Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नाकाबन्दीको ‘न’ पनि उच्चारण भएन युएनमा? हेर्नुस् भिडियो, पढ्नुस् पूरा भाषण

Posted on October 3, 2015October 3, 2015 by Salokya

General Assembly 70th session 22nd plenary meeting संयुक्त राष्ट्र संघको ७० औँ महासभामा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्ने कार्यक्रम थियो। अन्तर्राष्ट्रिय मञ्चबाट संविधान जारी भएको विषयमा विद्यमान भ्रम निवारण गर्न सकिन्थ्यो, छिमेकी देशले पारेको अप्ठेरोलाई कुटनीतिक हिसाबले राख्न सकिन्थ्यो। तर त्यसो भएन। अन्तिम समयमा धेरै ठाउँबाट दबाब दिएर उनको न्युयोर्क भ्रमण रद्द गराइयो। सट्टामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए उपप्रधानमन्त्री प्रकाशमान सिंह। तर उनले नाकाबन्दीको न पनि उच्चारण गरेनन् युृएनको भाषणमा भनेर सामाजिक सञ्जालमा खुबै आलोचना भयो। के हो सत्य? के भाषण गरेका थिए त उनले हेर्नुस् भिडियो, पढ्नुस् पूरा भाषण।

General Assembly 70th session 22nd plenary meeting

के छ भाषणमा ?
भाषण परम्परागत पाराको छ। औपचारिकता जनाउने यो भाषणको सुरुवातमा नेपालमा ११ दिनअघि संविधान जारी भएको विषयमा कमजोर शब्दमा बयान गरिएको छ। दोस्रो विषय संयुक्त राष्ट्र संघको वडापत्र बारे छ। यसको पुनसंरचनाबारे कुरा उठाइएको छ त सुरक्षा परिषदमा नयाँ सदस्य थप्न भइरहेको लबिङको न त पक्षमा न त विपक्षमा नेपालको अडान दे्खिन्छ।

शान्ति सेनामा नेपालको सहभागिता र आतंकवादबारे औपचारिक शब्दहरु घुसाइएका छन्। मध्यपूर्वमा नेपालले राखेको पूर्ववत दीगो र दीर्घकालीन शान्तिको आह्वान गर्दै प्यालेस्टाइनलाई राष्ट्रसंघको रेजोल्युसनको आधारमा स्वतन्त्र राष्ट्रको अधिकार दिनुपर्ने भनिएको छ।

अर्को विषय कम विकसित देशबारे छ। क्लाइमेट चेन्जबारे पनि केही त हुनै पर्‍यो। भूकम्पमा गरिएको सहयोगप्रति भारत र चीन अनि सार्क राष्ट्रलाई धन्यवाद दिइएको छ।

भूपरिवेष्ठित देशको पारवहन अधिकार
उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्ठित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताएका छन्। उनको सम्बोधनको अंशमा यस्तो छ-

Similarly, there is a strong need for the effective implementation of the Vienna
Programme of Action to make a difference in the lives of about 450 million people living
in LLDCs. The world needs to ensure the unhindered access to sea by the LLDCs for free
movement of people and goods. We stress that the freedom of transit of LLDCs should
not be constrained under any circumstances or pretext to disrupt the flow of goods and
services. The freedom of transit of LLDCs must be fully and unconditionally adhered to
by all transit countries.

यो भारतको नाम नलिई अप्रत्यक्ष रुपमा उसले गरिरहेको अघोषित नाकाबन्दीको विरोध नै हो। पारवहन अधिकार पूर्ण र निशर्त दिनुपर्ने उनले बताएका छन्।

पाकिस्तानले जस्तो नामै किटेर भाषण गर्नु र कुटनीतिक रुपले कुरा उठाउनुमा फरक हुन्छ। सोसल मिडियाका आलोचकहरुले यही कुरा चाहिँ नबुझेका झैँ लाग्यो।

पढ्नुस् आधिकारिक भाषणको प्रति

के सम्बोधन गरे त उनले? हेर्नुस् पूरा भाषणको भिडियो

5 thoughts on “के नाकाबन्दीको ‘न’ पनि उच्चारण भएन युएनमा? हेर्नुस् भिडियो, पढ्नुस् पूरा भाषण”

  1. madan bajracharya says:
    October 5, 2015 at 7:46 am

    भारतको ग्रिह मन्त्रीले भने नेपालमा यक करोड भारतीयहरु छन् र ती मध्य आधाले नेपालको नागरिकता लिसके/ तेसरी नेपालको नागरिकता लिने मध्य नै पर्ने गिरिजाको पालामा मन्त्रि हुँदा पहाडियाहरु तराइमा बस्ने हो भने मधेसीको मातहत बस्नु पर्ने भन्ने राजेन्द्र महतोले अहिले बिहारमा भने “मधेसी हारे भारत हार्छ”/ अनि भुकम्प आउँदा सहयोगको नाटक गर्न आउने भारतले मधेसीले मागेको माग पुरा नगरेको भन्दै तिनै भुकम्प पिडित अझै थप आहत हुने गरि नाकाबन्दी गरे/ अस्ति मोदी नेपाल आय मिठो बोले लिपियाधुरा कब्जा गरे/ नेपालको संबिधान पनि भारतको निर्देशन अनुशार बन्नु पर्ने सम्पूर्ण तराइ मधेश्बादिलाई सुम्पन्नु पर्ने नभय नाकाबन्दी भन्ने मोदी त् राजीव भन्दा खतरनाक देखियो/ यति हुँदा पनि नेपालका नेताहरु नचेत्ने हो र भारतले भने जस्तै संबिधान बनाउने हो भने हाम्रो संबिधान मधेसीको तराइ नेपाल बात टुक्राउने हतियार बन्ने छ/ मधेशबादी र भारतले नाकाबन्दी गरे गर्न दिउन/ त्यो नाकाबन्दीले पिडित नेपाली मात्रै होइन नेपालमै जन्मेको नेपाललाई नै आफ्नो देस मान्ने मधेसी समुदाय समेतलाई मधेशबादी र भारतको बिरोधि बनाउने छ/ नेपालमै जन्मेका नेपाललाई नै आफ्नो देस मान्ने मधेसी समुदायले जात र अनुहार नहेर्ने हो भने उनीहरुलाई शोसन गर्ने लुट्ने रोजगारी खोस्ने जमिन कब्जा गर्ने त् बिहार बात आयका बिहारिहरुनै हो/

    Reply
  2. Gobhardhan says:
    October 4, 2015 at 12:23 am

    हाम्रा नेपाली नेताहरु सबै भारतको पियारो हुन् खोजिरहेका छन्| तँछाड मछाड गरिरहेका छन् प्रभुको कृपा पाउन| भारतलाई बिझाउने केहि पनि बोल्न डराउछन| कायर र कातर छन्|
    चौबिस घन्टामा देश टुक्रिने देखेर पार्टीबाट र संसदबाट राजिनामा (कि भयनामा) दिएका डा. बाबुरामले भनेका छन् अब हेर्नुस चाकडी, गुलामी र दलाली नेताहरुको पावरमा पुग्नलाई| बाबुरामको राजीनामाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नाकाबन्दी गर्ने र गराउनेलाई नै बल मिल्यो, प्रताडित नेपाली जनतालाई होइन| कसरि २४ घंटैमा देश टुट्ने वाला थियो त्यो पनि बाबुरामले नेपाली जनतालाई भन्ने पर्छ|
    गत एक दशकमा भारतले वा भारतीय राजदुतावास मार्फत नेपालका ककसलाई कसको अनुरोधमा अध्ययन वा सेमिनार तालिम इत्यद्दिमा स्पोंनसर गरे र ककसलाई आतिथ्य प्रदान गरे भन्ने अवलोकन गरियो र जनता सामु प्रकाशमा ल्याए भने नेताहरुको सुराल, धोति, कट्टु, फरिया पाइजामा सबै खुस्कन्छ|

    Reply
  3. Surya says:
    October 3, 2015 at 11:08 am

    कुटनीतिक कुरा गरेर मात्रै के नै लछारपाटो लाग्या छ र अहिलेसम्म. कुटनीतिक हिसाबले अलि कडा रुपले प्रस्तुत हुनु जरुरि छ ताकी कम्तिमा अन्तराष्टिय मिडियाले यो बिषयलाई cover गरुन र अरु देशहरुले यसको बारेमा केहि प्रतिक्रिया दिउन. हेरौं नेपालको यो सम्बोधनले कस्तो प्रभाब पार्ला.

    Reply
  4. Tika Dutta Shiva says:
    October 3, 2015 at 11:00 am

    भूपरिवेष्ठित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह गर्न दिनुपर्छ भन्ने तथ्य संयुक्त राष्ट्र संघलाई बुझाई राख्नु पर्ने कुरा हो र ?

    बाउले छोरा-छोरीलाई पाल्नु पर्ने, छोरा-छोरीले बुढेसकालमा हेर्नुपर्ने कुरामा “जोड़ दिनु भयो” भन्ने कि – बाउले छोरा-छोरीलाई पालेन वा छोरा-छोरीले बाउ आमालाई हेरेनन्, त्यसैले यहाँ सिकायत गर्न आएको छु भन्ने ? यस्तो यस्तो व्यवस्था छ भन्नु र यो यो व्यवस्था उल्लघंन भयो भन्नु फरक कुरा हो । सन्धि पढेर सुनाउदैमा सन्धि उल्लघंन गरेको भन्ने हुँदैन, सन्धि उल्लघंन भयो भन्नका लागि यसरि यसले सन्धि उल्लघंन गर्यो नै भन्नुपर्छ र त्यसको दावी प्रस्तुत गर्नसक्नु पर्छ ।

    बच्चाले नमागेसम्म आमाले त स्तनपान गराउदिनन भने संयुक्त राष्ट्र संघमा भेला भएकाहरु अन्तर्यामी हुन् प्रकाश मानजीले सन्धि वाचन गर्दैमा त्यो सन्धि उल्लंघन भएको भन्ने ठहर्याउनु पर्ने ?

    मेरो देशमा यस्तो यस्तो भएको छ, भारतले यसरी नाकाबन्दी गरिदिएको छ भनेर स्पष्ट भाषामा भन्न किन छेर भालु हुनु हो ?

    यदि स्पष्ट भाषामा भनेको भएदेखि पर्सिपल्ट बान कि मुन आफैले किन सोधथिए – ‘ बाबु, म त यस्तो यस्तो सुन्दै छ’ भनेर

    माननीय प्रकाश मानले, झारा मात्रै टारे – कुरा कसरी राख्नुपर्छ – इजराइलबाट सिकेको भए हुन्थ्य्यो !

    Reply
  5. Shankar says:
    October 3, 2015 at 8:06 am

    सबै नेपालि नेताहरु भारत लाइ चाकडी बजाएर आफु नेपाल को शक्तिसाली व्यक्ति बन्न पुग्छु भन्ने अझै भ्रम छ तेसैले बोल्न डरैरहेछ| यथार्थ मा इन्डियाले अब बनेको नेपालि नेता ( हिजो बिहारी , आज नेपालि ) राजेन्द्र महतो , परमानन्द जस्तोलाई साथ् दिन्छ |
    कांग्रेसी टट्टू का पनि दिन गए अब येस्तै राजनीति ले आर्यघाट पुग्छ छिट्टै |

    नेपालि ले राजा हटाएर भुल गरेको छ है | ठुलो भुल |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme