Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिन्नुहुन्छ को हुन् यी महानुभाव?

Posted on October 12, 2015October 12, 2015 by Salokya

photo सँगैको फोटो ध्यान दिएर हेर्नुस्।

चिन्नुभो को हुन् यी महानुभाव ?

तपाईँले चिन्नुपर्ने हो पक्कै पनि।

सानो फोटो भएकोले चिन्नुभएन कि ?

त्यसो भए ठूलो फोटो भित्र छ।


photo

चिन्नुभो त ?

अहिलेका प्रधानमन्त्री।

केपी ओली। तर यसमा ओलीको मात्र अनुहार छैन। ओलीलाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रचण्डको पनि अनुहार मिक्स भएको छ।

खासमा यो दुई वटा फोटोको मिश्रण हो।

ओलीको यो फोटो
photo (2)

र, प्रचण्डको यो फोटो
photo (3)

दुई फोटोलाई Face Fusion नामको app ले मिलाउँदा यस्तो स्वरुप देखिएको हो। खासमा नेपालका प्रधानमन्त्री यही हुन्। किनभने ओलीप्रतिको समर्थन प्रचण्डले फिर्ता लिने बित्तिकै सरकार ढल्ने संभावना हुन्छ। त्यसैले ओली मात्र होइन प्रचण्ड पनि पावरफूल बनेका छन् यो गठबन्धनमा। कांग्रेस र एमाओवादी मिले भने बाँकी ८ सदस्य खोज्दा नयाँ समीकरण बन्न सक्छ। संक्रमण कालमा यसरी सरकार बनाउने गिराउने खेल नभई अब अर्को चुनावले मात्रै नयाँ सरकार बनोस् भन्ने सबैको चाहना हो। त्यसका लागि पनि यही अनुहारका प्रधानमन्त्री भइरहनु पर्छ। यो अनुहारमा एक जनाको छवि हट्ने बित्तिकै त फेरि सुरु भइहाल्छ सरकार बनाउने ढलाउने खेल।

अनि यिनलाई चिन्नुहुन्छ त?

kpoli
यी चाहिँ केपी ओलीका पनि बा। ८५ वर्षीय मोहनप्रसाद ओली। आजै दिउँसो झापाबाट बालकोट आइपुगेका रैछन्। राससका रमेश गिरीले उनीसँग कुरा गरेका रहेछन्। बूढा पनि साह्रै गफ दिने रहेछन्। भनेछन्, गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ।

ओलीका बाले ओलीका बानीको पनि बखान गरेका रहेछन्- कतै गएर आएपछि हजुरआमाको खुट्टामा टाउको राखे पछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो।

4 thoughts on “चिन्नुहुन्छ को हुन् यी महानुभाव?”

  1. Shankar says:
    October 12, 2015 at 11:33 pm

    ओली -प्रचण्ड , ओली ,प्रचण्ड , ओलीको बा ,अर्जेन्टिनी केटि , गुगल ब्वाय , हिमानी , दिबंगत डंगोल

    Reply
  2. स्वयम्भु सौरभ says:
    October 12, 2015 at 11:25 pm

    तीन महापुरुषको कोलाज जस्तै देखिन्छ.
    अब यिनको काम पनि तीन दलको बल जस्तै देख्न सकिन्छ होला नै .
    तर रुप उँट जस्तो भए पनि कार्य शैली चाहिं यस्तो नहोस भनी कामना गर्नु बेश होला.

    Reply
  3. Bindu says:
    October 12, 2015 at 3:37 am

    मलाई हजुरबुबाको फोटो देखे पछी हजुरबुबा देखेर एकदम माया लाग्यो अनि खुशी पनि
    लाग्यो बहाले आफू जिउदो हुदै आफ्नो छोरा देशको प्रधान मन्त्रि भएको हेर्ने सौभाग्य
    पाउनु भो .
    हजुर बुबाको यो सादगी देख्दा अलिकति आश लाग्यो यी प्रम ( ओलीजी )ले साच्चै नै देशको मुहार फेर्न सकारात्मक योगदान दिने हुन् कि ! ( यो मेरो एकदम नै
    सकारात्मक सोच हो हाम्रा नेताहरुको सन्दर्भमा — किनभने देशको शासन शक्तिमा पुग्ना
    साथ् आफ्ना घर परिबार – आफन्तको जीवनमा कायापलट ल्याउन सफल थुप्रै नेताहरु
    देखियो ! मात्र बाबुराम जी बाहेक तर उनी पनि अछुतो रहन सकेनन् उनकै धर्मपत्नीका
    कारण —- भलै बाबुराम स्वयंले त्यसो नगर्नु भए पनि बाबुरामजी लाई भर्याङ्ग बनाउने
    काम हिसिला जी हरु बाट हुन पुग्यो —भलै हेर्दामा बाबुराम सोझा देखिए तर कामरेड बाबुराम जी हरुले खोकिलामा बिप्पा बोकेर भारत पुग्नु भएको कुरा त अझ गर्दै नगरौ —
    अब के हुने हो मकैको फूला जस्तो हल्का बोलि बोल्दिने प्रचण्ड जी र गोलि जस्तो बोलि
    बोलिदिने ओली जी हरुको मिश्रण मित्रताकालमा —

    नकारात्मक सोचलाई डोकाभित्र लुकाऔ अनि कामना गरौ —

    हेरौ ओली जी मार्फत धेरैले सोच्नै नसकेको सकारात्मक योगदान हुन्छ कि मुलुकको
    हितको लागि . आशा गरौ कामना गरौ .

    Reply
  4. Rohini says:
    October 12, 2015 at 3:21 am

    बास्तबमा प्रचण्ड हुन् किङ्ग मेकर चाहे त्यो संबिधान बन्दा होस् अथवा यो के पी ओली को सरकार बन्दा होस् | गिरिजा प्रसाद कोइराला पछि देश को राजनीति प्रचण्ड दाहाल कै वरिपरि घुमिरहेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme