरण बनेर उलटपुलट भएको तथ्य पनि नबिर्सौँ। यहाँ क्लिक गरी पढ्नुस् विगत।

सत्ता गठबन्धनमा एमालेको १८३ र एमाओवादीको ८३ मतले २६६ मत पुग्छ। चौथो ठूलो दल राप्रपा नेपाल पनि सत्ता गठबन्धनमै छ। उसको भोट जोड्दा २९१ हुन आउँछ। मालेको ५, जनमोर्चाको ३ र मन्त्री भइसकेका साना दलको पनि मत जोडेपछि सहजै यो गठबन्धनको बहुमत पुग्छ। प्रधानमन्त्री निर्वाचनमा ओलीले ३३८ मत ल्याएका थिए।

[polldaddy poll=9146170]

[polldaddy poll=9146173]

तपाईँ पनि राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्ने भए भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय छ है। यहाँ क्लिक गरी प्रक्रिया बुझ्नुस्।

10 thoughts on “विद्या भण्डारीलाई शितल निवास, पासाङलाई बहादुर भवन”

  1. Dinesh says:
    October 28, 2015 at 3:21 pm

    देशको पहिलो सभामुख महिला देशको पहिलो राष्ट्रपती महिला यहाँ भन्दा चरम बिकास के खोज्नु ?? तेलको संकट ले सारा नेपालीले दु:ख पाये त के भो ? ग्यास को संकट ले जनताको चुलो बल्न छोडेर के भो ? चरम भ्रस्टाचार, जताततै लुट, महगी, जस्ले जे गरे पनि हुने मनपरी तन्त्र, लुट तन्त्र भएर के भो ? जताततै राजनीति करण, भागबण्डा भएर के भो ? लाखौं जनता बिदेश पलायन भएर के भो ? पार्टीका कार्यकर्ता भर्तिकेन्द्रले गर्दा उद्ध्योग, कल कारखाना, संघ संस्थान धोस्त भयो त के भो ? जङ्गल धोस्त भयो त के भो ? राष्ट्र नै धोस्त भयो त के भो ??? देशको पहिलो सभामुख महिला अनी देशको पहिलो राष्ट्रपती महिला छदै छन नि । यहाँ भन्दा चरम बिकास किन चाहियो ?????

    Reply
  2. cRIS says:
    October 27, 2015 at 3:52 pm

    राष्ट्रपति को हुने भन्दा पनि, को चाहि हुनुहुदैन भन्नेमा मेरो तर्क छ:

    – राष्ट्रपति
    १) पार्टीको सदस्य भए पनि कमसे कम पार्टीको तर्फबाट सरकार संचालनमा (मन्त्रि) नभएका! (पार्टीको तर्फबाट सरकार संचालन गर्न पुगीसकेकाहरुमा सारा मुलुकको “साझा” व्यक्तित्व देख्न सकिन्न)
    २) सामुदायिक या लैंगिक सम्बोधन गर्नको लागी त्यहि समुहको या लिङ्गको व्यक्ति चुन्न परे, कमसेकम आफ्ना समुदाय या लिङ्गको बिरोधमा खुलेआम उत्रिनेलाई राख्न हुन्न| त्यसले झन् गलत संदेश जान्छ| (गर्ने भन्ने हनुमान, पगरी धस्ने ढेडु, भने जसो मात्र हुनेछ|) हाम्रो प्रणालीले नै ढेडु चुन्ने गर्दोरहेछ भन्ने संदेश जान्छ|
    ३) राष्ट्रपतिमा “साझा” पद जस्तै: सभामूख, सर्बोच्च न्यायधिस, सेना, प्रहरी या राजदूत सकुशल सम्हालिसकेकाहरुबाट छान्ने परिपाटी बसाउन सक्नु पर्दछ, राजनीतिक पार्टीहरुले| नत्र पार्टीहरुले पद लोलुप्सा मात्र गरेको देखिनेछ|
    ४) राष्ट्रपति एक निस्क्रिय पद पनि हुनुपर्दछ| र यता लाग्नेहरु निस्क्रिय (“administration”) क्षेत्र बाट नै आएको राम्रो|
    ५) नपाउनेले केरा पायो,बोक्रा संगै खायो, नहोस|
    ६) परिपाटी (नजिर, precedent, वा protocol, template) जे भने पनि, शुरु देखि नै सहि र राम्रो बसाउने मौका आएको छ| क्षणिक लाभ र लोभले पार्टी र उम्मेदवारहरुलाई गलत बाटोमा नबटारुन, मनको बीचमा सबैले राखुन|

    (ढेडु कोहि नबनुन, अबस्थालाई औंलायेरा कोहि लोभ र लालचमा नफ़सिउन)

    Reply
  3. max says:
    October 27, 2015 at 2:01 pm

    के रास्ट्रपति पार्टी बाहिर को कोहि समनित बेक्ती लै दिंदा हुन्दैन र ?
    भाबी पुस्त ले के सिक्ने हो एस बाट.
    corrupted politics only harms the country like current new parliament ministers just selected without criteria.

    प्रचण्ड एंड केपी जस्ता हरु त निर्णय गर्ने हरु?

    मेडिया हरु तिमि हरु अरु बेल्ला खुबै करौन्थ्यो तर अहिले त बक्या बसे जस्तो छ . केपी लगाम्हारू.

    Reply
    1. bibek dhakal says:
      October 27, 2015 at 10:12 pm

      किन नहुनु, मजाले हुन्छ नि. तर त्यो गर्नको लागि नैतिकता भाको नेताहरुको बोलि सुनुवाई हुनु पर्यो कि त बोलि चल्ने हरुको नैतिकता हुनुपर्यो. तर अहँ, त्यो छैन. यदि चाहने हो भने खिलराज रेग्मीलाइ रास्ट्रपति बनाउन सकिन्थ्यो, स्मरण रहोस प्रधानमन्त्री भैसकेपछि आफ्नो मिशन पुरा गर्ने र सब भन्दा कम विवादित ( बोल्दा पनि धेरै बिचार पुर्याउने) भनेको उनि मात्र हुन्. खिलराज न सहि, क्षमता र विवादरहित छवि भएका अरु पनि रास्ट्रपति हुन लायक नगन्य उदाहरण हरु छन्. ति मध्ये एकलाई लेराउन सकिन्थ्यो. तर अहिलेको पवित्र गठबन्धनलाइ त्यो के मान्य हुन्थ्यो र …

      Reply
  4. Naresh says:
    October 27, 2015 at 8:43 am

    विद्या भण्डारीको देशप्रतिको उल्लेख्य देन के हो? योग्यता के हो? नेपाली जनतालाई उनले उल्लेख्य के सेवा गरेका छन्? ओली र प्रचंडे कांग्रेसलाई ठिक पार्न र तल झार्न जे गर्न पनि तयार जस्तो देखियो| कांग्रेसलाई केहि गर्न पर्दैन, पावरमा नभए पछि आफै गिरेर जान्छ| लुतो अझ बल्झन्छ| रोगग्रस्त सुशीललाई तल झार्ने प्रधान मन्त्रीका सल्लाहकारहरु हुन्, ती सल्लाहकार हरुलाई भविष्यमा कुनै काममा पनि सलग्न गराईन हुँदैन| अब ओलीको पनि त्यस्तै हालत नहोस|
    प्रधान मन्त्रि पनि बाहुन र राष्ट्रप्रति पनि बाहुन कुन समावेशीमा पर्यो| प्रधान मन्त्रि एमाले र राष्ट्रपति पनि एमाले| राष्ट्रपतिको प्रस्तावक पनि बाहुन नै| खोई समावेशीपनि? लैंगिक भन्दै अति प्रतिनिधित्व भएकै जात लाई दिने हो?

    Reply
    1. Sunil. London says:
      October 27, 2015 at 4:29 pm

      यो भन्दा पहिले राष्ट्रपति र उपराष्ट्रपति दुवै “मधिशे” हुदा त समावेशी को कुरा उठाउन भाको थिएन त नरेश जी ले , जय “मधेश” !!!!!

      Reply
    2. punya prashad says:
      October 28, 2015 at 7:36 pm

      राजा,
      तिम्र काला कांग्रेस र अँध्यारा माओबादी एमाले सबै येउतै द्यांग का मुला हुन् . जुन पार्टी र अहिलेका जुन अनुहार आएनी जनता लाइ केहि हुने होइन /
      तिमि कांग्रेस भनेर ” कुखुरी का ” गरिराख अर्को एमाले अर्को माओबादी भनेर ” कुखुरी का ” गरि रक्छा अर्को बाहुन गुरुङ छेत्री मधेसी भनेर भुकी रक्छा … नेता हरु लुट्दै रहन्छन पालो पालो संग ..

      Reply
  5. पवन खत्री says:
    October 27, 2015 at 7:17 am

    खै के भाकाे नेपालमा कस्ता कस्ता पत्रु मान्छेहरु राष्ट्रपति र उपराष्टपति हुन लागेकाे एउटी बुढाकाे लासमा चडेर राजनितीमा अाएकी अर्को १६००० हजार नेपालीकाे रगत बगाएर अाएकाे । संभावित राष्ट्रपतिकाे चरित्रमा पनि प्रश्न लागेको सुनिन्छ । हालै चन्दा प्रकरणमा पनि नाम अाएकाे छ ।
    यस्तै यस्तै ताेरिलाहुरे र संम्मान नभएका व्यक्तिलाई देशकै सर्बोच्च पदमा पदासिन गरे पछि हाम्रो के इज्जत हाेला र अन्तर्राष्ट्रिय समुदाय सामु ।
    साच्चिकै भन्ने हाे भने हाम्रो देशकाे महत्त्वपूर्ण पदमा पदासिनहुन केहि न केहि न्युनतम याेग्यता ताेक्नै पर्ने हाे ।
    संचारलाई देशकाे अांखा भनिन्छ तर खै हाम्रो देशको मिडिया पनि खत्तमै छ बिकेकै छ जस्तो लाग्छ । कम से कम देशकाे राष्ट्रपति उपराष्टपति जस्तो गरिमामय पदमा बस्ने व्यक्तिको background study सत्य तथ्य जनतालाई सुसुचित गर्नु पर्छ नि । हाम्रो देशमा कसैले अाफ्नाे काम राम्रोसँग नगरेकाे भएर हाम्रो यस्ताे हविगत भाकाे हाे ।

    Reply
  6. bibek dhakal says:
    October 26, 2015 at 9:32 pm

    ल बधाई छ, अब शितल निवासमा दिनहु ‘गोप्य बार्ता’ भएको समाचार सुन्न पाइने भो.
    नेपालमा प्रधानमन्त्री र रास्ट्रपति हुन कुनै बिशेष योगदान वा गुण नभए पनि हुने रहेछ. भावनामा बगेर छुने हुने रहेछ. भारत संग जोरी खोज्ने कुरा गर्छौं तर अब्दुल कलाम जस्तो राष्ट्रपति हुन लायक मान्छे हरु प्रसश्तै भएपनि हावा र हचुवा को भरमा राष्ट्रपति चुनेको पनि समर्थन गर्छौं. जय होस्.

    Reply
  7. Udhya says:
    October 26, 2015 at 9:13 pm

    सेवा गरे मेवा मिल्दो रैक्ष कम्ता मिहेनत गर्नु परेको थ्यो र इमान्दार निस्के के पी कामरेड त !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme