Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के खेलाडीलाई राज्यविरुद्धको अपराधमा मुद्दा चल्न सक्छ?

Posted on October 15, 2015 by Salokya

2014 Asian Games - Irak vs Nepal - Ma Ning (Chine) म्याच फिक्सिङ अर्थात् घुस खाएर खेल हारजितको टुङ्गो पहिल्यै लगाएको आरोपमा पाँच खेलाडीलाई प्रहरीले पक्राउ गरेको सम्बन्धी समाचारहरुमा खेलाडीहरुलाई राज्यविरुद्धको अपराध गरेको भन्दै मुद्दा हाल्ने कुरा पढ्न पाइन्छ।

हो, शाब्दिक रुपमा हेर्दा करोडौँ नेपालीको विश्वासमा घात गर्ने भन्दै नेपालका लागि खेलेर नेपाललाई नै घात गरेको अर्थमा राज्यविरुद्धकै अपराधका रुपमा यसलाई हेर्न सकिन्छ।

तर के कानुनमा त्यस्तै छ त ? राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ पल्टाउँदा के देखियो ?

राजा वीरेन्द्रको पालामा बनेको यो ऐनलाई गणतन्त्र आएपछि २०६६ सालमा संशोधन गरिएको थियो।

यसले मूलतः तीन वटा अपराधलाई समेट्छ- राष्ट्र विप्लव, राजद्रोह र मित्र राष्ट्र प्रति विद्रोह।

नेपालको भूमिबाट मित्रराष्ट्रविरुद्ध हातहतियार उठाई विद्रोह गरेमा वा त्यसो गर्न सघाएमा मित्र राष्ट्रप्रति विद्रोह लागू हुने हो। त्यो यी खेलाडीलाई लागू हुने कुरा भएन।

राजद्रोह भनेको चाहिँ कसैले स्वतन्त्र एवं अविभाज्य नेपालको सार्वभौमसत्ता वा अखण्डतामा खलल पर्न सक्ने गरी काम गर्नेलाई लागू हुने हो।

राष्ट्रविप्लवमा पनि अव्यवस्था उत्पन्न गरे वा गर्न खोजे लागू हुने हो। हेर्नुस् कानुन-

1
2
3

यो अनुसार खेलाडीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चल्ने देखिँदैन। तर कानुन हो। के भन्न सकिन्छ र। इकमर्सको व्यवस्था गर्न बनेको विद्युतीय कारोबार ऐनलाई लगेर फेसबुक स्टायटस लेख्नेलाई थुन्ने देशमा जे पनि हुन सक्छ।

6 thoughts on “के खेलाडीलाई राज्यविरुद्धको अपराधमा मुद्दा चल्न सक्छ?”

  1. nisan says:
    October 16, 2015 at 10:23 pm

    यो सिधै घुष खोरी भनेर मुद्दा चालऔ न

    Reply
  2. bibek dhakal says:
    October 15, 2015 at 4:31 pm

    ति खेलाडि को तर्फा बाट वकालत गर्ने वकिल ले यो पढेर ‘युरेका’ भन्दै होलान….

    Reply
  3. tuyu bhaju Udaas says:
    October 15, 2015 at 4:25 pm

    …. who can determine the fixer of high profiles !
    Certainly,here sounds something wrong behind the candidacy of Shushil koirala . Otherwise he is not that type man to break his own words – will abandon the Kursi of PM immediately after the enforcement of New constitution-1135.
    But is there any supreme body, which is capable to investigate upon the promise-breaker and allies ?

    Reply
  4. tuyu bhaju Udaas says:
    October 15, 2015 at 4:19 pm

    Certainly,here sounds something wrong behind the candidacy of Shushil koirala . Otherwise he is not that type man to break his own words – will abandon the Kursi of PM immediately after the enforcement of New constitution-1135.
    But is there any supreme body, which is capable to investigate upon the promise-breaker and allies ?

    Reply
  5. yamuna niroula says:
    October 15, 2015 at 1:50 pm

    सर , यो रास्ट्र बिरुध्ध अपराध नै हो ,,,, अन्य देस मा पनि अपराध नै भनिञ्छ, कानुन छैन भनेर
    सामाजिक संजाल मा जे सुकै गर्न र खेलाडी ले म्याच किन बेच गर्नु राष्ट्रद्रोही
    कार्य नै हो

    Reply
  6. XYZ says:
    October 15, 2015 at 11:09 am

    What a coincidence when Nepali media is rocked by the news about football match fixing, the political players in Nepal have formed a high-level (read unconstitutional) political mechanism – uccha strariya rajnaitik samyantra – comprising of 11 members. This committee will do all the necessary political match fixing, you know what I mean?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme