Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब राजीनामा दिने पालो राष्ट्रपतिको

Posted on October 18, 2015 by Salokya

president-of-nepal नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा सुशील कोइरालाले राजीनामा दिए पछि केपी ओली प्रधानमन्त्री बने। त्यस्तै सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिएपछि नयाँ सभामुखमा ओनसरी घर्ती र उपसभामुखमा गंगाप्रसाद यादव चुनिए। नयाँ संविधान अनुसार संसदको अधिवेशन बसेको सात दिनमा प्रधानमन्त्री र २० दिनमा सभामुख/उपसभामुख चुन्नुपर्ने थियो।

अब राजीनामा दिने पालो राष्ट्रपति र उपराष्ट्रपतिको हो। हुनत बाटो खुला गर्न अहिले नै राजीनामा दिए पनि हुने हो। तर पाएको पद र सुविधा किन छाड्ने र। त्यसैले पुरानै राष्ट्रपति र उपराष्ट्रपतिले दशैँ मनाउने छन्।

संविधानमा अधिवेशन बसेको एक महिनाभित्र नयाँ राष्ट्रपति सहमतिमा चुनिनु पर्ने तोकिएको छ। संसदको अधिवेशन असोज १५ गते बसेको थियो। त्यस अनुसार अब कात्तिक १५ गतेभित्र राष्ट्रपति/उपराष्ट्रपति चुन्ने बाटो खोल्न अहिलेका राष्ट्रपति र उपराष्ट्रपतिले बाटो खुल्ला गरिदिनुपर्छ। त्यो भनेको राजीनामा दिने हो। यो तिहार अगाडि हो।

भनेपछि अहिलेका राष्ट्रपति र उपराष्ट्रपतिले दशैँ पदमा रही मनाउन पाए पनि तिहार भने मनाउन पाउने छैनन्।

राष्ट्रपति र उपराष्ट्रपति को चुनिएलान् भन्ने निश्चित छैन। उपराष्ट्रपति एमाओवादी र राष्ट्रपति एमालेको भन्ने सुनिएको छ। तर सहमतिको मिलनबिन्दू राष्ट्रपति पदमा बनाउने भनिएकोले कांग्रेसले राष्ट्रपति पाउने पनि हुनसक्छ। कांग्रेसले आन्दोलनरत मधेसी मोर्चाका नेता तथा आफ्ना पहिलाका नेता महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सुनिएको छ।

एमालेले भने महिलाबाट विद्या भण्डारी अथवा जनजातिबाट सुवास नेम्वाङ बनाउने भन्ने सुनिएको हो।

भारतको इच्छा भने रामवरण यादव वा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी छ भन्ने गाइँगुँइ सुनिएको छ।

6 thoughts on “अब राजीनामा दिने पालो राष्ट्रपतिको”

  1. krishna says:
    October 21, 2015 at 5:49 am

    के पद पालो पालो गरि खानलाई हो र ? भू पु रास्ट्रपति लाई पेन्सन अनि नया रास्ट्रपति लाई तलब र भत्ता किन बेकारमा खुवाई रहने ? बरु फेरी रामबरण लाई बनाइदिए हुन्छा |

    Reply
  2. सिमली says:
    October 20, 2015 at 4:35 pm

    किन उही व्यक्तिलाई जीवनभर पोस्ट दिने? अरु छैनन् र ? अरुको पालो आउनु पर्दैन? यो राष्ट्रपति, उप-राष्ट्रपतिको त नाम सुन्दा र फोटो देख्दा पनि वाक्क लागिसक्यो | यी नेमांग पनि मान्छे त राम्रै हुन् तर यिनलाई पनि सधै किन ठुलो पोस्ट दिइराखने ? यिनले पनि म अब कुनै पद लिन्न भनेर घोषणा गर्नु पर्ने हो | खै किन गर्दैनन्? लोभको घैंटो त यिनमा पनि देखियो |

    Reply
  3. ekraj says:
    October 18, 2015 at 7:38 pm

    These so called President and vice president had free Dasain for so many years if they can they will not give up the free perks.
    This is position you just occupy, you don’t have to do anything exept for keep taking free perks.
    A currupt culprit vice President like Jhan including Ram Baran will just glue to their chair unless some body kiks their arse.

    Reply
  4. Shankar says:
    October 18, 2015 at 7:01 pm

    इन्डिया को ”र”ले नेपाल को राजा मारेको , मदन भण्डारी , गुर्खाल्यांड को नेता को पश्चिम बङ्गाल मा हत्या गरेको तेसै छैन ,नेपाल मा बिहारीलाई रास्ट्रपति बा राजा बनाउन हो |
    हेर्नुस के गर्न सक्छ ”र” ले?
    http://www.dawn.com/news/1213905/raw-may-try-to-kill-pm-warns-punjab-govt

    Reply
  5. XYZ says:
    October 18, 2015 at 5:30 pm

    Will he also perform similar comical feat like Mr Suchane – right hand tendering his own resignation and left hand receiving resignation from VP? Nepalma joker haruko habi xa. So we are having all Rishi Dhamala marka people in the power – SLC pass and SLC fail! Great, this is 21st Century Nepal.

    Reply
  6. Sunil, London says:
    October 18, 2015 at 2:41 pm

    कस्तो कुरा गर्नुभा हो तपाइले ! नेपाल जस्तो देशमा उच्च पदमा पुगेर पनि राजिनामा गर्ने हो र ? खाइपाइ आएको सुबिधा त्याग्नु भनेको त “महा पाप” पो हो त नेपाल मा !!
    हाम्रा राष्ट्रपति ज्यु त पाए फेरी पनि राष्ट्रपति हुन तयार हुनुहुन्छ !! फेरी के “आजीवन राष्ट्रपति ” दिए पनि उहाले नाइँ भन्ने कुनै सम्भावना छैन !!
    रह्यो भारत ले चाहेको कुरो, रामवरण वा खिलराज रेग्मी , रेग्मी को त कुरा छाडिदिनोस किन भने उनि बाहुन हुन् , अहिलेको समय मा नेपालमा बाहुन वा छेत्री लाई ठुलो पद दिने कुरा सोच्नु सम्म हुदैन !! ठुलो पद त जनजाती , तल्लो जाति, मधेसी , र पिछडिएका वर्ग, कम्लरी लाई पो दिनु पर्छ त !!! बिध्या भण्डारी बाहुनी हुन्, उनलाई त राष्ट्रपति बनाउनै भएन , तेसैले रामवरण जी लाई नै पून राष्ट्रपति बनाइदिए “भारत खुशी , भारत खुशी भए मधिसे तेसै खुशी ” अनि तराई शान्त , पेट्रोल डिजल सजिलै उपलव्ध , अनि सबै नेपाली खुशी , सबै लाई चिट्ठा परे सरह !!! जय नेपाल !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme