अहिले चलेको हल्ला : केपी ओली राष्ट्रवादी। सुशील कोइराला राष्ट्रघाती। ‘र’का चिफ नेपाल आएका छन्। भारतीय दूतावासका कर्मचारीको नाममा ९३ करोड भारु ट्रान्सफर भयो रे।
हल्लाका लागि प्रमाण आवश्यक हुन्न। हल्लैले हल्लाइदिन्छ।
नेपालमा यस्तै संक्रमणको स्थितिमा रका चिफ आउने गर्छन्। सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’को पहिलो च्याप्टरमा यस्तै एउटा प्रसंग उल्लेख छ। प्रासंगिक भएकोले साभार गरिएको छ-
बेलायती सेनाका लेफ्टिनेन्ट कर्णेल जोन मास्टर्सले गोर्खालीहरुसँग मिलेर दोस्रो विश्वयुद्ध लड्दाको अनुभव समेटेर आत्मकथा लेखेका थिए- बगल्स एन्ड अ टाइगर। काठमाडौँको पुरानो पाँच तारे होटल एभरेस्टमा त्यही नामको बार छ।
गोर्खा अफिसर्स मेसको छनक दिने गरी सजावट गरिएको यो मधुशालामा स्वदेशी विदेशीहरुको राम्रै जमघट हुने गर्छ।
२०६९ वैशाख ३१ साँझ ५ बजे। एभरेस्टको सातौँ तलामा लिफ्टबाट निस्कनासाथ सुरक्षाकर्मीको सरगर्मी देखियो। सामुन्ने बगल्स एन्ड टाइगर्सको सिसाको ढोका ढप्काइएको थियो। भित्र पस्दा एउटा कुनामा तीन चार जना देखिए। एमाले नेता केपी ओलीसँग आँखा जुधिहाले। शिष्टाचारवश म नजिक पुगेँ।
छेउमा पुग्दा एक जनाले उठेर हेल्लो सुधीरजी, के छ हालखबर? भन्दै हात बढाए। उनी थिए पिटर जेपी हनामान, भारतीय दूतावासका मिनिस्टर।
सँगै रहेका पत्रकार विजयकुमार पनि त्यतैतिर आए। ओलीले त्यहाँ बसेका अपरिचितसँग हाम्रो परिचय गराए, ही इज विजयकुमार पान्डे, भेरी फेमस टेलिभिजन पर्सनालिटी इन नेपाल। एन्ड ही इज सुधीर शर्मा, नेपाल्स रेपुटेड जर्नलिस्ट- एडिटर अफ कान्तिपुर डेली।
पिटरले थपे, कान्तिपुर इज नेपाल्स लिडिङ डेली, सर।
ती सरले थाहा छ भने जस्तो हाउभाउ देखाए। उठेर हात मिलाए। तर मुखबाट एक शब्द निकालेनन्। अनुहारमा एक नजर लगाए मात्र अलि असहज मानेजसरी।
विजयले सोधिहाले, उहाँचाहिँ को नि?
ओलीले भने, दिल्लीबाट आउनुभएको साथी।
त्यसपछि ती महानुभावलाई अप्ठेरो भएछ, आफै परिचय दिए, आइ एम मिस्टर शर्मा।
अन्दाज गर्न गाह्रो थिएन, दिल्लीबाट ‘ठूलै’ मान्छे आएका हुन्। हामीले व्यवधान गरिरहन ठीक ठानेनौँ र अर्कै कुनामा गएर बस्यौँ। किन हो पिटर पनि उठेर सँगै आए। मैले सोधेँ, के हो, सबै तागत उहाँमाथि लगाए जस्तो छ नि?
पिटरले हो भने जसरी मुस्काउँदै टाउको हल्लाए। त्यसबेला संविधानसभाको म्याद सकिन लागेको थियो। भारतीय कूटनीतिज्ञहरु खुलेरै सक्रिय भएका थिए। उनीहरु सत्तारुढ माओवादी-मधेसी मोर्चाद्वारा प्रस्तुत पहिचानमा आधारित संघीयताको मोडलका पक्षमा थिए र त्यसका विपक्षमा रहेका ओली जस्ता नेताहरुमाथि चौतर्फी दबाब सिर्जना गर्दै थिए।
त्यत्तिकैमा काठमान्डु पोस्टका सम्पादक अखिले्श उपाध्याय, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अनि इमेज टेलिभिजनका अध्यक्ष आरके मानन्धर पनि आइपुगे। कुर्सीमा बस्दानबस्दै कैलाश सरबाट पुरानै प्रश्न आयो, के छ देशको हालखबर?
मैले भारतीय दूतावासका तेस्रो नम्बरका कूटनीतिज्ञ पिटरलाई औँल्याउँदै भनेँ, उहाँलाई नै सोधौँ न सर, सबै थाहा भइहाल्छ।
पिटर त्यति खुल्न चाहेनन्। उनले मुख्य राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइरहेको र चाँडै परिणाम निस्कन सक्ने सङ्केत चाहिँ गरे। सङ्घीयताको सङ्ख्या र स्वरुपमा कुरा भइसकेको छ, खाली नाममा कुरा मिलाउन बाँकी हो, उनले थपे।
पिटर जेपी हनामान वास्तवमा भारतको बाह्य गुप्तचर निकाय रको नेपाल स्टेसन चिफ थिए। कूटनीतिक पद उनको जासुसी कर्मको आवरणमात्र थियो। नेपाली बहुल खर्साङमा पढेका, मेघालय घर भएका र नेपाली मूलकी महिलासँग बिहे गरेका उनी नेपाली पनि राम्रो बोल्थे। हामीसँग कुराकानी थालेका मात्र थिए, पल्लो टेबलको टोली उठ्यो।
पिटर पनि हत्तपत्त उठे र आफूलाई शर्मा भनेर चिनाउने व्यक्तिको हातमा रहेका नोटप्याड र डायरी बोकिदिए। जोइन्ट सेक्रेटरी तहका अधिकृतले त्यसो गरेपछि सहजै अनुमान लगाउन सकिन्थ्यो- प्यान्ट र सर्ट लगाएका सामान्य देखिने ती शर्मा ठूलै ओहोदाका हुन्।
ओलीले पनि विदा मागे, अब त जानुपर्छ नभए त्यहाँ (पूर्वतिर संविधानसभा भवनलाई झ्यालबाट औँल्याउँदै) चिप्ल्याइदिन्छन्। नजिकैको अन्तर्राष्ट्रिय सभा केन्द्रमा रहेको संविधानसभा भवनमा माओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चाबीच भर्खरै वार्ता सुरु भएको थियो। ओली हतारिँदै त्यतै गए।
ठीक त्यही बेला मेरो मोबाइलमा घण्टी बज्यो। एक जना नेताले एकै सासमा ब्रेकिङ न्युज सुनाए, दिल्लीबाट ठूलै मान्छे आएको छ नि, थाहा पाउनु भयो?
को?
रको चिफ।
उनैबाट थाहा भयो- हामीसँग मिस्टर शर्मा बनेर प्रस्तुत भएका तिनै व्यक्ति रहेछन् रका प्रमुख सञ्जीव त्रिपाठी। उनीसँगै रहेका पिटर हनामान रको नेपाल प्रमुख रहेको त हामी धेरैलाई थाहा थियो तर त्रिपाठीबारे चाहिँ उनी हिँडेपछि मात्र पत्तो पाइयो।
त्रिपाठीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष तहका थुप्रै नेतालाई पनि भेटेका थिए। ती प्रायः गोप्य रहे। ओलीले चाहिँ धक नमानी खुलै ठाउँमा भेटेकाले मात्र हामीले देखेका थियौँ।
संविधानसभाको म्याद २०६९ जेठ १४ सकिन केही दिन मात्र बाँकी छँदा नेपाली राजनीतिको मियो समातेर बसेको भारतको गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ अर्थात् र सघन रुपमा सक्रिय भइसकेको थियो।
[केही दिनमा संविधानको मस्यौदासमेत ननिकाली संविधानसभा भंग भयो। अहिले र प्रमुख फर्केपछि चाहिँ के परिणाम आउने होला?]
मोदी कमुनिस्ट नाभायेनी मोदी कांग्रेस को बिरोधि हो भन्ने बुझ्नु जरुरि छ नेपाली जनता ले …तेसैले बिरोधि को पक्ष्य लिनु वन्द कमुनिस्ट लै हात लिए जस्तो छ ..राजनीति हो जे पनि हुन सक्छ …..जय Nepal
सशस्त्र बिद्रोहलाई अघि बढाउन गरिएको विमान अपहरण काण्डमा दोषी देखाई दिल्लीबाट पक्राउ गरी शुशिल कोइरालालाई भारतले जेलमा थुनेको थियो । त्यसैले लाग्छ, भारतको रबैयाबारे सबैभन्दा परिचित र उसको इसारामा चल्न हुन्न भन्ने कुनै नेता छन भने ति शुशिल कोइराला हुन । तिनै कोइरालालाई अहिले भारतिय इसारामा चलेको आक्षेप लाग्नु एकदमै दुखद कुरा हो ।कांग्रेसलाई सिध्याउने गुरू योजनाका साथ जसरी कदम चालियो/चाल्न लगाइयो त्यो अझ बढी दुखदायी र संवेदनशिल छ । यो संवेदनशिलतालाई कांग्रेसजनले बेलैमा चिन्न र चिर्न जरूरी छ । copied
कांग्रेसीराष्टघातीहरु भन्दा यी नै के़.पी. वली ठीक छन् अहिलेको देशको परिषिथितीमा कमसे कम भारत परस्त देखिएका छैनन् ।
“त्रिपाठीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष तहका थुप्रै नेतालाई पनि भेटेका थिए। ती प्रायः गोप्य रहे। ओलीले चाहिँ धक नमानी खुलै ठाउँमा भेटेकाले मात्र हामीले देखेका थियौँ।”
” उनीहरु सत्तारुढ माओवादी-मधेसी मोर्चाद्वारा प्रस्तुत पहिचानमा आधारित संघीयताको मोडलका पक्षमा थिए र त्यसका विपक्षमा रहेका ओली जस्ता नेताहरुमाथि चौतर्फी दबाब सिर्जना गर्दै थिए।”
[केही दिनमा संविधानको मस्यौदासमेत ननिकाली संविधानसभा भंग भयो]
माथिका दुई वाक्यन्शले धेरै कुरा भन्छन।
भारतसँगको सम्बन्ध तीन किसिमको हुन सक्छ
१) उसँग जोरी खोज्ने
२) उसँग लत्र्याक्लुत्रुक पर्ने
३) उसँग बराबरको सम्बन्ध स्थापित गरेर सँगइ अगाडि बढ्ने
आशा गरौ ओलिले बुन्दा ३ अवम्लम्बन गर्नेछन
“त्रिपाठीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष तहका थुप्रै नेतालाई पनि भेटेका थिए। ती प्रायः गोप्य रहे। ओलीले चाहिँ धक नमानी खुलै ठाउँमा भेटेकाले मात्र हामीले देखेका थियौँ।”
यही paragraph ले बोल्दैन र धेरै कुरो ! राष्ट्रघात गर्नेहरुले यसरी खुला रुपमा भेट्दैनन् !
जे होस् जसरी नेपालका राजनीतिग्य संग भारत खेल्छ तेसै गरि भारतका विभिन्न पार्टी , शक्ति अनि राजनीतिग्य संग नेपालले पनि अबचाही खेल्न थाल्योकी जस्तो लागिराछ …
बाह्र बर्षमा खोलो पनि फर्कन्छ भन्छन क्यार । अोली परिवर्नन भएकी? फेरी रोगले पनि ग्रस्त भइसकेका व्यक्ति कति धोतीको चाप्लुसी गर्ने भन्ठानेका होलान ।
कांग्रेसी जनहरुले सिर ठाडो पारेर हिड्नुको औचित्य सकिएको हो कि अब ?? धिक्कार अझै पनि मा कांग्रेस भन्दा सिर लाजले झुक्छ होला है ?? मलाई त अब सपनामा पनि कांग्रेस संग डर लाग्न थालिसक्यो !! हजार प्रमाण छन यो कुरा पुष्टि गर्नलाई ! बि जे पी देखि कांग्रेस आई सम्मको राजनीति गर्दै जिउदो नेपाल र स्वाभिमानी नेपालि लाई नर्कमा भशाउदै !! थुक्क !!
बाजे मेडियाले ओलीको बारेमा के ओउल्याएका छैनन् भने उनी माथिल्लो तहमा सही समयमा सही जजमेन्ट प्रयोग गर्न चुकेका उदाहरण हरु थुप्रै छन्| हालको कांग्रेससंगको सत्ता साझेदारीमा अध्यक्षको हैसियतमा उनले नियुक्ति दिएका मन्त्रिहरुले अयोग्य र भ्रष्ट भएर नराम्रो संग फेल खाएर सरकारकै छवी बिगारेका छन्| ससदीय दलको नेता र एमालेका अध्यक्षको हैसियतमा उनले नै जिम्मेवारी वहन गर्न पर्छ| यो अर्कै कुरो हो कि अहिलेसम्म वर्तमान सरकारको नेतृत्व गर्ने प्रधान मन्त्रि नीरिह रहेका छन्|
विगतमा मन्त्रि हुँदा पनि ओली धेरै ठाउँ चुकेका छन्| नक्कली डाक्टरेटको उपाधि ग्रहण गर्नु र पछि बुझेर पनि न्फर्काउनु, कन्चंजन्गाको काखमा देश बिदेशका बिज्ञहरु बितेका बेला अमेरिकामा मखमली चोली गीत गाएको पार्टीमा मस्त हुनु, राजा बिरुद्ध आन्दोलन हुँदा सहभागी नभई काजु खाएर बस्नु इत्यादि बारे| संबिधान जारि गर्ने बेलामा पनि उनको बोलिमा एउटा राष्ट्रिय स्तरको सत्ताधारी नेतामा हुनपर्ने सन्तुलनको कमि देखियो|
उखानले मात्र देश चल्दैन| एमाले सत्ताधारी पार्टी नभएको भए ओलीले पार्टी धान्न सक्ने थिएन| उनमा दिर्घगामी रणनीति र आवश्यकीय सय्य्मको अभाव देखिन्छ|
लेख को आसय बुझ्न सकिएन उपरोक्त लेख मा लेखिएको सबै सहि मान्ने हो भने पनि ओली ले महा गल्ति गरेको देखिएन || गुण दोष सबै को हुन्छ अलि अलि राम्रो अलि अलि खराब यद्दपि अहिले को स्थिति मा प्रधानमन्त्री को लाइ मेरो नजर मा ओली उपयुक्त देखिन्छन ||
तेही त् अरुबेलामा को कहा गए , राजनीतिमा कसले को सग भेटे त्यो महत्त्व पूर्ण हैन ,देश को संकट को बेला कसले के अडान लियो , कस्तो रबैया देखायो त्यो महत्त्व पूर्ण हो |
मान्छे सजिलै चिनिदैन , तेस्माथि राजनीतिमा मा काम को आधार मा मात्र नि भन्न सकिन्न काम को परिणाम को आधार मा देश लाइ के कति फाइदा बा घाटा भयो त्यो भन्ने कुरा हो |
४५ सालमा नाकाबन्दी भोगेको नेपाल सरकार येस्त्रो समय बितिसक्दा इन्डिया रिसाउछ भनेर त्रिभुबन राजपथ को बिकल्प लामो समय सम्म न बनाउनु , चीन तिर को नाका को बिकास न गर्नु , हुदा हुदा अहिले को अंगिकृत नागरिकता को बिरुद्द समेत बोल्न डराउने, फास्ट ट्रयाक बेचेर भएपनि पी यम खान खोज्ने , नाकबांदी लाइ नाकाबन्दी न भन्नु भन्ने रिजाल , यसरि कसरि जोगिन्छ सार्बभौमिकता ?
प्रचण्ड ले चिनिया राजदुत भेट्नु , बिकल्प को कुरा गर्नु , ओली ले अंगिकृत नागरिकता को बिसय मा अडान लिनु यी हुन् रास्त्रबादी पहल |
भद्र सहमति गरेको सुसिल फेरी पी यम खान खोज्नु , महन्थ ठाकुर भोट हाल्न आउनु
यो भए गन्धा राजनीति | रास्त्रघाती काम |
कांग्रेसीराष्टघातीहरु भन्दा यी नै के़.पी. वली ठीक छन् अहिलेको देशको परिषिथितीमा कमसे कम भारत परस्त देखिएका छैनन् । सबैलाई छर्लगै भयो शु.को. ले आज प्रधानमन्त्रीको उमेदवार दर्ता गरेर भद्र सहमती कसको आडमा तोड़े र उमेदवारीहरुमा नाम दर्ता गरे भनेर ।
जिन्दगीभर बेइमानी को राजनीति बाहेक केहि गर्न नजानेको, कहिले कुनै राजनैतिक योगदान नदिएको, क्रान्तिकारीहरु को हुलमुलमा मिसिएर हिङ्ग को टालो क्रान्तिकारी देखिन खोजेको, गुन्डा हरुलाई वरिपरि राखेर हिंड्दै मा ठिक्क भएको मान्छे एकाएक परिस्थितिले मर्ने बेला दुइ चार रास्त्रवादी उखान टुक्का फलाकेको भरमा रास्त्रवादी हुँदो रैछ. बधाई छ नेपालि जनताहरुलाई यस्तो माहान रास्त्रवादी नेता प्रधानमन्त्री पाएकोमा.