Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालले पनि गर्‍यो नाकाबन्दी : भारतीय मिडियामाथि

Posted on September 27, 2015September 27, 2015 by Salokya

फोटो : सप्तरी जागरण
फोटो : सप्तरी जागरण

नेपाल आउने अत्यावश्यकीय वस्तु तथा पेट्रोलियम पदार्थ बोकेका गाडीहरुलाई भारतले नाकाबन्दी गरेपछि त्यसको खराब असर राजधानीका सडकमा देखिन थालिसकेको छ। भारत र नेपालको सम्बन्ध ऐतिहासिक रुपमा नै चिस्सिएको छ। भारतको नाकाबन्दीको जवाफ नेपालले नाकाबन्दी नै गरेर दिन सकिने त होइन तर एउटा गतिलो जवाफ भने दिएको छ।

आन्दोलन लगायतको समाचार संकलनका लागि भन्दै भारतको जोगबनी नाका हुँदै शनिबार विराटनगर छिर्न लागेका दुई दर्जनभन्दा बढी भारतीय संञ्चारकर्मीहरुलाई नेपालमा प्रवेशै दिइएन। नेपालका सुरक्षाकर्मीहरुले उनीहरुमाथि नाकाबन्दी लगाइदिए।

भारतको जीन्यूज, आजतक, इन्डिया टेलिभिजन, एनडी टेलिभिजन, इटिभि बिहार, हिन्दुस्तान टाइम्सलगायत पत्रकारहरुले प्रत्यक्ष प्रसारणका लागी ओभी भ्यानसहित विराटनगर प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीहरुले रोकेका थिए।

भारतीय पत्रकारहरुले लौ न हामी त दुई दिन लाएर दिल्ली र पट्नाबाट आएको भने पनि माथिको आदेश भन्दै नेपाल छिर्न दिइएन।

अब के गर्ने त ?

भारतीय संञ्चारकर्मीहरुले डायल गरे संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलाई। उनले पूर्वाञ्चलका प्रहरी प्रमुख डिआइजी माधवराज जोशीलाई आग्रह गरे। तर उनले पनि त्यही जवाफ दिए माथिको आदेश।

फोटो : सप्तरी जागरण
फोटो : सप्तरी जागरण

आफ्नो देशका पत्रकारलाई नेपाल प्रवेशमा रोक लगाएपछि भारतीय जिल्ला अरररियाका डिएम हिमांशु शर्मा र भारतीय प्रहरीका एसपी सुधिरकुमार पोरीका तत्काल नाकामा आइपुगे। कुरा बुझे। र लुरुक्क फर्किए।

किन त यसो गरिएको ? जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले वैद्यनाथ यादवलाई भनेछन् – नेपालको आन्तरिक मामिलामा भारतीय सञ्चारमाध्यमले गलत समाचार सम्प्रेसण गर्ने गरेका कारण सजकता अपनाएको हो। आउनै परे सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना विभागबाट अनुमति लिएर प्रवेश गर्न पाइन्छ।

सूचना विभागबाट अनुमति लिएर मात्र विदेशी सञ्चारकर्मीहरुले नेपालमा काम गर्न पाउने पहिलेदेखिकै नियम हो। अहिले बल्ल यसलाई कडाइका साथ लागू गरिएछ।

26 thoughts on “नेपालले पनि गर्‍यो नाकाबन्दी : भारतीय मिडियामाथि”

  1. samrat~ says:
    September 29, 2015 at 4:59 am

    विदेशको विदेशीको नाममा प्रस्ताव ल्याउने र नाकाबन्दी गर्नेकाम जनताको पक्षमा नहुने भन्दै जनतालाई दुख दिएर कोही पनि नेता बन्न सक्दैन । मधेसको मागहरु पुरा भईसकेका छन । संविधानको धारा २८५ को सरकारी सेवा गठनमा समानुपातिक समावेशी अन्तरिम संविधान अनुसारनै हुनेगरी गरिएको छ । धारा ८४मा संघीय प्रदेश समावेशी हुने, १७४ मा प्रदेशसभा समानुपाति सिद्धान्त अनुसार गठन हुने, निर्वाचन प्रणालीमा प्रत्येक जिल्लामा एक क्षेत्र नघट्ने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, विवाह गरेर आउने महिलालाई आउने वित्तिकै अंगिकृत नागरिकता दिने,अंगिकृत नागरिक १० वर्षपछि बंशजको हुने स्पष्ट ब्यवस्था छ । सीमांकनको कुरा आयोगले गर्छ भनेपछि टेबलमा बसेर मिलाउन सकिन्छ । अब सबै तराइ को देश भक्त जनता हरु राम्ररी सोच्न पर्यो , पहाड को जनता तिमि हरु भन्दा गरिब अवस्था मा छ , उनि हरु को घाटी च्यापेर तिमि हरु को भारतीय दलाल नेता लाइ मात्र फाइदा पुग्छ है | बेलै मा होश पुर्याउ नत्र धोत्ति हरु ले पाए भने तिमि हरु लाइ पनि बिहार मा निल्नेछ !

    Reply
  2. Sunit Tamang says:
    September 28, 2015 at 11:58 am

    “भारतीय संञ्चारकर्मीहरुले डायल गरे संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलाई। ” येही बाक्य बाट सब कुरो बुझी हालियो नि .. सक्की गो नि बिहारी यादव ,

    Reply
  3. MADAN BAJRACHARYA says:
    September 28, 2015 at 9:40 am

    १९५०को सन्धिलाई मैत्री सन्धि भनियको छ जव कि भारत नेपालको साँच्चैको मित्र भयको प्रमाण र उदाहरण केहि छैन/ त्यो सन्धि र भारतले आज सम्म गरेको ब्यबहारले नेपाललाई भारतले यौटा स्वतन्त्र देसले अर्को स्वतन्त्र देशलाई गर्नु पर्ने ब्यबहार नगरेको अनुभूति प्रत्यक नेपाली नागरिकले गरेको छ; तर भारतको दलाली गरेर सत्तामा पुग्ने बा सत्तामा पुग्ने सपना देख्ने नेताहरुले यो कुरा मान्दैन/

    नेपालको नागरिकहरुको बहुमत बनिने संबिधान बने बा नेपाली नागरिकहरुको बास्तविक रुपमै प्रतिनिधित्व गर्ने नेताहरुको सरकार बने नेपाललाई लुट्न मिसिन सक्दैन भन्ने कुरा बुझेरै भारतले नेपालमा संबिधान नभयको बेला र नेपालमा राजनैतिक स्थिरता नभयको बेला कसै गरेर आफ्ना पिठ्ठुहरुलाई नेपालको सत्तामा पुर्यायर नेपाल लुटिने मिचिने र नेपालीलाई नेपाल स्वतन्त्र देसको नागरिक भयको अनुभूति समेत गर्न नसकिने सन्धिहरु लाद्दै आयकोछ/

    भारतको पिठ्ठु बन्न नमान्ने कुनैको पनि सरकारको बिरोध गर्ने जत्तिलाई भारतले प्रशय दिंदै आयकोछ/ पच्छिल्लो उदाहरणको रुपमा मधेश्बादिहरुले भारतको भूमिमा धर्ना दियर नेपालमा नाकाबन्दी गरेकोलाइ लिन सकिन्छ/ यस्तो भारतले नेपालमा नागरिकहरुको बहुमत बात संबिधान बन्ने र नागरिकहरुको बहुमत पायाकाको नेतृत्वमा सरकार बन्ने कुरा बिथोल्न खोज्नु आस्चर्य को कुरा होइन/

    नेपाल यति साह्रो भारत सिट आश्रित भयको बाध्यताले होइन षड्यन्त्रले हो र यस्तै षड्यन्त्र अन्तर्गत नै आज यो कथित मधेसी आन्दोलन गराइन्दैछ/ मधेसीको माग मधेसीको होइन भारतकै भयको कुरामा अब कुनै संका गर्ने पर्दैन/ भारत आफैले तराइलाइ भारतको बनाउन सक्दैन/ तेसैले नेपाल पसे पछि मात्रै आफुलाई मधेसी भन्ने बिहारीलाई नेपालको तराइ सुम्पन्न नुन तेल रोक्दैछ/ त् के भारत बात नुन र तेल पाउन तराइलाइ भोलि भारतको बिहार बनाउने मधेसीलाई सुम्पन्ने?

    भारतलाई तराइको जलश्रोत सकेमा सित्तैमा कोशी गण्डकी जस्तै; मोल तिर्नु परे नभय नुन तेलको भाउमा लिन चाहन्छ; टनकपुर र महाकाली जस्तै/ हिजो सम्म उसको पिथ्ठुको सरकार थियो नेपालमा त् उसले तराइको श्रोत सित्तैमा पनि पाय नुन तेलको भाउमा पनि पाय/ तर आज नेपालीको बहुमत बात संबिधान बने भोलि नेपालीको बहुमत पायाकाको सरकार बन्छ, उसको पिथ्ठुको सरकार बन्दैन/ तेसो भयमा भारतले तराइको जलश्रोत सित्तैमा बा नुनतेलको भाउमा पाउन सक्दैन/ तेसैले तराइ नेपाल बात तुक्रायर भारतलाई सुम्पने मधेशबादीको माग बमोजिम संबिधान बनुन भनेर दवाव दिंदैछ/ छोटकरीमा भन्ने हो भने नेपालको संविधानलाई नै तराइ नेपाल बात अलग्याउने हतियारको रुपमा बनाउन चाहन्छ भारत/

    Reply
  4. bibek dhakal says:
    September 28, 2015 at 12:33 am

    ‘आफ्ना आफ्ना घाउ हुन्थे, आफ्नै आफ्नै व्यथा
    आज यस्तो घाउ लाग्यो सबलाई एउतै व्यथा ‘

    भनेर क्षेत्र प्रताप अधिकारीले रचेको गीतमा स्वर र संगीत भरेका थिए दार्जलिङ्गमा जन्मेका कालजयी संगीतकार गोपाल योंजन्ले. सन्दर्भ थियो भारतले नेपाललाइ लगाएको १९८९ को नाकाबन्दी. यत्तिको भाव बोकेको रास्ट्रीय गीत (युट्युब मा हेर्नुहोला) तत्कालिन समयको नेपालको एक मात्र टेलिभिजन नेपाल टिभी ले प्रशारण गरेपनि जनतालाई खै नाकाबन्दी बिरुद्द एकजुट गर्न सकेन, जो बरु उल्टै तत्कालिन सरकार बिरुद्द एकजूट भए र सरकार फाल्नको लागि भारत को समर्थनलाइ पनि स्विकार गरे.

    प्रसङ्ग दोहोरिएको छ, भारत को स्वार्थ सायद तेही छ जुन तेतिबेला थियो. तर हामि विभाजित भएका छम. र भारतले खोजेको पनि सायद यहि हो. यो अवस्थामा आन्दोलनरत पक्षले आफ्नो आन्दोलन नितान्त मारमा परेका नेपाली जनताको लागि हो, नकि भारतीय स्वार्थको लागि हो भनेर देखाउन नाकाबन्दीको बिरोध गर्नु जरुरि छ भने सरकारले पनि उनीहरुको जायज माग सुन्नु र त्यसको लागि बार्ता गर्नु अत्यन्त जरुरि छ. भारतले त नाकाबन्दी लायो र सक्यो तर यहाँ मधेसी र पहाडी बीच फूट लेराउने चलखेल भैरहेको छ. अहिलेको रास्ट्रीय व्यथालाई मिलेर समाधान गर्न एकजूट हुनुको विकल्प छैन.

    Reply
  5. Niranjan says:
    September 27, 2015 at 10:01 pm

    भारतीय मिडिया को रिपोर्टर को अनुहार हेरौ ..हेर्दै धोति .काइते चोर र पाकेटमार जस्तो छ ..यिनी हरुको उद्देश्य नै बकवास रिपोर्टिंग गर्ने हो ..यिनी हरु खबर लाइ तोड़मोड गर्न र भारत को पक्ष मा देखाउन लाइ उस्ताद हुन्छन ..यिनी हरु लाइ अहिले को समय मा नेपाल कुनै हालत मा छिर्न दिनु हुदैन ..

    Reply
  6. rabindra says:
    September 27, 2015 at 9:29 pm

    हामी नेपालीहरुले एस्तो गर्नु छोडेर नेतहौलै कुटनितिक पहल चाडो भन्दा चाडो गर्नु पर्यो! होइन भने हरेक दिन धेरै कस्टकर हुनेछ! अहिले नै रास्त्रियता को नाम जप्नु मुर्खता हुने छ! तेस्को लागि प्लान हुनु जरुरि छ! हचुवा ताल मा रास्त्रियता को मात्र कुरा गर्नु हामी आफैलाई घातक हुनेछ ! तेही भएर सजक रहु या होशियार भएर कदम चलाउ ! अहिले को कदम कुट नितिग पशल नै हो ! नेपाल को लागि सबै भन्दा घाडो संघियेता नै हो! संघियेता नभए यो समस्या नै आउदैन थ्यो !

    Reply
  7. Ganesh Tharu says:
    September 27, 2015 at 9:03 pm

    “फुच्चे, खाते मुलुक भएर यस्तो फुर्ति? लौ चाख फूर्तिको फल” भनेर भारतले नेपाललाई चखाउन खोजेको मात्र हो| “लिपुलेकको बिषय लिएर यत्रो बबाल मचाउन खोज्ने तिम्रो परजीवी मेडियालाई पनि लौ लेख कति लेख्छौ नाकाबन्दीकै बारेमा|”
    नेपाललाई पुन: पूर्ण नमन अवस्थामा पुर्याएर नतमस्तक बनाए पछि फेरी आपूर्ति सहज बनाएर खुलिदिउ भन्ने नीति भारतले लिएको होला| बिहारको चुनाव सकेपछि अथवा भारतलाई अन्तराष्ट्रिय मन्चमा इज्जत जोगाउन गाह्रो हुँदै आएपछि नेपालको दुखमा टीठ देखाएको जस्तो गरेर भोलि मोदीलाई महान उद्दारकर्ताको रुपमा प्रस्तुत गरेर सबै समस्याको एकै चोटी हल गरिदिने पाइलो चाल्ने रणनीति हुनसक्छ| उनीहरुले त्यसबेला बाहिरि रुपमा भन्नेछन “हाम्ले आपूर्ति बन्द गरेका थिएनौ”|
    एउटा नेपालीलाई सबैभन्दा चित्त दुख्ने चाँही तराईका कतिपय मधेसी नेताहरुले नेपाललाई चिमोट्न र चिथोर्न खोजे| आफ्ना जायज मागँका लागि जे गरे नि ठिकै होला तर बिदेशीसंग आफ्नो मांग राखेर चाप दिनु कति जायज? यो चोट सबै नेपालीलाई पर्न पर्ने हो|

    Reply
  8. shyam says:
    September 27, 2015 at 8:59 pm

    Awesome… We always want this to be hapened but the question is what happenes when India try to chase Nepalese from India? How Nepal will handle the situation ro Indian boarder? How does Nepal will address the immediates needs of supplies? We must find these answers before we ake any action.

    Reply
  9. dor prasad says:
    September 27, 2015 at 8:24 pm

    धोति हरुले नेपाल लै बिहार वा उत्तर प्रदेश हो हिस्सा सम्घिं छन् –

    नेपाल र भारत बिचमा पस्स्पोर्ट सिस्टम लगाउनु पर्छ, दश गजा मा पर्खाल खडा गर्नु पर्छ – नेपाली रोज गरि को लागि अरुदेश जान सुरु गरि सकेका छ – नुन र तेल पनि चिन बाट किन्न सिक्नु पर्छ |

    Reply
  10. Surya says:
    September 27, 2015 at 7:59 pm

    भारतले नाकाबन्दी गर्दा पनि किन नेपालका अन्तराष्ट्रिय मित्र राष्ट्र भनौदा फताहहरु किन बोल्दैनन?

    Reply
  11. prkach says:
    September 27, 2015 at 7:46 pm

    If we can enforce all the Law in this country, then we can do so much more with this constitution. कुरा कानुन र संबिधानको हैन, कुरा परिचालन को हो | खै कुरा बुझ्या ?

    Reply
  12. eklavya says:
    September 27, 2015 at 6:48 pm

    good job …धोतिको सुगाहरु दिन रात समाचारमा नेपालको बारे उत्ताउलो उरन्थ्याउलो खबर बाहेक केहि दिदैन एस्तो लाग्थ्यो धोति बिना नेपाल अनाथ नै होला जस्तो ….आत्मनिर्भर बन्ने बेला आएको छ नेपाललाइ सबै हातैमा धोतीले पकाएर दिने भएकोले घरको काम छोडेर बिदेशिएका नेपालीहरुले सोच्नेसमय आएको छ अब …पसिना बिदेशमा होइन घरमा पोखाउने समय आएको छ गुन्द्रुक र धिँदो मिठो भनि भन्ने होइन खाएर पनि देखाउने दिन आएको छ अब ..क्युबा जसरि अमेरिकाको अगाडी झुकेन तेस्तै भएर बाच्न सिक्ने दिन आएको छ अब …के गोर्खे हो अझै रातो रगतको चन्द्र सुर्यलाइ धोतीले ढाकेको हेर्न मन छ ?….

    Reply
  13. रामु says:
    September 27, 2015 at 5:51 pm

    बल्ल ठिक गरेछ नेपाल प्रहरिले धोती हरुलाइ छिर्नै दिनुहुदैन

    Reply
  14. Saroj says:
    September 27, 2015 at 4:55 pm

    राम्रो सुरुवात 🙂

    Reply
  15. Akash says:
    September 27, 2015 at 4:35 pm

    यी कुकुर हरु लाई कुनै पनि हालत मा नेपाल छिर्न दिनु हुदैन. नेपाल सरकार ले ठिक गरेको छ

    Reply
  16. Kamal Sharma says:
    September 27, 2015 at 4:29 pm

    Very good, first time in the history, Nepal try to revenge with India. Any Indian devil should not be permitted to enter in our country for any purpose. Regarding to so-called “Madeshi Pary”, they are working for India’s interest directly. Most of them have Indian citizenship. So, they also should be chased away from Nepal then we will have peace for ever.

    Reply
  17. Suzan says:
    September 27, 2015 at 4:23 pm

    Very satisfied with the answer given by Karki to Yadav, hats off to you!

    Reply
  18. Kusan Sharma says:
    September 27, 2015 at 4:09 pm

    अब तिनको नाकमा नहानी,

    हाम्रो बिकल्प पनि त बाँकि रहेन l

    अरु ठाउँ पत्ता लगाएर,

    हाम्ले पनि जबाफ दिनै पर्छ,

    यसैगरी l

    Reply
  19. Sushi says:
    September 27, 2015 at 3:24 pm

    राम्रो काम! अब भने हामी नेपाली मा रास्त्रियता जगना थाल्यो !

    Reply
  20. Shankar says:
    September 27, 2015 at 3:13 pm

    त्यो हो लाइन |
    दिन भरि भारतीय संचार माध्यम , टि भी लाइभ दि इ रहेको थ्यो नेपाल मे येसा होना चाहिए , वेसा होना चाहिए , एस्तो लाग्थ्यो मानौ उनीहरु अमेरिका भन्दा अगि गैसके |
    फेरी सब भन्दा हैरानी एक कुराकानी अन्तर्गत शिब शंकर मुखर्जी भन्ने जो काठमान्डू मा धेरै समय टुकुचा को पानि पिएर गएको थ्यो भन्दैथ्यो , मदेसी को काठमान्डू छिर्ने के लिए अलग सा भिसा लग ता था इसिलिए भी ये आन्दोलन हो रहा हे !!!
    आफ्नो भारतीय जनतालाई झुट बोलेर गुमराह पार्ने एस्तो त् छ नेपाल नियुक्त भारतीय प्रतिनिधि |अनुहार पनि कुरुप हेर्ने पर्ने खाल को छ , बुद्दि एस्तो चोर रहेछ |येस्ताले तालिम दिएको अमरेश सिंह , राजेन्द्र महतो कम हुन्थ्यो ?

    Reply
  21. RB Baniya says:
    September 27, 2015 at 2:58 pm

    GOOD JOB

    Reply
  22. XYZ says:
    September 27, 2015 at 2:56 pm

    This is another stupidity on the part of Nepali administration. When a dog bites a man it does not makes a news but when a man bites a dog, it makes a news. Now, to make news, Nepali people are tying to bite a dog.

    Reply
  23. krishna says:
    September 27, 2015 at 2:45 pm

    यी पत्रुकारहरुलाई छिर्न नदिएर धेरै राम्रो गर्यो नेपाल प्रहरीले |
    पहिले भूकम्प आउदा … नेपालको बदनामी गरेका थिए अहिले पनि संसारसामु नेपालको बेइज्जत गर्नेथिए | जे गर्यो राम्रै गर्यो नेपाल सरकारले !

    Reply
  24. rabindra says:
    September 27, 2015 at 2:03 pm

    good job

    Reply
  25. jagnnath dhakal says:
    September 27, 2015 at 1:30 pm

    very good news

    Reply
  26. bijay says:
    September 27, 2015 at 1:16 pm

    राम्रो गरे छन् … नेपाल पुलिस हरु ले

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme