Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिजेल, पेट्रोलमा कोटा प्रणाली लागू, हिन्दी फिल्म बन्द, टिभी पनि नचलाइने : असोज ११ का प्रमुख घटना

Posted on September 28, 2015September 29, 2015 by Salokya

२०७२ असोज ११, सोमबार

भारतको नाकाबन्दीका कारण पेट्रोलिम पदार्थको अभाव भएपछि आइतबारदेखि जोर बिजोर प्रणाली लागू भयो। देशलाई संकट परेकोले सहयोगग मागेको भन्दै प्रहरीले गाडी रोक्न थाले। कतै त हजार रुपैयाँ जरिवाना पनि ठटाउन थालियो। सोमबारदेखि भने डिजेल र पेट्रोलमा कोटा प्रणाली लागू भयो। उपत्यकाका विभिन्न पेट्रोल पम्पहरुमा कति डिजेल वितरण गरिने भनेर सूची नै आयल निगमको वेबसाइटमा निकालियो। पेट्रोल भने निजीमा हैन सरकारी र साझा अनि नेसनल ट्रेडिङको पम्पलाई मात्र दिइयो। कोटा प्रणाली बुधबारसम्मका लागि मात्रै लागू गरिएको हो। बुधबारपछि देशको स्थिति हेरेर अर्को निर्णय हुने रे।

कोटा प्रणाली अनुसार मोटरसाइकलले हप्तामा ३ लिटर मात्रै तेल पाउनेछ। यस्तो छ सूचना
Notice_072-6-11_20150928014740

बन्द भयो हिन्दी फिल्म नाकाबन्दीले राष्ट्रिय भावना जगाउँदै गर्दा हिन्दी फिल्महरुको प्रदर्शन बन्द भएको छ। कहिलेसम्म बन्द? थाहा छैन। अनिश्चितकालका लागि। राजधानीसहित बाहिर जिल्लाका हलहरुले हिन्दी फिल्म रोकेका हुन् भने आजै केबल टिभीहरुको संगठनको बैठकले भोलिदेखि हिन्दी च्यानल बन्द गर्ने निर्णय गरे।

वार्ताको वातावरण मधेसी दलसँग वार्ताको वातावरण बनाउने तयारी हुँदैछ। औपचारिक वार्ता नभए पनि अनौपचारिक वार्ताहरु भइरहेका छन्। यसै क्रममा तीन दलले वार्ताका लागि समिति बनाए। समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल छन् भने एकीकृत नेकपा (माओवादी)का नारायणकाजी श्रेष्ठ रहेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५ औँ दिन थियो। वार्ता टोलीले तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारको घरमै गई वार्ता गरेको थियो।

टीकापुर प्रतिवेदन कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको घटनाको स्थलगत अध्ययन गर्न गठन भएको संसदीय कार्यदलले सामाजिक न्याय तथा मावन अधिकार समितिसमक्ष प्रतिवेदन पेश गर्‍यो। प्रतिवेदनमा संविधान निर्माणको प्रक्रियासँगै परिमार्जित ६ र ७ प्रदेशको अवधारणाको मस्यौदा प्रतिवेदन सार्वजनिक भएपछि बन्द/हडतालका श्रृङ्खला चलिरहेको, अखण्ड सुदूरपश्चिमाञ्चल पक्ष र थरुहट स्वायत्त प्रदेशका पक्षधरबीच चुलिँदै गएको विवादको परिणामस्वरुप घटना हुन पुगेको कार्यदलको निष्कर्ष छ।

माधव नेपालको बोली मधेसको निर्वाचन क्षेत्रबाट निर्वाचित तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार सम्मेलन गरी मधेसी जनताले संविधानबाट प्रशस्त अधिकार पाएको भए पनि आन्दोलनरत दलले भ्रम छरिरहेको दावी गरे। उनले भने, ‘जनताले सबै कुरा बुझ्न बाँकी छ । त्यही भएर पनि धमिलो पानीमा माछा मार्न चाहनेहरुले मौका पाएका छन् । जनतासम्म पुग्ने सबैभन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित आम सञ्चारमाध्यमले यसमा अझै प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने मेरो अपेक्षा छ । खाली अधिकार पाएनौँ भनेर मात्र हुँदैन । कहाँ कुन अधिकार कसरी कुण्ठित भएको छ ? भन्न सक्नुपर्छ।

प्रचण्ड प्रदेशहरुमा जाने एमाओवादी अध्यक्ष प्रचण्ड भने संविधानका भ्रमहरु चीर्न प्रदेशहरुमा जाने भएका छन्। संविधानका विशेषता जनतालाई बुझाउने जिम्मा पार्टी केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव टोपबहादुर रायमाझी सहितका पदाधिकारीलाई दिएको छ। यस अनुसार त्यसबाहेक १ नम्बर प्रदेशको कार्यक्रम पुर्वको इटहरीमा असोज २० गते, प्रदेश ३ र ४ को कार्यक्रम काठमाडौंमा असोज १६ गते हुनेछ भने प्रदेश नम्बर ५, ६ र ७ को कार्यक्रम कैलालीको अत्तरीयामा असोज २३ गते गर्ने निर्णय भएको छ। असोज २५ गतेका लागि तोकिएको दुई नम्बर प्रदेशको कार्यक्रमको स्थान आन्दोलनका कारण कहाँ गर्ने तोकिएको छैन।

आयल निगमका विकल्प इन्डियन आयल निगमले बिना कारण तेल नदिने भने पछि विकल्प खोज्न थालेको छ। ल्याउने कहिले कहिले भए पनि नेपाल आयल निगमका पदाधिकारीहरुले चीनको सिगात्सेबाट ल्याउन सकिन्छ भनेर दिउँसै सपना देखाउने काम सुरु गरेका छन्।

मोदीलाई कुरौँ नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म यो विषयमा केही नबोलेकाले उनको आधिकारिक धारणा कुर्नुपर्ने र राजनीतिक उच्च तहबाट यो समस्या समाधान हुने बताएका छन्।

4 thoughts on “डिजेल, पेट्रोलमा कोटा प्रणाली लागू, हिन्दी फिल्म बन्द, टिभी पनि नचलाइने : असोज ११ का प्रमुख घटना”

  1. Namrata says:
    September 29, 2015 at 7:46 pm

    अब हिन्दि चान्नेल मात्र किन , इंडिया मा बनेको Tv नि बिन मा फाल्दिम, Bike मा आगो लगाएदिम, अनि लगाएको कट्टु नि हेरम त्यो नि made in इंडिया होला त्यो नि फुकालेर फाल्दिम अनि बल्ल भईनछ रास्त्रबादी मुर्ख हरु !! समस्या को हल ठुल ठुलो कुरा गरेर निस्कन्न साथी हो

    Reply
  2. नयनराज says:
    September 29, 2015 at 7:33 pm

    हेर्नुस, इण्ड्याले freight forwarders र transporters ले बोर्डरमा बन्द भयो भनेर कम्प्लेन गर्यो भन्दै नाकाबन्दी लगाए|
    हिन्दि फिल्म हलमा प्रदर्शन हुन् चट्टै बन्द भएपछी distributers र promoters ले कम्प्लेन गर्यो भन्दै खुलाइदिन आग्रह गर्ने छन्| हिन्दि फिल्म नहेर्दैमा केहि बित्दो छैन|
    हेर्दै जानुस, मोदीले अरे हम तो भाई भाईयो गलत्फह्मी हो गया!भन्दै नव बिष्णु अवतार बनेर सबै खुलाई दिन्छ| नेपाली जनताले खुले पछि सबै दुख बिर्सन्छ| चाल र ताल त्यै त् हो नि फेरी| दिल्ली धाउने नेताहरुको ताँती|
    नेपालले पनि इन्डियालाई चिढाउने केहि गर्नु हुँदैन| त्यसको मतलब सिक्किम हुनु दिनु र गुलामी गर्नु होइन| इण्ड्याले नेपाल सार्बभौम मुलुक भएको स्वीकार्ने पर्छ| नस्वीकारी सुखै छैन|
    इण्ड्याले यो पनि बुझ्न पर्छ कि यो नाकाबन्दी जति लामो हुन्छ त्यति गाढा खत बस्छ नेपालमा| यो नंया पुस्तै भारत बिरोधी हुनेछ|

    Reply
  3. Surya says:
    September 29, 2015 at 10:32 am

    UNGA भैरहेकै बेला भारतले नाकाबन्दी गर्ने आँट गर्नसक्छ. हाम्रा प्रतिनिधि पनि त्यहीं छन्. यसबारे त्यहाँ एक शब्द बोल्ने आँट गरेन. यहि अवसर होइन र सारा विश्वलाई यसको बारे सुसुचित गराउने मौका, यसको बारे बहस गराउने मौका? यहि हो बिडम्बना. हामी कति कम्जोर र लाचार छौं भन्ने यसैबाट प्रष्ट हुन्छ.

    Reply
  4. mankajee says:
    September 29, 2015 at 10:14 am

    एस्तो दक्षिण तिरको नाकावन्दी को फाइदा के भने , उत्तर तिर को नाका हरु जतिसके चांडो खोल्नु को विकल्प छैन / सुभास्य सिघ्रम /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme