Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वका झुरेस्ट एयरपोर्टमा काठमाडौँ तेस्रो नम्बरमा

Posted on October 20, 2015 by Salokya

TIA
विश्वका सबभन्दा झुरेस्ट एयरपोर्टको वर्षेनी सूची निकाल्ने गर्छ सिएनएनमा। खासमा त्यो सिएनएन आफैले निकाल्ने होइन, The Guide to Sleeping in Airports नामको ट्राभल वेबसाइटले निकाल्ने हो। विश्वभरका २६ हजार २ सय ९७ जनाले त्यसको सर्वेक्षणमा सहभागी भएका थिए। अनि उनीहरुले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् हाम्रो देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई तेस्रो नम्बरमा राखिदिएको रहेछ। गत वर्ष पनि टिआइए तेस्रो नम्बरमै थियो।


comfort, conveniences, cleanliness र customer service गरी चार श्रेणीमा विमानस्थलको सुविधालाई हेरी भोट गर्न भनिएको थियो। अब तपाईँलाई थाहै होला हाम्रो विमानस्थल यो चारै वटा श्रेणीमा कुन हालतमा छ। साइटमा हाम्रो विमानस्थलको डोमेस्टिक टर्मिनललाई बस स्टेसन जस्तो भनिएको छ। अनि ट्वाइलेट सबभन्दा खराब अवस्थामा भनिएको छ।

धन्न, हामी झुरमध्येमा पहिलो नम्बरमा परेनौँ। हामीभन्दा पनि झुर दुई वटा विमानस्थल रहेछ

jeddah-airport-pc
साउदी अरबको जेद्दाहमा भएको किङ अब्दुलाजिज इन्टरन्यासनल एयरपोर्ट

port-harcourt-airport-pc
र पहिलो नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट इन्टरन्यासनल एयरपोर्ट।

झुरेस्ट विमानस्थलको सूची यस्तो छ-
1. Port Harcourt International Airport (Nigeria)

2. King Abdulaziz International Airport (Jeddah, Saudi Arabia)

3. Tribhuvan International Airport (Kathmandu, Nepal)

4. Tashkent International Airport (Uzbekistan)

5. Simon Bolivar International Airport (Caracas, Venezuela)

6. Toussaint Louverture International Airport (Port au Prince, Haiti)

7. Hamid Karzai International Airport (Kabul, Afghanistan)

8. Tan Son Nhat International Airport (Ho Chi Minh City, Vietnam)

9. Benazir Bhutto International Airport (Islamabad, Pakistan)

10. Beauvais-Tille International Airport (Paris)

अनि राम्रा विमानस्थल नि ?

1. Changi International Airport (Singapore)

2. Incheon International Airport (Seoul, South Korea)

3. Haneda International Airport (Tokyo, Japan)

4. Taoyuan International Airport (Taipei, Taiwan)

5. Hong Kong International Airport

6. Munich International Airport (Germany)

7. Helsinki International Airport (Finland)

8. Vancouver International Airport (Canada)

9. Kuala Lumpur International Airport (Malaysia)

10. Kloten International Airport (Zurich, Switzerland)

यी मध्ये कुनै एयरपोर्टमा तपाईँले यात्रा गर्नुभएको छ? कस्तो रह्यो तपाईँको अनुभव? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस् है।

24 thoughts on “विश्वका झुरेस्ट एयरपोर्टमा काठमाडौँ तेस्रो नम्बरमा”

  1. sanu nepali says:
    October 28, 2015 at 12:10 pm

    २०११ को दिसेम्बेर महिना मा म र मेरो साथी गौतम मानन्धर टोक्यो को हानेदा एअर पोर्ट मा पुगे . मेरो साथी को बागेज छुटे छ . टोक्यो को एअर पोर्ट मा त्यहाँ का कर्म चारी लाइ उनीहरु कै भाषा मा बागेज हरेको कुरा सुनाए . तुरुन्तै फोरम भर्ना लगायो . हामी लाइ टेन्सन भैरहेको थियो . त्यही टेन्सन को कारण मैले मेरो पासपोर्ट इमिग्रेसन मै छुटे छ र मेरो जाकेट पनि त्यही छुटे छ . हामी एरपोर्ट बाट बाहिर निक्लने लागेको बेला त्यहाका पुलिस ले बाहिर आएरै तपाई को पासपोर्ट छुटे छ भनेर दिन आयो . त्यहाँ का कर्मचारी ले हराएको बागेज खोजेर घर पुर्याइदिने भनियो . त्यसपछि हामी जापान कै साथी को घर को ठेगाना दियो . र घर गयो . पर्सि को दिन मा हामी फुजी हिमाल मा थियो . त्यही बेला हाम्रो बागेज घर पुर्याइदिएको मोबाइल मा कल आयो . हाम्रो देश मा यसरी समान हराए मा के गर्ने र के हुन्छ , कस्तो सास्ती भोग्नु पर्छ होला .

    Reply
  2. किरण (देशभक्त) says:
    October 25, 2015 at 11:26 pm

    The World’s Top 100 Airports – 2015
    2014 Rating
    1 Singapore Changi 1
    2 Incheon Intl Airport 2
    3 Munich Airport 3
    4 Hong Kong Intl 4
    5 Tokyo Intl Haneda 6
    6 Zurich Airport 8
    7 Central Japan Intl 12
    8 London Heathrow 10
    9 Amsterdam Schiphol 5
    10 Beijing Capital 7

    Reply
  3. PradeepMS says:
    October 25, 2015 at 12:36 pm

    आफ्नो दुई महिनाको नाबालक छातीमा च्यापेर श्रीमान् सहित यसै दशैंको टीकाको दिन पारेर US बाट घर आएका हाम्री बहिनीले Airport मा भोगेको हैरानी बयान गरि साध्य छैन, घरि “यहाँ हैन उता जानु”, रुखो व्यबहार, सिष्टता भन्ने कुरा एक थोपा नि नहुनु, झर्कि-हपारी कुरा गर्नु…सबै कुरा लाई छोडेर एउटा नाबालक बोकेर घरि एता घरि उता कुदिरहेको महिलाले आफ्नो बच्चाले घन्टौं एक थोपा पानी पनि खान नपाएकोले गाह्रो भैसकेको कुरा राख्दै सहयोगको लागि request गर्दा पनि एउटा मानवता भन्ने कुरा नि नदेखाउनु साह्रै दुख लाग्दो र लाजमर्दो कुरा त्यो दिन देखेको-भोगेको कुरा बहिनीले सुनाउँदा, अहिल्यै गएर त्यो airport का कर्मचारी भनाउँदा निर्दयी, unprofessional देशका लागि कलङ्क हरुलाई ठोकौं जस्तो रिस उठेको थियो |
    यो सब हैरानी, बहिनीको मन् नेपाली भए पनि Document अमेरिकी भएकोले भएको हो भने, मन् र Document दुवै बिदेशी भएकाले पनि Same हैरानी खेपेको कुरा line मै बसेका एक जना Belgium का नागरिकलाई बच्चा भएको कारण बताई आफु अगाडी जानलाई request गर्दा दुई हात जोडी नमस्कार फर्काएका थिए, कारण उक्त Belgium का नागरिकले पनि बहिनीले जस्तै Same हैरानी खेपिरहेका रहेछन…अब भयो त अतिथिदेवो-भव: ???

    Reply
  4. Roshan says:
    October 24, 2015 at 6:25 pm

    यत्रो भन्दा पनि एरपोर्ट को कर्मचारी हरुलाई लाज सरम केहि लाग्दैन है / कस्तो लाज नभएको management होला छ्या. अझ पहिलो मा होइन तेस्रो मा पर्यो भनेर खुसि भै राखेको होला नकचरो हरु shame on you people . देशलाई को इज्जत लिलाम गर्ने हरु थुक्क एरपोर्ट कर्मचारी हरु ……………

    Reply
  5. जीवन(स्टोन भिल्ला) says:
    October 23, 2015 at 1:22 am

    हैन यसलाई त एयरपोर्ट हो भनेर नामकरण गर्न पनि नमिल्ने हो अझै !एकादशी मेला लागे जस्तो बाहिर त झन,पिकअप गर्न आउने आफन्त भएन भने त कागको वथानमा बक्कुल्ला नै बनाउने ,आकासबाट एलिएननै आए जस्तो गर्ने,ट्याकसीका दाजुभाइहरुले ।
    उ बेला एयरपोर्टमा सरुवा भए देखि सबैका आँखा कालो धन तिर ,धेरैले महल ठाडो गरि सके।अनि कसरि हुन्छ ?
    हुन त धेरै जान्ने हुन पनि भएन ,शिष्टता त कति पनि छैन भने पनि हुन्छ।अस्ति ताका को कुरा हो ,बिदेशी जहाज़ उड़ानको क्रममा यात्रुहरुलाई वेटि़न्ग रुम बाट जहाज़ तिर लाने बेलामा ढोकाको आडैमा बसेर ग्राउन्डतिर…..निकायकी एकजना महिला निकै रिसाएर ठुलोठुलो स्वारमा ,खै कसैलाई गालि दिई रहेकी थिईन,ए बाबा!एयर्रपोर्ट जस्तो ठाउँमा कम्युनिकेसन र सिस्टम जस्तो कुरा राम्ररी मिलाएर गरेको भए एकले अर्कोलाई कराउनुनै पर्थेन होलानि !अगाडि लाईनमा बसेका बेल्जियमतिराका तिनजना टुरिष्टहरुले के सोचे होलान?
    हामि नेपालीले त मिलाएर बुझौंला रे !अब भो त!
    हैन ,बेलाबेलामा परिवर्तन भईराख्ने वालुवाटार तिरका आलिसान महलका मालिकहरु बेला बेलामा विदेश भ्रमण पनि जान्छन ,उतातिरका पनि पक्का पनि देखेर आउदा हुन अलिकति पनि लाज नलाग्दो होला कि के होला?कि सिधै वालुवाटारमा ल्यान्डिन्ग हुन्न्छ कि क्या हो ?
    मनःस्थिति अनि सभ्य र शिस्टता जस्ता कुराहरु कोहि कसैमा छैन भने फेरि कसरि भन्ने एयरपोर्टको ढोकामा बसेर “अतिथि देवों भव:”!!

    Reply
  6. Limbu HarataraH says:
    October 22, 2015 at 9:52 pm

    मेरो पैतला (राम्रा विमानस्थल) का – १ (२०११), ५ (२००४) र ९(२००५) मा टेकिएका थिए!!! मैले भनिरहनु पर्दैन यी १, ५ र ९ कति मनमोहक छन् किनकि तिनै ठाउंमा धेरै नेपाली बस्छौं| मेरो रोजाई थियो र छन् नं. ५ र १ साथि हो! यात्रा’रु निक्कै ठाउंमा मुnटिएं भने मेरै Ktm Airport ३ होइन लु १ मै पर्छ के छ तपाईको विचार/अनुभव?!!

    Reply
  7. वल says:
    October 22, 2015 at 1:25 am

    मैले त पैले देखि भनिराख्या नै छु| नेपालीलाई प्रविधि भन्दा पहिले व्यवस्थापन चाहिन्छ| यो हो सही चाँजोपाँजो जसले अग्रगामी गति लिन सहायता गर्छ| व्यवस्थापनको सही ज्ञान र कटिबद्धता भए जे काम पनि गर्न सकिन्छ, जनशक्तिको उपयुक्त बाँडफांड गरेर| डाक्टर र इन्जिनियर मात्र पढेर के काम जब व्यवस्थापन नै झुर छ भने| डाक्टर र इन्जिनियर भएर सरकारी जागिरमा हाकिम भएपछी कुन गाडी कसलाई दिने र कुन आफुले राख्ने इत्यादि दैनिकीमा नचाहिदो रुपमा समय खेर फाल्छ| यातायात व्यवस्थाको अधिकृत हुन् हाकिम भएको हो जस्तो| कुनै पनि बिभाग वा फाँट वा मन्त्रालयमा हेर्नुस, हालत त्यही छ| डिग्रि मात्र बोकेर भएन, commitment, perseverance र visionary हुनपर्छ| सुत्न जानअघि एक क्षण घोत्लिन समय निकाल्नुस| के तपाईलाई लाग्छ आज तपाईले सरकारको तलब भत्ता खाएर सही काम गर्नुभयो? सरकारको मुख्य सचिव भन्या छ, फाल्तु कुरामा ट्याम फाल्छ र खास गर्न पर्ने केहि गर्दैन| के लिलामणिजीले वाग्मती सफा राख्ने अभियान संगै सचिव मार्फत वा आफै एयरपोर्टमा ध्यान दिए सक्दैन थिए? त्यो त् उनको वेतनी काम र जिम्मेवारी पनि थियो| अब अवकाश पाएपछि जति बोले पनि काम छैन|
    के नेपालीमा एयरपोर्ट व्यवस्थापनको क्षमता छैन?
    यथार्थलाई पहिल्याउदा यस प्रश्नको उत्तर छैन भन्ने नै देखिन्छ| छन् भने सरकारी तहमा जिम्मेवारी वहन गरेका कोहि माईका लाल अहिले सम्म नदेखिएको अन्तराष्ट्रिय विमानस्थलको हालतले बताउँछ| उसो भए नीजिकरण गर्नपर्यो| तर ओहदामा भएका वा जिम्मेवारी पालन गर्नपर्ने व्यक्ति वा व्यक्तिहरुले काम गरेन र त्यसको सट्टा वा उपचार नीजिकरण ठिक होइन| त्यही काम नगर्ने व्यक्तिहरुले नीजिकरणमा पनि लफडा र बबाल सिर्जना गरेर वाधा हाल्नेछन|
    हाम्रो मुलुकमा सरकारी क्षेत्रमा performance measurement भन्ने चिज नै छैन| सरकारी स्वामित्व भएको संस्थान हरुमा पनि यो लागु छैन| निजि कम्पनीमा नाफालाई मापदण्ड आधार बनाएर हेरिन्छ| नाफा नकमाउने कम्पनीहरु आफै धराशायी भएर जान्छन| धेरै जसो सरकारी क्षेत्रमा नाफा होइन, उपादेयता, ग्राहक सन्तुष्टता र अन्य सम्बन्धित तत्वहरुलाई लिएर मापदण्ड तयार पार्न पर्ने हो| तर त्यस्तो छैन| राजदुत नियुक्ति गरेपछि लौ जसरि हुन्छ खाऊ चार पांच बर्ष भनेर छाडीदिन्छन| संसदीय समितिले पार लगाएपछि दाम्लो खोलिदिएर ल जाऊ जुनसुकै चरणमा भने जसो गर्छन| न मुल्यांकनको व्यवस्था छ, न आरम्भको आधाररेखा न सामयिक दिग्दर्शन|

    झुरेस्ट व्यवस्थापन, झुरेस्ट प्रशासन र राजनैतिक नेताहरु र मन्त्रि हरुको झुरेस्ट स्तर र मापदण्ड भएको ठाउँमा झुरेस्ट एयरपोर्ट नभई अरु कँहा हुने हो?भ्रस्टचारमा जेल सजाय भोगेर निस्कदा सगरमाथा विजय गरेको जस्तो गरेर फुल माला अबीरले स्वागत गर्ने चलन भैसक्यो|

    के गर्न पर्ने?
    प्रधान मन्त्रि र मुख्य सचिवले नागरिक उड्डयन सचिव र एयरपोर्ट म्यानेजरलाई बोलाएर द्रुत गतिमा प्रगति गर्न र अर्को फड्को मार्ने उदेश्यले यति समय भित्र short-term र long term मा के के उपलब्धि हुनपर्ने हो त्यसबारे यथार्थलाई ध्यानमा दिएर योजना बनाउन लगाइन पर्छ| समय समयमा त्यसको प्रगति बिवरण पनि हेरेर मार्ग निर्देशन दिईनु पर्छ| तीन महिनामा अवकाश हुन् लागेको कर्मचारीलाई यस्तो जिम्मेवारी दिईनु हुँदैन|
    तर मुख्य कुरो के भने ती प्रगति गर्न नसके सचिव र म्यानेजर दुवैलाई घटुवा गरिन पर्छ| नसक्नेले पैले छाड्नु पर्यो| मन्त्रीलाई पनि घटुवा र सरुवा गरिन पर्छ| जिम्मेवारी र accountability भन्ने चिज मंगल ग्रहको बस्तु ठान्नु भएन| दण्डहीनताले देश ख्वारलप्प
    पारेको छ, नेताहरु यसबारे केहि बोले पनि केहि गर्दैनन्|
    यति नगरे उकालो होइन हामी अझ ओरालो झर्ने क्रम जारी रहनेछ|

    Reply
  8. JeevanB says:
    October 21, 2015 at 5:21 pm

    पहिलो नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट इन्टरन्यासनल एयरपोर्ट र दोस्रो नम्बरमा साउदी अरबको जेद्दाहमा भएको किङ अब्दुलाजिज इन्टरन्यासनल एयरपोर्ट भएता पनि ति दुवै देशमा क्रमश अन्य पांच र छ वटा इन्टरन्यासनल एयरपोर्टहरु छन् जुन १० झुरेस्ट विमानस्थलको सूचीमा पर्दैनन् | तर विडम्बना हाम्रोमा चाहि येउतै मात्र इन्टरन्यासनल एयरपोर्ट र त्यो पनि झुरेस्ट ३ नम्बरमा | गतिला देश हकुवाहरु नहुनुको परिणाम |

    Reply
  9. सन्तोष says:
    October 21, 2015 at 12:39 am

    लौ साथि हरु अर्को वर्ष जसरि भएनी १ number मा पर्नु पर्छ. इज्जेत को कुरो छ .

    Reply
  10. Nabin says:
    October 20, 2015 at 6:27 pm

    होइन अरु त कस्तो छ थाहा छैन , कसरि क्यानाडाको Vancouver Airport राम्रो मा पर्यो ? मैले त Vancouver को भन्दा द्गेरै राम्रो राम्रो एरपोर्ट देखेको छु त | अचम्म लाग्यो है !!!

    Reply
  11. shiris says:
    October 20, 2015 at 5:19 pm

    सिंगापुरको चांगी विमानस्थल, कोरियाको इन्छन बिमानस्थल, जापानको हानेड़ा विमानस्थल संसारकै सर्वश्रेष्ठ विमानस्थल हुनु स्वाभाविक नै हो, जहाँ सेवाग्राहीलाई चाहिने हरेक सेवा चुस्त, दुरुस्त, सफा तथा प्रभावकारी ढंगबाट बाह्रै महिना चौबिसै घण्टा सम्पादित हुन्छन् | यी विमानस्थलहरुमा अक्ष्ररले मात्र होइन, प्रस्ट संकेतबाट आवश्यक सेवाहरु लिन पाइन्छ | ठाउँ ठाउँमा राखिएका सेवाग्राही हेरचाह डेस्कहरुबाट कुनै झर्को नमानी प्रस्ट बुझिने शैलीमा सेवा लिन सकिन्छ, चाहिएको समयमा | आजको सूचना प्रविधिको युगमा यी विमानस्थलहरुमा निशुल्क वाईफाई सेवा प्राप्त गर्न सकिन्छ, आफ्नो ल्यापटप, मोबाइल, प्याडहरुमा | तपाई संग यी कुनै दिभाइस हरु छैनन् भने पनि डेस्कटप कम्प्युटर इन्टरनेट सहित राखिदिएको छ, निश्चित समयसम्म लग इन गरेर आफुलाइ चाहिने काम गर्न सकिने |

    Reply
  12. Tuyu Bhaju Udaas says:
    October 20, 2015 at 5:11 pm

    3years back , we had to fly smoothly from Kathmandu to Sydney. But our transit spot was Changhi airport of Singapore… So, one can imagine easily what a vast difference we felt …something as arriving from Paataal to Baikunth-dhaam , alive !

    Reply
  13. ekraj says:
    October 20, 2015 at 3:49 pm

    I am bit surprised to Vancouver International being in top 8.
    Nepal is led by “JHUREST” politician and leaders in the world.
    So there is no surprise Trivuwan Internation being third in lowest rank. It is shame to termed as international airport.
    “Toilet” you will only use when you are sick to get sicker.
    Service is a joke and you would not find so rude disorganised in other part of the world.

    Reply
  14. Sunil, London says:
    October 20, 2015 at 2:48 pm

    हाम्रो नाक रह्यो ३ नम्बर मा पर्ना ले , नत्र त नेपाल सबै नराम्रो कुरामा १ नम्बर मा नै पर्दै आएकोछ, प्राकृतिक सौन्दर्यता बाहेक (जुन हामीले बनाएका हैनौ) !! अब को २-३ वर्ष मा चाही हामी ले साउदी अरब को जेद्दाह airport को ठाउँ लिने नै छौ !!!!!

    Reply
  15. Tenzing Gaba says:
    October 20, 2015 at 2:17 pm

    संसार\को झुरेस्ट बिमानघाट मात्र होइन
    संसारको झुरेस्ट हवाईयात्रुहरुमा पनि हामि निक्कै अगाडी नै छौ होला

    अन्तरास्ट्रिय
    बिमानमा बस्न पा छैन सुरु हुन्छ दारु-पानी दन्काउने काम,
    होइन हामीलाई कसले सम्झाई दिने बिमान भनेको रेस्टुरेन्ट होइन भनेर /
    होइन हामीलाई बेस्सरी बियर हसुर्यो भने पिसाब लाग्छ भन्ने कुरो पनि थाहा छैन ?
    अनि जहाजमा सिमित् सौचालय मात्र हुन्छ भन्ने कुरा कसले सम्झी दिने हाम्लाई ?
    यदि तपाई नेपाली यात्रुगणले भरिएको बिमान चढ्नु भएको छ भने एउटा कुरो प्रस्ट देखिन्छ toilet मा लामो लाम / जहाज अवतरण गर्ने बेला भैसक्यो, आ आफ्नो सिट मा बसेर पेटी कस भनेर चालकदल कराको कराकै हामी थपि थपि दारु दान्कायेर लाम बसेको बसेकै / खै अरु जहाज तिर त्येस्तो देखिन्न त् /

    रास्ट्रिय
    एकपटक आन्तरिक बिमान बाट यात्रा गर्दै थिए संगै बस्ने भद्र पुरुषले त झोलोबाट बदाम (बोक्रा सहितको ) निकालेर पो खान सुरु गरे, बदाम खाए मात्रै त् मेरो भन्नु केहि थिएन तर बोक्रा जति सबै जहाज भित्र भुइमा,
    दिमाग तातेर आयो अनि बोलाए एयर होस्टेसलाइ र भने
    होइन यो के ताल हो ?
    जहाज भित्र पनि यस्तो टुडिखेलमा बदम खाए जस्तो खान मिल्छ ?
    यो त केहि पनि होइन, कतिले त उखु खाएर जहाज भरि खोस्टाइ खोस्टा बनाइ दिन्छन /

    जदौ

    Reply
    1. Tenzing Gaba says:
      October 20, 2015 at 3:45 pm

      एयरपोर्ट राज्यको ठुलो आम्दानीको श्रोत हो (राजस्वबाट उठ्ने आम्दानीको कुरो गर्या होइन) /
      साधारण एयरपोर्ट TAX र एयरपोर्ट भित्रको संसाधनहरु उपयोग गरेर कसरि सुको कमाउनु सकिन्छ र रास्ट्र लाइ कसरि फाइदा हुन्छ भनेर एउटा तथ्यांक हेरौ

      हंगकंग बिमानघाट भएको प्रतक्ष्य फाइदा
      २०१४ को खुद नाफा————————————————— HK $ ६.५ अरब (राजश्व बाहेक)
      २०१४ मा रोजगारी पाउने जनताको संख्या ————————- ६५ हजार
      २०१४ मा बिमान घाट प्रयोग गर्ने यात्रु संख्या ———– ६ करोड ३० लाख
      ———————————————————————————————————

      खै अर्काको यस्तो तथ्यांक देखेर मुख भरि राल काढ्ने दिन कहिले जाला ?

      जदौ

      Reply
  16. Shankar says:
    October 20, 2015 at 2:06 pm

    अहिले एयर पोर्ट मात्र झुरेस्ट , अब त्यो दिन पर छैन , काठमान्डू को ”एयर ” नै झुरेस्ट भन्ने |हेर पोलुसन |

    Reply
  17. Bindu says:
    October 20, 2015 at 1:27 pm

    बिश्वकै झुरेस्टमा काठमान्डू एरपोर्ट तेस्रो नम्बरमा भन्दा ऐले चै एकदम ननिको र
    अल्लि पत्यार पनि लागेन !
    हो , केही बर्ष अगाडी त्यस्तो थियो तर ३-४ बर्ष यता देखि त हाम्रो एरपोर्टमा निकै नै
    सुधार देखिएको छ . स-सफाईको कुरामा त्यस्तो गुनासो गर्ने ठाउँ देखिएको छैन ऐले .
    अचम्मै लाग्यो कसरी तेस्रोमा पारियो !?

    भारतको पर्यटकीय गोबाको एरपोर्टमा २०१२ हो २०१३ तिर ( बर्ष भुले ) पुगेकी
    थिए , यात्रु पर्खिने हल कति फोहोर ! अनि ट्बाईलेटमा जाँदा कति दुर्गन्ध ! पेपर पनि
    थिएन !
    ऐले कस्तो छ थाहा भएन . नया एरपोर्ट बनाउदै छ भन्ने सुनेकी थिए , सार्यो कि !

    Reply
  18. navin bk says:
    October 20, 2015 at 12:55 pm

    hongkong & malaysia are very good ………..good in every way ……….all the staff are very cooperative and very polite, others facility in the airpot are also very good………

    Reply
  19. Ganesh Thapa says:
    October 20, 2015 at 7:24 am

    KLU biman sthal malaysia ramrai cha…tara I think thai isbest

    Reply
  20. bmaya says:
    October 20, 2015 at 6:42 am

    पोहोर यति बेलै तिर हो, इस्लामाबाद को बेनजिर भुट्टो international airport झुरेस्ट मा पहिलो नम्बर थियो र TIA तेस्रो मा थियो. संयोग पर्यो कि तेस्रो झुरेस्ट बाट ‘झुरेस्ट अफ द झुरेस्ट’ मा यात्रा गर्ने यानी कि इस्लाबाद जाने, दोहा को बाटो भएर. इस्लामाबाद मा पुग्दा राती को दुइ बजेको थियो. त्यो अस्तव्यस्त airport ले खुब confuse बनायो. आउने बेलामा line यस्तो कि हाम्रो पेट्रोल को लाइन बिर्साइदिने. प्लेन उड्न ५-७ minute बाँकि हुँदा हस्याँङ्ग फस्यांग गर्दै धन्न पुग्न सकियो. अहिले कसरि त्यो एरपोर्ट ले स्तर उन्नति गरेर 9th मा पुगेछ कुन्नि, जान्न मन लाग्यो..!!

    Reply
    1. bibek dhakal says:
      October 21, 2015 at 9:51 pm

      त्यो एयरपोर्टको प्रोमोशन भाको हैन हाम्रो जस्तो हरु एयरपोर्ट हरुको डिमोशन भाको हो. ऐलेलाइ यत्ति बुझिराख्नु

      Reply
  21. Durga says:
    October 20, 2015 at 6:39 am

    I came from uganda bt I wanted my laguage bt igot my bag around two hours pipo waiting their laguages bt our airport workers nt serious load our laguages they want money just pretend only their work n many many lack of things our airport no good facilities so that vry bad condition our only one international airport

    Reply
  22. Hari says:
    October 20, 2015 at 6:32 am

    अरु त था छैन सिंगापुरको एरपोर्ट देखेर चै छक्क परियो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme